Showing posts with label health. Show all posts
Showing posts with label health. Show all posts

May 17, 2016

ब्लड प्रेसर समस्या हुनेहरुलाई डाक्टरको अतिनै उपयोगी सल्लाह-सेयरगरी मानवीय सहयोग गरौँ

बढ्दो आधुनिकिकरणसँगै संसारमा कति राम्रो नतिजाहरु पनि पाएका छौं भने नयाँ नयाँ समस्या पनि उत्पत्ति हुँदै गएको छ । यस्तै मध्ये एक हो ब्लडप्रेसरको समस्या । कुनै समयमा आक्कलझुक्कल मात्र देखिने ब्लडप्रेसरको समस्या अहिले प्रशस्तै देखिन थालेको छ ।
कतिपय २० देखि ३० बर्षका जवानहरुमा पनि यो समस्याको लागि नियमित औषधि खानुपर्ने अवस्था देखिएको छ । ब्लडप्रेसरको कारण मध्ये करीव २ देखि ३ प्रतिशतको मात्रै प्रष्ट थाहा भएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन ।

March 16, 2016

गरिबले उपचार खर्च सरकारसंग लिने प्रकृया यस्तो छ प्रत्येक नेपालीले जानकारी राख्नुपर्ने


यो देशमा गरिबले उपचार नपाएर मर्ने नेता र धनिले राज्यको सुबिधा लुट्ने परम्परा छ । हाम्रो देशमा गरिबले औसधि उपचार सित्तैमा पाउनु पर्छ सबैको माग र आवस्यकता हो । कतिपय भएका सुविधाहरु गरिब असाहय हरुलाई भनिदैन थाहा दीइदैन केहि जानकारी स्वास्थ्य खबर बाट साभारगरि रखिएको छ । यदि कोहि गरिब नेपाली उपचार नपाएर दुख पाएको भए सिधै नजिकको सरकारी निकायमा गएर आफ्नो समस्या राख्न नभुल्नु होला हेक्का राखौसरकार हाम्रो नोकर हो हामीलाई दुख बिमारमा उसले हेर्नु पर्छ ।
त्यस्तै गरि सामाजिक संजाल र पत्रपत्रिका मार्फत मनकारी नेपाली हरुमर्फत आर्थिक सहायता लिन पनि सकिन्छ । जानकारीको लागि एकसेयर गरेर सबैलाई सहयोग गरौँ ।
घरपरिवारको कोही सदस्य गम्भीर बिरामी पर्यो भने उपचार खर्चको जोहो कसरी गर्ने भनेर धेरैलाई सताइरहेको हुन्छ । कतिपय रोगको उपचार खर्च त आफ्नो हैसियतभन्दा बाहिर पनि हुन्छ ।
विपन्न हुनुहुन्छ र गम्भीर प्रकारको रोग लाग्यो भने एकपल्ट डाक्टरलाई सोधि हेर्नुहोस्, कतै सरकारले आर्थिक सहायता दिने रोगमध्येकै त होइन ?

October 23, 2015

तामाको भाँडामा राखिएको पानी पिउनुका १० फाइदा


१. आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ ।
२. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।

September 22, 2015

निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ-how to be fresh from hangover

पिउन थालेपछि थपेको थप्यै गर्न मन लाग्ने र भोलिपल्ट ह्याङओभर भएपछि ‘धेरै भयो’ भनेर निकै मान्छे पछुताउँछन् । नियमित सेवन गर्न भन्दा कहिलेकाहिँ मात्रै गर्नेलाई भोलिपल्टसम्म ह्याङओभरग्रस्त बनाउँछ । जसले काम समेत प्रभावित पार्छ । यस्तो अवस्था निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ ।
नरिवलको पानी

May 4, 2015

किन टोक्छ सर्पले ? सर्पले टोकी हालेमा के गर्ने ?-Snake bite treatment insructions in Nepali

