Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

April 10, 2020

छोडौं दैनिक मृत्युको हिसाब गर्न


प्रिय साथी ,
छोडौं अब दैनिक मृत्युको हिसाब गर्न
मृत्यु मात्र गनेर बस्ने हो भने
आखिर के नै अर्थ हुने थियो र जीवनको ?

सायद यो धर्तीमा
भय, त्रास र केवल भूतको मात्र राज हुने थियो।

मर्न त हाम्रो, दैनिक एक एक दिन मरी नै रहेको छ नि?

तर हाम्रो आदत
हरेक रात हाम्रो मरेको अघिल्लो दिनलाई भुलेर
बाँच्ने पछिल्लो दिनको हिसाब गर्दै
वर्षौं पछिका सपना सँगै
हाम्रा खुसीहरूलाई बचाएर राख्नमा छ!  

त्यसैले
जिन्दगी रहेसम्म
मडारिएका निराशाका बादलहरूलाई पन्छाइ
चाँदीका घेरातर्फ फर्केर
आशाका ज्योतिहरू बालिरहौं।

लकडाउन
परिस्थिति भए पनि यहाँ
जीवन र समय कहाँ हुन्छ र ?

रोकिनु या थुनिनु
जीवन र खुशीहरूको अन्त हैन
अमूल्य समय पनि हुन सक़्ला ।
जिन्दगीको दर्पणलाई फर्किएर हेर्ने
आफू र आफ्नालाई चिन्ने
बिग्रिएका बाटाहरू सपार्ने
प्रेम र सद्भावको भक्तिसँगै
जीवनको पुनर्ताजगी गर्ने

बाँच्नेहरू धेरै छन् यहाँ
यी अनमोल समयहरू व्यतीत गरौं न ?
प्रेम, सद्भाव र जीवनको हिसाब किताब गरेर  !

#लकडाउनसाहित्य, ३ अप्रिल, २०२०
कोरोना भाईरस महामारीले लण्डन लक डाउनको चौधौं दिन

सेतोपाटि अनलाइनमामा प्रकासित : https://www.setopati.com/literature/203155

August 26, 2015

शैलेन्द्र सिम्खडाको सुन र स्वास्नी

स्वास्नीको कच-कचसँग
न सरकारको कानुन चल्छ
न त भगवान्को दाल गल्छ
द्वापरमा परिक्षितले सुनमा कलि बसाएर
ऋषिको गलामा सर्प घुमाउनु भो
त्रेतामा रामचन्द्रले सुनको मृग लखेटेर
जङ्गलमा स्वास्नी गुमाउनु भो ।

October 6, 2014

पारिजात-जिवनी-Parijaat- Biography

पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् ।

September 8, 2014

बिजय कुमारको पुस्तक "खुशी" बजारमा- Vijayakumar Pandey's new Nepali Book Khushi Published

चर्चित पत्रकार बिजयकुमार पाण्डेले अब  पुस्तक मार्फत साता बजारमा आएका छन्  विभिन्न पत्रिका मार्फत छापिएका उनको पुस्तकका केहि  भाग पढ्नुहोस र बाकी अंशको लागि पुस्तक किनेर लेखक र सर्जकको सम्मान र सम्बर्धन गर्न सहयोग गरौ ।
Popular Journalist Vijaya Kuar Pandey has written New Book Khushi. Read some part of the Nepali book "Khushi" online and buy the book online to promote Nepali write and literature.

मैले खुसी किन लेखेँ?
‘हामी सबै जे भन्न सक्छौं, त्यही कुरा अभिव्यक्त गर्नु लेखकको काम होइन। हामी जे भन्न असमर्थ छौं, त्यो व्यक्त गर्नु लेखकको दायित्व हो।’ –अनेस निन–

एउटा पुस्तक लेख्ने रहर थियो। कस्तो पुस्तक? कसरी लेख्ने? मसित उत्तर थिएन। कुनै दिन पुस्तक लेख्नेछु भन्ने बालसुलभ चाहनाबाहेक मसित अरु केही थिएन। न विषय, न शब्द, न त बिनाविषय पाठकलाई बाँधेर राख्न सक्ने शब्दकला। केही पनि त थिएन, सिवाय एक रहर।

