Showing posts with label Karna Shakya. Show all posts
Showing posts with label Karna Shakya. Show all posts

July 1, 2012

कर्ण शाक्य- खोज-New Book of Karna shakya Khoj after Soch

Popular writer, entrepreneur, social worker, Philanthropist Karna Shakya has introduce his new book Khooj after the grand success and popularity from his writing from the book Sooch. Every nepalese must read book 'khoj' was publish on the popular nepali blog mysansar.com. 


Listen the audio of the first part of the book or enjoy reading below
बस्, म एउटा असल मान्छे बन्न चाहन्छु

-कर्ण शाक्य-


‘सोच’ ले मलाई नयाँ पहिचान दियो — एउटा लेखकको। यो कुरा मैले यसअघि नै भनिसकेको छु। र ‘कान्तिपुर’मा समय–समयमा छापिने मेरा लेखहरूले पनि मलाई केही पहिचान दिएका छन्। तर त्यस्तो पहिचान मैले पचाउन सकिरहेको छैन। किन हो कुन्नि, आफूलाई लेखकका रूपमा स्वीकार्न नै मैले सकिरहेको छैन। कहिलेकाहीँ साहित्यिक कार्यक्रमहरूमा मलाई निम्तो गरियो भने पनि म अनेक बहाना गरी त्यहाँ नजाने प्रयास गर्छु। थुप्रै साथीहरूले मलाई एउटा चिन्तकका रूपमा हेर्न थाल्नुभएको छ। त्यो पनि मलाई स्वीकार्य भइरहेको छैन। चिन्तक हुन त महान् आदर्शवान् व्यक्ति हुनुपर्छ, नैतिकवान् हुनुपर्छ। म न त ठूलो नैतिकवान् व्यक्ति हुँ, न आदर्शवान् नै।

March 5, 2012

Prativako khoji प्रतिभाको खोजी-by Karna Shakya

This book is written by the famous writer and  entrepreneur of Nepal Mr. Karna shakya. After the grand success of his book Soch and Khoj he wrote the book pratibha ko khoji. 
Press Zome in(+) buttom below to make the font larger and scroll down to read next page.
ठुलो प्रसिद्द उद्यमी , ब्यबसाई तथा लेखक कर्ण शाक्य को पुस्तक "प्रतिभाको खोजि"
ठुलो फन्ट बनाएर पढ्नको लागि box को तल गएर जूम(+) बटम थिच्नुहोस अनि स्क्रल डाउन गर्दै पढ्नु होस् 

July 4, 2011

Remaining part of the book Khoj by Karna Shakya-श्रद्धा र विश्वास

श्रद्धा र विश्वास 
-कर्ण शाक्य-
धार्मिक हुनका लागि मात्रै म कर्मकाण्ड गर्न चाहन्नँ। कहिलेकाहीँ पारिवारिक दबाब र सामुदायिक गुठीका लागि गर्नुपर्ने कर्मकाण्डहरू मन लागी–नलागी गर्नुपर्ने हुन्छ। अहिले चाहिँ घरको मूली भएका कारणले बाध्यतावश नै मैले परम्परागत धार्मिक क्रियाकलापहरू गर्नुपर्छ। म धर्ममा अलिअलि आस्था राख्ने तर ‘त्वम् शरणम्’ भएर विश्वास नगर्ने व्यक्ति भएको हुँदा कहिलेकाहीँ कठिन र असान्दर्भिक कर्मकाण्डहरूप्रतिको अभिरुचि कम भएर आउँछ। तिनलाई म परिमार्जन गर्न चाहन्छु, तर सकिरहेको हुन्न। आमा, बाबु, दाजु र दिदीहरूले वर्षौँवर्षदेखि गर्दै आइरहेका ती धार्मिक कार्यक्रमहरू मैले बीचैमा चटक्क कसरी रोक्ने? त्यसमा पनि फेरि बूढापाकाहरूले ‘यो गरेन भने यसो हुन्छ, त्यो गरेन भने त्यसो हुन्छ’ भनेर अन्धविश्वासका कुराहरू गरेपछि गर्नैपर्ने बाध्यता हुन्छ। कहिलेकाहीँ त त्यस्ता तर्कहरू आफैँलाई वाहियात लाग्छन्। तर केही हदसम्म अर्थोडक्सको माहोल र संस्कारमा हुर्केको हुँदा गर्दै आइरहेका परम्परागत कर्मकाण्डहरू चटक्क त्याग्दा पनि मनमा अलिअलि शङ्का र च्वास्स डर–त्रास त भइरहन्छ। 

कहिलेकाहीँ आफ्ना यस्ता आत्मिक कमजोरीहरूप्रति रिस पनि उठ्छ। पढेलेखेको व्यक्ति हुँ, विज्ञानसम्मत कुराहरू गर्छु र कर्मकाण्डका कतिपय धार्मिक प्रसङ्गहरू वाहियात हुन् भन्ने पनि लाग्छ। त्यस्तो लाग्दालाग्दै पनि धार्मिक कार्य पटक्कै नगर्दा असजिलो लाग्ने मात्र होइन, अलिअलि तर्सिन्छु पनि। शनिबार घर नआउनू, मङ्गलबार घरबाट बाहिर ननिस्कनू, नौ दिनमा घर नफर्कनू, कालो बिरालोले बाटो काट्यो भने नहिँड्नू आदि–इत्यादि विज्ञानसँग मेल नखाने परम्परागत विश्वासहरूलाई त्याग्न अहिले पनि सजिलो छैन।

युवा अवस्थामा त आमाबाबुले गाली गरे पनि त्यस्ता कुराहरू म मान्दिनथेँ। अहिले अलि बुढेसकाल लागेकोले हो कि क्या हो, आफू त गर्दिनँ–गर्दिनँ, छोराछोरीहरूलाई पनि नगर्न लगाउँछु। साँच्चै, दुनियाँ गोल छ भनेजस्तै सामाजिक सोच र संस्कार पनि गोल नै रहेछ। हिजोसम्म बाबुआमाले यो नगर र त्यो नगर भन्दा आफूलाई दिक्क लाग्थ्यो। आज म पनि मेरा बाबुआमाले जस्तै आफ्ना छोराछोरीहरूसँग त्यस्तै कुराहरू गर्छु। तर मात्राचाहिँ धेरै कम। पहिले मेरा बाबुआमा त्यसो नगर भनेर मलाई आदेश दिनुहुन्थ्यो, मचाहिँ मेरा छोराछोरीहरूलाई ‘खै, त्यसो नगर्नु भन्छन्, सकेसम्म नगर न’ भनेर सल्लाह दिन्छु। सायद यो हाम्रो पुस्ताको अन्तर नै होला!

वास्तवमा म एउटा अति नै धार्मिक परिवारमा हुर्केको हुँदा मेरो रगरगमा धार्मिक अनुष्ठानका कुराहरू भित्रैसम्म गढेर बसिरहेका छन्। खास गरी नेवारको वज्रयान बौद्धधर्म तान्त्रिक पृष्ठभूमिमा विकसित भएकोले त्यहाँ अनेक गुठीअन्तर्गत कर्मकाण्डहरू समावेश भएका छन्। मेरा बुबा अलि खुला दिलका व्यक्ति हुनुभएकाले धेरै पहिलेदेखि नै बलि दिने र घरमा मारकाट गर्ने कामहरू हामीले छोडिसकेका थियौँ। पशुपन्छी बलि दिने ठाउँमा हामी सधैँ हाँसको फुल बलि दिने गर्थ्याैँ। तर पूजाआजाको नियम भने तोडेका थिएनौँ। मन्दिर–मन्दिरमा गएर पूजा गर्दै नेवारका सम्पूर्ण चाडबाड खूब मनाउँथ्यौँ।

त्यसरी चाडबाड मनाउँदा मेरा बुबा रमाइलोका निमित्त मनाउनुहुन्थ्यो, तर मेरी आमा पूरा भक्तिभावले मनाउनुहुन्थ्यो। चाडबाड र धार्मिक क्रियाकलापहरू बुबाको मनोरञ्जनात्मक अवधारणा र आमाको भक्तिभाव अनुशरण गर्दै गरिने भएकाले हामीलाई चाडपर्वमा भक्तिभावका साथ मनोरञ्जन गर्न मन लाग्थ्यो। तर अन्धविश्वासको गतिविधिमा रुमल्लिन मन लाग्दैनथ्यो। त्यसैले मैले आस्तिकता र नास्तिकताबीचको ब्नलयकतष्अ बाटो याने मध्यमार्ग अपनाएको हुँ। कहिलेकाहीँ म विज्ञानको टेलिस्कोप लगाएर धर्मको दूूरदराजका क्षितिजलाई हेर्न रुचाउँछु, अनि त्यस्तै ज्ञान र धर्मको माइक्रोस्कोपबाट विज्ञानका अन्तरकुन्तरलाई नियाल्न खोज्छु। म ज्ञानको उज्यालोलाई विज्ञानको मैनबत्ती बालेर हेर्न चाहन्नँ।

धार्मिक अनुष्ठानको बन्धनमा म बाँधिन चाहन्नँ। तर अधार्मिक जीवन पनि म बाँच्न चाहन्नँ। साठी वर्ष लागेदेखि म बिहान पूजाआजा गर्छु। कहिलेकाहीँ गणेशमन्दिर जान्छु। किन हो कुन्नि, म गणेशप्रति आस्था राख्छु। सङ्कट परेका बेला गणेशमन्दिरमा प्रार्थना गर्न जाँदा कतिपय सङ्कटहरू मोचन

भएको जस्तो पनि लाग्छ। देवस्थानमा मनोकामना गर्ने पनि गजबको प्रथा रहेछ। मन्दिरमा गएर हामी इच्छा जाहेर गर्छौँ खास गरी समस्या परेको बेला। समस्या–समाधानका लागि गुहार्छौँ। कहिलेकाहीँ एउटा–दुइटा इच्छाइएका कुराहरू पूरा भए भने हामी देउताप्रति बढी श्रद्धा जगाउँछौँ। मनका सयवटा कामना व्यक्त भएर पनि ९९ वटाको परिपूर्ति नभएको हामीलाई सम्झना हुँदैन, तर एउटा समस्या समाधान हुनासाथ हामी दङ्ग पर्छाैँ। भगवान्प्रति आस्था जाग्नुको मुख्य कारण पनि सायद यही होला जस्तो लाग्छ मलाई।

कहिलेकाहीँ मलाई लाग्छ, धर्म मृगतृष्णा हो। कहिलेकाहीँ भगवतीको मन्दिरमा अबोध पशुपन्छीहरू भोग दिन लामबद्ध भएका मानिसको घुइँचो देखेर म छक्क पर्छु। जैविक संसार मानिसको मात्र होइन, अरू पशुपन्छीहरूको पनि हो भन्ने कुरा हामीले कसरी नबुझेका! मानव जाति र अन्य प्राणीहरूको सहअस्तित्वमा नै यो संसारको संरचना आश्रित छ। प्राचीन धर्म–संस्कृति र सामाजिक मूल्य–मान्यतालाई ग्रहण गरी ती स्वरविहीन प्राणीहरूको बाँच्न पाउने अधिकारप्रति हामी कहिले सम्वेदनशील हुने?

