June 12, 2018

लासहरु गनेर, श्रद्धान्जली सजिलो हो; बेला छँदै आँखा खुले , क्षति रोक्न सकिन्छ


जगन कार्की 

हरेक अवसरमा चुक्ने , 
दुख परेपछि मात्र झुक्ने , 
बनाउने बेलामा फुट्ने , 
भत्किंदा मात्र जुट्ने । 

बेला हुँदा, 
बेथिति-विसंगति सुल्झाउन छोडी , 
समस्या हरुका बिस्कुन थापेर , 
लड्यो , लडायो कसैले बहकाउद़ा ,
 बहकियो अनि करायो | 


उल्टो बाटो ,
 उल्टैमतिले गर्छ नराम्रो खति, 
सबै भन्दा सजिलो छ दोष लगाउन ,
 एक अर्का अनि पराइ हुँदै,
 छिमेकिसम्मलाइ दोष थोपर्यो ,
यस्तै बन्दैछ हाम्रो परम्परागत मती । 

जोखिम र प्रकोपसंग खेल्दैगर्दा , 
बिना तयारि बिपती झेल्दैगर्दा ,
प्रकोपको बेगसंगै,
हरेक बर्ष बगिरहेका निर्दोष आत्माहरुले,
 मृत्यु पश्चात पनि न्याय पाउने छैनन् ,
 शाशकहरुका अक्षम्य गल्तीहरुले, 
 समाजमा बन्द जिम्मेवार आँखा हरुले ।

उकाली ओराली फाँटमा कुद्ने , 
खटेरा गाडीहरु संगै,
अड्किएका हाम्रा सासहरुले , 
प्रकोप र विपदबाट बच्न सकिने, 
अवसरहरु गुमाउदै गर्दा,
अकालमा गुमेका, 
 कयौं आफन्त र प्रियहरुका लासहरुले, 
 गिज्याउँदै भनिरहेका छन् , 
तिम्रा फगत श्रद्धान्जलीका सुस्केरा हैन, 
बाँकी बचेका जीवन र भबिस्यका लागि केहि गर!


हाम्रै जीवनसंग खेलवाड गर्ने यातायात र सडकको उपचार गर, 
प्रकोपलाई थाम्न सक्दैनौ ! 
कम्तिमा बच्ने र बचाउने पहल गर,
 केहि नसके कम्तिमा, 
शाशकहरुका बन्द आँखालाई खोल्न मद्दत त गर !

 दिवंगतहरुलाई श्रद्धान्जली अर्पण गर्दै गर्दा , 
सहयोग समर्पण भर्दै गर्दा , 
बेला भएको छ भबिस्य सोच्ने, निर्दोष,
अबोधहरुको शुभ कामना गर्ने | 

बेथिति विसंगतिको मेल संगै , 
बन्द आँखाहरुको छल हुदै , 
वर्षपिछे आउने भेलसंग,
 हुरी, कम्प अनि पहिरोबाट ,
 कसरि मिलेर सामना गर्ने ? 
शासन सत्ता हातमा बोकेर ,
 सुशासन र सुरक्षाको मन्त्र जप्दै, 
हाम्रा लालाबाला र प्राणसंग खेलिने खेलहरु बन्द गर्ने |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More