सपनाको बिजारोपण भएको वर्षौंवर्ष पछि पनि मैले ‘त्यो’ पुस्तकको एक अक्षर लेख्न सकिनँ। कागजमा अक्षर नलेख्दा नलेख्दै, वर्षौं साथीभाइलाई ‘म पुस्तक लेख्दैछु, लेख्नेछु’ भन्दै हिँडें।

कोसिस नगरेको होइन। कागजमा नकोरे पनि उकुसमुकुसको मसीले मनको भित्तामा नलेखेको होइन। भरिन त पूरै भरिएको थिएँ, पोखिन पो सकेको थिइनँ। भरि हुनु र नपोखिनुको वेदना, त्यसको छटपटाहट म शब्दमा अनुवाद गर्न असमर्थ छु।

September 5, 2014

विश्व् साइकलयात्री पुष्कर शाहको यात्रा सस्मरण पुस्तक-World Cycle Traveller of Nepal Puskar Shah's Book On Market

World Cyclist Pushkar Shah of Nepal has visited more than 150 countries on his bicycle covering 221,000 km in 11 years and has also climbed Mt Everest. He had been jotting down all of his travel-experiences on his diaries all these years. And to make his stories available to people all over the world, the short writings have been compiled in the form of a book titled ‘Sansar lai Sadhe Pach Fanko’.

The book was jointly launched by Shah’s mother Naram Kumari Shah and actor Sharmila Malla at the premises of Nepal Academy Hall in Kamaladi on Saturday. Actor Malla had initially encouraged the cyclist for the journey by buying him a bicycle. Read two part of  his book onlne exclushive in Khabardari.com.

विश्व् साइकलयात्री पुष्कर शाहको यात्रा सस्मरण समेटिएको पुस्तक बजारमा आएको छ । उनले घुमेका विभिन्न देशमा भोगेका कथा व्यथा समेटिएको उक्त पुस्तकका दुई वटा  सम्भावना र उधारो सेक्स नामको अंश हामीले यहाँ प्रस्तुत गरेका छौं ।

सावना सम्भोग
एक दिन ब्रेकफास्ट खाएपछि डायनाले मलाई भनी, “तिमी मसँग सावना जान्छौ?”

मैले तुरून्तै उत्तर दिएँ “जान्छु।” तर मलाई थाहा थिएन सावना कस्तो हुन्छ भन्ने। काठमाडौँमा यसको नामसम्म सुनेको हुँ। आज नौलो चीजको अनुभव गर्न पाउने भएँ भनेर गद्गद् भएँ।

डायनाले पुरानो साइकल भाडामा लिई।

होटलबाट केही किलोमिटर पर एउटा सावना घर पुगियो। रिसेप्सनमा गएर डायनाले हामी दुई जनाको पैसा तिरी।
त्यहीँ छेउ उभिएर फुत्त–फुत्त तल र माथिका लुगा फुकाली, हाम्रा गाउँघरमा साना केटाकेटीले लुगा फुकाले जस्तो! अनि एउटा ठूलो टावलले वक्षस्थल छोपी। गोरी अमेरिकन युवतीका सेता चिल्ला तिघ्रा र छाती देखेँ मैले। मेरा उत्सुक आँखाले उसका गोरा छाला नियाल्न नपाउँदै ऊ सावनाको कोठाभित्र पसी। म केही बेर त्यही टेबलमा बसिरहेँ।
“तिमी आउँदैनौ भित्र?”, उसले भित्रबाट मलाई भनी, “लुगा खोल र आऊ न भित्र। म यहाँ एक्लै छु।”

September 1, 2014

Damini Bhir-दमिनी भिर-nepali novel read online

कार्यक्रम : श्रुति संम्वेग (SHRUTI SAMBEG)
कृति : "दमिनी भिर" (Damini Bhir)
लेखक : राजन मुकारुंग
विधा : उपन्यास

May 12, 2014

Nepali Novel Sakash- By Jagadish Ghimire

Please wait for a while after you play. If your network is slow you might have to refresh the page.
जगदीश घिमिरेको चर्चित उपन्यास सकस
कृपया प्ले बटम थिचेर एकछिन पर्खिनु होला 
सौजन्य : रेडियो एच बि सी , रेडियो कार्यक्रम 
उज्यालो ९० नेटवर्कको कार्यक्रम सृत संवेगको रेकर्ड गरिएको 
प्रस्तोता : अच्युत घिमिरे 
कार्यक्रम : श्रुति संवेग 
Sakas Part 1