पशुपन्छीहरू पनि मानिसजस्तै आमाको पेटमा पालिएका, आमाको दूध पिएर बढेका र आमाकै न्यानो छातीमा हुर्केका हुँदा उनीहरूलाई पनि दुःख हुन्छ, पीडा हुन्छ र आँखाबाट आँसु आउँछ भन्ने चिन्तन हामीमा किन नजागेको! वास्तवमा फरक यति मात्र त हो — उनीहरू मानिसले जस्तो बोल्न र विरोध गर्न सक्तैनन्। अन्धविश्वासको आडमा हामीले सयौँ वर्षदेखि निर्दाेष र अबोध प्राणीहरूलाई कहिले घाँटी रेटी, कहिले रगत पिई, कहिले टोकी–टोकी देवीदेवतालाई खुसी पार्ने निहुँमा भोग दिइर≈यौँ। दसैँको कोतपर्वमा, वनदेवीको प्राङ्गणमा कहिलेसम्म यो बर्बरताको प्रदर्शन गरिरहने? यस्ता क्रूर, ढोँगी र अमानवीय क्रियाकलापहरूलाई रोकेर हामीले आफ्नो मानवता कहिले प्रमाणित गर्ने?

यदि धर्मकै व्याख्यालाई स्व्ाीकार्ने हो भने पनि मानिस भएर जन्मनुभन्दा पहिले मानिसले अनेक पशुपन्छीको रूप लिएर जन्मेको हुन्छ भन्छन्। मानिसले पाप गर्‍यो भने ऊ फेरि पशु भएरै जन्मिन्छ रे। यदि यसो हो भने त हामीले अझ बढी चनाखो हुनुपर्ने होइन र? किनभने कहीँ हामीले पशुपन्छीका रूपमा मानिसकै त भोग दिइरहेका छैनौँ? ‘अहिंसा मानवो धर्मः’ को यही अभियानलाई लिएर एकताका म दसैँमा पशुपन्छीलाई भोग दिने प्रथाको विरोध गर्दै घरघरै डुलेको थिएँ।

अबोध प्राणीहरूलाई मन्दिरमा भोग दिएर आÏनो अभिलाषा पूर्ति गर्न खोज्नेहरू साँच्चै मनभित्र धर्म जागरण भएर नै देवीको मन्दिरमा पूजा गर्न पुगेका होलान् त? शक्तिपीठहरूमा शक्ति प्राप्त गर्नका निमित्त पूजाआजा गर्न पुग्ने सबै भक्तजन साँच्चै धार्मिक व्यक्ति नै हुन् त? कसलाई थाहा, घुस खाएर फेरि अर्को घुसका लागि भगवतीसित माग्न पुगेका हुन् कि? वरिष्ठ पदाधिकारीहरू अरू थप शक्तिका लागि पूजा गर्न गएका हुन् कि? वा ठूला–ठूला बाहुबलीहरू अरूलाई अत्याचार गरेर कुनै समस्या आइनपरोस् भनी धुपबत्ती बालेर प्रार्थना गर्न गएका हुन् कि?

यसो हो भने त्यस्तो पूजा र प्रार्थनालाई धर्म भन्ने कि अधर्म? शक्तिपीठका मन्दिरमा भएकी भगवतीले अत्याचार गर्ने मानिसलाई त अवश्य नै चिन्छिन् होला! भ्रष्टाचारी र अत्याचारीको भेटी लिएर तिनीहरूलाई नै शक्ति प्रदान गरियो भने त त्यस्तालाई कसरी देवी मान्ने! कहिलेकाहीँ यस्ता कुराले पनि मलाई भ्रमित बनाउँछन्। मलाई कताकता अन्तस्करणमा के विश्वास लाग्छ भने भगवान् अधर्मी त हुनै सक्तैनन्। त्यसैले उनले पापीको प्रार्थना त सुन्दै–सुन्दैनन्। कसैले कुनै पाप गरेर आङ्खनो पापमोचनका लागि माग गर्छ र उसको अनुरोध भगवान्ले स्वीकार गरिदिन्छन् भने ती त भगवान् नै भएनन् नि!

मैले जिन्दगीमा अन्जानमा वा बाध्यतामा केही अनियमित काम पनि गरेको हुँला, अलिअलि अधर्मी काम पनि गरेको हुन सक्छ। कथंकदाचित मैले त्यस्तो काम गरेको भए पनि त्यस्तो अवस्थामा राम्रो फल दिनका निमित्त म भगवान्सित कहिल्यै अनुरोध गर्दिनँ। कहिलेकाहीँ बिहान मन्दिरमा पूजा गर्दा अनायास अधर्मी कुराहरू दिमागमा नआउने होइनन्। घाँटीबाट पूजाका मन्त्रहरू उच्चारण भइरहेका हुन्छन्, तर मनमा रिसका कुराहरू पनि उठिरहेका हुन्छन्। मानसिक लोभ र विकृत आकर्षणले दिमाग अभिप्रेरित भइरहेको हुन्छ। तर पूजाको एउटा अचुक फाइदा हुँदो रहेछ। त्यो के हो भने पूजापाठ गरिरहँदा, ‘किन यी विकृत भावनाहरू उब्जिरहेका होलान्।’ भनेर दिमागबाट तिनलाई हटाउने प्रयास गरियो भने सकिँदो रहेछ।

मलाई लाग्छ, पूजा गर्ने र पूजाबाट प्राप्त हुने मनोकामनाका प्रसादहरू म्ाानिसका मनभित्रै सृजना हुने कृत्रिम मनोदशाका प्रक्रियाहरू हुन्। जतिजति यस विषयमा म सोच्छु, त्यतित्यति नै म अन्योल मनस्थितिमा अलमलिन्छु। त्यसैले मनको शान्तिका निमित्त म मन्दिरमा पुग्छु र आँखा चिम्लेर अलिअलि प्रार्थना गर्छु। तर देवतासित माग्ने कामचाहिँ म एकदमै कम गर्छु। मागिहालेँ भने पनि परिपूर्तिको आशा गर्दिनँ। यद्यपि पशुपति, गुहेश्वरी भगवती र गणेशथानको मन्दिरमा पुगेपछि किन हो कुन्नि स्वतःस्फूर्त रूपमा कहिलेकाहीँ अनायास भक्तिभाव जागेर आउँछ। माग्ने भन्दैमा म जथाभावी कुरा माग्दिनँ। मागिहालेँ भने मेरो घरमा कुनै आपतविपद् नआओस्, परिवारलाई सद्बुद्धि देऊ र उनीहरूलाई दुःख नहोस् भनेर माग्छु। त्यसभन्दा बढी मैले मागेको सम्झना छैन। कहिलेकाहीँ घरको कुनै परिवारलाई रोग लाग्यो भने चाँडै निको पारिदेऊ भनेर अनायास भाकल गरेको छु। त्यसरी नै कहिलेकाहीँ आफ्नो कुनै महŒवपूर्ण स्वास्थ्यजाँच गर्नुपर्दा मेडिकल रिपोर्ट राम्रो आओस् भनी भगवान्को प्रार्थना पनि गरेको छु। इच्छा र आकाङ्क्षाका तरङ्गहरू मनमा नआउने होइनन्, तर कहिल्यै पनि धनसम्पत्ति र ठूलो पद पाऊँ भनेर भगवान्सित माग्ने गरेको मलाई स्मरण छैन।

मलाई अहिलेसम्म याद छ, जुन बेला हामी दाजुभाइको अंशबन्डा भएको थियो, त्यो बेला परिवारका सबै सदस्यहरू एक किसिमले टेन्सनमै थिए। त्यस बखत पूजा गर्ने बेलामा म भगवान्सित ‘प्रभु, यस्तो किसिमले अंशबन्डा होस् जसमा म र मेरा दाजु दुवैलाई कुनै अन्याय नपरोस् र भविष्यसम्म हामी दुवै परिवारलाई राम्रो व्यवस्था हुने गरी भागबन्डा होस्’ भनी प्रार्थना गर्थें।

ज्ञान र विज्ञानका बीचमा जब हामी धार्मिक र आध्यात्मिक मन्थनका कुराहरू गर्छौँ, त्यो बेला थुप्रै विरोधाभासपूर्ण भावनाहरू जागृत हुन्छन् र आÏनो चिन्तन र अवधारणा पेचिलो हुँदै जान्छ। यसै सन्दर्भमा दिमागमा अनेक कुराहरू खेल्ने तर तिनलाई निकाल्न खोज्ने एउटा ठूलो सङ्ग्राम मैले बूढानीलकण्ठस्थित विपश्यना केन्द्रमा गरेँ। सन् २००२ सालमा मित्र राजेन्द्रबहादुर श्रेष्ठ र म दस दिनका लागि विपश्यना शिविरमा बस्न गएका थियौँ। वातावरण अत्यन्त सुन्दर थियो। जङ्गलैजङ्गलको बीचमा शिविर राखिएको थियो। जङ्गली फूलहरूको बास्नाले सम्पूर्ण शिविर मगमगाइरहेको थियो।

तर त्यहाँको एउटा कुरो मलाई चित्त बुझेन — बिहान चारै बजे उठेर ध्यानकेन्द्रमा ध्यान गर्न पुग्नुपर्ने। मेरा लागि संसारमा सबैभन्दा गाह्रो काम नै बिहान चाँडै उठ्नु हो। तर शिविरमा बस्न गएपछि त्यहाँको अनुशासनको पालना त गर्नैपर्‍यो। विपश्यना शिविर व्यवस्थापनले माया गरी मलाई एउटा अलग्गै कोठा दिएको थियो। शिविरको अनुशासन थियो — चार बजे उठ्ने।

साढे चार बजेभित्र सामूहिक ध्यान गर्ने। साढे छ बजे ब्रेकफास्ट खान जाने। त्यसपछि फेरि ध्यान गर्ने। साढे बाह्र बजे लन्च खान जाने। लन्चपछि एक घन्टाजति कोठामा बसेर ध्यान गर्ने। तीन बजेदेखि फेरि सामूहिक ध्यान गर्ने। त्यसपछि एकछिनका लागि चिया खाने। अनि फेरि सामूहिक ध्यान गर्ने। यसरी दिनको झन्डै पन्ध्र घण्टा निरन्तर ध्यान गर्नुपर्ने। ध्यान गर्दा अरू केही गर्न नहुने, आनापान गर्ने क्रममा नाकबाट निस्केको र नाकभित्र छिरेको हावाको माध्यमबाट श्वासप्रश्वासमा मात्र ध्यान केन्द्रित गर्नुपर्ने। कहाँ सम्भव हुनु त्यो मजस्तो चुलबुले र चञ्चल मान्छेका लागि?

