September 30, 2015

भारतबाट आयातित बिक्रम सम्वतलाई प्रतिबन्ध लगाऔं नेपालको मौलिक राष्ट्रिय सम्बत नेपाल सम्बतलाई प्रयोगमा ल्याऔं

by Ramesh Manandhar 

भारतले अघोषित रुपमा गरेको नाकाबन्दीको विरोधमा भारतीय टिभी च्यानलहरुलाई प्रतिबन्ध गरेको छ । धन्य राष्ट्रवादीहरु । अब भारतबाट आयातित बिक्रम सम्वतलाई पनि प्रतिबन्ध लगाऔं । नेपालको मौलिक राष्ट्रिय सम्बत नेपाल सम्बतलाई प्रयोगमा ल्याऔं । 
हिन्दी भाषाको शाखा भाषा भनी संयुक्त राष्ट्रसंघले प्रमाणित गरेको देवनागरी लिपि र तथाकथित नेपाली भाषालाई बहिस्कार गरौं । संयुक्त राष्ट्र संघमा दर्ता भएको नेपालको मौलिक भाषा नेपालभाषा (नेवाः भाषा) र रञ्जना लिपि प्रयोग गरौं । छ हिम्मत ? छ तपाईंमा राष्ट्रवाद ?

September 29, 2015

मंगल ग्रहमा पानी भएको लगाउने नेपाली लुजेंद्र ओझा - नेपालको नाम उच्च राख्ने युवालाइ बधाई छ!

नेपाल बैज्ञानिकसहितको टोलीले मंगल ग्रहको सतहमा बगिरहेको पानी विद्यमान रहेको तथ्य फेला परेको छ । यससँगै २५ वर्षका लुजेन्द्र ओझा नेपालका एक सफल वैज्ञानिक बनेका छन् । अमेरिकाको जर्जिया बिस्वबिद्यालय का पिएचडी बिद्यार्थी , रकस्टार लुजु , लुजेन्द्रसहितको वैज्ञानिक टोलीले अमेरिकी अन्तरीक्ष संस्था नासाको भुउपग्रहका तस्वीर विश्लेषणका आधारमा मंगल ग्रहको सतहमा बगिरहेको पानी रहेको निष्कर्ष निकालेका हुन् । मंगल ग्रहमा तरल अवस्थाको पानीको उपस्थितिले यो ग्रह अहिलेपनि भौगोलिक रुपमा सक्रिय रहेको प्रमाणित भएको शोधकर्ताको भनाइ छ ।

मंगल ग्रहमा बगिरहेको पानी फेला पर्नुले त्यहाँ जिवनको सम्भावना बढेको बताइएको छ । वैज्ञानिक लुजेन्द्रसहितको शोधकर्ता समूहले गरेको अनुसन्धान अनुसार मंगल ग्रहको सतहमा देखिने गाढा धर्साहरु पानीको बहावसँग सम्बन्धित छन् ।

नासाको स्याटेलाइटबाट प्राप्त तस्वीरहरुका अनुसार भिरालोमा पाइने यस्ता संरचनाहरु नुनको थुप्रो हुन् । यस्तो नुनले मंगलको न्यून वायुमा पानीको जम्ने तथा बाफ हुने तापक्रममा फरक पारिदिने र सोही कारण मंगल ग्रहमा पानी तरल अवस्थामा बग्ने स्वरुपमा रहन सक्ने शोधकर्ताहरुको ठहर छ । नेचर जियोसाइन्स जर्नलमा यो शोध छापिएको छ ।

टिभी च्यानलहरु, हिन्दी फिल्मको प्रदर्शनमा रोके सरकारले कारबाही गर्ने चेतावनी -मिनेन्द्र रिजाल

सूचना तथा सञ्चार मन्त्रालयले नेपाल केवल टिभी व्यवसायी महासंघ, नेपाल केवल टेलिभिजन महासंघ, डिसहोम तथा सिम्पल मिडियालाई पत्र काटेको हो।
संविधान र राष्ट्रिय प्रसारण ऐनअनुसारका कार्यक्रम प्रसारण गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेमा अग्रिम जानकारी नदिई प्रसारण बन्द गरिएको हुँदा त्यस संस्थालाई किन कारवाही नगर्ने?' मन्त्रालयको पत्रमा भनिएको छ।
सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले बन्द गरिएका हिन्दी टिभी च्यानलहरुको बन्द तत्काल सुचारु गर्न निर्देशन दिनुभएको छ । भारतले लगाउँदै आएको नाकाबन्दीका कारण मंगलवारदेखि केवल टिभी सञ्चालकहरुले भारतीय टिभी च्यानलहरुको प्रसारण बन्द गरेका थिए । मंगलवार आयोजित एक कार्यक्रममा सरकारका प्रवक्ता मन्त्री रिजालले हिन्दी च्यानलहरुको प्रसारण बन्द गरेर जारी समस्याको समाधान नहुने बताउँदै रोकिएका हिन्दी च्यानलहरुको प्रसारण सुचारु गर्न २४ घण्टे अल्टिमेटम दिनुभएको हो । समस्या समाधानका लागि कुटनीतिक पहल भैरहेकोले सबैले आवश्यक वातावरण बनाउँन सहयोग गर्न उहाँले केवल टिभी सञ्चालकहरुलाई आग्रह गर्नुभयो । सोमवारदेखि नै सिनेमा हलहरुले पनि हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएका छन् ।

“म नेपालको भौगोलिक खण्डता, स्वतन्त्रताको लागि ज्यान दिन तयार छु” -मन्त्री लालबाबु पण्डित

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले १५ दिन नेपालको भ्रमण गर्न आउनेलाई बंशजको आधारमा नागरिकता दिने मागसहित बन्द, हडताल गर्ने नेताहरुलाई कायरको संज्ञा दिएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले आफ्नो व्यक्तिगत स्वार्थका लागि छिमेकीको सीमानामा बसी नेपाली जनतामाथि ढुंगा बर्साउने, दैनिक जीवनमा असर पर्ने गरी नाकाबन्दी गर्ने नेताहरुलाई कायरको संज्ञा दिएका हुन्।

मन्त्री पण्डितले भने, ‘कायरहरुका कारण नेपाल स्वतन्त्र मुलुक भएको होईन, सार्वभौमसत्ता सम्पन्न भएको होईन, कायरहरु भाग्छन् भने केही फरक पर्दैन सार्वभौम सम्पन्न मुलुकलाई स्वार्थमा विखण्डन गर्ने तत्वहरुको काम छैन।’

