Showing posts with label bp koirala. Show all posts
Showing posts with label bp koirala. Show all posts

October 13, 2014

वी पी कोइरालाको भाषण आजपनि उत्तिकै महत्तोपुर्ण छ-देश भक्तहरुको भासण महाबाणी सरह रहन्छ

गाउँमा बस्ने निमुखा जो डर र त्रासले बसेको छ, उनीहरुसित भेटेर, उनीहरुको भावना बुझौ भनेर नै हामीहरु देशको विभिन्न भागमा घुम्दै छौ । तर भय–त्रास देखाएर, झुट्टा प्रचारहरु गरेर, बाटो रोकेर— मेरो कुरा जन समक्ष नपुगोस् भन्ने प्रयासमा, बीस वर्षदेखि तपाईहरुले जुन कुरा सुन्दै आउनु भएको छ, त्यसबाहेक अरु कुरा— प्रजातन्त्रको कुरा तपाईहरुको कानमा नपरोस् भन्ने प्रयासमा सरकार लागेको छ । आज यत्रो संख्यामा तपाईहरु यहाँ आउनु भएको छ, हाम्रो कुरा सुन्न । त्यही बीस वर्षसम्म सुनिरहनु भएको कुरालाई सुन्न आउनु भएको होइन । हामीहरु पनि नयाँ कुरा भन्न आएका छौ । हामी त्यही बीस वषैदेखि जुन व्यवस्था छ, त्यसैको विरोधमा बोल्न आएका छौ ।

September 1, 2013

बिपी कोइरालाका साश्वत बिचार र उक्तिहरू, Popular saying,quote and thoughts of BP Koirala in Nepali

जीवन

१—जीवन नै एक सुनिश्चित जोखिम हो।

२—जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।


३—मेरो राजनैतिक जीवन खुलेको पाना हो। मलाई आफ्नो सम्बन्धमा सफाई दिइरहने एकदम आवश्यकता छैन।


४—प्रश्न; तर तपाईंको जिवन भन्नु त तिनै संकट, जेल, यातना, मुद्दा, अभियोग इत्यादिकै कहानी होइन र ?


उत्तर—मैले बुझेको जिवन नै त्यही किसिमको हो। अरू किसिमको जीवनलाई मैले बुझेको छैन। मानिसले अरू जुन किसिमको जीवनयापन गर्छन्, त्यसमा मलाई कुनै आकर्षण हुँदैन। त्यस्तो खालको जीवनयापन गर्नु परेको भए म दिक्क हुने थिएँ, शायद त्यसै दिक्दारीबाट मर्ने पनि थिएँ। मलाई अर्को नयाँ जीवन दिइयो भने पनि मेरो यो जिन्दगी जस्तो भयो, त्योभन्दा फरक खालको जीवन हुने छैन। तपाईंको प्रश्नका दुइटा पक्ष छन् जस्तो मलाई लाग्यो। एक पक्ष त के हो भने एक राजनीतिज्ञका हैसियतले म सफल हुन चाहन्थे होइन ? मैले जुन किसिमको समाज निर्माण गर्न चाहेको थिएँ, जुन प्रकारको आर्थिक व्यवस्था सिर्जना गर्न खोजेको थिएँ र जुन कुरा सफल भएको भए त्यसको असर मालईभन्दा अरूलाई बढी पर्ने थियो, त्यसमा सफलता नभएकोमा मलाई चिन्ता हुन्छ। तर जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, मलाई सफलता या असफलताको कुनै महत्व छैन। आफूले चाहेको काममा आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गरियो र आफूले सक्ने जति सम्पूर्ण कुराको बाजी लगाइयो भन्ने कुरा आफ्नो अन्तरआत्माले इमान्दारीसाथ मान्नसक्छ भने, त्यसले मानिसलाई सन्तोष दिन्छ। मलाई अनुभव भएको कुरा पनि यही हो। साधारणतया मानिसले सफलता भनेर जे कुरालाई भन्छन् त्यस अर्थमा म सफल भइन। तर जब म मानिसहरूले सस्तो सफलता प्राप्त गरेको देख्छु, त्यसबाट उनीहरूले आत्मिक सन्तोष प्राप्त गरे होलान् जस्तो मलाई लाग्दैन। असफल नै भएपनि सत्कार्यका लागि प्रयत्न गरिरहँदा एकप्रकारको आत्मिय आनन्द हुन्छ, मलाई यही नै भयो भन्ने लाग्छ।