किन टोक्छ सर्पले ?
जाडो समयमा सर्पहरू कुनै न्यानो ठाउँमा हलचल नगरी केही नखाई बसिरहन्छन् जसलाई बैज्ञानिक भाषमा हाइवरनेसन भनिन्छ । तर गर्मीयाममा सर्पहरू बाहिर निस्कन्छन् । प्रायजसो सा“झ परेपछि सर्पहरू आहार (मुसा, भ्यागुतो, किरा फट्यांग्रा) को खोजीमा खेतबारी, बच्चा खेल्ने ठाउँ तथा मानिसको घरसमेतमा आउने गर्छन् । मुख्यतः करेँत सर्प मानिसको घरमा समेत पस्छन् । सर्पको आहारा मानिसको बालीनालीलाई बिगार्ने मुसा र किराफट्यांग्रा हुने भएकाले धेरैले यसलाई राम्रो मान्छन् र मार्दैनन् पनि । सर्पको आहार मानिस होईनन् । बरू मानिसदेखि सर्प डराउ“छन् । त्यसैले सर्पले मानिसलाई हत्तपत्त टोक्दैन । यदि कसैले जान अन्जानमा सर्पलाई चलाएमा प्रत्याक्रमणस्वरुप वा आफ्नो बचाउका लागि सर्पले टोक्ने गर्छ । घरभित्र पसेको करेँत सर्पलाई निदाएको व्यक्तिले हातखुट्टा चलाउ“दा वा घच्चा लागेमा सर्पले आफ्नो बचाउस्वरूप निदाएको मानिसलाई टोकिदिन्छ ।

March 27, 2015

के कारण हुन्छ पायल्स ? यस्ता रोगीले के खाने ?

Ranjan Adhikari Chhetri (रञ्जन अधिकारी क्षत्री)
मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।
कसरी हुन्छ पायल्स?

एलोभेरा अर्थात् घ्युकुमारी र यसका फाइदाहरु- Drink Aloevera and be healthy-tips in nepali


एलोभेरा अर्थात् घ्युकुमारी ५ हजार वर्ष पुरानो
औषधी हो ।
यसको करिब २ सय ५० प्रजाति रहेका छन् । यसमध्ये 
केही प्रजातिमात्र औषधीय गुण हुने गर्छ । यसमा सबैभन्दा प्रभावशाली प्रजाती बार्बाडेन्सीस वा एलोभेरा हो ।हाम्रो शरिरको सही विकाका लागी २१ वटा एमिनो एसिडको आवश्यकता पर्छ । यसमा १८ वटा एमिनो एसिड एलोभेरामा पाइन्छ ।एलोभेरा जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम,

आफ्नो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ


तपाईलाई आफ्नो कुनै साथीको मानिसको बानीको बारेमा थाहा पाउन चाहानु हुन्छ? यदी चाहानु हुन्छ भने तपाई आफ्नो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ। Japanese institute ले गरेको एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।
O positive 

March 18, 2015

अथ्राइटिसको आयुर्वेदिक उपचार- Ayurvedic treatment of arthritis



आफूले खाएको अन्नको आधारमा तन र मनले काम गरेको हुन्छ । त्यसैले उचित भोजन सेवन गर्न आवश्यक पर्छ । यसले मानव शरीरलाई स्वस्थ र निरोगी राख्छ । स्वस्थ खानपानले शरीरमा प्रतिरोधात्मक क्षमतामा सुधार, हृदयाघातको संभावनामा कमी, घातक रोग (क्यान्सर, पक्षघात, मधुमेह) आदिबाट बचाउँछ ।
आयुर्वेद विज्ञानमा सम्पूर्ण रोगको मुख्य कारण भोजन, जीवनशैली र व्यायाम मानिएको छ । अस्वस्थ खानपानले हुने रोगमध्ये अथ्राइटिस पनि एक हो । यो रोग अब उमेर पुगेका व्यक्तिहरुमा मात्र हुने भएन । बढ्दो अस्वथकर खानपानले हरेक उमेरका व्यक्तिलाई देखिन थालेको छ ।