Sakas Part 2


May 4, 2014

Listen Story Jhola by Krishna Dharabasi-कृष्ण धराबासी को झोला

Lsten the popular story of Krishna Dharabasi Jhola online
This story has been converted in Movie Jhola and it is very popular movie. Enjoy Listening Story Jhola
कृपया प्ले बटम थिचेर एकछिन पर्खिनु होला
सौजन्य : रेडियो एच बि सी , रेडियो कार्यक्रम
अच्युत खरेलको स्वोर र प्रस्तुति

कृष्ण धराबासी को उपन्यास  झोला

November 4, 2013

बीसे नगर्चीर्को बयान-कविता

श्रवण मुकारुङ 


मालिक!
म यो गोरखा राज्यमा
अढाइ सय वर्षपछि बौलाएँ
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिरमिर तिरमिर भएर
हजूरको शिर दशवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ
कहाँनिर छ बीसे नगर्ची

September 1, 2013

बिपी कोइरालाका साश्वत बिचार र उक्तिहरू, Popular saying,quote and thoughts of BP Koirala in Nepali

जीवन

१—जीवन नै एक सुनिश्चित जोखिम हो।

२—जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।


३—मेरो राजनैतिक जीवन खुलेको पाना हो। मलाई आफ्नो सम्बन्धमा सफाई दिइरहने एकदम आवश्यकता छैन।


४—प्रश्न; तर तपाईंको जिवन भन्नु त तिनै संकट, जेल, यातना, मुद्दा, अभियोग इत्यादिकै कहानी होइन र ?


उत्तर—मैले बुझेको जिवन नै त्यही किसिमको हो। अरू किसिमको जीवनलाई मैले बुझेको छैन। मानिसले अरू जुन किसिमको जीवनयापन गर्छन्, त्यसमा मलाई कुनै आकर्षण हुँदैन। त्यस्तो खालको जीवनयापन गर्नु परेको भए म दिक्क हुने थिएँ, शायद त्यसै दिक्दारीबाट मर्ने पनि थिएँ। मलाई अर्को नयाँ जीवन दिइयो भने पनि मेरो यो जिन्दगी जस्तो भयो, त्योभन्दा फरक खालको जीवन हुने छैन। तपाईंको प्रश्नका दुइटा पक्ष छन् जस्तो मलाई लाग्यो। एक पक्ष त के हो भने एक राजनीतिज्ञका हैसियतले म सफल हुन चाहन्थे होइन ? मैले जुन किसिमको समाज निर्माण गर्न चाहेको थिएँ, जुन प्रकारको आर्थिक व्यवस्था सिर्जना गर्न खोजेको थिएँ र जुन कुरा सफल भएको भए त्यसको असर मालईभन्दा अरूलाई बढी पर्ने थियो, त्यसमा सफलता नभएकोमा मलाई चिन्ता हुन्छ। तर जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, मलाई सफलता या असफलताको कुनै महत्व छैन। आफूले चाहेको काममा आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गरियो र आफूले सक्ने जति सम्पूर्ण कुराको बाजी लगाइयो भन्ने कुरा आफ्नो अन्तरआत्माले इमान्दारीसाथ मान्नसक्छ भने, त्यसले मानिसलाई सन्तोष दिन्छ। मलाई अनुभव भएको कुरा पनि यही हो। साधारणतया मानिसले सफलता भनेर जे कुरालाई भन्छन् त्यस अर्थमा म सफल भइन। तर जब म मानिसहरूले सस्तो सफलता प्राप्त गरेको देख्छु, त्यसबाट उनीहरूले आत्मिक सन्तोष प्राप्त गरे होलान् जस्तो मलाई लाग्दैन। असफल नै भएपनि सत्कार्यका लागि प्रयत्न गरिरहँदा एकप्रकारको आत्मिय आनन्द हुन्छ, मलाई यही नै भयो भन्ने लाग्छ।