April 2, 2012

बीपी कोइराला-a biography of bp koirala


राणा शासन ढालेर देशमा प्रजातन्त्र स्थापना गर्ने राजनीतिक आन्दोलनमा होमिएका सर्बाधिक लोकप्रिय नेपाली राजनेता बीपी कोइराला २००३ सालमा नेपाली कांग्रेसका एक मुख्य संस्थापक मात्र होइनन्, कांग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख प्रवक्ता र व्याख्याकार पनि हुन् ।

तत्कालीन राणा शासकहरूको आूखामा बिझेपछि भारत निर्वासित भएका समाजसुधारक पितासूगै प्रबासमा अंग्रेट हटाऊ आन्दोलनबाट राजनीतिमा होमिएका बीपी कोइरालाले नेपालमा राणा शासन बिस्थापित गरी प्रजातन्त्रको बहालीका लागि देशबाहिर र भित्रबाट नेतृत्वदायी भूमिका खेलेका थिए ।

December 5, 2011

All about BP Koirala- A documentary on Bp


बिशेश्वोर प्रसाद कोइराला - ( १९१४ - १९८२ ) - नेपाल का प्रथम जननिर्बाचित प्रधानमन्त्री - १९५९  देखि १९६० सम्म 
प्रजातान्त्रिक समाजबादका सम्बाहक नेपाली कांग्रेसका संस्थापक नेता  

Bishweshwar Prasad Koirala (Nepali: बिश्वेश्वर प्रसाद कोइराला) (1914--1982) was the Prime Minister of Nepal from 1959 to 1960. He led the Nepali Congress, a social democratic political party.

Koirala was the first democratically elected Prime Minister in Nepal's history. He held the office just 18 months before being deposed and imprisoned by order of King Mahendra, an assertive absolute monarch jealous of the powers he had delegated to Koirala's government. For the rest of his life, which was spent largely in prison or exile and in steadily deteriorating health, "B. P." (as he was everywhere known) never ceased to call for the restoration of democratic freedoms in his country. Continue to watch the documentary about him 

October 3, 2011

BP Koirala aatma britanta- audio book read online

बिपी कोइराला को आत्मा वृतान्त अडियो किताब 

August 1, 2011

babu, aama ra chora by bp koirala-उपन्यास बाबु , आमा र छोरा

बिश्वेस्वोर प्रशाद कोइराला द्वारा लिखित उपन्यास बाबु , आमा र छोरा को अडियो वाचन उज्यालो ९० नेटवर्क को कार्यक्रम  श्रुति संवेगमा अच्युत घिमिरे को प्रस्तुति सुन्नुहोस 
Nepali Novel : Babu, aama ra chora 
By : BP Koirala
Podcast from : Sruti Sambeg a program of ujyalo 90 network.
Presenter: Achyut Ghimire

September 18, 2010

Nepali Novel Sumnima- By BP Koirala-Listen online



Listen Nepali Novel Sumnima By BP koirala Online live and enjoy.
Nepali Novel :- Sumnima
Writer :- B.P Koirala
Programme : Shruti Sambeg (Ujjyallo 90 Network)
RJ :- Achyut Ghimire
Listen Nepali Novel Sumnima on Shruti Sambeg presenting Achyut Ghimire.

Sumnima :- Part 1


July 16, 2010

Tin Ghumti-BP Koirala

Novel : Teen Ghumti 
Writer: BP Koirala 
Podcast from : Ujyalo 90 Network, Kathmandu 
Presenter: Achyut Ghimire 
तीन घुम्ती नेपाली उपन्यास लेखक : बिशेश्वोर प्रशाद कोइराला उज्यालो ९० नेटवर्क रेडियो को श्रुति सम्बाद कार्यक्रम मा प्रस्तोता अच्युत घिमिरे द्वारा वाचन गरिएको तीन घुम्ती उपन्यास को अडियो

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More