September 10, 2015

एयरपोर्टका हाकिमलाइ खुल्लापत्र- भन्सारप्रति खाडीका नेपालीको आक्रोश सही थियोतपाईंको बुझाइ चै गलत हो

By: Bimal Karki
हिजो र आज सामाजिक संजालले तरङ्ग ल्याएको एयपोर्टको भन्सारको गलत भनिएको समाचारको बुझाइ चै गलत हो भन्ने मलाई लाग्यो |  फेसबुकमा आएको राजेन्द्र भुसालको भाइरल बनेको एअरपोर्ट बेथितिबारे कविता , हल्लाखल्ला ,चर्चा , फेसबुकमा खबरदारी सबै यथार्थ हुन् , केहि फेस्बुकका सिकारु कपिपेस्ट ब्लगरहरुले उमेश श्रेस्ठजीको ४ वर्षपुरानो ब्लग(Click here to see) खोतलेर केहि भ्रम फैलाएको देखियो तर कसैले पनि यथार्थ नकारात्मक खबर भनेका पाइएको छैन र पैसा कसले कहाँ बढाएको भनेका छैनन तसर्थ यो भ्रम हैन एअरपोर्ट बेथितिको आक्रोश हो |  हो यिनको श्रोत र मिति नखुलाई कपि गर्नु निन्दनीय छ  भबिस्यमा तिनले सुधार्लान ।

यथार्थमा कुनै नियम परिबर्तन भएको छैन तर यो भएको बिकृति बिरुद्ध हो । लगेज चोरीका घटना, घरमा लगेको एकथान टिभी जत्रोसुकै होस त्यसको भन्सार, नेपालीलाई गरिने दुर्ब्यबहार बिरुस्द्धको आक्रोश हो । आक्रोश पोख्ने सबै मुर्ख हुन् , अनपढ , अझ अपराधी नै हुन् झैँ गरेर खण्डन पनि आए, ५० डिग्रीको घाममा ज्यान पोलेर परिवारको सपनाको लागि आफ्नो सपना बन्धकी राखेर गएका ति दाजुभाई जसले परिवारमात्र हैन रेमिट्यान्सले राज्य धनिदियेका छन् तिनको सम्मान गर्न नसकेपनि कम्तिमा सम्मानित रुपले आवत जावत गर्न पाउनु पर्ने हो । 

राज्यले जिम्मेवारीबोध गर्ने हो भने तिनलाई आउदा जादा ससम्मान बिनाझन्झट आवतजावत गर्ने छुट्टै निकाय बनाउनुपर्ने हो ।बिडम्बना डोरीले बाधेको लगेज देखेर डोरी लाउरे भन्दै अनपढ , अशिचित र अनबिज्ञठानी भाको-नभाको नियम तेर्स्याएर गोजी खानतलास गर्ने , लगेज फुटाएर भताभुङ्ग पर्दिने अनि एक भन्दा दुइ भएका घडी , समान लियिदिने नत्र भन्सार तिर भन्ने अन्तिममा अलिकति खाएर ठिक छ जा! भन्ने प्रवृति बिरुद्ध हो, घर परिवार आफन्त हुन्छन जम्मा १ थान मोबाईल , घडी बाहेक लान नदिने अब्यबहारिक नीति बिरुद्ध आक्रोश , हो अनि ति दाजुभाइलाइ सरल रुपमा यथार्थ कुरा बुझाउन नसक्ने पढेलेखेका तर हाम्रा अनपढ नेपाली दाजुभाईले कुरो बुझे घुस खान मालामाल हुन नपाइने आफ्नो खाइपाई गुम्ने बुझेका कुनियत् हाकिमहरुको कामको असफलताको प्रतिकपनि हो यो ।

एअरपोर्टमा रखिनु पर्ने अन्तारास्ट्रिय मापदण्ड अनुसारको कस्टमर सर्भिस दिने कर्मचारी , किन र के का लागि उत्कृस्ट ग्राहक सेवा बुझेका नियुक्ति  हुन्छ सोर्सकोभरका मालदार ठाउँ भनि अझ लगानी गरेर गिद्दहरु आउछन तिनको नियत नै खाने कमाउने बाकी भाडमा |  एअरपोर्ट जस्तो ठाउमा कामगर्ने कर्मचारी यात्रु देख्दै गिद्दे नजर लगाउने , पासपोर्ट भिसा हेरेर बोलि व्यवहार फेर्ने चेपारे हैन हसिलो होस्,सच्चा नेपाली होस्, हासेर स्वागत् वा बिदाइ गरेर देशको पहिचान र संस्कारको प्रथम ब्यबहार सकरात्मक देओस भनिन्छ पहिलो ब्यबहारले नै मानिसले सकारात्मक वा नकारात्मक धारणा तयार गर्छ ।
हाम्रा यात्रु , पाहुना सरकारलाइ राजस्व तिरेर सेवा लिने ग्राहक हुन् तिनलाई कुनै कर्मचारीले डलर झार्ने , अप्ठेरो पार्ने , नभाको कुरा खोजेर खोचे थाप्ने , खल्तीमाभाको अलिअलिपनि झार्ने बानि छोडेर सेवा भावले यत्रुकोलाइ सहयोग गरोस । नियतिले अधिकाम्स नेपाली एअरपोर्ट , प्लेन पहिलोपल्ट चढिरहेका हुन्छन विदेश जादा उनीहरुको खिसी-टीउरी गर्नेकाम पाले देखि प्रिय परिचारिकाहरु सम्मले गर्ने त छदै छ आमाले हल्दिएको अचार ,गुन्द्रुक श्रीमतीले हल्दियेका मायाका चिनोहरु निर्ममतापूर्वक फ्याक्नुपर्दा मन सबैको कुड़ीनछ , जानीजानी फ्याक्न कसले लान्छ र ? बुझ्ने र बझाउने काममा ध्यान सबैको जानु जरुरि छ ।