अहिलेको संविधानले गलत सोच राख्नेको गालामा झापड हानेको दावी गर्दै मन्त्री पण्डितले भने,‘आफ्नै घरमा आगो लगायो भने भाँडा माझ्ने खरानीको कमी हुँदैन, जसले जसरी यो मुलुकलाई आगो लगाउन काम गरेको छ त्यो राष्ट्रघाती छ, म नेपालको भौगोलिक खण्डता, स्वतन्त्रताको लागि ज्यान दिन तयार छु।

उनले थपे,‘इतिहासलाई हामीले हेर्यौ भने हाम्रा अग्रज वीर योद्धाहरुले पिएच डि पास गरेका थिएनन्, आफ्नो मुलुकको रक्षा गर्न प्राणको बाजी लगाएका थिए। कायरहरु अहिले पनि डराउँछन र नेपालभूमि र नेपाली जनताको भविष्यमा खेलवाड गर्ने कायरहरुको अस्तित्व समाप्त हुन्छ।’

उनले ९० प्रतिशत सभासदहरु मिलेर नेपालको नयाँ संविधान बनाएकोले यसमा प्रजातान्त्रिक मुलुक छिमेकी भारले प्रश्न उठाउन नहुने बताए।

साभार सेतोपाटी

असोज १२,२०७२

कालापानी, लिपुलेक हुदै तराइमा आखा गाड्ने भारतसंग पूर्वमा टिस्टा देखि पश्चिम कांगडाकोहिसाब खोज्ने बेला यहि हो


कालापानी, लिपुलेक हुदै तराइमा आखा गाड्ने भारत संग पूर्वमा टिस्टा देखि  पश्चिम कांगडा को हिसाब खोज्ने बेला आयो बेला यहि हो भंछन् ग्रेटर नेपाल चलचित्र बनाएर सबैलाई नेपाको नक्साको यथार्थ जानकारी गराउन सफल निर्देसक मनोज पण्डित सामाजिक संजाल मार्फत |
सुगौली संधिपछि बारम्बार विभिन्न राजनीतिक हत्कण्डा गर्दै नेपालको भूभाग र सार्बभोमसत्ता आफ्नो कन्ट्रोलमा राख्दै आएको भारतको हालको नाकाबन्दि चरम हस्तछेप को नमुना हो । अहिले सम्म शासक हरुलाई प्रजातन्त्र भन्दै तहलगाउदै आएको भारत अब प्रजातान्त्रिक दल र प्रक्रिया बाट आएको संबिधानलाइ मान्यता नदिएर अराजक तत्व हरुलाई मलजल गर्नुले अब उसको नियत प्रस्ट भएको छ यसबेला  सबै रास्ट्रबादी शक्ति एक हुनु जरुरि छ ।
नेपालले सुगौली सन्धिबाट गुमाएको पूर्वको दार्जिलिगं, सिकिकिम र पश्चिमको कुमाउ र गढवाल ग्रेटर नेपालमा गाभिने प्रसस्त आधारहरु रहेको छ ।

तातोपानी नाका खुल्यो भोली सम्म मालबहाक गाडी ओहोरदोहो गर्न मिल्ने

भूकम्पबाट क्षतविक्षत तातोपानी नाका भोलीबाट खुल्दैछ । सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियरका अनुसार बाटो खोल्दै आज लिपिङबजारसम्म डोजरहरु पुगेका छन् । नेपाल चिनको मितेरी पुलबाट १ सय मिटर वर केही ठुलो पहिरो भोली दिनभरीमा खोलीसक्ने समेत गुरुङले बताए । उक्त पहिरो खोल्नसाथ चिनसँगको सिमा जोडिन्छ । अहिले सिमाको १ किलोमिटर नजिकैसम्म यातायात जान सक्ने भइसकेको छ । गुरुङका अनुसार मितेरी पुलनजिकै रहेको उक्त पहिरो हटाउन केही स्थानियको घरहरु भत्काउनपर्ने या अर्को नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था छ । स्थानिय घरहरु भत्काउन सहमति भए पहिरो पन्छाएर पुरानै सडकट्रयाक अनुसार खोल्न सजिलो र छिटो हुनेछ । उनले भने, ‘हामी भोली बेलुकीसम्म चिनसँग सडक जोड्छौं’ । 
स्थानिय व्यावसायि अर्जुन सापकोटाका अनुसार लिपिङ तथा तातोपानी बजारका मानिसहरु घर फर्किन थालेका छन् भने घरहरुमा बस्न तथा सटरहरु खोल्न थालेका छन् । खोलिएको ट्रयाकलाई फिनिसिङ गर्न केहीदिन लागेपनि पर्सि विहिबारबाट मालबहाक गाडी गुडाउन सकिने गुरुङले बताए  । अरु थप पहिरो आउने या कुनै प्राकृतिक दुर्घटना नभएमा विहिबारबाट मालबहाक गाडी गुड्न सक्ने भएको छ । अर्थमन्त्री रामशरण महतले स्थानिय स्वार्थ राखेर तातोपानी नाका खुलाउने बजेट रोकेका थिए । उनको स्थायी घर र चुनावी क्षेत्र नुवाकोटलाई मध्यनजर गर्दै बजेट केरुङ नाकामा पठाएर बाटो खुलाएपनि चिनतिरको बाटो नखुलेका कारण समस्या भइरहेको छ । सिहंदरबारले उचित पहलकदमी र बजेट व्यावस्था नगरेपनि स्थानिय सहयोग, सडक डिभिजन कार्यालय चरिकोटको सक्रियता, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोक, ट्रक कन्टेनर व्यावसायि संघर तथा नेपाल हिमाल सिमापार बाणिज्य संघको सक्रियतामा यो सम्भव भएको हो । 
तर तातोपानी नाकामा भने चिनले बाटो पूनर्निमार्ण गरिसकेको छ भने नेपालको नाका मितेरी पुलसम्म  चिनियाँ मालबहाक गाडीहरु चलिसकेका छन् । विहिबारबाट नाका संचालनमा ल्याउनका लागी समेत सरकारले पहल गर्नुपर्छ । मोटरबाटो संचालनमा आएपनि महिनौं संचालनमा नआएको भन्सार तथा ओहोदोहोर खुलाउनका लागी चिनियाँ पक्षसँग सरकारीस्तरमा पहल हुनपर्ने हुनसक्छ कारोबार दैनिकले लेखेको छ |

September 28, 2015

गरीब हुनु ,भिकारी हुनु होइन : मोदीलाई नेपालीको खुला पत्र-Letter to Modi fromNepal

