Showing posts with label computer. Show all posts
Showing posts with label computer. Show all posts

June 25, 2015

जी मेलबाट भुलबस पठाएको गलत इमेल फिर्ता तान्न मिल्ने -यसरि गर्नुस -Undo send wrong emails from gmail

गल्तिबस गलत इमेल कसैलाई पठाउनुभएको छ भने अब चिन्ता नलिनुस त्यो इमेल फिर्ता तान्न मिल्ने भएको छ तर यो सेवा  जिमेलमा मात्र उपलब्ध छ । 


गुगलले मंगलबारदेखि अनडु सेन्ड अप्सन आफ्नो जिमेल सेवामा उपलब्ध रहेको जानकारी गराएको छ, र यो फिचर जिमेलको सेटिङ अप्सनमा उपलब्ध रहेको छ ।

पठाइसकेकेा इमले फिर्ता लिन सकिने यो फिचर यसरी प्रयोग गर्न सकिन्छ-

आफ्नो जिमेल लगइन गर्नुहोस् । त्यसपछि दायाँपटि्टको सबैभन्दा माथि रहेको गिएर आइकन (पाँग्राजस्तो चिन्ह) मा क्लिक गर्नुहोस् । त्यसपछि विभिन्न अप्सनहरु देखा पर्नेछन्, जसमध्ये सेटिङ मेनुमा जानुहोस् ।

April 28, 2015

G-Mail लाई अन्लाईन Hard Drive को रुपमा Use गर्नुहोस्

तपाईंहरु मध्य धेरैलाई थाहा छ जिमेल एउटा फ्री वेब मेल सर्भिस हो जसले अहिले सम्म २ गिगाबाइट फ्री स्पेस दिने गरेको छ तपाईंको ईमेल Inbox र Attachments को लागि । २ गिगाबाईट भनेको धेरै स्पेस हो र यदाकदा तपाइँले पनि सोच्नुभएको होला यत्रो २ गिगाबाइट स्थान के राखेर भर्ने होला ? अझ धेरैलाई त यत्रो स्पेस किन चाहियो र भन्ने पनि लागेको हुन सक्छ । तपाईंले पनि यस्तै सोच्नु भएको हो भने यसो गरे कसो होला कि जिमेल ले फ्री मा दिएको स्पेसलाई अनलाइन Hard Drive को रुपमा use गर्ने र आफुलाई चाहिने फाइलहरु त्यस्मा save गर्ने जुन आफुलाई चाहिएको बेलामा जहाँ जुन सुकै स्थानमा भए पनि ति फाइललाई सजिलै पाउने । यसो गर्न सकियो भने त important फाइलहरु एक ठाउँ बाट अर्को ठाउँमा लान PenDrive, सि.डि वा धेरैनै ठुलो फाइल छ भने ल्यापटप बोक्ने झन्झट बाट मुक्त भईने भयो नि हैन र ?हामीले सजिलै आफ्नो जिमेल अकाउन्टमा भएको फ्री स्पेसलाई Online Hard Drive को रुपमा use गर्न सक्छौ ।कसरी ? भन्ने बारे मैले तल चर्चा गर्न लागेको छु ।यसको लागि तपाईंहरुले एउटा सानो आकारको एउटा software इन्स्टल गर्नुपर्ने हुन्छ र यो software इन्स्टल गरीसकेपछि तपाइँको कम्प्युटरको My Computer आइकनभित्र सी, डी, ई जस्ता हार्ड ड्राइभ जस्तै गरी जी मेल ड्राइभ पनि देखिनेछ ।

April 23, 2015

स्मार्टफोन पानीमा खस्दा पाँच उपाय अपनाउनुपर्छ-5 tips to save smart phone if dipped in to water.