सरकारका निकायको ध्यान बुद्दि नपुगे कम्तिमा ति हिजोआज खाडी ,मलेसिया लगायत बिदेसमा भएका जनताको आक्रोस सामाजिक संजालमा हेरोस अनि आफुलाई सुधारोस ।

अन्त्यमा यो सब घटनापछि सबैलाई केके ल्याउन पाइन्छ पाइदैन नियम के छ भनि जान्ने खुल्दुली छ नेपाल सरकारको कस्टम क्लियेरेंसको जानकारीका लागि  यो लिंक मा गएर हेर्नुहोस |   वा तल हेर्नुहोस  
कृपया तपाईका गुनासा, सुझाव,  अनुरोध तल कमेन्टमा थप्दै जानुहोस हेरेर यिनले केहि सुधार गरुन !

नेपाल  सरकार
अर्थ मन्त्रालयको
निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचना

नेपाल सरकारले भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग
गरी कुनै यात्रुले आफ्नो निजी गुण्टा, झिटी भारीमा आपूmसँग ल्याएको वा लगेको (एकम्पनिड) वा
आपूm आउनुभन्दा अघि वा पछि ल्याएको वा पठाएको (अनएकम्पनिड) माल सामानमा लाग्ने भन्सार
महसुल सम्वन्धमा मिति २०६५ साल कार्तिक १ गतेदेखि लागू हुने गरी देहाय बमोजिमको “निजी
गुण्टा, झिटी भारी” सम्बन्धी यो सूचना प्रकाशित गरेको छ । कुनै यात्रुले भन्सारमा घोषणा नगरी
कुनै सामान लुकाई छिपाई ल्याएमा वा ल्याउने लैजाने प्रयत्न गरेमा त्यस्ता सामान जफत गरी
प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।
परिच्छेद–१
नेपाली यात्रुका लागि

१. बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः
(१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः
(क) लुगाफाटा, बरबिछ्र्यौना, घर गृहस्थीका पुराना सामानहरु,
(ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया,
(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक
थान,
(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको

खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु) ।
(ज) चार किलोग्रामसम्म खाद्य परिकार ।
(झ) मदिरा १.१५ लिटरसम्मको बोतल एक ।
 तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड (झ) मा उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ ।
खण्ड (झ) मा उल्लिखित  मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ ।

(२) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका देहायमा उल्लिखित सबै वा कुनै मालसामान प्रचलित आर्थिक ऐन बमोजिम समदरमा लाग्ने महसुल तिरी ल्याउन पाउने छन् । यस्ता मालसामान आपूm आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र भन्सार गोदाममा दाखिल भैसकेको हुनु पर्नेछ ।

(क) टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, सि.डि. प्लेयर, भि.सि.डि. प्लेयर, डि.भि.डी. प्लेयर, भिडियो क्यामरा र कम्प्युटर एक एक सेट ।
(ख) शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान ।
(ग) घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ
मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता) दुई÷दुई थान ।
(घ) दश किलोग्राम सम्म खाद्य परिकार ।
(ङ) व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई÷दुई थान ।
(च) खण्ड (क) देखि (ङ) सम्मका सामान बाहेक नितान्त घर व्यवहारमा

आवश्यक पर्ने सामान बढीमा दुई दुई थान ।  तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका यस उपदफामा
उल्लिखित सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सक्नेछ ।

 (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा छ महिनाभन्दा बढी अवधि बिताई फर्केका यात्रुले आपूm पुगेको ठाउँबाट उपदफा (२) बमोजिमका सामान आपूmसाथ ल्याएमा वा आपूm आउनुभन्दा अघि वा पछि पठाएमा निम्न बमोजिमको मूल्यसम्ममा लाग्ने भन्सार महसुल पूर्ण रुपमा छुट दिइनेछ र त्यस्तो मालसामानको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जाँचपास गर्न सकिनेछ । छुट सीमाभन्दा बढी
मूल्यको सामान भएमा  बढी मूल्यमा प्रचलित आर्थिक ऐन बमोजिम समदरमा भन्सार महसुल लाग्नेछ ।