 
By  Sunita P Neupane
डियर मोदी काका ,
हो तिमी हामी भन्दा 22 गुना ठुला छौ तर
याद राख, हामी तिमी भन्दा 22 गुना बलिया छौ।यो पनि बुझ हामीलाइ नाकाबन्दी गरे तिमीलाइ ४ खर्ब ४५ अर्ब घाटा हुन्छ । सानो हुनु,कमजोर हुनु होइन । गरीब हुनु ,भिकारीहुनु होइन । जे खाइरहेछौं, किनेर खाइरहेछौं । तिम्रो हस्तक्षेप र धम्की हामीलाइ कदापी
स्बिकार्य छैन । तिमी जस्ता ब्रीटिसको जुत्ताको तलुवा चाटेर स्वतन्त्र भएकालाई के थाहा अक असलछिमेकीको सम्मान कसरी गर्नु पर्छ भन्ने कुरा । नेपाल मात्र इतिहासको एउटा यस्तो देश हो जसलाइ कसैले शासन गर्न सकेनन। इतिहास साक्षी छ,हामी कसैको गुलाम बन्न चाहेनौ।बरु भोकै मरिन्छ स्वाबिमान बेचिन्न । पानी नखाइ युद्द गरेर जितेका बिरहरुका छोरा नाति हौ हामी ।परिआए अवका युवा देशका लागि जसरी पनि लढ्न सक्छन कसैको साथ चाहिदैन ! 
बिगतको इतिहास लाई फर्केर हेर देशको लागि खालि पैतलाले आगो टेकेर छातिम गोलि थाप्ने बिर गोर्खाली हौ हामी ।हामि मरेका छैनौ र ज्युदै छौ। हावाले जति बिरोध गर्छ चङ्गाले उति नै उचाइ लिन्छ हो हामी पनि अब उचाइ लिने छौ ।यो संविधानको असन्तुष्टि होइन, स्वाधिनतामाथि गिद्धेदृष्टि र आन्तरिक मामलामा बक्रदृष्टि हो। हामी चुप लागी बस्ने छैनौ ।मेरी आमा ले मलाई भन्नु हुन्थ्यो ”छिमेकिले धेरै दया देखायो भने राम्रो हुदैन बाबु” शत्रु खोज्न टाढा जानुपर्दैन भन्ने कुरा तिमीले पुष्टी गरेका छौ तिमीले । याद राख ,”मुसो सानो छ भन्दैमा बिरालोले बन्द कोठामा थुनेर तड्पाइ मार्छु भनी सोच्नु गलत हुनेछ। मुसोले ढोका नफोड्ला तर कोठाबाट जरुर निस्कन्छ ।” डियर मोदी काका ,यत्ति भनेसी त बुझ्छौ होला नि तिम्रो नाकाबन्दीको महत्व ? हेर ! भैसिले दूध दिन छोड्दैन, खेतमा बाली उम्रन रोक्दैनन, खोला नाला सुक्दैनन ,हावाहरु रोकिदैनन त्यसैले तिमीले नाका बन्द गर्दैमा केही हुदैन!हाम्रो प्यारो भुमीको कन्दमुल जडिबुटि खाएर बच्न सक्ने हिम्मत र तागत छ हामी

September 27, 2015

भूपरिवेष्ठित मुलुकमा भारतपरिवेष्ठित राजनीति रहुन्जेल समस्या उस्तै

खगेन्द्र सिटौला 
भूपरिवेष्ठित नेपाल २००७ साल देखि नै भारतपरिवेष्ठित राजनीतिको शिकार छ सधैं । नेपाललाई भारतपरिवेष्ठित राजनीतिबाट नेपाललाई मुक्त गर्न राजा महेन्द्रले धेरै गरे । राजा महेन्द्रलाई चीनका
नेता अध्यक्ष माओ र प्रधानमन्त्री चाओले ठूलै सहयोग गरेका हुन् । लामो समयसम्म भारतमा निर्वासनमा
बसे पछि पाकिस्तान टुक्रयाएकी, सिक्किम भारतमा विलय गराएकी इन्दिरा गान्धीको नेपालको तराई
टुक्रयाउने षडयन्त्रको भेउ पाएका वीपी राष्ट्र र राजालाई सहयोग गर्न राष्ट्रिय मेलमिलापको नारा लिएर नेपाल
फर्किएका हुन् । वीपी र राजाको योग भए नेपालको शक्ति अरु बलियो हुन्छ र भारतपरिवेष्ठित राजनीति
नेपालमा झन कमजोर भएर जाने ठूलो डरले त्यसलाई सफल हुन नदिन कथित राष्ट्रवादी पञ्च र राजावादी आवरणमा भारतपरिवेष्ठित राजनीतिको गार्ड बसेका सूर्यबहादुर थापालाई भारतले सकृय गरायो ।

September 26, 2015

भट्टराइको राजिनामा पछि नया शक्तिका अभियन्ताहरु जुर्मुराए,पुराना शक्ति खाइपाईआकोगुम्ने डरले आत्तिए



बाबुराम भट्टराइको माओबादी परित्यागसंगै कुनै पार्टीमा नलागेका, राजनीतिबाट टाढा बसेका देखि पुराना शक्तिबाट आजित भएकाहरु, बिशेष गरि युवाहरु जुर्मुराए । 
जसरि बाबुराम भट्टराइ प्रधानमन्त्री हुँदा उनलाई सर्बत्रबाट  देवत्वकरण गरियो ,उनिबाट धेरै आस गरियो, कोलिसन सरकार चलाउनुपर्ने र परम्परावादी राज्य संरचना , कर्मचारितन्त्र तिनको राजनीतिक पहुचका अगाडी भट्टराइ मन भएरपनि निरिह देखिए वा आन्तरिक कुण्ठाले परिबर्तनको मुद्दा नै  बिर्सिए भविस्यले बताउला  तर उनकै पार्टीपंग्तीका देखि विभिन्न चालबाज , सडयन्त्र गरेर विफल बनाउन पुराना शक्तिका एक तप्कानै लागिपरेको सर्बबिधित नै छ  । 

भारतको नाकाबन्दी मुद्दा अन्तर्राष्ट्रियकरण गरिने

भारतले औपचारिक घोषणाबिनै नेपालका सीमाका सबै नाका  ३ दिनदेखि बन्द गरेको छ ।
 
नेपाली जनताले बनाएकोप्रति असन्तुष्टि जनाउँदै आएको भारतले मधेसमा जारी आन्दोलनका कारण सुरक्षा बहाना देखाउँदै अघोषित रुपमा नाकाबन्दी लगाएको हो ।
 
हामीले क्षेत्र गत अन्तर्राष्ट्रिय संस्थाहरुलाई  भारतको नाकाबन्दीबारे जानकारी दिनुपर्छ, कानुनमन्त्री नरहरि आर्चायले भने राजनीतिक तथा कूटनीतिक रुपमा अन्तर्राष्ट्रिय संघसंगठन र निकायलाई जानकारी गराउनेछौं ।

भारतको नाका बन्दि हल्ला हिजो आज मधेशीदल नाकाबन्दी गर्न बोर्डर जानु संयोग कि रिमोट कन्ट्रोल ?

