About me

 Namaste! (Greetings)
I am Jagan,  

I love writing and prefer to say a  freelance writer, blogger, seeker, and doctoral research enthusiast. 
My topics of interest in writing are Entrepreneurship, Fintech, and Current issues, sometimes love to comment on political issues in Nepal. 

Currently, I am working as a full-time lecturer at a university in the UK. I am also an editor and a columnist in  Southasiatime.com where I mostly focus on business and Entrepreneurship. 


नमस्ते !


मेरा लेख , रचना तथा बिचारहरुको यो बिध्युतिय संगालोमा तपाइँलाई स्वागत छ !

क्षेत्रीय , जातिय , धार्मिक , दलिय बिबिध चीरामा विभक्त  हाम्रो वर्तमान समाज र यसका सदस्य "हामी" आत्मा सम्मान , सह अस्थित्व र एकताको सुत्र खोजिरहेका छौं |

खै किन हो ? मलाई चाही आफुलाई नेपाली भनेर चिनाउन मन लाग्छ अनि मेरो नाम, जात र पहिचान नै नेपाली हो भन्न मन पर्छ !



मैले लेखन दुनियामा जगन भनेर चिनारी पाएको छु, बाल्यकालको नाम बिमल; साथीहरु, परिवारले बिमल भनेर चिन्ने , बोलाउने गर्छन तर म भित्रको "म" को खोजि र स्थापनामा छु म ।



यो जीवनको उदेश्य र गन्तब्य के होला ? घोत्लिन्छु , लाग्छ खुशी नै हो । सायद हर पाईला खुशी र सन्तोस खोजेर बाँचेको हुन्छ मान्छे ?



खै ! बेलाबखत त जीवन आफै भित्रको अन्तरद्वोंदको संघर्ष पो हो कि ? जस्तो पनि लाग्छ ।

आफैले रोजेका , बोलेका केहि पहिले गरेका कुरा सम्झिदा मन नपर्ने पनि हुन्छन । कसैलाई केहि भने पछि किन भनेको होला ?  भन्ने विचार पनि बेला बखत आउने गर्छ ।
मान्छेलाई आफैले गरेका कामहरु त मन पर्दैन भने अरुले गरेका त झन् के मन परोस ? के चित्त बुझोस्  !

यो असंतोसी प्राणीको पहिलो स्वार्थ आफ्नो खुशी , आफ्नो पेट र आफ्नै शाखा सन्तान हो ! अनि मात्र बाँकी आउने होला ?

बस ! मान्छेले जिउने सिलसिलामा सिर्जना गरेका यावत स्वार्थका पुलिन्दा तरेर खुशी भेट्ने दौडमा एक पछि अर्का पुलिन्दा तर्दा-तर्दै सायद थाहै नपाइ अन्तिमको स्वास फेर्ने होला ?  खाली जीवन पछिको अन्तिम सत्य मृत्यु भुल्ने मेलो !  जीवनको "भुलभुलैया "


"धर्म" मेरो लागि अफिम पनि हैन, सब थोक पनि हैन , मान्नेले माने भैगो नमान्नेले नमाने पनि ठीक छ । सन् २०१७मा गरिएको एक रिपोर्टले बेलायतमा ५३ % जनसंख्याले आफु कुनै पनि धर्म नमान्ने बताएको छ । राज्य बन्नु भन्दा पहिले  जंगली अवस्थाको मान्छेले  आफुलाई पाप  र धर्मको कसीमा राखेर समाज चलाउने परापुर्व कालको बिधिमा  कलह गर्नु चाही  बेकार छ ।

म सबै धर्मको सम्मान गर्छु, म हिन्दु परिवारमा जन्मिएको हूँ | तर म मानवबादी हु, मानवता मेरो धर्म |

समाजशास्त्र र मानवशास्त्रको कुनैबेलाको एक बिद्यार्थीको नाताले धर्म , जात , राजनीति , समाज इत्यादी मान्छेले जीवन जिउने, दुख भुल्ने सिलसिलामा या त मानोबैज्ञानिक सुविधाका  लागि या त भौतिक सुख सुविधाका खातिर निर्माण  गरेका मानसिक घेरा हुन् यसमा मरिहत्ते गर्ने भन्दा सबैको अस्थित्व र रोजाइलाई स्वीकारेर मिलेर बस्नु नै उत्तम ठान्छु ।

