Showing posts with label भूकम्प. Show all posts
Showing posts with label भूकम्प. Show all posts

September 20, 2011

Negligency of media and concerned authorities- भूकम्प ले ठुलो पाठ सिकायो सबैलाई र केहि गम्भीर प्रस्न जगायो ?

पशुपतिनाथ को कृपाले हाम्रो देश मा तेत्रो विनासकारी भूकम्प जादा पनि ठुलो जनधन को छेती भएन तर यो भूकम्प ले सम्बन्धित निकाय र सर्बसाधारण लाइ धेरै पाठ र प्रस्न हरु एकै साथ् छोडेर गएको छ | त्यस मध्ये केहि उल्लेख गरिएको छ  बाकि थप्ने र घटाउने जिम्मेवारी तपाइलाई छोडिएको छ  क्रियापा कमेन्ट को रुप मा छोडीदिनुहोला त्यलाई समेटेर सबैमिलेर  सम्बन्धित निकायहरुलाई ध्यानाकर्सन गराउन  खुल्ला पत्र लेखौला :
सर्बसाधारण ले सिक्ने 
फोकटिया मिडिया को भर  पर्ने भन्दा आफ्नो सेफ साइड को लागि फुर्सद मा तयारी गरिरहने , कहाँ  भाग्ने , के गर्ने , भनेर परिवार का सदस्य सबैले सल्लाह गर्ने 

- मुख्य कुरो आतिएर भाग्नु हुनेरैनछ  भन्ने कुरो-  अधिकांस घाइते हरु भाग्दा , घर बाट फाल्हान्दा घाइते भएका रैचन ,हतार गर्ने तर न आतिने
जोखिम युक्त घर हरुमा मा ज्यान बाजी राखेर नबस्ने आफ्नो घर भए भत्काउने , अरुको भए छोडेर अन्तै जाने   


मेडिया ले सिक्ने पाठ 
- नेपाल का मेडिया ले भूकम्प गयो तर के गर्ने कसो गर्ने भनेनन् ,  फेरी आउन सक्छ कस्तो सावधानी गर्ने , कसरि बच्ने   भन्ने कुरो पटक्कै  गरेनन नेपाल टेलिविजन र रेडियो त दुनिया थरि गित बजाएर बसेका थिए   अब यिनका टाउके को चेत खुल्ने कि नखुल्ने ? कस्तो बेला के गर्ने  भन्ने पनि चेत छैन ? 
- केहि निजि संचार माध्याम भने कहाँ के भयो भनेर मान्छे अत्याउन  ब्यस्त  थिए  यिनको भूमिका   यस्तै हो त दैबी प्रकोप को बेला ?  गर्ने ले त गरे तर सारै ढिलो गरे 
यिनलाई मान्छे मरेको, बिध्वोंस भएको  समचार संकलन गर्न हतार थियो तर सचेत गराउने सूचना पटक्कै दिएनन्  

सरकारी संयन्त्र , दैबी प्रकोप , यस सम्बन्धि काम गर्ने NGOले सिक्ने
- हाम्रो सरकारी संयन्त्र ले पनि सहायता को लागि के गर्ने कसलाई फोन गर्ने भनेर चासो नै देखाएनन 
- यो भन्दा  बिपत्ति कथम कदाचित भैदिएको भए , भए  खै त तयारी ?
तयारी हल्ला गरेर मिडिया मा फोटो खिचेर हुन्छ  कि अनियमित रुप मा बनेका घर हरु , जोखिम युक्त भवन हरुलाई नियन्त्रण , पुननिर्माण गरेर  पहिरो जान जोखिम क्षेत्र बाट बसोबास हटाएर अध्ययन अनुगमन र खोज गरेर हुन्छ ?


- यस्तो दैबी प्रकोप को  खतरा हुदा हुदै अब सरकार ले ति असन , इन्द्रचोकक , ललितपुर , भक्तपुर का भयानक घर हरुलाई   भत्काएर भूकम्प जोखिम मुक्त घर बनाउन पहल गर्ने कि  नगर्ने ?
- तेस्ता घर का धनि हरु ले ज्यान भन्दा पनि माथि घर लाइ राखेर तेस्तो घर राख्ने , तेस्तो घर मा बस्ने कि  हटाउन पहल गर्ने ? 
- तेस्ता घर मा बस्ने बहालवाला हरु, भाडा मा बस्ने हरु तेस्तो घर छोडेर र बस्न बहिस्कार गरेर अन्यत्रै सर्ने कि नसर्ने ?के हामी तेस्ता घर मा बसेर  , तेस्ता जोखिम  युक्त घर मा सुतेर लम्पसार परेर मर्न तयार हुने ?

-  मुख्य देखिएको कुरो संचार मध्यम र अधिकारिक सरकारी मध्यम हरु मान्छे अत्याउन मात्र लागे तर सुरक्च्या तिर लागेनन यसले हामि जीवन लाई कति फितलो र मजाक ले हेर्दा रैछौ भन्ने प्रमाणित गर्छ ,अब फेरी पर्दा यस्तै गर्ने ?   
खबरदारी
अब  जीवन र सुरक्च्या  प्रथम (Health and Safety first )  भन्ने मूल मन्त्र लाइ अङ्गीकार गरेर   हरेक निर्माण , पुरबाधर  , कार्यसम्पादन  र दैनिक काम गर्नु पर्दछ |  जोखिम युक्त छ भन्ने जाँदा जाँदै राखिएका  ज्यानमारा व्यक्ति, निकायहरुको लापरबाही ले  फेरी  कुनै   नेपाली  ले पर्खाल मा च्यापिएर  अकाल मा मृत्यु बरण गर्नु नपरोस   सक्छ कसैले त्यो जीवन लाइ फिर्ता ल्याउन अब ? 
तेसरी जीवन नजाओस भनेर फेरी सतर्क अपनाउने कि नअपनाउने ?