।। घ ।।
(क) छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पाँच हजार रुपैयाँसम्म,
(ख) एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा दश हजार रुपैयाँसम्म,
 (४) सोह्र वर्षभन्दा कम उमेरका यात्रुले उपदफा (३) बमोजिमको छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछ ।
 (५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुरामा देहाय वमोजिम हुनेछः
(क) भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ ।
(ख) विदेशमा बसेका नेपाली यात्रुहरुले आपूmले प्रयोग गरेका लत्ता कपडाहरु हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट हुनेछ ।
(ग) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई उपदफा (२) बमोजिमका सामानमध्ये अमेरिकी डलर दुईसय पचाससम्मको सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लगाई जाँचपास गर्न सकिनेछ ।
(घ) विदेशमा छ महिना वा सोभन्दा बढी समय बसी फर्किने नेपाली यात्रुलाई तीनसय पचास ग्रामसम्म सुन र एक किलोग्रामसम्म चाँदी (गरगहना समेत) लाग्ने महसुल लिई साथमा ल्याउन दिइनेछ ।
(ङ) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ । यसमा तोकिएको परिमाणभन्दा वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न
सकिनेछ  ।
(च) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुनेछ ।
(छ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि तीस हजार रुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा
सम्पूर्ण महसुल छुट हुनेछ ।
(ज) सेमिनार, अध्ययन, अनुसन्धान तथा शोधकार्यको लागि विदेश

ओहोरदोहोर गर्ने नेपाली नागरिकले आफ्नो साथमा ल्याउने लैजाने एक
।। द्ध ।।
थान कम्प्यूटर आवश्यक प्रमाण हेरी कुनै महसुल नलिई ल्याउन लैजान दिइनेछ ।
(झ) वाणिज्य मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाउने भनी तोकेको तर यस सूचनामा उल्लेख नभएका मालसामानहरु कुनै यात्रुले पैठारी गरेमा लाग्ने महसुल लिई त्यस्तो सामान जाँचपास गरिनेछ । तर त्यस्तो सामानका हकमा दफा १ को उपदफा (३) बमोजिम मूल्य छुट सुविधा दिइने छैन ।
(ञ) विदेशबाट फर्केका यात्रुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गरी छुटाउन पाइने छैन ।
(ट) यो सूचनामा भएको व्यवस्थाका सम्बन्धमा कुनै द्विविधा परेमा भन्सार विभागका महानिर्देशकको निर्णय अन्तिम हुनेछ ।
२. क्रु मेम्बरका सम्वन्धमाः उडानमा गएका वायु सेवाका क्रु मेम्बरले आफ्नो प्रयोगमा ल्याएका निजी सामान बाहेक कुनै पनि सामान ल्याउन पाउने छैन । ल्याएमा जफत हुनेछ ।
३. बिदेश जाने नेपाली यात्रुका सम्बन्धमाः (१) यात्रुले विदेश जाँदा आफ्नो प्रयोगका लागि दफा १ को उपदफा (१) बमोजिमका सामानमध्ये सबै वा कुनै सामान लैजान पाउनेछ । यस्तो सामानमा भन्सार महसुल छुट हुनेछ ।


 (२) नेपाली नागरिक विदेश जाँदा सौगातको रुपमा नेपालमा उत्पादन भएका पच्चीस हजार रुपैंया मूल्यसम्मका मालसामान (मनाही वा नियन्त्रित मालसामान बाहेक) कुनै महसुल नलगाई लैजान दिइनेछ ।

तर मूल्य अभिवृद्धि कर लाग्ने सामानमा कर बीजक तथा मूल्य अभिवृद्धि कर नलाग्ने सामानमा स्थायी लेखा नम्वर भएको बीजक पेश गरेमा यस उपदफा वमोजिमको मूल्यको सीमा वन्देज लागू हुने छैन ।
 (३) एयरलाइन्सले यात्रुलाई साथै लैजान दिने तौलसम्मको नेपाली बजारमा खरिद गरिएका सामानहरु (मनाही वा नियन्त्रित सामान बाहेक) लैजान चाहेमा तोकिएको कागजातहरु पेश गरी तोकिए बमोजिमको शुल्क र महसुल तिरी लैजान पाउनेछ । यसरी सामान लैजाँदा अग्रिम भुक्तानीको प्रमाण वा प्रतीतपत्र आवश्यक पर्ने छैन ।
४. सिमानामा ओहोरदोहोर गर्ने व्यक्तिका लागिः सिमानामा ओहोरदोहोर गर्ने व्यक्तिहरुलाई यस
सूचनामा उल्लेख भएका कुनै पनि सुविधाहरु दिइने छैन ।  तर एकसय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका मालसामान साथै ल्याए वा लगेमा
भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिइ छाड्न सक्नेछ ।

Source: नेपाल सरकार, भन्सार विभाग
Contact details :
फोन नं. : +९७७-१-४२५९७९३
टोल फ्री नम्बर १६६००१२१२२३
फ्याक्सः +९७७-१-४२५९८०८
इमेल: csd@customs.gov.np

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More