भारतले गरेको नाङ्गो हस्तछेपको निन्दा सायद कति गरेपनि कम हुन्छ यो हेपाहा प्रब्रिती सदियौ देखि हामीले दिएको मनपेटलाइ छामेर गरेको हो भन्नेमा द्विविधा नहोला । हामीले दुनियामा कहि नभएको खुला सिमा प्रयोग गर्ने भएर पनि यो समस्या एकदिन आउनेथियो ढिलो चाडो आयो अब फाइनल हुनुपर्दछ । मधेशी दलसग बार्ता द्वारा समस्या समाधान गरेपनि खुलासिमाको प्रयोग अब नेपालको हितभन्दा बढी अहित भएको छ ।

नेपालीले संविधान बनाएका हुन् एटमबम होइन-बिश्वको ठुलो लोकतान्त्रिक मुलुकले गर्नुपर्ने यहि हो ?

सन्तोष भट्टराई
नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा मात्र नभई भारतमा पनि जवरजस्त विरोध भइरहेको छ । भारतीय पत्रकारदेखि पूर्वराजदुतसम्मले नेपालमाथी मोदीले दम्भकारी हस्तक्षेप गरेको उनीहरुले बताएका छन् ।
भारतीय संस्थापन पक्षले नेपालप्रति गरेको हस्तक्षेपकारी भूमिकाको भारतकै ठुलो हिस्साले विरोध गरेको छ । नेपालमा नयाँ संविधान जारी भएदेखि विभिन्न बहानामा भारतले नेपालमाथी हस्तक्षेप गर्दै आएको छ । भारतीय हस्तक्षेपलाई लिएर नेपाली भाषी दार्जिलिङबासी, गोर्खाल्याण्ड आन्दोलनका अगुवा रोषण भटिया, नेपालका लागि पूर्वराजदुत शिवशंकर मुखर्जी, भारतीय कम्यूनिष्ट पार्टी माक्र्सबादीका महासचिव प्रकाश करात र भारतीय चर्चित पत्रकार आनन्दस्वरुप बर्माले कडा निन्दा गरेका छन् ।

September 25, 2015

सफल व्यक्ति नया काम हैन उही काम फरक ढंगले गर्दछ - कसरि बन्ने सफल?

सफल हुने चाहना कसलाई पो नहोला र ? तर, सफल हुने अभिलासामा हामी कहिलेकाहीा अनावश्यक काम गर्न पनि पछि पर्दैनौ । सफल हुने चाहना राख्ने व्यक्तिले भने अनेक इच्छा पाल्दैनन् । सफल व्यक्तिमा हुने केही गुण “फिडब्याक” पर्खंंदैनन् सफलता चाहने व्यक्तिलाई ‘फिडब्याक’ कुर्न कुनै समय नै हुँदैन । उनीहरू आफ्नो काम लागातार गरिरहन्छन् ।
समयमा काम सक्ने हतारो उनीहरूमा हुन्छ । उनीहरू हाकिमले बधाई दिओस् भनेर समय खर्चंदैनन् । नयाँ काम सुरु गरिहाल्छन् । “क्रेडिट” खोज्दैनन् सफल व्यक्तिहरूको अर्को गुण हो– उनीहरू तत्काल ‘क्रेडिट’ खोज्दैनन् । आफ्नो काम पूरा गर्ने मात्र उनीहरूको लक्ष्य हुन्छ । राम्रो कामका लागि उनीहरू तत्काल प्रशंसा पनि चाहँदैनन् र कामको श्रेय आफू मात्र पनि लिन चाहँदैनन् ।

बबुरामले मधेस आन्दोलनको समर्थन गरे मधेस जान बाताबरण बनाउदै -बिज्ञप्ति सहित

भारतको सबैभन्दा नजिकको भनेर चर्चा गरिने भट्टराईलाइ संबिधानमा सहि गरेर बिरोध गरेको दोहोरो चरित्र निभाएको आरोप बाबजुद बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै उनले तरार्इ-मधेसको आन्दोलन एमाओवादीका मुद्दा र संविधानसभामा दर्ज गरेको भिन्न मतसँग मिलेकाले उनीहरुको आन्दोलनमा पनि समर्थन र ऐक्यवद्धता गरेको घोषणा गरेका छन् ।
हाम्रो पार्टीले उठाएका मुद्दा आन्दोलनकारीहरुका धेरै मागहरु मिल्दाजुल्दा रहेकाले तीप्रति आफ्नो समर्थन र ऐक्यवद्धता व्यक्त गर्दछु', उनले भनेका छन् ।

September 24, 2015

के होला त समाधान मधेस आन्दोलनको? गाली, घृणा हैन बिचार राखौ

मुलुक बनेन , सबै खत्तम, भन्ने मानसिकता , बिदेसमा बसेर सामाजिक संजाल मार्फत गाली बर्साउने, नेपालमा समस्या देखाउने , राम्रो नराम्रो सबै कुरा गिजोलेर राजनीतिको फोहोर डुंगुरमा फ्याकिदिने प्रथा नौलो भएन । समस्या देखाउनु अवस्य राम्रो कुरा हो तर समाधान दिन सकिएन भने के त्यसले द्वोंद बाहेक अरुके निम्त्याउला र ?
हाल नेपालमा भएको मधेस, थारु जनजाति  आन्दोलनलाइ  नेतालाई गाली गरेर, मधेसी नेताहरु, भारतलाई गाली गरेर समस्या समाधान नहुने पक्कै छ ।
यो बुझाइ, समझदारी र संकाको समस्या हो । के मुलुक बनाउन अब गाली , झडप, तोडफोड र अविश्वासले होला ?
कृपया खुल्ला हृदयले समाधान के होला कसरि मुलुक अघि बढाउन सकिएला आफ्नोआफ्नो राय तल कमेन्टमा राखौ र सेयर गरौ । तपाइको बिचारले  नकारात्मक उत्तेजना हैन सकारात्मक समाधान लेओस....जय नेपाल, जय मातृभूमि !