पानीमा खसेको स्मार्टफोनलाई झिक्न मिलेसम्म तत्कालै झिकेपछि त्यसमा पसेको पानी फ्याँकेर पुनः चल्ने बनाउनका लागि हडबडाउँदै झट्कारेर खोतलखातल पार्ने लगायतका सकेजतिका हरेक काम गर्नुभएकै छ होला । तर असावधानीवस यसो गर्दा स्मार्टफोन पूरानै सद्दे अवस्थामा फर्किने होइन, झनै कामै नलाग्ने गरी बिगि्रन सक्छ । स्मार्टफोन पानीमा खस्यो भने यी पाँच उपाय अपनाउनुपर्छ

March 27, 2015

स्मार्टफोन नशा कसरी घटाउने ?how to get rid from phone addiction?

आजकल मानिसहरुमा स्मार्टफोनको क्रेज यति धेरै छ कि फोन नचलाई एकछिन पनि बस्न सक्दैनन् । ब्यस्त सडकमा हिड्दै गर्दा, गाडीमा यात्रा गर्दैगर्दा वा कार्यालयमा काममा खटिइरहेका बेलामात्र हैन, ट्वाइलेट बस्दा, खाना खाँदा वा मस्त निद्रालाई ब्रेक दिएर पनि मानिसहरु स्मार्टफोनमै झुण्डिइरहेका हुन्छन् ।
अर्थात् स्मार्टफोनको प्रयोग एक सिमितको लत अर्थात नशा बन्न थालेको छ । जसले गर्दा उर्वर समय स्मार्टफोनले खाइदिन थालेको छ भने घर परिवार र सम्बन्धहरुमा पनि समस्या ल्याउन थालेको छ । यसले तपाईको खुसी, तपाईको मानसिक बिकाश, शैक्षिक एवं सामाजिक सम्भावनालाई समेत नष्ट गरिरहेको हुनसक्छ ।
बिभिन्न अध्ययनहरुले दिनमा दुई घण्टाभन्दा धेरै समय स्मार्टफोनमा सक्रिय हुनुलाई नशाको रुपमा ब्याख्या गरेका छन् ।
स्मार्टफोन यस्तो नशा कसरी घटाउने ? कहिलेकाहीं तपाईलाई लाग्छ होला स्मार्टफोनको नशामा यति धेरै डुबिसकें कि अब छुटकारा पाउनै सक्दिन् ।

February 3, 2015

४० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने पि्रमियम भर्सन गुगल अर्थ निःशुल्क

झण्डै ४० हजार रुपैयाँ  महंगो शुल्क पर्ने तिर्नुपर्ने पि्रमियम भर्सन ‘गुगल अर्थ प्रो‘  गुगलले अब निःशुल्क दिने भएको छ । यसअघि ब्यबसायिक ग्राहकलाई लक्षित गरी ल्याइएको अर्थ प्रोको ग्राहक बन्न बाषिर्क ३ सय ९९ अमेरिकी डलर तिर्नुपर्दथ्यो ।

December 10, 2014

फोन स्लो भएर वाक्क हुनुभा छ ? फास्ट बनाउन यसो गरौ-How to make your phone fast instructions in Nepali.

स्मार्टफोन स्लो हुनुमा धेरैवटा पक्षले काम गरेको हुन्छ । सस्तो मूल्यका स्मार्टफोनमा प्रयोग हुने प्रोसेसर, स्टोरेज क्षमता, एप्सहरुको बढ्दो साइज र भाइरसका कारण पनि फोन स्लो हुने समस्या देखिन्छ ।

यदि तपाई एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने तुलनात्मकरुपमा अन्य फोनभन्दा धेरै स्लो हुने समस्या भोग्नुभएको होला । स्मार्टफोनलाई फास्ट बनाउने केही सरल तरिका यस्ता छन्-