ध्यान गर्न गएको मानिस, झन् केही गर्न नपाएपछि त दिमागमा संसारभरिका कुराहरू पो खेल्न थाले। सबैभन्दा आपत त के भने आफूले बिर्सन खोजेका जुन–जुन कुराहरू छन्, ती बारम्बार दिमागमा खेल्न थाले। जिन्दगीका विभिन्न मोडमा माया–प्रीति गाँसिन पुगेका अनेक अन्तरङ्ग साथीहरूसितका सम्झनाका तरेलीहरू क्रियाशील हुन थाले। उनीहरूसँग बिताएका सुख–दुःख र मिलन–बिछोडका एक–एक क्षण, एक–एक पलहरूले मलाई वि≈वल र आनन्दित पनि पारे।

ध्यानकै क्रममा कहिलेकाहीँ आफ्नो उद्योग–व्यवसायलाई कसरी सञ्चालन गर्ने, अब कुनचाहिँ नयाँ उद्योग खोल्ने, व्यवसायलाई अरू व्यवस्थित कसरी पार्ने आदि–इत्यादि सोचले पनि मेरो दिमागलाई झन् क्रियाशील बनाइदिए। ध्यानको क्रममा गुरुले भनेका थिए, ‘यस्ता मानसिक विकारहरू आइरहन्छन्, गइरहन्छन्। तिनमा ध्यान नदिनुस्। मनलाई एकाग्र गर्ने कोसिस गर्नुस्।’ तर निरन्तर आइरहेका सोचविचारका लहरहरूले मेरो ध्यान केन्द्रित नै भएन। क्षणक्षणमा म नाकबाट निस्केको र नाकभित्र पसेको श्वास–प्रश्वासमा ध्यान दिन त खोज्थेँ, तर एकै क्षणमा फेरि कल्पना र योजनाका पखेटाहरू खुला आकाशमा उडिहाल्थे।

एक दिनमा मलाई लाग्यो — यो मेडिटेसनको काम मजस्ताका लागि होइन। कहाँ मेरो चकचके मन, कहाँ यो ध्यानको गाह्रो अभ्यास! कस्तो आपत! दस दिनसम्म कसैसित कुरा गर्न नपाइने। मुखबाट बोली निकाल्न नहुने। पढ्न नहुने। लेख्न नहुने। हुँदाहुँदा हाँस्न पनि नहुने, आँखा जुधाउन पनि नहुने। मलाई लाग्यो — यो त अति नै भयो। पहिले त लागेको थियो — दस दिन त हो, दस दिनसम्म नबोलेर कति नै गाह्रो होला र! तर विपश्यनाको शिविरमा दस घण्टा

बिताउँदा–नबिताउँदै उकुसमुकुस भएर आयो। खाने बेलामा स्टिलको प्लेट लिएर जेलका कैदीहरूले जस्तै लाइनमा बस्नुपर्थ्यो। त्यहाँ चिनेजानेका अनेकौँ व्यक्तिहरू हुन्थे। मलाई कस्तो आपत्! उनीहरूलाई हेर्ने कि नहेर्ने! हेर्‍यो भने मुसुक्क हाँस्न मन लाग्छ, हाँस्न हुँदैन भनिएको छ। लाटोलठेब्रोले जस्तै भुइँमा हेरेर हिँड्नुपर्ने। सबैभन्दा आपत् त मलाई राजेन्द्रसित भेट हुने बेलामा पो भयो, ऊसित हाँस्नुपर्ला भनेर। ऊ एउटा कुनामा बस्थ्यो, म अर्काे कुनामा बस्थेँ। आँखा जुध्ला भनेर अन्त–अन्त हेर्ने कोसिस गर्थ्यौँ। तर के हो के हो, आँखा जुधिहाल्थ्यो। हाँस्न मन लाग्थ्यो, हाँस्न नपाइने। अनि मुख र गाला विस्तारै हाँस्ाोमा परिणत भइदिन्थे। रोक्न खोज्थेँ, तर सक्तिनथेँ। कुनाकाप्चातिर हेर्दैमा हाँसो आएको मुखलाई कहाँ छोप्न सकिन्छ र! अनि त के थियो, कहिले भित्तामा हेरेर हाँस्थेँ, कहिले हतारहतार झ्यालतिर हेरेर हाँसिदिन्थेँ। कहिलेकाहीँ त शौचालयमा गएर बौलाहाले जस्तै हाँस्नुपर्ने हुन्थ्यो।

चिनेको मान्छेसँग पनि हाँस्न नहुने कारणले गर्दा चिनेको मान्छेलाई देख्ता पनि नचिनेको मान्छेलाई देखेजस्तै गरी हिँड्नुपर्थ्यो। कहिलेकाहीँ झ्वाट्ट शिविरको बाटोमा भेट्ता मुखले नहाँसे पनि आँखाले अलि–अलि हाँसेको जस्तो हुन्थ्यो। तर कहिलेकाहीँ जब चिनेको मान्छेले नचिनेको जस्तो वास्तै नगरी हिँड्थ्यो, अनि क्षणभरका निमित्त रिस पनि उठ्थ्यो। अनि एकैचोटि याद आउँथ्यो, ‘ए, यहाँ हाँस्न हुँदैन भनेकोले पो त्यो मानिस मसित नहाँसीकन हिँडेको त’ भनेर।

एक–दुई दिनसम्म यस्तै–यस्तै अप्ठ्यारा कुराहरूमा अल्भि्कनुपर्‍यो। एक किसिमले रमाइलो पनि लाग्यो, दिमागमा अनेक कुराहरू सोच्न पाएर, खेलाउन पाएर र बितेका रमाइला पलहरू सम्झेर। ध्यानमा बस्ता मेरो दिमागले कति तीक्ष्ण र सूक्ष्म तरिकाले विश्लेषण गर्न सक्यो भने कतिपय कुराहरू मैले मेरो उद्योगमा, व्यापारमा र पारिवारिक एवम् बाहिरी सम्बन्धमा प्रयोग गरेँ भने थुप्रै प्रगतिहरू हुन सक्छन् भन्ने विश्वास मलाई लाग्यो। मलाई पीर पनि लाग्यो ती सबै अनमोल विचारहरू बिर्सिएर जालान् र हराउलान् भनेर। किनभने मसँग ती कुराहरू टिप्न कागज थिएन र कलम पनि थिएन।

साँच्चै, एउटा सफल र क्रियाशील उद्यमी वा देशविकासको अभिभारा बोकेका नेताहरूले कहिलेकाहीँ प्रकृतिको काखमा पुगेर ध्यान गर्नुपर्ने रहेछ, तर कलम र कापी लिएर। एकदमै गजबका र प्रभावकारी विचारहरू उत्पन्न हुँदा रहेछन् कसैसित कुरा नगरी ध्यानमा लीन हुन सकियो भने।

विपश्यनाको शिविरमा ध्यान गर्ने क्रममा दुई दिनदेखि मेरो ढाड दुख्न थाल्यो। भुइँमा पलेटी कसेर दिनको अठार घण्टा बसेपछि कसलाई दुख्तैन ढाड! तर मैले भन्ठानेँ कोही–कोही त गजबले बस्न सक्ता रहेछन्! एउटा आसनमा बसेको बसेकै! मैले त घन्टामा तीन–चारचोटि आसन फेरेँ पलेटीमा बस्ता कहिले दायाँ खुट्टा तल राखेर, कहिले बायाँ खुट्टा तल राखेर, कहिले दुईटै खुट्टा तन्काएर। विस्तारै–विस्तारै मनको ध्यान अब ढाड र खुट्टा दुख्ने ठाउँमा केन्द्रित हुन थाल्यो। दुखाइ कम भएन।

खुट्टादेखि ढाडसम्मको जोर्नी निरन्तर दुखेपछि समय बिताउनै गाह्रो भयो। मलाई मात्र दुखेको हो कि अरूलाई पनि दुखेको छ भनेर थाहा पाउने कसरी? बोल्न भएन, सोध्न भएन। तैपनि अरूलाई पनि दुखेको छ कि भनी जाँच गर्न चोरले जस्तै चिम्लिइरहेका आँखा क्षणभरका निमित्त खोलेर हेरेँ। सबै शान्त भएर ध्यानमा लीन भएको पाएँ। चार दिनसम्म खूब सहेँ, तर दुखेको पटक्कै कम भएन। पहिले–पहिले त दिमागमा अनेक कुराहरू खेल्ने गर्थे र कल्पनाको संसारमा उडेपछि दुखेको कम हुन्थ्यो। तर पछि त दुखाइ कति बढ्न थाल्यो भने दिमागको कल्पना गर्ने ढोका पनि बन्द भएजस्तो लाग्यो। ध्यानको बीचबीचमा गुरुसित आफूले अनुभव गरेका कुराहरू सोध्ने मौका त पाइन्थ्यो, तर सारा जीउ दुखिरहेको बेलामा अरू के सोध्ने! तैपनि एकपटक त सोधिहालेँ, ‘होइन, मेरो दुखाइ कम भएन। के गर्ने होला?’

गुरुले भने, ‘पछिपछि आफैँ कम हुन्छ, धन्दा नमान्नुस्।’

पाँचौँ दिनमा पनि दुखाइ पटक्कै कम भएन, बरू बस्नसमेत गाह्रो भयो। मैले त शिविर छाडेर कुलेलम ठोक्ने नै विचार गरेँ। तर भाग्ने कसरी? ठूलो पर्खाल छ, मेनगेटमा भोटेताल्चा छ, कसरी भाग्ने? एकचोटि त आयोजकहरूलाई ‘मैले सकिनँ, म जान्छु’ भन्न पनि खोजेँ। तर इज्जतको सवाल थियो, भन्ने आँटै आएन। म छक्क परँे — आखिर यो दुखाइ मलाई मात्र भएको हो त? ध्यानकोठामा कमसेकम सय—डेढ सयजना मान्छे छन्। मलाई मात्र यसरी दुखेको त होइन होला नि! तर त्यो कुरो मैले कसरी थाहा पाउने? कमसेकम एक–आपसको दुःखको कुरो थाहा पाएपछि मनमा अलिअलि शान्ति त हुन्थ्यो! आफूलाई मात्र दुखेको छ भन्ने कुराले म त झन् कमजोर पो भएँ।

पाँचौँ दिनको ब्रेकफास्ट खाइसकेपछि ‘आज एक दिन बस्छु, आज दिनभरसम्ममा पनि मेरो मांसपेसी दुख्न कम भएन भने म आयोजकहरूलाई अनुरोध गरेर शिविर छाडेर जान्छु’ भन्ने विचार गरेँ। घण्टी बज्नासाथ म ध्यानकेन्द्रमा गई आफ्नो चकटीमा पलेटी कसेर बसेँ। मनमा दृढ निश्चय गरेँ, ‘आज म सम्पूर्ण ध्यान श्वास–प्रश्वासमा केन्द्रित गर्छु। ढाड दुखेको कुरामा म विचारै गर्दिनँ।’ आधा घन्टाजति बसेँ, कहाँ सक्नु! दुख्न पटक्कै छाडेन। ‘होइन, यो मलाई मात्र भएको हो कि अरूलाई पनि हुन्छ यस्तो? के म सय— डेढ सय प्रशिक्षार्थीहरूमध्ये सबैभन्दा चुत्थो भएँ त?’ — मैले आफैँलाई सोधेँ। अनि मैले आँखा खोलेर लामै समय लगाई ध्यानकेन्द्रका सबै प्रशिक्षार्थीहरू एक–एकजनालाई टाउको घुमाईघुमाई नियालेर हेरेँ। पहिले चोरआँखाले यसो हेरेर आँखा चिम्लिन्थेँ। सबैजना ध्यानमा केन्द्रित भएको पाउँथेँ। अनि आफूले आफैँलाई गाली गर्थेँ, ‘तिमी किन एकचित्त भएर ब्ास्न नसकेका?’

