नयाँ संविधानको घोषणा असोज ३ गते अपरान्ह पाँच बजे हुने भएको छ। संविधान घोषणाको दिन र समय निर्धारण गरेपछि घोषणा समारोहमा सहभागी हुनका लागि निम्ता दिन आजै बेलुका सात बजे संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र महासचिव मनोहर भट्टराई शितलनिवास जाँदैछन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा विशेष राष्ट्रिय समारोह गरेर संविधान घोषणा गर्ने तयारी छ। संविधान घोषणा समारोहको व्यवस्थापनका लागि आन्तरिक गृहकार्य तथा तयारी संविधानसभा सचिवालयले सुरु गरिसकेको छ । विशिष्ट पाहुनाहरुलाई निमन्त्रणा गर्ने क्रम सुरु भइसकेको छ । त्यसदिन सार्वजनिक विदा दिएर घरघरमा दिपावली मनाउने निर्णय सरकारले गर्दैछ ।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.