October 13, 2014

मोबाइल र कम्प्युटरबारे यी भ्रमहरु नापालौ

डिभाइस कसरी चार्ज गर्ने, कसरी सुरक्षा गर्ने जस्ता बिषयमा सही सूचनाको अभाव हुँदा हामीले कहिलेकाहीँ निकै ठूलाठूला भ्रम पालिरहेका हुन्छौं । जस्तो कि, एप्पलको कम्प्युटरमा भाइरस लाग्दैन, फुल चार्ज भएपछि पनि प्लगमा जोडिरहँदा ब्याट्री खतम हुन्छ आदि-आदि ।

आज हामी तपाईंलाई दैनिक जीवनमा आबश्यक यस्ता केही सामान्य कुराहरुको जानकारी दिँदै छौं जसले तपाईलाई यस्तै केही ठूला भ्रमहरुबाट मुक्ति दिनेछ र तपाईले सही तरिकाले आफ्ना कम्प्युटर र मोबाइल चलाउन सक्नुहुन्छ ।

September 2, 2014

कम्प्युटरमा जान्नैपर्ने ८ किबोर्ड सर्टकट-key board shortcut tricks

कम्प्युटरमा काम गर्दा हरेकपटक माउस चलाउँदा हैरान हुनुभएको छ ? त्यसो भए तपाईका लागि केही सहज उपायहरु छन् जसले तपाईको कम्प्युटरमा काम गराईलाई सजिलो बनाइदिने छ । कम्प्युटर किबोर्डमा यस्ता थुप्रै सर्टकट फर्मूलाहरु हुन्छन, जसले गर्दा तपाईले हरेकपटक माउस चलाउन पर्दैन, किबोर्डबाटै छिटो र सजिलोसँग गर्न सक्नुहुन्छ । माइक्रोसफ्ट विन्डोजको वर्ड, पावरपोइन्ट, एक्सेल लगायतका प्रोग्राममा यस्ता धेरै छोटकरी नम्बरहरु सेट गरिएको हुन्छ । तालिमप्राप्त र अनुभवी प्रयोगकर्ताका लागि यहाँ उल्लेखित टिप्स सामान्यजस्ता लाग्न सक्छन् । तर, नयाँ प्रयोगकर्ता र तालिम नलिइ कम्प्युटर चलाउन सुरु गर्नुभएका प्रयोगकर्ताका लागि भने यी टिप्स दैनिक जीवनका लागि निकै उपयोगी हुनसक्छन् ।
१. ओपन र क्लोज ट्याव

April 3, 2014

various function of iphone headphone-आइफोनको हेडफोन गित सुन्न कुरा गर्न मात्र हैन, धेरै काम गर्दो रहेछ यसले

आइफोनको हेडफोनको प्रयोगले तपाई के–के गर्नुहुन्छ ? गीत सुन्ने, फोन उठाउने र काट्ने ? अक्सर मानिसहरु हेडफोनलाई यही रुपमा प्रयोग गर्छन ।

तर, आइफोनको हेडफोनमा यति धेरै फिचरहरु छन जुन तपाईले अहिलेसम्म प्रयोग नगर्नुभएको हुनसक्छ । यो सानो डिभाइसले तपाईको आइफोन प्रयोग अनुभवलाई निकै उन्नत बनाइदिन सक्छ, यदि प्रयोग गर्ने तरिकाबारे जान्नुभयो भने ।

January 10, 2014

आफ्नो कम्प्युटर कसले प्रयोग गर्यो कसरी थाहा पाउने ?

कहिले प्रयोग भयो ? सम्भवत यो सवैजसो कम्प्युटर प्रयोगकर्ताको चासो र चिन्ताको बिषय हो । किनकी अहिलेको जमानामा कम्प्युटर नै एउटा ब्यक्तिको सम्पूर्ण सूचना भण्डार र सम्पत्ति हो ।

त्यही कम्प्युरटमा महत्वपूर्ण कागजात र सूचनाहरु राखिएका हुन्छन, प्रयोगकर्ता के गरिरहेको र के गर्ने योजना बनाइरहेको भन्ने पनि यहींबाट थाहा हुन्छ । ब्यक्तिगत कम्प्युटर उसको पर्स भन्दा पनि महत्वपूर्ण चीज हो भन्दा फरक नपर्ला ।

September 3, 2013

How to Install Nepali Font in Your Computer?