तर यसपालि मैले आँखा बन्द गरिनँ, सबैतिर टाउको घुमाई–घुमाई हेरेँ। ल, मैले त पछि चाल पाइहालेँ नि — दुखेको त मलाई मात्र होइन रहेछ, त्यहाँ सबैको हाल मेरोजस्तै बेहाल रहेछ। मैले देखेँ त्यहाँ थुप्रै प्रशिक्षार्थीहरू आँखा चिम्ली–चिम्ली, मुख मर्काई–मर्काई आसनहरू फेर्दै बस्ता रहेछन्। मजस्तै गरी अधिकांश व्यक्तिहरू कहिले पलेटी कस्थे, कहिले अलिअलि खुट्टा तन्काउँथे, कहिले दुइटै खुट्टा एकै ठाउँमा राख्थे, कहिले जीउ तन्काउँथे। आङ्खनो आसन अदलबदल गर्ने बेलामा उनीहरूलाई दुखेको कुरो उनीहरूले चिम्लेको आँखाको खुम्च्याइबाट स्पष्ट झल्किन्थ्यो।

वास्तवमा सबै प्रशिक्षार्थीहरू मैले पहिले गरेजस्तै बीचबीचमा चोरआँखाले क्षणभरका निमित्त अरू प्रशिक्षार्थीहरूलाई हेर्ने गर्थे। यताउति हेर्ने क्रममा कहिलेकाहीँ जब हाम्रा आँखा जुध्थे, स्कुलमा पढ्ने साना बच्चाहरूले जस्तै गुरुले गाली गर्लान् भन्ने डरले हामीहरू एकैचोटि झिमिक्क पारेर आँखा चिम्लिहाल्थ्यौँ। शिविरमा बस्ने प्रशिक्षार्थीहरूले क्षणभरका लागि झुलुक्क आँखा खोली हेर्ने बेलामा अरू सबै ध्यानमग्न भएको देख्ता उसलाई ‘मैले मात्रै ध्यान गर्न सकिनँ, अरू सबै ध्यानमग्न छन्’ भन्ने भ्रम हँुदो रहेछ। वास्तवमा शिविरका अधिकांश प्रशिक्षार्थीहरूलाई केही दिनका निमित्त मलाई जस्तै शारीरिक एवं मानसिक समस्याले पिरोलेको थियो होला।

त्यसरी आँखा खोलेर सबैको स्थिति र मनोदशा थाहा पाइसकेपछि मलाई हाँसो उठ्यो। हत्तेरी! मेरो मात्र होइन, सबैको स्थिति यस्तै रहेछ यहाँ! अनि त

के थियो, विस्तारै बलियो भएँ म। हाम्रो यो कस्तो मानसिक स्वभाव! एकै क्षणअघिसम्म ‘म कमजोर भएँ’ भनेर हीनताको भावले जकडिएको बेला आफूलाई अत्यन्त कमजोर महसुस गर्ने व्यक्ति म ‘मलाई मात्र होइन रहेछ, यहाँ त धेरैलाई मलाई जस्तै गरी दुखेको रहेछ’ भन्ने कुरा थाहा पाउनासाथ एकैचोटि बलियो हुन पुगेँ। कसरी हाम्रो मनले हाम्रो तनलाई नियन्त्रण गर्न सक्तो रहेछ! मन बलियो भयो भने सारा संसार परिवर्तन हुँदो रहेछ! अर्कालाई दुखेको थाहा पाएपछि आफू बलियो लाग्ने मानिसको यो परपीडक प्रवृत्ति कस्तो गजबको!

त्यसपछि मेरो मनमा विश्वास बढ्यो। म यो ढाडको दुखाइ सहन सक्छु भन्ने आत्मविश्वास जाग्यो। एकछिनपछि आँखा चिम्लेर मैले आफ्नो श्वास–प्रश्वासको गतिमा आफूलाई चुर्लुम्म डुबाएँ। अब बिस्तारै पहिलेका जस्ता असान्दर्भिक विचारहरू पनि मनमा आएनन्। गुरुको निर्देशनअनुसार गर्दै जाँदा त्यही बेला श्वास–प्रश्वासका क्रममा जीउको हरेक भाग सूक्ष्म रूपले फरफराएको मैले चाल पाएँ। सबैभन्दा पहिले नाकमुनिको माथिल्लो ओठमा हातको नाडी चलेजस्तै गरी ढकढक भएको थाहा पाएँ।

जतिजति आङ्खनो मनले त्यो चाललाई पहिचान गरेर अनुभव गरेँ, त्यो चालको मात्रामा बृद्धि हुँदै गयो अनि मेरो सम्पूर्ण ध्यान त्यही चालमा केन्द्रित हुँदै गयो। त्यति बेला त्यो चालको प्रक्रिया र स्वरूपलाई विचार गर्दा अँध्यारो जङ्गलमा जूनकीरीजस्तै धपधप बलेको जस्तो भान भयो। बिस्तारै मैले आÏनो औँलाले माथिल्लो ओठलाई छोएँ। ज्ासरी हामी नाडी छाम्दा नशा चलेको थाहा पाउँछौँ, त्यसै गरी चल्न थाल्यो मेरो माथिल्लो ओठको भाग। गुरुले भनेजस्तै त्यो माथिल्लो ओठको चाललाई चिउँडोमा ल्याउन खोजेँ। लौ, क्षणभरमै चिउँडो त ढकढक गर्दै चल्न पो थाल्यो। अनि त्यो चाललाई मैले निधारको केन्द्रविन्दुमा ल्याउन खोजेँ। त्यहाँ पनि त्यस्तै अनुभव भयो। अनि दुइटै कन्चटमा त्यसलाई पुर्‍याएँ। पहिले एकै ठाउँमा केन्द्रित त्यो चाललाई कन्चटका दायाँ–बायाँ पनि अनुभव गरेँ। त्यो चाललाई मैले विस्तारै कन्चटबाट तालुमा, तालुबाट ठीक गर्धनपछाडि, गर्धनपछाडिबाट कुमका दायाँ–बायाँ अनि कुमका दायाँ–बायाँबाट कुहिनोमा, कुहिनोबाट हातका औँलाऔँलामा पुर्‍याउन सकेँ। ध्यान गर्दागर्दै त्यो काल्पनिक चालको मानसिक तस्बिरलाई मैले राम्ररी कोर्न सकेँ।

गजब लाग्यो त्यो क्षणको अनुभव मलाई, मैले एउटा नयाँ आविष्कार नै गरेजस्तो। आविष्कार पनि प्रक्रियागत किसिमले होइन, एकैचोटि प्राप्त भएको र

नसोचिएको आविष्कार! अनि त के थियो र! मेरो दिमागमा कुनै कुरा पनि आएनन्। थकान र दुखाइको पटक्कै महसुस भएन। बच्चाले खेलौना खेलेजस्तै मेरो मनको जूनकीरीरूपी त्यो चाललाई कहिले टाउकोदेखि खुट्टासम्म र कहिले खुट्टादेखि टाउकोसम्म खेलाउन थालेँ। हुँदाहुँदा आँखा चिम्लेर त्यो चाललाई मैले मेरा सम्पूर्ण अङ्गका कुनाकाप्चामा जुनसुकै बेला पनि प्रत्यक्ष प्रवेश गराउन सकेँ। सिमलको भुवाजस्तै जीउ एकदमै हलुको भयो र हावामा सुस्त–सुस्त तैरिरहेजस्तो अनुभूत भयो। मानसिक रूपले पनि साँच्चै नै रमाइलो लाग्यो।

एकछिनपहिलेसम्म त्यो चाललाई अनुभव गर्न सबैभन्दा पहिले माथिल्लो ओठबाट जीउको अरू भागमा लिएर जानुपर्थ्यो, पछिपछि त कुनै पनि भागमा कुनै पनि समय त्यो चाललाई परिचालित गर्न सक्ने भएँ म। यसरी परिचालन गर्दा म घरीघरी औँलाले विस्तारै त्यहाँ जाँच गर्थेँ। तर भौतिक रूपले मेरो मासु चलेको अनुभूत गरेँ। घरीघरी त्यो चाललाई मेरा दसै औँलाका कापमा र काखीभित्र पनि सञ्चालन गर्न लागेँ। त्यसो गर्दा काउकुती पनि लाग्थ्यो। कस्तो गजब यो नसा! सायद यो स्पन्दन नसासित अन्तर्सम्बन्धित छ। जीउमा जहाँ–जहाँ नसा छ, सायद त्यहाँ–त्यहाँ यो स्पन्दनलाई सञ्चालन गर्न सम्भव हुँदो रहेछ। टाउकोदेखि खुट्टासम्म एकै क्षणभित्र हामीले नसाको चाललाई परिचालन गर्न सक्ता रहेछौँ। काल्पनिक चित्रमा मैले त्यो नसाको चाललाई जूनकीरीे बलेजस्तै झ्याप्पझ्याप्प बल्ने प्रक्रियामा अनुभव गरेको हँुदा त्यसलाई नियन्त्रण गर्न मलाई अत्यन्त सजिलो भयो।

त्यसपछि त ध्यानका अरू पाँच दिनसम्म मलाई कत्ति पनि गाह्रो भएन। जीउ पनि ठ्याम्मै दुखेन। एउटै आसनमा लामो समयसम्म बस्न सक्ने भएँ। गुरुलाई मैले प्राप्त गरेको नसाको स्पन्दनका बारेमा आङ्खनो अनुभव बताएँ। गुरुले अलि ताजुब मानेर मलाई भने, ‘यो त भङ्गज्ञान हो। यति चाँडै त आउनुनपर्ने हो! तर ठीक छ, अहिले यसको धेरै अभ्यास नगर्नुस्। दुई–तीनचोटिको शिविरपश्चात् मात्र गर्नुपर्छ।’

तर ध्यानबाट प्राप्त गरेको यो नयाँ उपलब्धिलाई मैले रोक्न सकिनँ र गुरुको आदेशविना नै तीन–चार दिनसम्म मैले यो प्रक्रियामा रमाई–रमाई अभ्यास गरिरहेँ। एउटा कुरामा मलाई आश्चर्य लाग्यो। त्यो के भने त्यस स्पन्दनलाई आÏनो जिब्रोसमेतको सम्पूर्ण मांसपेसीमा त लैजान सकेँ, तर जीउभित्रको मुटु, कलेजो, आन्द्रा र अन्य आन्तरिक अङ्ग–प्रत्यङ्गहरूमा भने मैले स्पर्श गराउन

सकिनँ र मैले कोसिस पनि गरिनँ। किनभने गुरुले भङ्गज्ञानमा खेलवाड गर्नु हँुदैन भनेर चेतावनी दिएका थिए।

विपश्यनाको दस दिनको अनुभव मेरा लागि रोमाञ्चक थियो। प्रशिक्षण सकिएपछि सबैजना हर्षोल्लासको वातावरणमा एकले अर्कालाई आङ्खना अनुभवहरू साटासाट गरिरहेका थिए। दस दिनपछि गुरुले ‘तपाईँहरू अब कुरा गर्न सक्नुहुन्छ’ भन्नासाथ खूब रमाइलो वातावरण छाएको थियो। दस दिनसम्म चिन्दाचिन्दै पनि मुखै नहेरीकन र अलिकति पनि नहाँसीकन मानौँ शत्रुझैँ बसिरहेको अवस्थाबाट एकैचोटि दिल खोलेर कुरा गर्न पाउँदा एकचोटि त हाँसो पनि उठ्यो।