कुन बाटो रोज्ने – अग्रगमन कि आत्मघात ?

By: Punya Prasad Subedi
This article of mine was refused to publish by national publications for my opinion on madhesi leaders and madhesi andolan. Regarding this matter, I would like to request my friends to judge how far I was biased to the point. I accept your fair judgement and all the comments are welcome.
Punya Prasad Subedi केहो के हो भन्दा भन्दै आखिर संविधानसभाबाट संविधान बनेरै छाड्यो । यसको औपचारिक घोषणाको व्यग्र प्रतिक्षा भै रहेको छ । देशका अधिकांश भागमा स्वागत, समर्थन र दिपावली भइरहेकोछ । सभा र ऱ्यालीहरु हुन गइरहेका छन् । विशेषत: प्रमुख राजनीतिक पार्टीहरु, तिनका नेता तथा कार्यकर्ताहरु थोरै समयकै लागि भए पनि चियापान र सहभोजमा सरिक भइरहेका छन्, हुने छन् । धेरै मानिसहरु भोलिको संभावित सुन्दर, शान्त नेपाल तर्फ शंका मिश्रित आशालु नजरले हेरिहेछन् ।

September 22, 2015

मधेसलाई भारतमा ‘गाभ्ने’ बाचा गरेर भारतको सहयोग मागेको खुलासा-मनको लड्डु घिउसंग?

भारतीय मिडिया न हुन् ? एक भारतीय पत्रिका अमर उजालाले नेपालको मधेस आन्दोलनबारे विवादास्पद समाचार प्रकाशित गर्दै आन्दोलनको औचित्य प्रष्ट पारेको हो भन्दै नानाथरि हावादारी कुरा कुनै बिखण्डनकारी नेपालको भलो नचाहने बिहारीको सपना झैँ लाग्ने यो खबर यति निच सम्म यिनले सोच्न सक्छन र यस्ता तत्वबाट सजग रहन सबै रास्ट्रप्रेमीहरुले जानकार हुनुपर्ने आवस्यक ठानी  खबरदारी टिमले उचित ठानी सामाग्री दैनिक नेपालबाट साभार गरेको हो ।

प्रकाशित समाचार संक्षेपमा मधेस आन्दोलनका नेतृत्वकर्ताहरुले मधेसलाई अलग राष्ट्र बनाउन भारतबाट सहयोग मागेका छन् । भारतीय नेतासँग पछि मधेसलाई भारतमा ‘गाभ्ने’ बाचा गरेर मधेस आन्दोलनमा भारतको सहयोग मागेका हुन् ।

निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ-how to be fresh from hangover

पिउन थालेपछि थपेको थप्यै गर्न मन लाग्ने र भोलिपल्ट ह्याङओभर भएपछि ‘धेरै भयो’ भनेर निकै मान्छे पछुताउँछन् । नियमित सेवन गर्न भन्दा कहिलेकाहिँ मात्रै गर्नेलाई भोलिपल्टसम्म ह्याङओभरग्रस्त बनाउँछ । जसले काम समेत प्रभावित पार्छ । यस्तो अवस्था निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ ।
नरिवलको पानी

भारतको नाकाबन्दीकै दिन चीनको समर्थनले मधेशमा चीनको झन्डा जलाइयो


नेपालको नयाँ संविधानलाई स्वागत गरेको रिसमा मधेसी मोर्चाका कार्यकर्ताले सुनसरीमा चीनको राष्ट्रिय झण्डा जलाएका छन्।
मधेसलाई उपेक्षाा गरेर जारी गरिएको संविधानलाई चीनले समर्थन गरेर मधेस विरुद्ध लागेको आरोप लगाउँदै मोर्चाका कार्यकर्ताले चीनको झण्डा जलाएका हुन् ।

वुधबार सुनसरी सदरमुकाम इनरुवामा भेला भएका मधेसी मोर्चाका कार्यकर्ताले चीनविरुद्ध नाराबाजी गर्दै प्रदर्शनसमेत गरे। मधेसी समुदायको हक अधिकार कुण्ठित हुने गरी जारी गरिएको संविधानलाई समर्थन जनाएका कारण चीनको झण्डा जलाइएको संयुक्त मधेसी मोर्चा सुनसरीका सचिव सन्तोष मेहताले बताए। उनीहरुले चीन विरुद्ध नारावाजी गर्दै सडकमा प्रदर्शनसमेत गरेका थिए। चीनको झाण्डा जलाउनु अगाडी सद्भावना पार्टीको कार्यालयबाट निस्केको विरोध जुलुसले नगरको विभिन्न स्थानमा परिक्रमा गरेको थियो।
अन्नपुर्णपोस्टबाट 

प्रचण्डको गर्जनले सोसल मेडिया हुदै भारतीय मिडिया सम्म हल्लिए

प्रचण्डले टुडिखेलमा दिएको महत्वपूर्ण भाषणलाई नेपाली मिडियाले मात्र महत्व दिएनन् । भारतीय मिडियाले पनि प्राथमिकता दिए । भारतसँग मित्रका रुपमा अघि बढ्न तयार भए पनि नेपालमा भारतको ‘जि–हजुरी’ चल्न नसक्ने भन्दै भारतीय  न्यूज च्यालन आजतकको अनलाइन संस्करणले यस्तो लेखेको हो ।
नाकाबन्दीका फाइदा देखि बेफाइदा सम्म यसरि पोखिए सोसल मेडियामा 

September 20, 2015

आज जारिहुने संबिधान नेपाली स्वाभिमानको जित, भारतीय हस्तछेपलाइ प्रहार

नेपालका नेता र दलहरुसंग सत्ताको समर्थन , सौदाबाजी दिने खेल खेल्दै भूमिका बढाउने नियतले ठाडो हस्तछेप गर्न भारतीय दुत बेलाबेला आउने गर्छन यसपाली पनि आए हाम्रा नेताले जनभावना बुझे र लम्पासार परेनन् ।  रोक्न चाहन्थे संबिधान अनि मधेशी अराजकतासंग लम्पसार परेर नचाहिने मागको नगदी भुक्तान गराउन चाहन्थे तर   आज जारी हुने संविधानले भारतको कुटिल चाललाइ प्रहार गर्ने छ ।

बाबुरामको नया शक्तिभन्दा पहिले गठन गरे सहपाठी उपेन्द्र देवकोटाले जागरण अभियान


पूर्वमन्त्रीसमेत रहेका चर्चित डा. उपेन्द्र देवकोटाले केही पूर्वमाओवादी एवं पूर्वकांग्रेसका नेतासँग मिलेर ‘राष्ट्रिय जागरण अभियान नेपाल’ गठन गरेका छन् ।

