August 1, 2018

बेलायतमा फैलिँदो 'पार्क रन' संस्कृति

जगन कार्की 

लंडन | बेलायतका अधिकाम्स पार्कहरुमा हरेक शनिबार बिहान ९ बजे  स्थानीय वासिन्दाहरु  भेला भएर ५ किलोमिटर दौडने चलन अब एउटा संस्कारको रुपमा हुरकंदो छ । पार्क रनकै अर्को संस्करण ४ देखी १४ वर्ष सम्मका बालिबलिकाहरुका लागिपनि आइतबार २ किलो मिटर सम्मको दौड पनि सोही पार्कहरुमा हुने गर्दछन  ।
 “पार्क रन”यानिकी  पार्कमा भेला भएर दौडने  म्याराथन अरुलाई जित्ने  खेल भन्दा आफ्नो  प्रतिस्प्रधा आफुसंग नै हुने प्रभृतिको हुने गर्दछ,  यस मानेमा की आफ़नो पुरानो रेकर्ड भन्दा राम्रो दौडीने र निरन्तर सुधार गर्दै जाने । पार्क रनलाइ ब्यबस्थित गर्न यसको आफ़नै वेबसाइट रहेको छ र यसमा सहभागी बन्न चाहने हरूले आनलाइन  दर्ता गरेर सम्पूर्ण जानकारी सहित हरेक सहभागीहरुलाई  एक बार कोड (पृथक आइडी )को व्यवस्था गरिएको हुन्छ | पार्क रनको वेब साईंट - http://www.parkrun.org.uk/ रहेको छ जसबाट सम्पूर्ण जानकारी पाउन सकींछ |   पार्क रनको मुख्यालयले आवस्यक सामग्रीहरु उपलब्ध गराउने गर्दछ भने यसमा सहभागी हुँदा कुनै पनि शुल्क तिर्नु पर्दैन । 

 दौड सुरु भएपछि सबै सहभागीहरु दौडने साथै पार्क रनका सहभागीहरु मध्ये नै हरेक हप्ता पालो गर्दै स्वयं सेवी बनेर ब्यबस्थापन गर्ने  र ५ किलो मिटर दुरीका हरेक गौंडामा बसेर कसैलाई सहायता आवस्यक परे सहायता गर्ने र दौडी रहेका हरुलाई प्रोत्साहन गर्ने गरिन्छ ।

 दौडको अन्त्यमा सबैले आफ्नो रेकर्ड आफ्नो सम्पूर्ण जानकारी संचित पृथक आइडी कार्ड कम्प्युटरको बार कोडलाई स्क्यान गरेर दौडको अन्त्य गरिन्छ ।
 अन्त्यमा स्वयंसेवकहरुले कति मिनेटमा दौड सम्पन्न गरेको त्यो उमेर समूहमा दौडने र आफ्नो स्थान तथा सम्पूर्ण जानकारी पार्करनको बिश्वोब्यापी वेबसाइट संगै जानकारीहरु संकलन गरेर राख्ने र हरेक सहभागीहरुलाई इमेल मार्फत जानकारी प्रदान गरिन्छ ।  
नियमित दौडिने हरुलाई दौडको सुरुमा उनीहरुले दौडेको ५० औं पटक , १०० यौ पटक जस्ता विभिन्न माइल स्टोनहरुको घोषणा गरेर प्रेरणा र हौसला दिने गरिन्छ भने नयाँ दौडनेहरुलाइ स्वागत गर्दै सामूहिक हौसला दिने प्रचलन रहेको छ । सामूहिक हौसला र सबैले गरेको देखेर आफुलाइ पनि गर्न जाँगर चल्ने पार्क रनको मुख्य विशेषता रहेको अधिकांश सहभागीहरुको राय पाइन्छ | 

स्वास्थ्य , सामाजिक र सामूहिक सतकर्मका द्रीस्टिले अब्बल देखिएको पार्क रन संस्कारको सुरुवात बेलायतको बुसी पार्क रन भनेर पाउल सिन्टन हेविटले सन् २००४मा सुरुवात गरेका हुन । यसलाई सुरुमा बुसी पार्क टाइम ट्रायल भनिन्थ्यो जुन बिस्तारै फैलदै गयो ।   सन् २००७मा बेलायतकै  विम्बलडनमा  दोश्रो  पार्क रनको सुरुवात  गरियो भने लन्डन बाहिर प्रथम पार्करन  लिड्समा भएको थियो ।  
यो युके टायम ट्रयललाइ पछि २००८मा आएर  पार्क रनको नामले चिनियो । बेलायत भन्दा बाहिर सर्बप्रथम पार्क रन डेनमार्कमा २००९मा सुरु भएको थियोभने हाल हरेक हप्ता  अस्ट्रेलिया, क्यानाडा , डेनमार्क , आयरलेण्ड, न्युजिलेंड , पोलेंड , रसिया , दक्षिण अफ्रीका , अमेरिका लगायत बिश्वोका २२ देशहरुमा हरेक हप्ता आयोजना हुने गर्दछ |  पार्क रनमा दर्ता भएका करिब ५० लाख सहभागीहरु बिश्वका करिब ७३० ओटा पार्कमा शनिबार बिहान उत्साहका साथ  दौडिने गर्दछन ।   

मुख्य नारा नै "स्वास्थ्य र शुखि पृथ्वी " रहेको यो नियमित दौड प्रतियोगितामा निरन्तर भागलिने सहभागीहरुले तन्दुरुस्ती र स्फूर्ति प्राप्त हुने हुनाले आफुलाई स्वास्थ्य सम्बन्धि समस्या हतपत नरहने गरेको बताउने गर्दछन् । 