December 25, 2014

how to know you have diabetes- मधुमेह अर्थात् चिनी रोग लाग्दा यस्तो हुन्छ

तपाईंलाई बिना कुनै कारण हल्का रिस उठ्ने, बढी तिर्खा लाग्ने, पटकपटक पिसाब लाग्ने, डर लाग्ने, नैराश्यताको अनुभव भइराखेको छ र यसका साथै पेटको गोलाई पनि बढिरहेको छ भने होश गर्नुहोला, मधुमेह लागेको हुनसक्छ। - मधुमेहको प्रथम लक्षणमा ती अवस्था देखिन सक्छ। रगतमा ग्लुकोजको मात्रा अत्यधिक आएको अवस्थालाई मधुमेह भनिन्छ। रगतमा अत्यधिक मात्रामा ग्लुकोज भएमा स्वास्थ्यका लागि राम्रो मानिन्न। सामान्यतः रगतमा १४० ग्लुकोज देखिएमा मधुमेहको पूर्व अवस्था हो। अस्वच्छ खानपान र जीवनशैलीका कारण मधुमेहका रोग विशेषतः सहरी क्षेत्रमा दिनप्रतिदिन फैलिरहेको 

November 19, 2014

Some useful instructoin for jont problem-हाड जोर्नी सम्बन्धि समस्या ठीक गर्न यसो गरौ

आधुनिक जामानाले हामीलाई बढी बस्न लगाएको छ । हामी कम हिँड्छौँ । यसले गर्दा शरीरको सम्पूर्ण व्यायाम हुन पाउँदैन र जोर्नी र तन्तुहरूमा प्रभाव पर्नथाल्छ । अचेल भ¥याङको प्रयोगभन्दा लिफ्टमा चढिन्छ, दुई चार कदम हिँड्नुभन्दा गाडी चढ्नु नै बेस लाग्छ, कम्प्युटरको अगाडि लामो समय बसिन्छ, फुर्सदको समय टेलिभिजन हेर बिताउने गरिन्छ । यस्तो खालको दैनिकीले तनावदेखि जोर्नीसम्मको समस्या निम्त्याएको छ । हाम्रो शरीर सुन जस्तो हो । जसरी सुनलाई जति ततायो त्यति चम्कन्छ त्यसरी नै शरीरलाई जति सक्रिय पा¥यो त्यति नै बलियो बन्छ ।
शरीरको भार थेग्न र शरीरलाई लचिलो पार्न जोर्नीहरूको भूमिका रहन्छ । 
जोर्नीलाई स्वस्थ रहन सक्रियता त चाहिन्छ नै पर्याप्त मात्रामा अक्सिजन, तरल र पोषण तत्व आवश्यक पर्छ । तर आधुनिक जीवनशैलीले जोर्नीको स्वास्थ्य बिगार्ने गरेको छ । जोर्नी दुख्ने, सुन्निने, पोल्ने, नचल्ने जस्ता समस्या भएका मानिस बढी नै देखिन्छन् । यस्तो समस्या भएका प्रायः मानिसले मूलभूत कारण सुधार्नेभन्दा औषधी खाएर बस्नु बेस ठान्छन् ।

November 18, 2014

benefits of eating tomato-गोलभेडा खानुको फाइदा

गोलभेडामा लाइकोपेनको मात्रा अत्यधिक हुने भएका कारण यसले छालाको समस्याहरुलाई टाढा राखी तपाईंको सुन्दरतालाई निखार्ने काम गर्दछ । यसका साथसाथै यसले तपाईंको छालालाई चम्किलो बनाउनुका साथै गोरो पनि बनाउँदछ । यसले तपाईंको कपालमा कन्डिसनरको काम गरि कपाललाई चम्किलो र नरम बनाउन सहयोग गर्दछ ।

August 5, 2014

मुटु रोगीले ख्याल गर्नुपर्ने कुरा-some useful tips in nepali for heart disease

मुटु रोगको समयमै निदान, रोकथाम तथा नियन्त्रणका लागि नियमित जाँचको साथै उचित शारीरिक तौल, नियमित व्यायाम तथा सन्तुलित भोजनको आवश्यकता पर्छ । मुटुको रोग लाग्नुको कारण अन्य समस्याको साथसाथै खानासम्वन्धी समस्यालाई पनि प्रमुख रुपमा लिन सकिन्छ ।