हालसम्मको देशको बेथितिमा जान्ने , बुझ्ने , पढेलेखेका र नेत्रित्व गर्नेहरुको ठुलो हात छ , पुरातन दलहरुको जिम्मेवारी छ, त्यसैले अब देशले विकल्प खोज्ने बेला आएको छ । चाहे त्यो पुरानामा आमुल परिवर्तन होस या नयाँ सिराबाट सुरुवात ,  मलाई त्यस्तै विकल्पको पक्षमा आवाज उठाउन मनपर्छ ।

राजनीतिक , समाज , ब्यबसायका  सृजनसिल पाटोहरुमा चाख लाग्छ । कसैप्रति बैभव राखेर पेट अमिलो पारेर बस्ने धन , दौलत, शक्ति सौकत हेरेर विभेद युक्त व्यवहार जानेर जीवनमा गर्नु नपरोस भन्छु ।

किन हो कुन्नि शक्तिशालि , ओज, तेज वालाहरु भन्दा असक्त, कम्जोर  शक्तिहिनका पक्षमा उठ्न , बोल्न र कलम चलाउन मनपर्छ ।


व्यक्तिगत रुपमा कुनै पार्टीसंग कुनै समय सम्बद्ध भएको भएपनि अब भ्रमभंग भएको अवस्थामा छु म, यहाँ लेख्दा आफुलाई सकेसम्म तठस्थता कायम गरेर मेरा आफ्ना दृस्टीकोण पस्किने , भूमध्य रेखामा राखेर प्रस्तुत हुने कोशिस गर्दछु । समग्रमा मेरो पार्टी नेपाल पार्टी , सिद्धान्त नेपालबादी हो |


नेपालको माटो, हावापानि सुहाउदो राजनीतिक व्यवस्थालाइ म मान्छु |


त्यो भन्दा पनि देश र जनतालाइ जसले राम्रो अनि भलाई काम गर्छ तेस्लाई मान्छु | के भन्छ अंग्रेजीमा Meritocracy, कामका आधारमा अनुमोदन गर्ने परिपाटी | भावना , आवेग , संवेग भन्दा यथार्थता , बैचारिक र बिबिध शक्तिहरुको सन्तुलन Radical centrism मेरो बैचारिक अवस्था रहने छ |

मेरो जन्म मोरंग जिल्लामा भएको हो , लेखन यात्रा सन् २००७ बाट सुरु भएको हो । मैले Khabardari.com नामको ब्लगमा नियमित लेख्ने गर्दथें त्यहि ब्लगलाइ हाल आफ्ना लेख रचना र विचारको संगालो यो ब्लग मार्फत निरन्तरता दिने जमर्को गरेको छु । यसमा मेरा पुराना ब्लग र बिबिध कृति र लेख रचनाका संगालो भेट्न सक्नु हुनेछ ।|

कोशी एफएम रेडियोमा सन् २००५ ताका इन हाउस तालिम लिएर सुरुवात गर्ना साथ् पढाई र अन्य कामको सिलसिलामा काठमाडौँ खाल्डो पसियो । त्रिचन्द्र कलेजमा पत्रकारिताको एक पेपरमा गर्नु पर्ने इन्टनले फेरी पत्रकारिता तिर तान्यो । रेडियो सम्बन्धि थप तालिम लिइयो भुत चढ्यो फ्रीलान्स लेख्ने ।

 
एक आम  परिवारमा जन्मिएको  MA Sociology TU, MBA, MSc, र डक्टरेट सम्मको अध्ययन गरेको छु ।   हाल नेपालको बित्तिय भेदभाव सम्बन्धि अनुसन्धानरत छु ।


ब्यबसायिक पत्रकारिता भन्दा लेख्नमा रुची बढी छ । हामी जस्ता आम नेपालीले भोगेका पिडा अनि हाम्रा भावनालाई लेख्न सम्प्रेषण गर्नु मेरो निरन्तर प्रयास रहने छ ।

सल्लाह सुझाव भए मलाई आफ्नै मित्र सम्झी लेखि पठाउनु होला यो ठेगानामा: editor@southasiatime.com
or facebook page address : Jagan Karki

Twitter : @bimaljagan

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More