September 26, 2015

नेपालीले संविधान बनाएका हुन् एटमबम होइन-बिश्वको ठुलो लोकतान्त्रिक मुलुकले गर्नुपर्ने यहि हो ?

सन्तोष भट्टराई
नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा मात्र नभई भारतमा पनि जवरजस्त विरोध भइरहेको छ । भारतीय पत्रकारदेखि पूर्वराजदुतसम्मले नेपालमाथी मोदीले दम्भकारी हस्तक्षेप गरेको उनीहरुले बताएका छन् ।
भारतीय संस्थापन पक्षले नेपालप्रति गरेको हस्तक्षेपकारी भूमिकाको भारतकै ठुलो हिस्साले विरोध गरेको छ । नेपालमा नयाँ संविधान जारी भएदेखि विभिन्न बहानामा भारतले नेपालमाथी हस्तक्षेप गर्दै आएको छ । भारतीय हस्तक्षेपलाई लिएर नेपाली भाषी दार्जिलिङबासी, गोर्खाल्याण्ड आन्दोलनका अगुवा रोषण भटिया, नेपालका लागि पूर्वराजदुत शिवशंकर मुखर्जी, भारतीय कम्यूनिष्ट पार्टी माक्र्सबादीका महासचिव प्रकाश करात र भारतीय चर्चित पत्रकार आनन्दस्वरुप बर्माले कडा निन्दा गरेका छन् ।
नेपाल मामिलाका जानकार पूर्वराजदुत मुखर्जीले नेपालप्रति भारतले ठुल्दाईको ब्यवहार गरेको टिप्पणी गरेका छन् । उनले मोदीलाई सवक सिकाउन पनि नेपाल हस्तक्षेपका सामु नझुक्न आग्रह समेत गरेका छन् । उनले नेपाललाई ‘सवक सिकाउ’ भन्ने कट्टरपन्थीहरुलाई मौका दिएको बताए ।
भारतीय बामपन्थी विश्लेषक तथा पत्रकार आनन्दस्परुप बर्माले सार्वभौमसम्पन्न नेपालमाथी भारतले हस्तक्षेप गरेको बताए । उनले भने ‘नेपालीले संविधान बनाएका हुन् एटमबम होइन ।’ उनले भारतले आफ्नो गलत शक्ति नेपालमाथी प्रयोग गरेको बताए ।

त्यसैगरी,भारतले नेपालमा गरिरहेको हस्तक्षेपलाई भारतीय कम्यूनिष्ट पार्टीका महासचिव प्रकाशले ‘दम्भपूर्ण हस्तक्षेप’ को संज्ञा दिएका छन् । भारतीय सत्तापक्षले नेपालको तराई—मधेश केन्द्रित दलहरुलाई अराजक बन्न उक्साउदै संरक्षण गरेको उनले बताएका छन् ।
नेपाली भाषी दार्जिलिङबासीले पनि नेपालमाथी हस्तक्षेप गरेर नेपालीको मन नदुखाउन भारतीय प्रधानमन्त्री मोदीलाई खुल्ला चेतावनी दिएका छन् । Courtesy: yeskathmandu.com

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More