September 25, 2015

सफल व्यक्ति नया काम हैन उही काम फरक ढंगले गर्दछ - कसरि बन्ने सफल?

सफल हुने चाहना कसलाई पो नहोला र ? तर, सफल हुने अभिलासामा हामी कहिलेकाहीा अनावश्यक काम गर्न पनि पछि पर्दैनौ । सफल हुने चाहना राख्ने व्यक्तिले भने अनेक इच्छा पाल्दैनन् । सफल व्यक्तिमा हुने केही गुण “फिडब्याक” पर्खंंदैनन् सफलता चाहने व्यक्तिलाई ‘फिडब्याक’ कुर्न कुनै समय नै हुँदैन । उनीहरू आफ्नो काम लागातार गरिरहन्छन् ।
समयमा काम सक्ने हतारो उनीहरूमा हुन्छ । उनीहरू हाकिमले बधाई दिओस् भनेर समय खर्चंदैनन् । नयाँ काम सुरु गरिहाल्छन् । “क्रेडिट” खोज्दैनन् सफल व्यक्तिहरूको अर्को गुण हो– उनीहरू तत्काल ‘क्रेडिट’ खोज्दैनन् । आफ्नो काम पूरा गर्ने मात्र उनीहरूको लक्ष्य हुन्छ । राम्रो कामका लागि उनीहरू तत्काल प्रशंसा पनि चाहँदैनन् र कामको श्रेय आफू मात्र पनि लिन चाहँदैनन् ।


 सफल व्यक्तिहरू ‘टिम वर्क’मा विश्वास गर्छन्, त्यसैलाई सफलताको श्रेय मान्छन् । प्रतिबद्धता तोड्दैनन् आफूले गरेको प्रतिबद्धता नतोड्नु पनि सफल मानिसको गुण हो । बरु, सफल मानिसहरू असफल हुने प्रतिबद्धता नै बनाउँदैनन्, उनीहरूले गरेको वाचा पूरा गरेरै छाड्छन् । यही कारण उनीहरूले विश्वास जित्छन् । कामबाट पछि हट्दैनन् सफल व्यक्तिहरू आफूलाई सधैँ व्यस्त राख्न चाहन्छन् ।

 आफ्नो कामलाई रमाइलोसाथ गर्नु नै सफल व्यक्तिको गुण हो । उनीहरू कामबारे गुनासो गर्दैनन्, काम गर्नु नै उत्सव मनाउनु होजस्तै गर्छन् । ईष्र्या गर्दैनन् वास्तविक विजेताहरू अरूको ईष्र्या गर्दैनन् । अरूको ईष्र्या गर्दा समय खर्च हुने उनीहरूलाई थाहा हुन्छ । त्यसैले उनीहरू आफ्नो काममा नै ध्यान दिन्छन्, अरूको ईष्र्या गरेर समय बिताउँदैनन् । “मेरो काम होइन” भन्दैनन् सफल व्यक्तिहरूलाई आफ्नो कामबारे जानकारी त हुन्छ, तर उनीहरू आफ्नो काम होइन भन्ने बाहना बनाएर कामबाट पन्छिन खोज्दैनन् । सफल व्यक्तिहरू ‘टिम वर्क’मा विश्वास गर्ने भएकाले जस्तोसुकै परिस्थितिमा पनि नयाँ काम सम्हाल्न तयार हुन्छन् । स्रोतः नयाँ पत्रिका

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More