HOW TO INSTALL NEPALI FONTS IN YOUR COMPUTER
Click here to Download all new nepali fonts(Fonts included: Bharatvani Wide Font, Devanagari New, Himalb, HindiSanskrit, Kanchan, Kantipur, MtEverest, Rukmini, and Sagarmatha)
--------------------------

1. Download the nepfont.exe or the selected .zip file to a temporary directory.

2. Extract the font files by clicking on the downloaded file.

3. Click on the start icon at the bottom-left corner of your task bar.

4. Then go to settings and select the control panel.

5. In control panel, click on the Fonts folder.

6. Then select Files and then Add new fonts from the drop-down menu.

7. Select the folder where you extracted your font files.

8. Select the font to be installed (or you can select all) and click OK.

9. You are now ready to roll!


If you have problems using the short and long U characters (on keyboard ' and "):
--------------------------------------------------------------------------------------------------------------

a) In MS Word, you need to turn off "smart quotes".

b) To do this, go to Tools and then to Autocorrect.

c) You will see a window with four tabs. Click on the second tab that says "AutoFormat As You Type".

d) Under "Replace as you type", uncheck the box that says "Straight quotes" with "smart quotes".

e) Press OK and you are ready to roll!!

LEARN TO TYPE
--------------------------



May 6, 2013

तपाइँ को कम्पुटर ढिलो खुल्छ ? नो चिन्ता छिटो खुल्ने बनाउने तरिका यस्तो छ

कम्प्युटर ढिलो खुलेर हैरान हुनुभएको छ? तपाइँको कम्प्युटर खुल्न धेरै समय लगाउँछ भने तपाइँलाई कम्प्युटर चलाउन नै हैरान लाग्छ। कम्प्युटरमा हामीले राखेका विभिन्न सफ्टवेयरहरु पनि कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटर सुरुमा खुल्नको लागि समय लिने हो। किनभने
हामीले कम्प्युटरमा विभिन्न सफ्टवेयरहरु इन्स्टल गर्दा खासै ध्यान नदिइ अघिल्लो अघिल्लो स्टेपमा गइरहेका हुन्छौं।

May 1, 2013

कम्प्युटरमा स्पाइवेयर छ कि छैन भनेर थाहा पाउने तरिका

कुनै पनि कम्प्युटरमा स्पाइवेयर छ कि छैन भनेर थाहा पाउने थुप्रै तरिका छन्। तीमध्ये मुख्य यसप्रकार छन् :


१. यदि आफ्नो इन्टरनेट ब्राउजर अथवा ब्राउजरमा हुने सर्च टुल बार पहिलेभन्दा फरक भेटिए स्पाइवेयर भएको बुझ्न सकिन्छ। यस्तो परिस्थितिमा आफ्नो ब्राउजरमा कहिल्यै नदेखिएका टुलबार र बटनहरू देखिन्छन् जुन आफूले कहिल्यै इन्स्टल गरिएको थिएन।

२. त्यसैगरी कुनै प्रोग्राम डिलिट गर्न खोज्दा पूर्णरुपले डिलट नहुने वा कुनै सफ्टवेयर अनइन्स्टल गर्न खोज्दा पूर्णरूपले अनइन्स्टल हुन नदिने हुन्छ।

March 4, 2013

कम्प्युटरमा भाइरस पसेको कसरी थाहा पाउने ? कसरी बँच्ने ?