शतप्रतिशत प्रशिक्षार्थीहरूले त्यहाँको अनुभव अत्यन्त महŒवपूर्ण भएको बताए। कसैकसैले गजब–गजबका अनुभवहरू पनि सुनाए। कतिपय अनुभवहरू हुन सक्ने थिए र कतिपयचाहिँ हुन नसक्ने पनि थिए। अत्यन्त धार्मिक आस्था राख्ने प्रशिक्षार्थीहरूले आकाशमा सुनौलो किरणदेखि बुद्धको छायासमेत देखेको अनुभव सुनाए। त्यो हुन सक्तैन भनेर भन्न सकिन्न। किनभने मानिसको मन कहिलेकाहीँ तरङ्गिदै जाँदा कल्पनाको संसारमा हालुसिनेट भएर सपनाका जस्ता आकृतिहरू विपनामा पनि आउन सक्छन्। सायद अहिलेका वैज्ञानिकहरूले त्यसैलाई ज्भयिनचब्क नाम दिएका हुन् कि? तर कुनै–कुनै प्रशिक्षार्थीहरूले ‘मैले यो देखेँ, त्यो देखेँ” भनेको सुन्दा उनीहरूले अनुभवै नगरेका कुराहरू सुनाएर अलिअलि फूर्ति गरेका हुन् कि भनेजस्तो पनि लाग्यो।

जे होस्, समय भए एकचोटि, सकिन्छ भने दुई–तीनचोटि विपश्यना गर्नैपर्ने रहेछ। विपश्यनाबाट फर्किएपछि पनि घरमा या सामूहिक रूपले साथीहरू मिलेर गर्नुपर्छ भनिएको थियो। खै, मैलेचाहिँ गर्न सकिनँ। तर जुन व्यक्तिले चार–पाँचचोटि विपश्यना गरेको छ र घरमा पनि निरन्तर रूपले विपश्यनाको अभ्यास गरेको छ, त्यो व्यक्तिको व्यक्तित्वमा स्पष्ट परिवर्तन आएको मैले महसुस गरेको छु। सधैँ मुसुमुसु हाँसिरहन्छन्, प्रतिवाद कमै गर्छन् र एकदम सुखी देखिन्छन् उनीहरू। उनीहरूको यो परिवर्तन साँच्चै विपश्यनाको कारणबाट भएको हो वा उनीहरू त्यस्तै खालका हुन्, त्योचाहिँ म ठोकेर भन्न सक्तिनँ। विपश्यनाको प्रतिफल पाएर पनि मैले निरन्तर अभ्यास नगरेको कारणले, मलाई लाग्छ, मैले त्यो प्रतिफल हराएको छु। जसरी मैले ती दस

दिनमा त्यस्ता क्षणहरूको अनुभव गरेँ, अहिले म त्यो गर्न सक्तिनँ। कहिलेकाहीँ म अभ्यास गर्न त खोज्छु, तर मेरो व्यस्त जीवनशैलीका कारणले गर्दा त्यसो गर्न सकिरहेको छैन।

धर्मप्रति शतप्रतिशत विश्वस्त हुन नसकेको र मेरा बौद्धिक अवधारणाहरू पनि केही हदसम्म विज्ञानसङ्गत भएका हुँदा म धार्मिक र आध्यात्मिक क्षेत्रमा खासै प्रतिबद्ध भएर लाग्न सकिरहेको छैन। म एउटा घटना सम्झन्छु। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति सूर्यबहादुर शाक्यले एकताका ‘नेपाल राष्ट्रिय बौद्ध सङ्घ’ नामक संस्था खोलेर त्यसमा मलाई पनि आबद्ध गराउन खोज्नुभएको थियो। उहाँलाई म असाध्यै श्रद्धा गर्छु। उहाँ मेरा गुरु त हुनुहुन्न, तैपनि एउटा सफल उपकुलपतिका हैसियतले म उहाँलाई सम्मान गर्छु।

त्रिभुवन विश्वविद्यालयमा अहिलेसम्म थुप्रै उपकुलपतिहरू आए–गए। तर सूर्यबहादुर शाक्यको उपकुलपतिको छवि अहिलेसम्म हराएको छैन। उहाँ स्पष्ट व्यक्तित्व हुनुभएकाले मैले उहाँलाई झ्वाट्ट नेपाल राष्ट्रिय बौद्ध सङ्घको औचित्यबारे नकारिनँ। विस्तारै उहाँसँग अनुरोध गरेँ, ‘नेपालमा सधैँ पानीको बुलबुलजस्ता संस्थाहरू बनाएर काम ल्ााग्छ र? स्वयम्भूको डाँडामा मात्रै कमसेकम आठवटा बौद्ध धार्मिक सङ्घ–संस्थाहरू छन्। नेपालभरि त कति छन् कति! अब फेरि एउटा अलग्गै बौद्ध संस्था खोलेर के गर्ने? तपाईँजस्ता व्यक्तित्वले त सम्पूर्ण बौद्ध सङ्घ–संस्थाहरूलाई समेटेर राष्ट्रिय स्तरमा दिशानिर्देश गर्ने खालको संस्थाको स्थापना गर्नुपर्छ।

मलाई के सम्झना छ भने भिक्षु अमृतानन्द, मणिहर्ष ज्योति र दयावीरसिंह कंसाकारहरूजस्ता वरिष्ठ बुद्धमार्ग्ाीहरूले राणाकालमै एउटा ‘धर्माेदय सभा’ स्थापना गरेका थिए। त्यो बेला राणाहरूको मनोमानीपूर्ण शासनव्यवस्थाका कारणबाट धर्माेदय सभाले सक्रिय रूपमा आफ्नो कार्य सञ्चालन गर्न सकेको थिएन। प्रजातन्त्रपश्चात् पनि त्यो संस्था खालि बुद्धजयन्तीको दिनमा आनन्दकुटीमा केही धार्मिक कार्यक्रम गर्नुमा मात्र सीमित र≈यो। नयाँ संस्था खोल्नुको सट्टा ती अग्रज बौद्धमार्गीहरूसित समन्वय गरेर किन तपाईँले त्यो ऐतिहासिक धर्मोदय सभालाई पुनर्जागृत नगराउने?’

उहाँलाई मेरो कुरो चित्त बुझ्यो। त्यसपछि ‘ध्ार्माेदय सभा’लाई राष्ट्रव्यापी रूपमा सक्रिय बनाउन केही वरिष्ठ बौद्धमार्गीहरूले निरन्तर दुई–तीन महिनासम्म

धेरै छलफल गरे। मलाई याद छ, पछि त्यसलाई पुनः ब्यूताउन भिक्षु अमृतानन्द महास्थविर, सूर्यबहादुर शाक्य, आशाराम शाक्य, रत्नबहादुर वज्राचार्य, मणिहर्ष ज्योति आदिका साथसाथै सर्वज्ञरत्न तुलाधर, सुवर्ण शाक्य, डा. बुद्धिराज वज्राचार्य र अरू थुप्रै वरिष्ठ बौद्धमार्गीहरू सक्रिय भएका थिए र धर्माेदय सभालाई पुनर्जागृत गराइएको थियो। आज त्यस संस्थासँग राष्ट्रका सम्पूर्ण धार्मिक संस्थाहरू आबद्ध भएका छन्। अहिले त्यो संस्था राष्ट्रिय रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि परिचित भएको छ।

पछि म ‘धर्मोदय सभा’बाट विस्तारै हटेँ। म वास्तवमा ‘धर्माेदय सभा’जस्तो धार्मिक संस्थाका लागि उपयुक्त सदस्य होइन पनि, किनभने ममा अरू सदस्यहरूको जस्तो धर्ममा त्यति उच्चस्तरको आस्था नै छैन। यस सभाका हरेक कार्यक्रमको सुरुमै धार्मिक श्लोक पढ्ने गरिन्छ। मलाई त्यो श्लोक भन्नै आउँदैन। सबै सदस्यहरूले टोपी फुकाली आँखा चिम्लेर त्यो श्लोक पढ्दा म आँखा चिम्ले पनि असजिलो मानेर बसिरहन्थेँ। मैले श्लोक कण्ठ पार्ने प्रयास पनि गरिनँ। मेरो सबैभन्दा ठूलो कमजोरी नै के हो भनेे आत्माले पूर्ण रूपमा स्वीकार नगरेसम्म जानी वा नजानी त्यसमा त्वम् शरणम् गर्न मलाई धेरै गाह्रो हुन्छ। मैले विचार गरेँ — जुन मानिसको मनमा नै प्रबल धार्मिक आस्था छैन, त्यो मानिसले धार्मिक संस्थामा बसेर सक्रिय भूमिका कसरी खेल्न सक्छ! तसर्थ मैले ‘धर्माेदय सभा’मा त्यति ध्यान दिएर काम गर्न सकिनँ। साँच्चै भन्ने हो भने जब प्राध्यापक सूर्यबहादुर शाक्यले मलाई ‘नेपाल राष्ट्रिय बौद्ध सङ्घ’को स्थापना गर्नका लागि सम्पर्क राख्नुभएको थियो, त्यो बेला मैले उहाँलाई धार्मिक भन्दा पनि सामाजिक संस्थाका हैसियतले सघाएको थिएँ।

सामाजिक क्षेत्रमा लाग्न चाहने भएको हुँदा म धार्मिक क्षेत्रमा लाग्न चाहन्नथेँ। मलाई अहिलेसम्म याद छ, प्रा. सूर्यबहादुर शाक्य र आशाराम शाक्य लुम्बिनी विकास कोषका उपाध्यक्ष्’ र सदस्य–सचिव भएका बेलामा पनि मलाई उक्त कोषको सञ्चालक समितिमा मनोनीत गरिएको थियो। मैले उहाँहरूलाई, ‘शाक्य वा बुद्धिस्ट भएको कारणले मात्र मनोनीत गरिएको भए म सदस्य हुन्ा चाहन्नँ’ भनेको थिएँ। उहाँहरूले मलाई ‘नेपाल सम्पदा सङ्घ’को अध्यक्षका नाताले मनोनीत गरिएको हो भनेपछि मात्र म ‘लुम्बिनी विकास कोष’को सदस्य भएको थिएँ।

सन् २००६ तिर पर्यटनमन्त्री प्रदीप ज्ञवाली र नेकपा एमालेका केन्द्रीय सदस्य भरतमोहन अधिकारीले ‘लुम्बिनी विकास कोष’को उपाध्यक्ष बन्नुहोस्

भनेर मलाई मेरो घरैसम्म आएर धेरै जोड गर्नुभएको थियो। तर मलाई ‘लुम्बिनी विकास कोष’जस्तो धार्मिक प्रतिष्ठानको कुनै पनि पद लिएर काम गर्ने प्रबल इच्छा भएन। फेरि त्यस्तो महŒवप्ाूर्ण पद लिएर काम गरेपछि लुम्बिनीमै बसेर काम गर्नुपर्छ। काठमाडौँमा बसेर लुम्बिनी ओहोरदोहोर गरी काम गर्न सकिँदैन।

मेरो एउटा बानी पनि छ — म आधा मन लिएर म्ष्खष्मभम ीयथबष्तिथ मा कहिल्यै पनि काम गर्न सक्तिनँ। लुम्बिनीमै बसोबास गरेर काम गर्ने परिस्थितिमा म छैन। त्यसो त मैले अहिले दैनिक उद्योग–व्यापारका कामहरूबाट अवकाश लिइसकेको छु र म आङ्खना होटलहरूमा जान्नँ पनि। तैपनि चालीस वर्षको मिहिनेतबाट स्थापित आङ्खनो पारिवारिक उद्योग र व्यवसायलाई चटक्कै बिर्सेर कुनै एक ठाउँमा काम गर्न सजिलो हुँदैन। कहिलेकाहीँ छोराहरूका निमित्त मेरो उपस्थितिको आवश्यकता हुन्छ। मेरो उपस्थितिको आभासले मात्र पनि उनीहरूको विश्वास र आत्मबल बढ्छ र उनीहरूलाई अरू थप काम गर्नका निमित्त ऊर्जा प्राप्त हुन्छ। आखिर बाबु न हुँ, छोराछोरीको माया कहाँ त्यसै बिर्सन सक्छु र!