‘नयाँ शक्ति’का रुपमा अघि सारिएको अभियानमा पूर्वमाओवादी नेता तथा वाम विश्लेषक भरत दाहालसमेत छन् । त्यस्तै पूर्वकांग्रेस नेता अनारसिंह कार्की पनि देवकोटाको अभियानमा छन् । अभियानको प्रवक्तामा डा.विनोद न्यौपाने छन् ।
‘यो राजनीतिक दल नै हो’ अभियानका प्रवक्ता न्यौपानेले भने- ‘यसले चुनाव लड्ने नलड्ने भविश्यको कुरो हो, । तर, अहिले हामी इमान्दार, युवापुस्ता र राष्ट्रप्रति जिम्मेवारहरुलाई समेट्दैछौं ।’
अहिले संगठन विस्तारको काम सुरु भएको भन्दै प्रवक्ता न्यौपानेले भने- ‘इमान्दार र राष्ट्रपति जिम्मेवार मानिसहरुको संगठन बनाएका हौं ।’
राष्ट्र/राष्ट्रियताको प्रश्नलाई समाधान नगरिकन जनताका बाँकी समस्या समाधान गर्न सम्भव छैन भन्ने निष्कर्षलाई ध्यानमा राखी सर्वाङ्गीण दृष्टिकोण र योजनाका आधारमा देशव्यापीरुपमा राष्ट्रिय जागरण अभियान उठाउन ‘राष्ट्रिय जागरण अभियान, नेपाल’ गठन गरिएको प्रवत्ता डा.विनोद न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ |
अभियानमा सहभागी नेता भरत दाहालले भने यो पार्टीका रुपमा नभएर राष्ट्रियताको मुद्दामा लविङ गर्न गठन गरिएको अभियान भएको बताए ।
‘हामी तीन वर्ष अघिदेखि नै डा. देवकोटासँगै थियौं,’ दाहालले भने,’तीन वर्षदेखिको सहकार्य र एक वर्ष पहिले गठित अभियानलाई अहिले सार्वजनिक गरिएको हो ।’

‘यो संविधानले समस्या समाधान गर्दैन’
संविधानले नेपालको संकटको समाधान एकथान संविधान बन्नु वा नबन्नुमा निहित नभएको भन्दै अभियानले संविधान निर्माण र राज्यको कथित पुनर्संरचनाबारे अहिलेसम्म सुनिएका दलीय मागहरुले देशको संकट समाधानको आवाजको प्रतिनिधित्व नगर्ने बताएको छ ।
‘दशकौंदेखिको यो गोलचक्करबाट मुक्तिका लागि नेपालीहरु नयाँ चेतनाबाट उठ्नुको विकल्प छैन’ अभियानले भनेको छ । 
धेरै रास्ट्रभक्त नेपालीले ब्यग्र रुपमा पर्खिरहेको नया शक्तिको उदय देवकोटाको नेत्रित्वमा जागरण अभियान सुरुहुनुले निकट भबिस्यमा रबिन्द्र मिश्र , बाबुराम भट्टराइ लगायत नया शक्तिका अभियन्ताहरुपनि एकीकृत भई एक सशक्त दल बनेर बर्तमान बिकृतिको अन्त्य हुने अनुमान लगाइएको छ ।

September 18, 2015

श्री ३ बाहुन नेताले हुकुम भएको संविधान’-आङकाजी शेर्पा


उत्तेजक पोष्ट लेखेर सामाजिक सदभाव भड्काएको भन्दै पक्राउ परेर २० हजार धरौंटीमा छुटेका जनजाति अभियान्ता आङकाजी शेर्पाले फेरी अर्को उत्तेजक स्टाटस पोष्ट गरेका छन् । संविधानसभाले संविधान पारित गरेपछि आक्रोशित बनेका शेर्पा प्रमुख तीनदल विरुद्ध खनिदै फेरी फेसबुकमा सक्रिय भएका हुन् । आङकाजीले प्रचण्ड, ओली र कोइरालालाई श्री ३ बाहुनको सज्ञा दिदै फेटो पोष्ट गरेका छन् । उनले लेखेका छन् ।
(1) निर्दोष २ वर्षे, ४ वर्षे वालक र अधिकार माग्ने ६० जनाभन्दा बढी मधेसी र थारुहरुलाई गोली हानी हत्या गरेर लेखेको संविधान
(2) जारी भएको एक सेकेण्डमा जनताले अस्वीकृत गर्दै सडकमा च्यात्ने र जलाउने संविधान
(3) संविधान जारी भए लगतै देशामा अशान्ति र द्धन्द फैलाउने संविधान
(4) नयाँ बानेश्वरमा घोषण गर्न सक्ने तर नेपालमा लागु गर्न नसक्ने संविधान
(5) हतारमा जारी गर्ने र पछि फुसर्दमा पछुताउनु पर्ने संविधान
(6) केपी ओलीलाई प्रधानमन्त्री र प्रचण्डलाई राष्ट्रपति बनाउन हतारोमा विना सहमति जारी गरेको संविधान
(7) पहाडे पुरुष बाहुनहरुको निर्वाचन क्षेत्र सुरक्षित भएको ७ प्रदेश सहितको संविधान
(8) आदिवासी, मधेसी, थारुका पहिचान समाप्त गरेको र उनीहरुको मानव भूगोललाई खण्डीत गरेको संविधान
(9) सम्मानित सर्वोच्च अदालतको आदेश अवज्ञ गरेर जारी गरेको संविधान
(10) सम्पुर्ण दलहरुको सहमतिमा जारी गरेको अन्तरिम संविधानको धारा १३८ (१) को भावन विपरितको संविधान
(11) जननिर्वाचित सभासदहरुलाई सशोधन प्रस्ताव पेश गर्न नदिएको संविधान
(12) पार्टी व्हपि उलग्न गरे सशक्त कारवाही गर्ने त्रास देखाएर ५०७ सभासदहरुलाई जबरबस्ती समर्थन गर्न लगाएको संविधान
(13) सहमतिको आधारमा संविधान निर्माण गर्न नेपालका सम्माननीय राष्ट्रपति र उपराष्ट्रपतिले गरेको आग्रहलाई अपमान गरेर जारी गरेको संविधान
(14) हिमाल पहाड तराईका सबै नेपाली जनता र सबै दलहरुले स्वीकार्ने संविधान जारी गर्न संयुक्त राष्ट्रसंघ, छिमेकी राष्ट्रहरु भारत र चीनले दिएको अमुल्य सुझाव विपरित जारी गरेको संविधान
(15) आदिवासी जनजाति, मधेसी, थारु, दलित र मुस्लीमसंग राज्य र दलहरुले गरेका सम्झौतामा उल्लेख भएका मागहरु सम्बोधन नगरिएका संविधान

