Showing posts with label dalchini. Show all posts
Showing posts with label dalchini. Show all posts

February 7, 2011

दाल चिनी मसला अनि औसधि पनि यसका फाइदा


गरम मसलाको रूपमा भान्सामा उपयोग गरिने दालचिनीलाई सामान्य परिकारमा उपयोग गरिने मसला मात्र नठान्नुस् । यो मसला मात्र नभई उच्च गुणस्तरको औषधि समेत हो । यो एन्टिसेप्टिक, एन्टिफंगल र एन्टिभाइरल हुन्छ ।
आयुर्वेद अनुसार, दालचिनीले आर्थराइटिसको दुखाइ निको पार्छ । आयुर्वेदको तर्कलाई आधुनिक विज्ञानले समेत पुष्टि गरेको छ । कोपेनहेगन विश्वविद्यालयमा गरिएको अध्ययनमा आधा चम्चा दालचिनीको धुलो एक चम्चा महसँगै रोगीलाई खानाअघि दिनहु दिएपछि एक सातामा आर्थराइटिसको दुखाइमा उल्लेख्य कमी देखिएको थियो । र, रोगीहरू एक महिनापछि बिनाकष्ट हिँड्न सकेका थिए ।
दालचिनीले कपाल र्झन रोक्छ । दाँतको दुखाइमा राहत दिन्छ । कोलेस्ट्रोल घटाउँछ । अध्ययन अनुसार, आधा चम्चा दालचिनीको धुलोले एलडिएल कोलेस्ट्रोल घटाउँछ । यसमा रगत जम्न नदिने गुण समेत पाइएको छ ।
अमेरिकाको कृषि विभागका अनुसन्धानकर्ताहरूले प्रकाशित गरेका अध्ययन प्रतिवेदन अनुसार दालचिनीले रगतको क्यान्सर र 'लिम्फोमा' क्यान्सर कोषको वृद्घलिाई कम गर्छ । रुघा कम गर्छ ।
वीर्यको गुणस्तर बढाउँछ । रोग प्रतिरोधक क्षमता बढाउँछ र तौल घटाउँछ ।
दालचिनीले पाचक रसको श्रावलाई समेत उत्तेजित गर्छ ।
अमेरिकामा भएको एक अनुसन्धानले दालचिनी मधुमेह रोगीका लागि लाभदायक रहेको थाहा पाइएको छ । दालचिनीको प्रयोगले टाइप-२ मधुमेहबाट ग्रस्त रोगीमा रक्त सञ्चारको स्तरलाई सुधार गर्न सहयोग मिल्छ ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More