मुटु रोगका कारण

July 27, 2014

निमको प्रयोगबाट हुने फाइदा थाहा पाउनुहोस्

गाउँघरतिर जताततै सहजै पाइने निम बहुउपयोगी वृक्ष हो । यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग आफै निको भएर जाने जनविश्वास रहिआएको छ । निमको बोट भएको घर आंगनमा विषालु सर्प समेत आउन नसक्ने विश्वास गरिन्छ । यसका साथै निमको अन्य उपयोगिता पनि छ ।

June 1, 2014

सावधान! मुखबाट हैन स्वास नाकबाट मात्र फेरौ

प्रकृतिले सास लिनका लागि नाक र खानका लागि मुख बनाएको हो तर जीवनचर्यामा यस नियमलाई मान्ने मानिस कमै देखिन्छन् । हामीले प्रायः नाक र मुखबाट सँगै सास लिन्छौँ । मानिसले स्वस्थ रहन नाकले मात्र सास लिनुपर्छ । नाकले सास लिए हावामा रहेका दूषित कण छानिएर शरीरका भित्री अङ्ग सुरक्षित रहन्छन् । यसको अर्को ठूलो फाइदा हो, नाइट्रिक अक्साइड । वातावरणको क्षेत्रमा नाइट्रिक अक्साइडलाई वायु प्रदूषक ग्यास भनिन्छ । तर नाइट्रिक अक्साइड हाम्रो स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ । एकातिर वातावरण दूषित पार्ने र अर्कोतिर शरीरलाई चाहिने नाइट्रिक अक्साइडको यस्तो परस्पर विरोधी भूमिकाप्रति हामीले जागरुक हुनु जरुरी छ । शरीरलाई चाहिने भन्दैमा वातावरणमा यस ग्यासको उपस्थितिलाई सही मान्नुहुँदैन तर शरीर स्वस्थ राख्न हामीले नाकले मात्र सास लिने गर्नुपर्छ र यसो गरेमा नाइट्रिक अक्साइडबाट हामीलाई धेरै फाइदा पुग्छ । 

May 6, 2014

Symptoms of Heart attack and precautions-हृदयाघातका लक्षणहरु,ख्याल गर्नुपर्ने कुराहरु

हृदयाघातमा ख्याल गर्नुपर्ने कुराहरु

चिकित्सकका अनुसार हृदयाघात भएका बिरामीमध्ये झण्डै ५० प्रतिशतको मृत्यु १ घण्टाभित्रै हुन्छ । हृदयाघातपछि अस्पतालको उपचार पाउने बिरामीमध्ये पनि ६ देखि ९ प्रतिशतको मृत्यु हुन्छ ।

मुटुमा रहेका रक्तनलीहरुमा बोसो जम्दै गएर रक्तनलीमा रक्त प्रवाह कम हुन्छ । बिस्तारै रक्त प्रवाह नै रोकिएपछि मुटुका मांसपेशीको मृत्यु हुन्छ । यसले गर्दा हृदयाघात हुन्छ ।
हृदयघातका कारक तत्वहरुमा बढ्दो उमेर (पुरुषमा ४५ वर्षमाथि र महिलामा ५५ वर्षमाथि), वंशाणुगत कारण, धूमपान, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपना, आलस्यपना, मानसिक तनाव, चिन्ता आदि हुन् ।

धूमपान गर्ने व्यक्तिमा हृदयघातको सम्भावना २ देखि ३ गुणाले बढी हुन्छ । चिल्लो, नुनिलो र बोसोयुक्त खाना, शारीरिक व्यायामको कमी तथा मानसिक तनाव पनि हृदयघातका कारक तत्व हुन् ।

April 17, 2014

भिन्डी कब्जियतको ओखती

कब्जियतले प्रायः सबै मानिसलाई सताएको हुन्छ । वातावरणीय परिवर्तन, पानीको कमी, व्यायामको कमी र खानपिन नमिलेर कब्जियतको अवस्था सिर्जना हुने गर्छ । प्रशोघित खाद्य वस्तुको उपभोग बढेकाले हाम्रो शरीरले पर्याप्त मात्रामा फाइबर नपाएर कब्जियत र अन्य समस्याले जरा गाड्ने मौका पाएको छ । आन्द्रामा चिप्लोपना उत्पन्न गर्ने र फाइबर पनि आपूर्ति गर्ने म्युसिलाजिनोसवर्गका खाद्य वस्तुले कब्जियतको समस्या समाधान गर्न योगदान गर्छन् । 