May 21, 2013

आहा ! कस्तो फस्टाएको नेपालमा राजनीतिको ब्यापार


राजनीतिको ब्यापार जो चलेको छ अहिले यहाँ
चलेका ब्रान्ड हरु यस्ता छन्
कोहि माओ ब्यापारी
कोहि बिपी ब्यापारी ब्यापार छन्
गजेन्द्र नारायण अनि मदन भण्डारी नामका

April 2, 2013

Nepali novel- karnali blues-by Buddhisagar-listen online


बुद्धिसागरको प्रसिद्ध उपन्यास : कर्णाली ब्लुज  
उज्यालो ९० नेटवर्क रेडियोको श्रुति संवेग कार्यक्रममा प्रसारित  अडियो सुन्नुहोस 
वाचन : अच्युत घिमिरे 

Seto bagh-उपन्यास सेतो बाघ-upanyaas-by Diamond Shumsher Rana

Popular nepali Novel Seto Bagh ( The white tiger) by Diamand Shumsher Rana read online and enjoy.
The Audio of novel seto bagh listen online and enjoy
Audio presenter : Khagendra Nepali
डाइमंड समशेर  राणाको   चर्चित नेपाली उपन्यास सेतो बाघ
खगेन्द्र नेपाली द्वारा वाचन गरिएको  अडियो किताब सुन्नुहोस 

March 11, 2013

fulko aakha ma autobiography by ani choying dolma listen online

Listen popular nepali autobiogrphy book by ani choying dolma in a popular radio progrm of  Ujyalo 90 network by Achyut Ghimire

श्रीङ्खला : श्रुति शंबेग
उपन्यस : आत्मकथा “फूलको आँखामा”
लेखक : आनि छोइङ डोल्मा
बाचक : अच्युत घिमिरे
समय : हरेक हप्ताको शुक्रबार, राति ९.१५
AUTOBIOGRAPHY OF ANI CHHOYING DOLMA

March 4, 2013

Naso- Story by Guru Prasad Mainali-listen online

A popular nepali story by Guruprasad Mainali listen audio online.
"Naaso"

nepali novel saharko katha- by kishor nepal listen online

किशोर नेपालको उपन्यास “शहरको कथा”

श्रुति शंबेग श्रीङ्खला (SHRUTI-SAMBEG)
AD-30-03-2012 (B.S.-2069-01-29)
श्रीङ्खला : श्रुति शंबेग
उपन्यस : शहरको कथा
लेखक : किशोर नेपाल
बाचक : अच्युत घिमिरे
समय : हरेक हप्ताको शुक्रबार, राति ९.१५
NOVEL :- SAHARKO KATHA BY KISHOR NEPAL

nepali novel karagaar-by banira giri-बानिरा गिरिको उपन्यास कारागार

बानिरा गिरिको उपन्यास कारागार 
Listen nepali novel Karagaar- nepali upanyaas karagar online
Written by : Dr Banira Giri
Presenter: Achyut ghimire
Ujyalo 90 network, Sruti Sabeg program
प्ले बटम थिचेर एकछिन कुर्नुहोस अनि सुनेर आनन्द लिनुहोस् 

February 4, 2013

Anabritta-nepali novel by prabha kaini-अनावृत्तप्रभा कैनीको उपन्यास

Nepali Novel : Anabritta, listen online
By Prabha kaini
Presenter: Ahyut Ghimire
Sruti Sambeg, Ujyalo 90 network fm.

January 7, 2013

Desh le hareko yudda-by Harka Kadayat-listen online

Nepali novel read online Deshle hareko yuddha online by Harka Kathayat
हर्क कडायतको - देशले हारेको युद्ध 
उज्यालो ९० नेटवर्कको श्रुति संवेग कार्यक्रममा अच्युत घिमिरेको वाचन 

ke sabai bhatkiyekai ho ta by Taranath sharma

One of the best poem by Taranath Sharma
Title: Ke Sabai Bhatkiyekai ho ta

के लेख्नु? मनको घाउ कोट्ट्याऊँ अति दुख्तछ
नलेखूँ? मनको घाउ भित्रैदेखि चिलाउँछ
समस्या भित्र मनमा गाँठा पर्दै उदाउँछन्
समाधान कहाँ खोज्नु? रिँगटा नै छुटाउँछन् (१)

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More