September 15, 2015

संबिधानमा हिन्दु धर्म र दौरा सुरुवालको हत्या गरियो- नेपाल र नेपालीको पहिचान के?


नेपालको राष्ट्रिय पोशाक दौरा सुरुवाल तथा गुन्यूचोली कायम गर्नुपर्छ भन्ने प्रस्तावलाई संविधानसभाले अस्वीकार गरेको छ ।
अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले दौरा सुरुवाल र गुन्यूचोलीलाई राष्ट्रिय पोशाक कायम गरियोस भनी राखेको संशोधन प्रस्तावलाई संविधानभाको अत्यधिक बहुमतले अस्वीकार गरेको हो ।
उनले संविधानको धारा ९ मा संशोधन हाल्दै उनले दौरा सुरुवाललाई राष्ट्रिय पोशाक कायम गरियोस् भन्ने माग गरेका थिए । प्रस्तावित संविधानमा राष्ट्रिय पोशाकबारे केही पनि उल्लेख गरिएको छैन ।

यस्तैगरि राप्रपा नेपालका कमल थापाले राखेको नेपाल हिन्दु अधिराज्य कायम हुनुपर्ने मागपनि अस्वीकृत भएको छ  नया संबिधानमा धर्मबारे धर्म निरपेक्च्यताको ब्याख्या सहित धर्म निरपेक्च्य मुलुक रहने भएकोप्रति थापाले आपत्ति जनाउदै
संबिधानमा हिन्दु धर्म र दौरा सुरुवालको हत्या गरियो- नेपाल र नेपालीको पहिचान के ? भन्दै आक्रोश पोखे |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More