 यस प्रकारका खाद्य वस्तुमा रामतोरिया (भिन्डी) पनि पर्छ । अफ्रिका र भारतीय उपमाहद्विपमा प्रमुख रूपमा उत्पादन गरिने भिन्डीमा पर्याप्त मात्रामा चिप्लो पदार्थ म्युसिलाज हुन्छ । यस म्युसिलाजले आन्द्राभित्र चिप्लो अवस्था सिर्जना गरेर त्यहाँको सफाइमा सहयोग पु¥याउँछ । यति मात्र होइन आन्द्रालाई बढी मात्रामा पानी अवशोषित गर्न सहयोग गर्ने, विषाक्त तìवलाई ठूलो आन्द्राबाट बाहिर निकाल्नमा पनि भिन्डीले योगदान गर्छ । 

March 3, 2014

कन्डम प्रयोग कसरी ?कन्डमको प्रयोगबाट यौनानन्दमा कुनै कमी आउँदैन-how to use condom?

अचेल धेरैजसो युवा प्रायः कन्डम बोक्छन् । तिनले वालेट/पर्समा लुकाएर कन्डम राख्ने गरेका हुन्छन् । तर, तीमध्ये धेरैजसोलाई कन्डमलाई उपयोगको समय प्रभावकारी हुने गरी कसरी सुरक्षित राख्ने वा त्यसको सही प्रयोग गर्ने कसरी भन्नेबारे खासै थाहा हुन्न । तिनले कन्डमलाई आफ्नो पार्टनरसँग सम्पर्कको अनुमति दिने औजारका रुपमा लिने गरेका छन् ।

'लामो समयसम्म मनि ब्यागमा राखिएको कन्डम सुरक्षित हुँदैन', छाला तथा यौन रोग विभाग, त्रिवि शिक्षण असपतालका डा. दिनेशविनोद पोखरेल भन्छन्, तापक्रम, घर्षण आदिले गर्दा यसरी राखिएको कन्डम सुरक्षित प्रयोगको म्याद नाघ्नुअघि नै बिगि्रसक्छ । यस्तो कन्डमबाट पूर्ण सुरक्षाको ग्यारेन्टी हुँदैन ।'

February 27, 2014

महिलाले गर्भावस्थामा खानपर्ने केही खानेकुरा

गर्भावस्था महिलाको जीवनको निकै महत्त्वपूर्ण समय हो । यो शारीरिक र मानसिक स्वास्थ्यको दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण समय हो । यसकारण यो समयमा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । यो अवधिमा खाने र गर्ने कुराले गर्भवती र जन्मने बच्चालाई पनि प्रभाव पार्छ । यस्तो वेला खानपानले पनि धेरै ठूलो महत्त्व राख्छ । गर्भवती महिलाका लागि खानामा प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता तत्त्व पर्याप्त मात्रामा हुनु आवश्यक छ । गर्भवती महिलाले सन्तुलित भोजन गर्ने हो भने आमा र गर्भको बच्चा दुवैको स्वास्थ्य राम्रो हुन्छ । महिलाले गर्भावस्थामा खानैपर्ने केही खानेकुरा :

January 7, 2014

Practice yoga to cure diabetes-योग गर्नुस मधुमेह भगाउनुहोस

Dr. Raju Adhikari
अधुरो सरकारी तथ्यांकले नदेखाए तापनि नेपाल भविष्यमा मधुमेहको विश्व राजधानी बन्ने खतराको निकै नजिक छ। आज जुन गतिले मधुमेह बढ्दो छ, व्यावहारिक दृष्टिले चीन र भारतभन्दा हामी एक कदम अगाडि छौं। हामी मधुमेहबाट पीडित शीर्षस्थ दुई मुलुकको बीचमा छौं। दुवैतिरको जीवनशैली, संस्कृति, खानपान र औषधोपचार पद्धतिले हामीलाई असर नगर्ने कुरै हुँदैन। त्यस्तै, त्यहाँ फैलिने रोग बिरामीहरू यता नभित्रने सम्भावना पनि कमै हुन्छ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More