हामी अहिले साइबर युद्धको युगमा छौँ । तपाइँलाई थाहै नदिइकन तपाइँको कम्प्युटर भाइरसद्धारा संक्रमित हुनसक्छ र अदृश्य ठाउँबाट कुनै ह्याकरले तपाइँको कम्प्युटर नियन्त्रण गरिरहेको हुनसक्छ । तपाइँको ल्यापटपका डाटाहरु साइबर अपराधीहरुले चोर्ने खतरा पनि हुन्छ । 
त्यसैले आफ्नो पिसिलाई ह्याक हुनबाट वा भाइरसबाट जोगाउन सचेत हुनुपर्छ । कम्प्युटरमा भाइरस घुसेको 

थाहा पाउने केही लक्षण निम्न छन् :
 पिसीको गति निकै धिमा हुन्छ । कम्प्युटरमा धेरै डाटा लोड नहुँदा पनि गति निकै धिमा हुन थाल्छ । इन्टरनेट ब्राउजर आफै खुल्ने वा पपअप विन्डो आफै खुल्ने भयो भने पनि भाइरस छिरेको लक्षण हो । ब्राउजर बन्द गर्दा पनि बन्द हुनेबित्तिकै आफै खुल्ने लक्षण पनि भाइरस संक्रमणको हुनसक्छ ।

कम्प्युटरमा सेक्युरिटी विज्ञापन आफै देखिनु, ल्यापटप संक्रमित भएको चेतावनी जारी हुनु तथा सेक्युरिटी सफ्टवेयर डाउनलोड गर्न आफै सूचना पप अप हुन्छ । इन्टरनेट खोल्दा आफुले अर्कै बेवसाइट लगअन गरेको बेला अर्कैमा रिडाइरेक्ट हुनु । अनावश्यक वा चिन्दै नचिनेका वा अप्रासंगिक इमेल आउनु, फेसबुक वालमा आफुले पोष्ट गर्दै नगरेका कुराहरु पोष्ट हुनु । 

कसरी जोगिने ? 

पेनड्राइभ ल्यापटपमा घुसाउँदा सुरुमा भाइरस स्क्यान गरिसकेपछि मात्र खोल्नुहोस् । तपाइँको इमेलमा आएको वा अरु कुनै साइट खोल्दा ध्यान दिनुहोस् । यदि उक्त वेबसाइट आधिकारिक वा सुरक्षित हो भन्नेमा तपाइँ ढुक्क हुनुहुन्न भने त्यसमा क्लिक नगर्नुहोस् ।
 इमेल तथा सोसल नेटवर्कमा पठाइएका विभिन्न खाले बधाइ तथा शुभकामना लगायतका शंकास्पद इमेल खोल्ने तथा त्यसमा दिइएका लिंक ओपन गर्ने गर्नुहुँदैन । त्यस्ता शंकास्पद इमेललाई सोझै डिलिट गर्नुहोस् । लिंक सुरक्षित हो वा भाइरस जन्य हो भन्ने कुरा कसरी थाहा पाउने ? तपाइँलाई पठाइएको वा लगअन गर्न खोजेको साइटको लिंक युआरएल निम्न लिंक safeweb.norton.com र siteadvisor.com मा गएर टाइप गर्नुहोस त्यसपछि त्यो साइट सुरक्षित हो की भाइरसजन्य हो थाहा हुन्छ ।

October 2, 2011

how to increase the speed of your computer?Speed बढाउने केही Tips हरु

तपाईंको कम्प्युटरको Speed बढाउने केही Tips हरु

१) सर्वप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै नखोल्नुस् , पहिला राम्रोसँग PC लाई Bootup हुन दिनुस् ।

२) कुनै पनि Application बन्द गरी सकेपछि आफ्नो Desktop लाई एकपल्ट Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused फाइलहरु Remove
हुन्छ ।

३) आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि गर्नुनै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।

४) आफ्नो Desktop मा धेरै Unnessesary Shortcut हरुलाई नराख्नुस् र सकेसम्म Desktop लाई Clean नै राख्नुस् । Desktop मा फोटो तथा Music को फाइलहरुलाई पनि Save नगर्नुस् ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More