‘लुम्बिनी विकास कोष’को सदस्य पद स्वीकार नगर्नुको दोस्रो कारण के हो भने मेरो आफ्नै होटल लुम्बिनी बगैँचाबाहिर सञ्चालन भइरहेको छ। म त्यस्तो ‘लाभको पद’ लिएर आफ्नो व्यवसाय भएको ठाउँमा रहनु सैद्धान्तिक दृष्टिले उपयुक्त हुन सक्तैनथ्यो। चित्त नबुझ्ने मानिसहरूले कुनै पनि बेला मेरो सामाजिक कार्य र व्यापारिक सम्बन्धलाई जोडेर बदनियतपूर्ण तरिकाले बदनाम गराउन पनि सक्थे। अन्तिम र महŒवपूर्ण कारण हो — जब सरकार धेरै निर्बल र निस्त्रि्कय हुन्छ, तब सरकारी संयन्त्र बलियो हुँदैन। त्यस्तो अवस्थामा जतिसुकै लायक व्यक्ति आए पनि र जतिसुकै काम गरे पनि उसले सफलता हासिल गर्न सक्तैन।

सबै कर्मचारी उस्तै हुँदैनन्। कोही असल हुन्छन्, कोही खराब। जब हाकिमले राम्रो कर्मचारीलाई इनाम दिन सक्तैन र नराम्रोलाई दण्ड दिन सक्तैन भने हात बाँधिएको त्यस्तो हाकिमले के गर्न सक्छ? आजकाल नेपालमा पाँच–छजना कर्मचारी मिले भने सारा कार्यालयमा तालाबन्दी गराउन सक्छन्। त्यस्तो अवस्थामा के गर्न सकिन्छ र? र त्यस्तो अप्ठ्यारो राजनीतिक एवं प्रशासनिक अवस्थामा कसले राम्रो काम गर्न सक्छ र?

कुनै महŒवपूर्ण पदमा हाकिम भएर गइसकेपछि उसलाई सरकारले विश्वास गर्नुपर्छ, उसको सुझावलाई सुन्नुपर्छ र कार्यान्वयन गर्न–गराउन ढाडस

दिनुपर्छ। नत्र बेवकुफ मात्र बन्न हाकिम को हुन्छ? त्यसैले मैले पनि अन्योलपूर्ण प्रशासकीय वातावरणमा ‘लुम्बिनी विकास कोष’जस्तो गरिमामय संस्थाको महŒवप्ाूर्ण पद लिन चाहिनँ। चालीस वर्षको मेरो आत्मसम्मान र स्वाभिमान एउटा पदको लोभमा लोभिएर गुमाउन मलाई मन लागेन। त्यसैले सीमित ज्ञान र क्षमताअनुसार कोषको सदस्य बनेर मैले आफ्नो विवेक र शविचार दिई कोषलाई सक्तो सहयोग गरेँ।

नेपालमा सक्षम व्यवस्थापकहरू नभएका होइनन्, यसका लागि उपयुक्त व्यक्तिको खोज र छनोट (हेड हन्टिंग० राज्यले सोचविचार गरेर गर्नुपर्छ। किनभने समर्थ व्यक्तिहरू चाकडी गर्दैनन्। अनभिज्ञ व्यक्तिहरू यदि अनेक अप्ठ्यारा थाहा पाउँदापाउँदै पनि ‘लाभको पद’ प्राप्त गर्न ठूलाबडाको चाकडी गरेर राजनीतिक दबाब दिई होडबाजी गर्छन् भने तिनीहरूको नियत र क्षमतामाथि कहिलेकाहीँ हामीले शङ्का गर्नैपर्छ।

लुम्बिनी कुनै जात र धर्मको पेवा होइन। यो त एउटा सूर्य हो जसलाई हत्केलाभित्र कैद गर्न सकिँदैन। अहिलेको तनावग्रस्त विश्वका लागि बौद्धदर्शन मानवमनमा सिँचाई गर्ने शान्तिको नहर हो। यसलाई कुनै जातीय वा धार्मिक घेराभित्र राख्नु हँुदैन र राख्न सकिँदैन पनि। साँच्चि नै लुम्बिनीको विकास गर्ने हो भने बौद्धधर्मगुरुहरू र बौद्धविद्वान्हरूसँगसँगै व्यवस्थापनविज्ञहरूको सक्रिय भूमिका पनि धेरै आवश्यक छ भन्ने मलाई लाग्छ, त्यस्ता व्यवस्थापकहरू चाहे बौद्धमार्गी होऊन् वा अन्य धर्ममा आस्था राख्ने।

लुम्बिनीजस्तो क्षेत्र सङ्कीर्ण धार्मिक अवधारणाबाट मात्रै विकसित हँुदैन। लुम्बिनी होस् या स्वयम्भू होस्, पशुपतिनाथ होस् या जनकपुरधाम होस्, त्यो मानवजाति मात्रको सम्पदा हो। यस्ता सम्पदाप्रति सम्पूर्ण मानवको आस्था जाग्छ। बौद्धधर्मको भावनाबाट अभिप्रेरित एउटा व्यवस्थापनविज्ञ भयो भने त सुनमाथि सुगन्ध नै हुन्छ। वास्तवमा व्यवस्थापनको ‘व’ पनि नजान्ने व्यक्तिहरूलाई लुम्बिनी विकास परियोजनाजस्ता अन्तर्राष्ट्रिय स्तरका संस्था सञ्चालन गर्न दिनु उपयुक्त नहुन सक्छ।

लुम्बिनी एउटा विश्वसम्पदास्थल हो। सम्पदाको संरक्षणप्रति मेरो चासो रहेको हुँदा म लुम्बिनी क्षेत्रलाई धार्मिक स्थलभन्दा पनि एउटा ऐतिहासिक पुराताŒिवक स्थलका रूपमा महŒव दिन चाहन्छु। यही कारणले पनि मेरो चासो

लुम्बिनीमा रहेको छ। आजभन्दा चार वर्षपहिले सन् २००४ मा लुम्बिनी विकास कोषबाट लुम्बिनीलाई ‘विश्वशान्तिनगर’ ९ध्यचमि एभबअभ ऋष्तथ० बनाउनेबारे अवधारणापत्र तयार गर्न एउटा पत्र आयोे। त्यही साँझ मेरा मित्र दीपेन्द्रपुरुष ढकालले मलाई टेलिफोन गरेर भने, ‘दोस्रो विश्व बौद्धसम्मेलनमा कार्यपत्र प्रस्तुत गर्न मैले तपाईँको नाउँ पर्यटनमन्त्री दीपकुमार उपाध्यायलाई सिफारिस गरेको छु। नाइँ नभन्नुस् है! तपाईँले कार्यपत्र प्रस्तुत गर्नुपर्छ।’ कहिलेकाहीँ मलाई छक्क लाग्छ, दीपेन्द्रपुरुष ढकाल र मेरो सम्बन्ध के छ? रगतको नाता छैन, तैपनि हाम्रो मित्रता रगतको नाताभन्दा बाक्लो छ।

अनेक राजनीतिक, आर्थिक र सामाजिक द्वन्द्वका कारण आजकाल शान्ति–व्यवस्थापनका लागि संसारभर ‘विश्वशान्तिनगर’ निर्माण गर्ने लहर चलेको छ। नेपालमा पनि सशस्त्र द्वन्द्वका कारणले लुम्बिनीलाई शान्तिक्षेत्र घोषणा गर्ने चाहना आएको हो। तर द्वन्द्व–व्यवस्थापन, शान्तिशिक्षा आदि–इत्यादि विषय मेरा लागि अत्यन्त नयाँ हुन्। न म राजनीतिज्ञ हुँ, न त बौद्धविद्वान्, न म मानव–अधिकारवादी हुँ, न त सहरीकरणसम्बन्धी इन्जिनियर नै। ममा त्यस्तो केही अनुभव थिएन जसका आधारबाट त्यो बेलाको देशको विषम परिस्थितिमा पनि विश्वशान्तिनगर बनाउने अवधारणापत्र तयार पारूँ! म एकदमै अकमक्क परेँ कसरी कार्यपत्र लेख्ने भनेर।

लुम्बिनी विकास कोष सुरुदेखि नै राजनीतिक दलदलमा भासिँदै गएको थियो। हुन त विकासका कामहरू त्यहाँ नभएका होइनन्, तर राजनीतिक स्वार्थ र सङ्कीर्ण मनस्थितिका कारण लुम्बिनीको विकास हुन सकेको थिएन। लुम्बिनीभित्रका अनेक समस्याका बाबजुद पनि युनेस्कोजस्तो महŒवपूर्ण अन्तर्राष्ट्रिय गैरधार्मिक संस्थाले लुम्बिनीलाई विश्वसम्पदास्थल ९ध्यचमि ज्भचष्तबनभ क्ष्तभ० को सूचीमा समावेश गर्‍यो। लुम्बिनी बौद्धसंसारका लागि श्रीपेचमाथिको कोहिनुर हीरा (व्भधभ िया ऋचयधल) जस्तो हो, तर हामीले यसको महŒव बु¤न सकेनौँ।

लुम्बिनी क्षेत्रमा धेरै व्यापारी र काठमाडौँका सहरियाहरूले जग्गा किनेर दसौँ वर्षसम्म विकासै नगरी त्यसै बाँझो राख्ो। न त त्यहाँ रूख रोपे, न धान नै उमारे। हेलिकप्टरबाट लुम्बिनी हेरियो भने तीन किलोमिटरको लुम्बिनी बगँैचामा

बाहेक अन्त कहीँ हरियाली देखिँदैन। भैरहवाबाट लुम्बिनी जाँदा आजकाल त्यो ठाउँ अत्यन्त उराठलाग्दो देखिन्छ।

हिजोसम्म सयौँ विगाहा जमिनमा लहलह धान खेती देखिन्थ्यो। आज ती सबै खेतीयोग्य जमिनहरूमा हरियाली कतै छैन। रक्सी, सिमेन्ट र इँटाका फ्याक्ट्रीहरू बनाएर सम्पूर्ण वातावरणलाई नै प्रदूषित बनाइसकियो। त्यस्ता कलकारखानाहरूले गर्दा ‘के यो बुद्ध जन्मेको लुम्बिनी नै हो त?’ भन्ने प्रश्न उठ्छ। लुम्बिनीबाहिरको त कुरै छाडौँ, लुम्बिनीभित्र पनि अनेक विकृतिको विकास भइरहेको छ। विश्वसम्पदास्थलमा सूचीकरण गरिसकेपछि पनि त्यहाँ सांस्कृतिक एवम् प्राकृतिक वातावरणसँग नमिल्ने मापदण्डविपरीतका भवनहरू ब्ानिरहेका छन्, कसैले रोकेको छैन। कहिलेकाहीँ ती भवनहरूको कुरूप स्वरूप हेर्दा आँखालाई नै काँडाले बिझाएको जस्तो लाग्छ।