लु सुझाब संकलन गरम त अब त्यो योजना गर्ने , दैविप्रकोप को काम गर्ने , र डलर को खेति गर्ने हरुलाई हल्ला हैन काम गर भनेर खुल्ला पत्र मार्फत केहि सुझाब दियौ |
तपाइँ को सुझाब कमेन्ट मा दिनु होला सानो सुझाब  ले सार्बजनिक हितकोलागि ठुलो काम गर्नेछ  :


September 19, 2011

Earthquake in Nepal-नेपाल मा भूकम्प आयो, फेरी आउन सक्छ, आउदा क्यार्ने त ?

भूकम्पीय जोखिम मा रहेका मुलुक हरुमध्य नेपाल पानि पर्ने खबर सबै लाइ सर्बबिधित छ हिजो बौदिक माफिया को यसघि को लेख लेख्दा लेख्दै आयो भूकम्प नेपालमा अनि गइयो ट्विटर मा र थालियो फेस बुक मा पनि अपडेट गर्न तेस्बाला को गन्थन तपाइले छुटाउनु भाथियो भने मुख्य कुरा यति थिए :
- नेपाल मा भूकम्प ६.८ रेक्टरस्केल को भूकम्प यसको केन्द्र बिन्दु सिक्किम र ताप्लेजुंग रहेको जानकारी - यो भूकम्प मुलुक को १९९० सालको विनासकारी भूकम्प पछि को शक्तिसाली भूकम्प
 - काठमाडौँ को बेलायती एम्बसी को पर्खाल भत्किदा ३ जान को मृत्यु
- एम्बेसी का सुरक्च्या गाड ले समय मा नै उद्दार गर्न स्थानीय बासीलाई रोक लगाएको कारण मृत्यु भएको स्थानीय बासीको आरोप मृत्यु हुने हरु मा मा ३६ वर्षका राजन श्रेष्ठ, ८ की अनीता श्रेष्ठ र १९ वीरबहादुर माली भएको पुस्टि
 - धरानमा पुरानो घर भत्किदा२ जना को मृत्यु मृत्यु
 - तत्काल को जानकारी अनुसार ५ को मृत्यु ४४ घाइते , ५८ घर भत्किए को - खादबारी मा ३० प्रतिसत पुराना घर भत्किएको समाचार , धरान धनकुटा सडक खण्ड मा पहिरो गइ सडक खण्ड जाम
 - संबिधान सभा को बजेट पारित गर्ने सभा चली रहेको बेला भूकम्प आउदा सभासद हरु भागाभाग यस भूकम्प सम्बन्धी भिडिओ अपडेट हेर्न तल जानुहोस
 Part-1
 
Part-2
 
प्राकृतिक प्रकोप लाइ रोक्न त कसले सक्ला र ? तर यसबाट बच्न र जनधन को छेती कम गर्न भने सकिन्छ| हामीले सोच्नेनै बेला आएको छ घर अनि विभिन्न भवन हरु बनाउदा र विदेश मुलुक हरुले अघि सरेको[health and safety first]  स्वस्थ र सुरक्च्या प्रथम भन्ने  नारालाई अब हामीले समात्न पर्छ| पहिला भौतिक बस्तु , सम्पति हैन अब जीवन अनि स्वास्थ्य प्रथम मा राखेर दैनिक काम गर्ने बेलाएको छ |

संबिधान सभा चली रहेको बेला भूकम्प आउदा साभासाद हरुको भागाभाग

के गर्ने त भूकम्प जादा ?
तलको कार्टून भिडिओ हिन्दि मा भएपनि उपयोगी भएको ले राखिएको छ |

तयारि का केहि बिधि -->



सुरक्चित स्थान तिर जाने यसको पहिले नै मानसिक रुप मा तयारि भएर रहनु बेस 




आगलागी बाट बच्न पहिलो झट्का मा नै ग्यास , विधुतीय सामग्री हरु बन्द गर्ने 




अत्तालिएर नादौदिने अधिकांस दुर्घटना यसरि हुनेगर्छ 



भाग्न को लागि एउटा ढोका खुल्ला राख्ने 



घरबाहिर भए टाउको लाइ जोगाउने केहि कडा  बस्तु भए टाउको माथि राख्ने 




शपिंग महल हरु मा भए अधिकारिक सूचना लाई मान्दै तेही अनुसार कदम चल्ने 




सवारीसाधन मा भए निषेधित क्षेत्र मा नजाने देब्रे तर्फा साइड लगाएर सुरक्चित ठाउँ मा रोक्ने 




पहिरो , अनि लडिरहेका पर्खाल भवन हरुदेखी सावधानी पुर्बक सुरक्चित ठाउँ मा जाने 





भिड भाड मा हिडेर थोरै मात्र समान बोकेर निस्किने 





हल्ला खल्ला मा नलाग्ने सहि समाचार लिएर अधिकारिक रेडियो सुन्ने अनि तेही अनुसार गर्ने
-Photo Sources &  : National Society for Earthquake Technology(NEST) 

[भूकम्प आउनु आघि , आउदा  र जादा को तयारी को लागि पनि माथि को लिंक मा क्लिक गर्नुहोला  ]



Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More