September 26, 2015

भट्टराइको राजिनामा पछि नया शक्तिका अभियन्ताहरु जुर्मुराए,पुराना शक्ति खाइपाईआकोगुम्ने डरले आत्तिए



बाबुराम भट्टराइको माओबादी परित्यागसंगै कुनै पार्टीमा नलागेका, राजनीतिबाट टाढा बसेका देखि पुराना शक्तिबाट आजित भएकाहरु, बिशेष गरि युवाहरु जुर्मुराए । 
जसरि बाबुराम भट्टराइ प्रधानमन्त्री हुँदा उनलाई सर्बत्रबाट  देवत्वकरण गरियो ,उनिबाट धेरै आस गरियो, कोलिसन सरकार चलाउनुपर्ने र परम्परावादी राज्य संरचना , कर्मचारितन्त्र तिनको राजनीतिक पहुचका अगाडी भट्टराइ मन भएरपनि निरिह देखिए वा आन्तरिक कुण्ठाले परिबर्तनको मुद्दा नै  बिर्सिए भविस्यले बताउला  तर उनकै पार्टीपंग्तीका देखि विभिन्न चालबाज , सडयन्त्र गरेर विफल बनाउन पुराना शक्तिका एक तप्कानै लागिपरेको सर्बबिधित नै छ  । 

जनयुद्धदेखि, शान्तिकालीन सरकार हाँकेर आफ्ना कमजोरीहरुको भेउ पाउँदै , बौद्धिक ज्ञानलाई अनुभवले खार्ने अवसर पाएका नयाँ शक्ति हाँक्ने  निर्बिकल्प नेत्रित्व भएका ब्यक्तित्व भट्टराई हुन् । सामाजिक संजालमा हलुका कमेन्ट र हल्ला  गर्ने पुराना स्थाई सत्ताको भाग भेटेकाहरु बाहेक भट्टराइको जनयुद्धका मुद्दालाइ  संबिधानमा लेखेर नया सिराबाट अघिबढ्ने साहसको स्वागत गरेका छन् ।

खोक्रा कम्न्युस्ट आदर्श र अन्धो पुंजिवादले बर्तमान नेपालको भबिस्य नकोर्ने ,कलंकित  संसदबाद, माओबाद जातिबाद  , धर्मबाद ,छेत्रीयताबादले मुलुक उल्टोगतिमा लाग्ने भेउ पाएर पनि त्यसमै टासिएर बस्नु पक्कै बौद्धिक ब्यक्तित्वकोलागि सुहाउने थिएन अहिलेको बौद्धिक पुस्ता र केहि सुझबुझ भएका , रास्ट्रको भलो चाहने नेपालीहरुकोपनि यहि भावनालाइ कदर गर्दै भट्टराइले परिबर्तन सुरु आफै बाट गरे, यो अभियानमा अब  मुलुकको सबै तह र तप्काले साथ् दिने अनुमान छ । 
जनयुद्धले ल्याएको परिबर्तन जो सुकै नेपालीले  मुक्त कण्ठले प्रसंसा गर्नपर्ने हुन्छ र जातीय , छेत्रीय अनास्वक बिकृतिको घोर निन्दा गर्नै पर्दछ |  हो, हिम्साको राजनीति गर्नु कदापी जायज थिएन सायद त्यहि प्रायस्चित स्वरुप अब भट्टराइको शान्ति र बिकासको राजनीतिको फड्को हुनु पर्दछ । 
जनयुद्धका गुण जति सबै प्रसंसा गर्ने , संबिधानको उपलब्धि मान्ने गुणगान गाउने र दोसजति  उनमा थोपर्ने केहि बिज्ञहरुको दृस्टीमा खोट छ, कुण्ठा छ किनकि समग्र जनयुद्धको फौजी कमाण्ड बाबुरामले गरेनन उनका बिगतका गल्ति कमजोरीले निखारेर नै उनलाई अहिलेको नया शक्तिको निर्बिकल्प मार्गनिर्देशक  बनाएको छ । 

उनको राजनीमापछि आत्तिएका विरोधीहरु, पुराना शक्तिका स्थाई ठेकेदारहरु उनको हार , कायर भन्दै विभिन्न भ्रमपूर्ण गालीगलोज र उपहास, प्रचारबाजीमा लागेको देखिन्छ यो उनीहरुको नया शक्तिले जनमत लिएर  खाइपाइ गुम्ने डर स्वोरुप आएको जस्तो देखिन्छ ।

नेपालका नेताहरुलाई लाइन लगाएर मुल्यांकनगर्दा भट्टराई भिजन र सुझबुझ भएका  नेताको अग्रपंगतीमा पर्छन ।  सामाजिक संजालमा उनको आलोचना गर्ने देखि लिएर प्रसंसकहरु सबैले धेरै बुझेर कम काम गरेको र राज्यको उच्च तहमा पुगेर भनेजस्तो केहिनगरेको दुखेसो गर्छन। खासमा उनको प्रधानमन्त्री बन्दासम्माका प्रसंसकहरु संबिधान सभा  बिघटन र जम्बो मन्त्रीमंडलबाट तिब्र आलोचक बने यो आलोचना उनलाई सुध्रिएको र उनले नेत्रित्वो गरेर मुलुक आर्थिक क्रान्तिमा होमिएको देख्न चाहने समूह नै छन् ।
अबका दिनमा ढिलो नगरी ठुलाठुला खोक्रा, बोक्रा सिदान्त हैन ब्यबहारिक र लोकतान्त्रिक दल, लोकतान्त्रिक समाजबाद आदर्श बोकेको लोककल्याणकारी राज्यको परिकल्पना सहितको नया नेपालको नया शक्ति गठन गरेर आगामी संघिय निर्वाचनमा होमिए कांग्रेस , एमाले ,  माओबादी परम्परागत शक्तिबाट आजित जनमत सोझै  त्यता मोडिने देखिन्छ । 

उनलाई अहिलेकै खराब नेताहरुको लिस्टमा राखेर चुन्नुपरेपनि कम खराबमा पक्कै पर्छन । 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More