लुम्बिनीको विकासमा लोकदर्शन वज्राचार्यले धेरै काम गरेका छन्। उनका पालामा भैरहवादेखि लुम्बिनीसम्म आँपका बोटहरू रोप्ने काम गरियो र लुम्बिनी बगैँचामा पनि प्रशस्तै रूखहरू रोपिए। त्यहाँ थुप्रै गाउँलेहरूलाई विस्थापित गर्नुपर्‍यो। अहिलेको राजनीतिक परिस्थितिमा त यो सायद असम्भव नै छ।

त्यो बेला लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रभित्र धार्मिक वातावरण सृजना गर्नका निमित्त अनेक अन्तर्राष्ट्रिय सङ्घ–संस्थासित गुहार माग्यो। २०४६ सालपश्चात् थुप्रै बौद्ध सङ्घ–संस्थाहरूले मठमन्दिरहरू बनाउने इच्छा जाहेर गरे। लुम्बिनीभित्र केही पनि नभइरहेको बेला एकैचोटि अन्तर्राष्ट्रिय चासो उर्लेको देखेर सबैजना दङ्ग परे र जसले आग्रह गर्‍यो उसैलाई गुम्बाहरू ब्ानाउन दिइयो। तीमध्ये कुनै–कुनै संस्था सरकारी परे। केही विदेशी भिक्षुहरूलाई पनि गुम्बा बनाउन प्लटहरू दिइयो। फलस्वरूप ती बौद्धभिक्षुहरूले गुम्बा बनाउनुको सट्टा त्यहाँ आउने पर्र्यटकहरूसँग चन्दा उठाउन थाले।

त्यो बेला ‘लुम्बिनी विकास कोष’को सदस्य म पनि थिएँ र मैले मिटिङमा आइन्दा जसलाई पायो त्यसलाई लुम्बिनी बगैँचाभित्र प्लट दिन नहुने, दिनु नै पर्ने भयो भने कि त विदेशी सरकारी निकायलाई दिने कि त विदेशी दूतावासले सिफारिस गरेको बौद्धसंस्थालाई दिने, यसरी दिँदा ती संस्थाहरूले गुम्बाको गुरुयोजनाको नक्सा प्रस्तुत गर्नुपर्ने र गुम्बानिर्माणको कूल रकमको कमसेकम बीस प्रतिशत रकम बैङ्कमा जम्मा भएको देखाउनुपर्ने प्रस्ताव राखेँ। तर मेरोे प्रस्तावलाई लत्याइयो। लुम्बिनी विकास कोषको सभामा सधैँ धार्मिक भावनाले प्रश्रय पाउने भएको हुँदा व्यावहारिक पक्षलाई त्यहाँ कमै मात्र हेर्ने गरिन्छ। ‘धार्मिक कामका लागि गुम्बा बनाउन आउने भक्तजनलाई पनि नीतिनियममा बाँध्नु हुन्छ?’ भनेर उल्टै मेरो प्रतिवाद गरियो। भावनाको बाढीमा कहिलेकाहीँ सानातिना व्यावहारिक डुङ्गाहरू त्यसै डुब्दा रहेछन्।

लुम्बिनीलाई धार्मिक भावनाले मात्र हेर्नु हँुदैन। पहिले लुम्बिनीमा काठमाडौँका सीमित बौद्धमार्गीहरूको आधिपत्य थियो। पछि विस्तारै त्यहाँ अन्य स्थानका बौद्धमार्गीहरू पनि आए। अहिलेसम्म केही बौद्धविद्वान्हरू लुम्बिनीलाई आफ्नो बौद्धिक क्रीडास्थलका रूपमा लिन्छन्। वास्तवमा लुम्बिनीभित्र र बाहिर गैरबौद्धधर्मका धेरै मानिसहरू बसोबास गर्छन्। लुम्बिनीमा गैरबौद्ध जनजातिहरूको जग्गा राष्ट्रियकरण गरेर बगैँचाको निर्माण गरिएको हुँदा लुम्बिनीको दिगो विकासका निमित्त स्थानीय जनताको विश्वास र भावनालाई जित्नुपर्छ। त्यसो नगरीकन काठमाडौँबाट गएका केही बौद्धधर्मावलम्बीहरूको भावनाले मात्र त्यहाँको विकास हुन सक्तैन।

तसर्थ बौद्धविद्वान्हरूले लुम्बिनीलाई जतिसुकै माया गरे तापनि जुन बेलासम्म लुम्बिनीबाहिर बसेका रैथाने र स्थानीय व्यक्तिहरूलाई लुम्बिनीको विकासको प्रतिफलसित गाँस्न सकिँदैन, त्यस बेलासम्म लुम्बिनीको विकास गर्न सजिलो हुँदैन।

लुम्बिनीको धार्मिक एवम् सँंस्कृतिक वातावरणको विकास गर्नका निमित्त तीन स्क्वायर माइल जग्गाको बगैँचामा मात्र सीमित भएर पुग्दैन।

बौद्धसंस्कृतिको वातावरण बगैँचाबाहिरका गाउँघरहरूमा पनि प्रतिबिम्बित हुनुपर्छ। त्यसका लागि लुम्बिनीबाहिरका सबै गाउँघरहरूमा र त्यहाँका मानिसहरूमा बौद्धधर्मप्रति आस्था जगाउनुपर्छ। आस्था जगाउनु भनेको धर्मपरिवर्तन गर्न खोज्नु होइन। उनीहरूलाई विश्वास तथा गौरव जगाउनुपर्‍यो — आज उनीहरूको ठाउँ र गाउँ विश्वसम्पदास्थलसँगै छ, भगवान् बुद्धका कारणले गर्दा सम्पूर्ण लुम्बिनी क्षेत्र पावन भएको छ र यो ठाउँ हेर्न संसारका कुनाकाप्चाबाट मानिसहरू आइरहेका छन्।

लुम्बिनीमा हुने पर्यटनको बृद्धिबाट स्थानीय वासिन्दाले मौका पाउनुपर्छ, कमाउन सक्नुपर्छ र आर्थिक सम्भावना र परियोजनाहरूमा सहभागी बन्न पाउनुपर्छ। ‘बुद्धम् शरणम् गच्छामि’को मन्त्र मात्र जप गराएर पुग्दैन। धुप बाल्ने, लाखबत्ती बाल्ने, पूजा गर्ने र भजन गर्ने कार्यक्रमहरूको आयोजना गर्दैमा लुम्बिनीमा विकास हुँदैन। धार्मिक क्रियाकलाप गर्नुपर्छ, त्यो अर्कै पक्ष हो। तर सम्पूर्ण लुम्बिनी बगैँचाभित्र स्थापना गरेका विभिन्न राष्ट्रका गुम्बाहरूका कार्यक्रमलाई सम्ान्वय गर्दै र उनीहरूबाट लुम्बिनी क्षेत्रमा हुन सक्ने अवाञ्छनीय कामहरूमा रोक लगाउनसमेत संस्थागत रूपले चुस्त प्रशासनिक नियमअन्तर्गत
व्यवस्थापन गर्नुपर्छ। यसभन्दा पनि जरुरी कुरा, लुम्बिनीको ऐतिहासिक एवं पुराताŒिवक सम्पदालाई महŒव दिनुपर्छ।

विश्वशान्तिनगर निर्माण गर्ने क्रममा सन् २००० मा यूएनडीपीका डा. क्वायकले लुम्बिनीे गुरुयोजनाको समालोचना गरेका थिए। उनका सहयोगीहरूको कार्यदलले लुम्बिनीलाई विश्वशान्तिनगरका रूपमा परिणत गर्ने सुझाव दिएको थियो। त्यस सुझावमा लुम्बिनी बगैँचालाई बीचमा राखेर झन्डै २५ माइलको घेरामा कमलको फूलको आकार बनाई हरेक कमलका पातहरूमा विभिन्न आध्यात्मिक एवम् धार्मिक पूर्वाधारहरू निर्माण गर्ने परिकल्पना गरिएको थियो।

त्यो परिकल्पना सम्पन्न राष्ट्रका लागि आकर्षक त हुन सक्ला, तर नेपालजस्तो गरिब मुलुकमा यो व्यावहारिक हुन कठिन छ। अन्योलग्रस्त

आर्थिक अवस्थामा २५ माइल जग्गा कसरी अधिकरण गर्ने? त्यहाँ बसोवास गरेका मानिसहरूलाई कसरी विस्थापित गराउने? त्यस्तो ठूलो पूर्वाधार तयार गर्न कहाँबाट आर्थिक स्रोत जुटाउने? केन्जो टाँगेले कागजमा कोरेको गुरुयोजना त ३० वर्षसम्ममा पनि कार्यान्वयन गर्न सकिएन भने टाँगेको भन्दा १० गुना ठूलो यो परियोजना कहिले कार्यान्वयन गर्ने होला?

यूएनडीपीको त्यो अवधारणालाई परिमार्जन गरेर मैेले थिंक ग्लोबल्ली एक्ट लोकल्ली भनेजस्तै घाँटी हेरी हाड निल्ने खालको प्रस्ताव तयार गर्ने विचार गरेँ। वर्ल्ड पिस सिटीको अवधारणा भनेको लुम्बिनी बगैँचाभित्र के–कस्तो कार्यक्रम गर्ने भन्ने मात्र होइन, लुम्बिनीबाहिरका गाउँहरूमा गरिबी–निवारणका समयसापेक्ष कार्यक्रमहरू ल्याएर लुम्बिनीक्षेत्रको आन्तरिक र बा≈य परिवेशमा भौतिक, आर्थिक, बौद्धिक र सांस्कृतिक वातावरण बनाउने कार्यक्रम हो। लुम्बिनी सधैँ आजको लुम्बिनीजस्तो पर्खेर बस्तैन। एक न एक दिन त्यहाँ पर्यटनको ठूलो विकास हुनेछ। जब पर्यटनको विकास हुनेछ, त्यहाँ राम्रा र नराम्रा कुराहरू पनि विकसित भएर जानेछन्। अनियन्त्रित पर्यटनबाट विकृति आउनुभन्दा पहिले नै लुम्बिनीवरिपर्र्र्रि सकारात्मर्कविकासका परियोजनाहरू सञ्चालन गर्नुपर्छ। यसका निमित्त एउटा वृहत् गुरुयोजना नै तयार पार्नुपर्छ।

३० नोभेम्बर २००४ मा आयोजना गरिएको दोस्रो विश्वबौद्ध सम्मेलनमा मैले वर्ल्ड पिस सिटी सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दा लुम्बिनीबाहिरका गाउँ–सहरलाई लिएर एक्काईस सय वर्षपहिलेको शुद्धोधन महाराजका पालाको कपिलवस्तुको परिकल्पना गरेको थिएँ। कपिलवस्तुको स्वरूपलाई एक्काईसौँ शताब्दीको गाउँमा रूपान्तरित गर्नुपर्‍यो भने कस्तो खालको संरचना निर्माण गर्ने भन्ने सम्बन्धमा मैले आङ्खनो सोच उक्त कार्यपत्रमा अभिव्यक्त गरेको थिएँ। घरको उचाइ रूखको भन्दा माथि नलग्ने, भवन परम्परागत बौद्धकालीन स्वरूपको हुने, हिसी परेका ीयध अयकत जयगकष्लन घरहरूको पिलर र गारोलाई माटोको रङ्गले पोत्ने, साना–साना बाटाघाटाहरू बनाई पेटीका दायाँ–बायाँ बौद्धकालीन रूखहरू रोप्ने,