September 17, 2015

नयाँ संबिधान, हर्ष न बिस्मात-नेता उही,नियत उही -बोतल नया दारु पुरानो

संबिधान आयो भनेर खुशीहुनु स्वभाव अनुसार होला: जनयुद्ध कालदेखि सृजना गरिएको भ्रम देखि लिएर संबिधान ठगि अभियानमा लागेर दुनो सोझो बनाउनेहरुसम्म परे होलान, अधिकाम्स चाही  "मरिहत्ते गरे केहि नापी पो हाल्लाकी एकथान संविधानले" भन्ने छन्, यो संकाको बिश्वासको जय होस् !
जनयुद्धको अवमुल्यन गरिएको अर्थमा नलिइयोस नेपाली समाजमा रहेको भेदभाव ,सामन्ती पंच र  संसदवादको बिकृतिको भुत खेद्ने योगदान  सबै नेपालीले कदर गर्नै पर्छ बिकृति जसले गरेकोहोस निन्दा गर्नै पर्दछ यिनले पनि ल्याए जनयुद्ध भजाएर नगद असुल्न खोजेर चिप्लिए ।

September 15, 2015

राजसंस्थाको पक्षमा बाबुराम भट्टराईले हात उठाए - मनमा एउटा दिमागमा अर्को भएछी यस्तो हुन्छ

जारी संविधानसभाको बैठकमा  संविधानको धारा ६१ पारितगर्ने क्रममा  एकीकृत माओवादीका नेता डा.बाबुराम भट्टराई सहितका सभासदहरु नराम्रोसंग झुक्किए ।  यो धारामा राष्ट्रपति सम्बन्धी व्यवस्था रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजसंस्था रहनुपर्ने व्यवस्था सहित संशोधनको प्रस्ताव राखेको थियो ।
 राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था राख्नु पर्ने व्यवस्था सहित संशोधनको प्रस्ताव राख्दा एकीकृत माओवादीका नेता डा.बाबुराम भट्टराई सहितका सभासदले राजसंस्थाका पक्षमा हात उठाएर हुन्छ ! भनेपछि एकछिन बैठक कक्षमा हाँसो गुञ्जयमान भएको थियो भने सभामुख अलमालमा परेका थिए । तर उनीहरुले तुरुन्तै आफुहरुलाई सच्चाउदै 'हुदैन' भन्दै हात उठाए पछि थापाको प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो । नेता डा.बाबुराम भट्टराई सहितका सभासद झुक्किएका कारण राजसंस्थाका पक्षमा हात उठाएका थिए |

संबिधानमा हिन्दु धर्म र दौरा सुरुवालको हत्या गरियो- नेपाल र नेपालीको पहिचान के?


नेपालको राष्ट्रिय पोशाक दौरा सुरुवाल तथा गुन्यूचोली कायम गर्नुपर्छ भन्ने प्रस्तावलाई संविधानसभाले अस्वीकार गरेको छ ।
अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले दौरा सुरुवाल र गुन्यूचोलीलाई राष्ट्रिय पोशाक कायम गरियोस भनी राखेको संशोधन प्रस्तावलाई संविधानभाको अत्यधिक बहुमतले अस्वीकार गरेको हो ।
उनले संविधानको धारा ९ मा संशोधन हाल्दै उनले दौरा सुरुवाललाई राष्ट्रिय पोशाक कायम गरियोस् भन्ने माग गरेका थिए । प्रस्तावित संविधानमा राष्ट्रिय पोशाकबारे केही पनि उल्लेख गरिएको छैन ।

यात्रुका समान चोरेर हैरान गर्ने एअरपोर्टका कर्मचारीहरुलाई खल्ति नभएको युनिफर्म लगाउन दिएको आदेश मानेन - हाकिमले नलगाए नलगाउने रे !

सात वर्षअघि अख्तियारले त्रिभुवन अन्तरास्ट्रिय  एअरपोर्टका कर्मचारीलाई खल्ती नभएको युनिफर्म लगाउन दिएको निर्देशनले समान चोरीमा नेपाल एअरपोर्टको अन्तरास्ट्रिय बेइजत भएको थियो कारण अधिकाम्श अन्तरास्ट्रिय मेडियाले त्यो खबर प्रेसित गरेका थिए ।   यो निर्देशनको पालना भएन केवल मिडिया सिमितरहेको थियो तर गत साउन महिनादेखि नेपाल एअरलाइन्सले यो नियम तल ग्राउण्डमा कामगर्ने ४०० कर्मचारीलाइ लागु गराउने निर्णय गरेको भएपनि मजदुर युनिअनले यसको बिरोध गरेको र तल्लो तहको कर्मचारी मात्र हैन हाकिमहरुलेपनि लगाउनुपर्ने भन्दै खल्ती नभएको ड्रेस लगाउने नियम लागु नभएको खबर पत्रपत्रिकामा आएको छ ।
 तल्लो तहका कर्मचारीको आरोप हाकिमहरुलाई किलोका किलो सुन, अबैध समान मिलेर  तस्कर गर्दा हुने साना कर्मचारीको खल्तीमा आखा लगाएको भन्दै एअरपोर्ट  घुसखोरीको काण्ड सतहमा आएको छ । हेर्नुस खुलेआम यी कर्मचारी घुस खनपाउनुपर्ने वकालत गरिरहेका छन्  खल्ती नभएको ड्रेस नलगाउने भन्दै युनियनको  बलमा सरकारी आदेस पालना नगर्ने र ठुला तस्करगर्ने हाकिमहरु साना कर्मचारीलाई खल्ती नभएको लुगा भिराएर पानिमाथिका ओभाना हुने प्रवृति दुवै हामी र राष्ट्र बिरोधि हुन् यिनको भण्डाफोर र खबरदारी गरौ ।
स्मरण रहोस खबरदारी टिमले ३ दिन अघिमात्र एअरपोर्ट बेथिति बिरुद्ध खबरदारीपत्र लेखेको थियो 
यस समाचार सम्बन्धि अन्य जानकारी  हेर्न तलका लिंकमा जनुहोस् ।
Karobardaily -4 days ago
http://www.karobardaily.com/2015/09/9843/

Telegraph news  6 years ago -
http://www.telegraph.co.uk/news/worldnews/asia/nepal/5685207/Nepal-bans-pockets-to-stamp-out-bribe-taking-at-airport.html