लन्डनमा हरेक हप्ता ५ किलोमिटर दौडने गरेका सहभागी मध्ये एक पाण्डव महतोले भने “आफुले यो दौड सुरु गरेदेखि रुघा, खोकी जस्ता सामान्य समस्या कहिले झेल्नु नपरेको र शरीरक रुपमा तन्दुरुस्त रहेको बताउँछन् ।” पाण्डवले २००९ मा आमासयको क्यान्सरको प्रथम चरणलाइ किमो मर्फत जित मात्र हासिल गरेनन अहिले ५ किलोमिटर दौड ३० मिनेट भन्दा कम समयमा पुरा गरेर नियमित दौडिने गर्दछन् । 
मेची देखि महाकाली दौड संगै २०२० सम्ममा नेपालमा पनि पार्क 

रन संस्कारलाइ स्थापित गर्न लागि परेका छन् महतो ।

नर्थोला पार्क रन ले गत शनिवार आफ्नो ४ बर्षे स्थापना दिवस मनाएको छ । यस पार्कमा १०० भन्दा बढी नेपाली हरु हरुले निरन्तर सहभागिता जनाउने गरेका छन् । यस पार्कमा निरन्तर स्वयंसेवा गरेर स्थापना गर्न लागि परेका केहि नेपाली हरु मध्ये  प्रमुख भूमिका मा रहेका छन् सन्तोस राई ।अन्य्स सहयोगीहरुमा  निलु देवान , बिष्णु राई , गरिमा राई लगायत  नेपाली हरु छन् । स्वयं सेवा गर्ने हरेक रनर हरुलाई हौसला दिने र यसको महत्वको बारेमा बताउने जस्ता काम पनि गर्ने गर्दछन् । आफ्नो स्वास्थ्य मात्र हामी अरु पनि स्वास्थ्य रहेको हेर्न चाहन्छौं र बिशेष गरेर सबै नेपाली दिदीबहिनी दाजु भाइ हरुलाई रोग नलागोस शरीर तन्दुरुस्त होस् भन्ने उदेस्यले नै आफु पार्क रन लाई प्रमोट गर्न लागिपरेको  निलु देवान बताउँनु हुन्छ । 
वेस्ट लन्डनको नर्थोला पार्कमा उल्लेख्य रुपमा नेपालीहरुले आफनै ब्यबस्थापन र अग्रसरतामा पार्क रन गर्ने गरेका छन् । यसको मुख्य ब्यबस्थापनमा धरानका सन्तोस राई अहोरात्र खटीरहेका हुन्छन ।   धरान रनका संस्थापक पनि रहेका राईले विभिन्न म्याराथनहरुमा हरेक महिना जस्तो सहभागी भइरहेका हुन्छन । उनीमात्र नभएर उनका परिवारका सदस्यहरु २ छोरी र श्रीमती नियमतितरुपमा पार्करन दौडन गरेका छन् । उनि भर्खर मात्र अमेरिकाको बोस्टन म्याराथनमा पनि भाग लिएर फर्केका हुन ।image1.jpeg
बिगत लामो समय देखि पार्क रनमा सक्रिय रहेका नेपालीहरु मध्ये अर्को नाम हो निलु राई देवान । शरीरको तौल नियन्त्रण राख्न मात्र हैन उमेर संगै बढ्ने बिबिध शारीरिक समस्याहरुको समाधान गर्न पार्क रनको ठुलो भूमिका रहेको बताउछिन । पार्क रनमा सहभागी आफु सहभागी भएर  कयौंलाइ सहभागी हुन प्रोत्साहन गर्ने गरेकी राईको दैनिकी र संस्कार नै कुदेर आनन्द लिने भइसकेको बताउँछिन । 

पार्क रन संस्कृति आजको व्यस्त दैनिकी, कोठा र अफिस भित्र सिमित भएर काम गर्नु पर्ने अवस्थाका मनिसहरूलाई स्वास्थ्य र तन्दुरुस्ती राख्ने एक उपयोगी माध्यम भएकोले आजको आधुनिक सूचना प्रविधिको विकासका बाबजुद स्वास्थ्य जीवन बाँच्ने एउटा गतिलो आधार र भाबी सन्ततिलाई पनि एउटा सकारात्मक सन्देश र सभ्यताको रुपमा हस्तान्तरण गर्न सकिने एउटा गतिलो माध्यम पार्क रनलाई मान्ने गर्छन् अर्का नियमति सहभागी कमल राई । तौल घटाएर आकर्षक शरीर बनाउने युवायुवातीहरूको पनि एक गतिलो माध्यम र फेसन नै बन्ने गरेको छ पार्क रन । पार्क रनबाट नै आफ्नो शरीर तन्दुरुस्त राख्न सफल भएको ठान्छिन् गरिमा राई ।

प्रविधिले बढाएको यान्त्रिक जीवनशैली र फास्ट फुड संस्कारले बढाएको अनावश्यक शारीरिक बनावटलाई उचित सावधानी तथा दीर्घकालिन रोगहरू जस्तै मुटु रोग, डाइबिटीज, प्रेसर इत्यादीबाट बच्न र तन्दुरुस्त रहन युरोप अमेरिकातिर अत्यधिक रुचाइएको नियमित दौडिएर स्वास्थ्य रहने पार्क रन संस्कृति नेपालमा पनि अनुकरणीय देखिन्छ ।
http://www.nepalipatra.com/news/park-run/3163#




1 प्रतिक्रिया हरु:

This comment has been removed by a blog administrator.

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More