प्रदूषणरहित स्वच्छ वातावरण बनाई हरेक घरमा चर्पी निर्माण गराउने, बिजुली र पानी उपलब्ध गराउने, प्राथमिक विद्यालय, हाइस्कुल, अस्पताल, सहकारी, कृषि, डेरी, कुटिर एवं पर्या–पर्यटन उद्योग आदिको विकास गर्ने, सहरभित्र ठूला–ठूला बस या यातायात सेवा चालु नगरी आकस्मिक बाहनको मात्र प्रयोग गर्ने, ठूला बसका लागि गाउँको बाहिरपट्टि बसस्टप राखेर रिङरोड निर्माण गर्ने, उपयुक्त ठाउँ हेरी उद्योग र कृषिका लागि अलग्गै जग्गा छुट्याउने आदि–इत्यादि योजनाका साथ धार्मिक, आध्यात्मिक, शैक्षिक एवम् पर्यटकीय दृष्टिकोणले आकर्षक एउटा सानो, स्वस्थ र शान्त सहरको मैले कल्पना गरेको थिएँ र त्यस्तो कल्पना मात्रले पनि मेरो मन आनन्दित भएको थियो।

विश्व अहिले द्वन्द्वको कारणबाट आक्रान्त भएको छ। अहिले सबैलाई शान्ति चाहिएको छ। शान्तिको प्यासले मानवजाति तिर्खाएको छ। तर शान्तिनगर कसरी स्थापना गर्ने? भन्न त सजिलो छ, तर गर्न गाह्रो। स्वार्थलाई लुकाएर शान्तिको खोजी गर्न सकिन्न, न त पक्षपाती मनस्थिति बोकेर नै शान्तिको नारा प्रभावकारी बनाउन सकिन्छ। लुम्बिनीलाई विश्वशान्तिनगरका रूपमा विकास गर्ने हो भने एउटा निष्पक्ष एवम् इमानदार प्रक्रियागत योजना तयार गर्नुपर्छ, त्यो पनि व्यावहारिक र कार्यान्वयनमा उतार्न सकिने खालको। यसका लागि पहिले भविष्यसम्म सुव्यवस्थित ढ¨ले यसको सञ्चालन गर्ने योजना तयार पार्नुपर्छ। यसका लागि स्थानीय वासिन्दाको सहमति लिनुपर्छ। उनीहरूको मन नजितीकन र शुभेच्छा प्राप्त नगरीकन लुम्बिनीलाई विश्वशान्तिनगर बनाउन सकिँदैन। यसका निमित्त प्रचुर जनसहभागिता आवश्यक हुन्छ र जनसहभागिता तब सम्भव हुन्छ, जब विकासको प्रतिफलमा स्थानीय वासिन्दाको फाइदा गाँसिएको हुन्छ। नाराले मात्र न त जनसहभागिता जुट्छ, न त शान्ति नै आउँछ।

विश्वशान्ति नै बौद्धधर्मको लक्ष्य हो। ‘बुद्धिजम’ भनेको धर्म मात्र होइन, यो त एउटा विज्ञान हो र विज्ञानसम्मत आध्यात्मिक दर्शन हो। बुद्धको जन्मस्थल लुम्बिनी कुनै दन्त्यकथामा आधारित कपोलकल्पित

स्थानको नाउँ होइन। यो त इतिहासले हस्ताक्षर कोरेको ठाउँ हो। छब्बीस्ा सय वर्षपहिले शुद्धोधनकी रानी मायादेवीले माइत जाने बेलामा गौतम बुद्धलाई लुम्बिनीको वनमा जन्माएकी थिइन्। दुई हजार वर्षभन्दा पहिले सम्राट् अशोकले ढुङ्गाको खम्बामा हस्ताक्षर कोरेका थिए।

विभिन्न कालखण्डका पुराताŒिवक अवशेषहरूले लुम्बिनीको इतिहासलाई सूर्यजस्तै टलक्क पारेका छन्। तर कहिलेकाहीँ जातकका कथाहरू सुनाएर बौद्धधर्मको ऐतिहासिक महŒवको अवमूल्यन गरेको देख्ता मलाई दुःख लाग्छ। यस्तो कामको प्रतिकार मैले श्रद्धेय भिक्षु अमृतानन्दसमक्ष पनि गरेको थिएँ। उहाँले जवाफ दिनुभएको थियो, ‘त्यो बेला भगवान् बुद्धका अनुयायीहरूले धर्मको प्रवचन गर्दा ताŒिवक अर्थ बुझ्न नसकेका हुनाले लोककथाका आधारमा बौद्धधर्मलाई विश्लेषण गर्न खोजेका थिए। बौद्धधर्मका ती कथाहरू सुनाउँदा–सुनाउँदा अहिले चलनचल्तीका धार्मिक प्रवचन बनेका हुन्।’

हो पनि, आम मानिसलाई रोचक कथाका माध्यमबाट नै बौद्धधर्मबारे बुझाउन सकिन्छ। तर समयसित परिवर्तित हुँदै बौद्धव्याख्याहरूमा पनि
बौद्धगुरुहरूले दार्शनिक चेतना–जागरण गर्नुपर्ने आवश्यकता छ। सधैँ ‘एकादेशमा एउटा राजा थियो, उसको एउटा छोरो जङ्गलमा गयो, जङ्गलमा बाघको बच्चाले खान नपाएको देखेर उसले आङ्खनो जीउबाट मासु काटेर खुवायो’ आदि भनेर हुँदैन। मलाई लाग्छ यस्तो कथा सुनाउँदा बौद्धधर्मको वास्तविक एवं ऐतिहासिक सत्य र तथ्यको अवमूल्यन हुन्छ। भिक्षु र गुरुमाहरूले पनि दर्शनको अध्ययन गरेर समकालीन समाजलाई सुहाउने तरिकाले मानिसको मनलाई दर्शनका माध्यमबाट ‘कन्भिन्स’ गराउनुपर्छ जस्तो लाग्छ। कहिलेकाहीँ अपरिपक्व दिमागलाई सङ्कीर्ण धार्मिक गतिविधिमा अलमल्याउँदा ‘अर्थाेडक्स’को जन्म हुन्छ। मलाई लाग्छ यो बौद्धधर्मसम्मत हुँदैन।

भावना र दर्र्शनलाई व्यावहारिक रूपबाट परिचालन गर्ने सन्दर्भमा मलाई श्रद्धेय मदनमणि दीक्षितसित भएको एउटा घतलाग्दो सम्झनाको

याद आउँछ। मदनमणि दीक्षितको एउटा १० वर्षको नाति रहेछ। नातिले एउटा सादा कागजमा एउटा घर र एकजना मानिसको तस्बिर कोरेर बाजेलाई देखाएछ। बाजेले तस्बिर हेरेर नातिलाई भनेछन्, ‘बाबु! यो के बनाएको? घरभन्दा मानिस ठूलो भयो नि? मानिसलाई अलि सानो बनाएको भए पो घरभित्र अटाउँथ्यो त!’ बाजेले नातिलाई सल्लाह दिएको कुरालाई लिएर नातिले भनेछ, ‘कहाँ हुन्छ र हजुरबुबा! मान्छेलाई पनि मेटेर सानो बनाउनु हुन्छ? बरू म घरलाई नै ठूलो बनाउँछु।’ वाह! कस्तो विचार! मलाई लाग्छ मन्दिर र विहारमा प्रवचन दिने धर्मगुरु र गुरुमाहरूले मात्र होइन, देश चलाउने राजनेता र योजनाविद्हरूले पनि यस्ता–यस्ता नयाँ उदाहरणहरू दिएर मानवीय मूल्य–मान्यताको उच्च मूल्याङ्कन गर्ने र एकले अर्काको आँखाबाट हेर्ने, बुझ्ने र मनन गर्ने हो भने समाजका धेरै समस्याहरू सुल्भि्कन सक्छन्।

धर्मगुरुहरूले मात्र होइन, देश चलाउने र चलाउन खोज्नेहरूले पनि त्यो नाबालकले जस्तो कर्म र मर्म बुझेका भए कस्तो राम्रो हुने थियो! बौद्धधर्मको प्रचार–प्रसार गर्दा ‘जातककथा’ सुनाएर बौद्धदर्शनकै अवमूल्यन नगरीकन अनुयायीहरूलाई नै शिक्षित बनाएर दर्शनलाई आत्मसात गराउन सकिएको भए पनि कति राम्रो हुने थियो! वास्तवमा बुद्धधर्मको यही शाश्वत सत्यलाई ध्यानमा राखेर मैले लुम्बिनी विश्वशान्तिनगरको प्रस्तावना तयार गरेेको थिएँ। छब्बीससय वर्ष पुरानो कपिलवस्तुको संरचनालाई २१ औँ शताब्दीमा रूपान्तरित गर्न सकियो भने सम्पदासंरक्षणमा यो एउटा ठूलो उपलब्धि हुनेछ। साथै, शान्तिका दूत भगवान् बुद्ध जन्मेको पावन भूमिलाई ‘विश्वशान्तिनगर’ का रूपमा विकसित गर्नुभन्दा ठूलो सान्दर्भिक जमर्को अर्को के हुन सक्ला! मलाई लाग्छ, नेपालका तर्फबाट विश्वलाई प्रदान गरिने योभन्दा ठूलो उपहार पनि अर्को केही हुन सक्तैन।

April 9, 2010

Karna Shakya-सोच अडियो किताब

 This is the audio version of  one of the popular nepali book  Soch ( The positive thinking) written by one of the most popular entreperneur of nepal Karna Shakya.

प्रस्तुत सुन्ने किताब नेपाल का प्रसिद्द होटल ब्यबसाई , उद्यमी ताथा लेखक कर्ण शाक्य ले लेख्नु भएको हो | हरेक नेपाली ले एक पटक सुन्न पर्ने यस किताब को अडियो ७ भाग मा बिभाजन गरिएको छ | प्रत्येक भाग लाइ क्रमस सुन्दै जानु होला | 

Audio Book : Soch
Writer  of the book : Karna Shakya
Concept and arrangemen for the audio book :  Rabindrasingh Baniya
Audio Voice : Laxman Ses and Radhika Baniya
Rerording : Bikash Gurung
Mixing : Binayak Aryal
Audio Source: Mysansar.com

To listen to this audio book go to the the section below and play one by one.
Introduction : सोच अडियो  किताब


Part- 1- नेपाल खत्तम छैन


Part-2-सकारात्मक सोचको शक्ति


Part-3- प्रजातन्त्रको पेन्डोराबक्स


Part-4-घुमिफिरी रुम्जाटार


Part-5- फर्केर हेरौँ


Part-6-वनबासतिर


Part-7-टुँडिखेल देखि केशरमहलसम्म





February 18, 2010

Karna Shakya - Soch

The famous writer, entrepreneur and impressive person Karna Shakya. He got great popularity from his books Soch and Khoj. If you listen the follwoing audio from Mr Shakya you know alot about him and key to success in you life. He is writing new book PAL at the moment the novel pal has been  screened in the form of Nepali movie. Courtsey : Himali Sworharu,For more podcast visithttp://nepaliradio.org, many thanks to Sahadev ji Recorded by Krishna Bhusal 
कर्ण शाक्य - सकारात्मक विचार 
Click on Play to listen -Part-1
Part - 2
 
Part-3
 

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More