September 14, 2015

मधेसी नेताहरु को हिरो बन्ने दौडमा एकआपसलइ सिध्याउने सड़यन्त्रमा- अमरेश निस्के हिरो

राजेन्द्र महतोले मधेस आन्दोलनमा सहभागी अन्य मधेसवादी दलका नेताहरुलाई बदनाम गर्नका लागि एउटा समूह नै परिचालन गरेको खुलेपछि मधेसी मोर्चामा खेलाबैला मच्चिएको छ ।
यसपटक मधेस आन्दोलनको जस लिन र भोलि त्यसको फाइदा लिन सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका महतोले उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र यादव लागयतका नेताहरुको बद्नाम गर्न आफ्ना भतिजा उपेन्द्र महतोको नेतृत्वमा एउटा समूह नै सामाजिक संजालहरुमा खटाएको खुलासा भएको छ ।
राजेन्द्र महतो मन्त्री हुन्जेल सधैं पिए रहेका उपेन्द्र नातामा राजेन्द्रका भतिजा हुन् । अहिले उनी सद्भावना पार्टीका केन्द्रीय सदस्य छन् । राजेन्द्रको अकुत सम्पत्ति उपेन्द्रको नाममा पनि रहेको चर्चा मधेसी नेताहरु नै गर्दछन् । सम्पत्ति शुद्धिकरणको निशानामा परेका महताले नक्कली फेसबुक एकाउन्टमार्फत उपेन्द्र, महन्थ र महेन्द्रको बदनाम गरिरहेको आरोप लागेको साँघु साप्ताहिकमा खबर छ ।
त्यसो त उनले आफ्नो नक्कली फेसबुकबाट पनि संविधानसभाबाट राजीनामा दिन डराएका मधेसी नेताहरु धोकेबाज हुन् भन्दै सद्भावना पार्टी बाहेक अरु कसैले पनि मधेसको मुद्दा बोक्न नसकेको लेखेका थिए । 
  कांग्रेस , एमाले र माओबादीका मधेशी ,थारु सभासादहरुले खल्तीमा केन्द्रिय कर्यलय बोकेर हिड्ने भुरे दलको आन्दोलनको पछि लागे आफ्नै राजनीति धरापमा पर्ने बुझेपछि आन्दोलनलाइ समर्थन गरेजस्तो गरे महतो , उपेन्द्रहरुलाई सडकमा पछारेर माग चाही आफुले पुरा गरेर संबिधानमा हस्ताच्यर गर्न आए|
सारै बाठा अमरेश देखिए उनको उपस्थिति भारतको संबिधान बनाउने, अराजकहरुलाई समर्थन नदिने  अर्थपूर्ण मानिएको छ । मधेशबादी दलहरुलाई पटकपटक साथ दिएपनि नेपाल भारतको सम्बन्ध सपार्न भन्दा बिगारेर फाइदा खोज्ने गरेकोले भारतीय अधिकारीहरु रुस्ट भई बौद्धिक र कुटनीतिक रोल खेल्न सक्ने अमरेशलाइ संबिधान र सम्बन्ध सुधारको मिसन दिएको रुपमा हेरिएको  छ । 

नयाँ संविधानको घोषणा असोज ३ गते-यसरि धुमधाम - नेपाली जनताको संबिधान लेख्ने सपनासाकार हुदै


नयाँ संविधानको घोषणा असोज ३ गते अपरान्ह पाँच बजे हुने भएको छ। संविधान घोषणाको दिन र समय निर्धारण गरेपछि घोषणा समारोहमा सहभागी हुनका लागि निम्ता दिन आजै बेलुका सात बजे संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र महासचिव मनोहर भट्टराई शितलनिवास जाँदैछन् । 

तराई आन्दोलनका लागि एउटै बैंकबाट मात्र तीन अर्ब आएको देखियो:लालबाबु पण्डित

सन्जिब शुभचिन्तक 
नेकपा एमालेका नेता तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मधेसका नाममा तराइमा भएको आन्दोलनलाई बिखण्डनकारी भएको आरोप लगाएका छन।बिदेशीको बुइ चढेर भएको आन्दोलन रास्ट्रबादी आन्दोलन हुन नसक्ने बताउदै मन्त्री पण्डितले आन्दोलनको गतिविधिले त्यो पुष्टि गरेको दाबी गरेका छन।

September 10, 2015

एयरपोर्टका हाकिमलाइ खुल्लापत्र- भन्सारप्रति खाडीका नेपालीको आक्रोश सही थियोतपाईंको बुझाइ चै गलत हो

By: Bimal Karki
हिजो र आज सामाजिक संजालले तरङ्ग ल्याएको एयपोर्टको भन्सारको गलत भनिएको समाचारको बुझाइ चै गलत हो भन्ने मलाई लाग्यो |  फेसबुकमा आएको राजेन्द्र भुसालको भाइरल बनेको एअरपोर्ट बेथितिबारे कविता , हल्लाखल्ला ,चर्चा , फेसबुकमा खबरदारी सबै यथार्थ हुन् , केहि फेस्बुकका सिकारु कपिपेस्ट ब्लगरहरुले उमेश श्रेस्ठजीको ४ वर्षपुरानो ब्लग(Click here to see) खोतलेर केहि भ्रम फैलाएको देखियो तर कसैले पनि यथार्थ नकारात्मक खबर भनेका पाइएको छैन र पैसा कसले कहाँ बढाएको भनेका छैनन तसर्थ यो भ्रम हैन एअरपोर्ट बेथितिको आक्रोश हो |  हो यिनको श्रोत र मिति नखुलाई कपि गर्नु निन्दनीय छ  भबिस्यमा तिनले सुधार्लान ।

September 8, 2015

ठेट नेपाली शब्दहरु जानी राखे राम्रो


जानी राखे राम्रो
1.विवाहमा दुलाहले दुलहीलाई लाइदिने औठीलाई के भनिन्छ?
-साइमुद्रो
2.मुर्दा बेर्ने कपडालाई के भनिन्छ?
-चिचेट
3.टुनामुना जान्नेलाई के भनिन्छ?
-जालन्दरी

September 3, 2015

आधा आकाश ढाक्ने महिलाले सुरुगरे आमरण अनसन - हिम्सा उन्मुख दल र राज्यलाई सत्यहग्रहकोचुनौती

हिम्सा हैन सत्याग्रह बाट पनि माग राख्न सकिन्छ सबैले यो प्रयासको समर्थन गरौ
महिलामैत्री संविधानका लागि साझा अभियानले आजदेखि रिले अनशन सुरु

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More