September 29, 2015

मंगल ग्रहमा पानी भएको लगाउने नेपाली लुजेंद्र ओझा - नेपालको नाम उच्च राख्ने युवालाइ बधाई छ!

नेपाल बैज्ञानिकसहितको टोलीले मंगल ग्रहको सतहमा बगिरहेको पानी विद्यमान रहेको तथ्य फेला परेको छ । यससँगै २५ वर्षका लुजेन्द्र ओझा नेपालका एक सफल वैज्ञानिक बनेका छन् । अमेरिकाको जर्जिया बिस्वबिद्यालय का पिएचडी बिद्यार्थी , रकस्टार लुजु , लुजेन्द्रसहितको वैज्ञानिक टोलीले अमेरिकी अन्तरीक्ष संस्था नासाको भुउपग्रहका तस्वीर विश्लेषणका आधारमा मंगल ग्रहको सतहमा बगिरहेको पानी रहेको निष्कर्ष निकालेका हुन् । मंगल ग्रहमा तरल अवस्थाको पानीको उपस्थितिले यो ग्रह अहिलेपनि भौगोलिक रुपमा सक्रिय रहेको प्रमाणित भएको शोधकर्ताको भनाइ छ ।

मंगल ग्रहमा बगिरहेको पानी फेला पर्नुले त्यहाँ जिवनको सम्भावना बढेको बताइएको छ । वैज्ञानिक लुजेन्द्रसहितको शोधकर्ता समूहले गरेको अनुसन्धान अनुसार मंगल ग्रहको सतहमा देखिने गाढा धर्साहरु पानीको बहावसँग सम्बन्धित छन् ।

नासाको स्याटेलाइटबाट प्राप्त तस्वीरहरुका अनुसार भिरालोमा पाइने यस्ता संरचनाहरु नुनको थुप्रो हुन् । यस्तो नुनले मंगलको न्यून वायुमा पानीको जम्ने तथा बाफ हुने तापक्रममा फरक पारिदिने र सोही कारण मंगल ग्रहमा पानी तरल अवस्थामा बग्ने स्वरुपमा रहन सक्ने शोधकर्ताहरुको ठहर छ । नेचर जियोसाइन्स जर्नलमा यो शोध छापिएको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More