Showing posts with label BKP. Show all posts
Showing posts with label BKP. Show all posts

September 11, 2011

अस्ति पोखरा बाट आज प्रधानमन्त्री भट्टराई सम्म पुग्यो 'भ्रस्टाचारीलाइ किरापरोस ! अभियान

भ्रस्टाचार बिरुद्द स्वोतः स्फुर्त    रुप मा अघिबढी रहेको हाम्रो भ्रस्टाचारी लाइ किरा परोस अभियान  अस्ति मात्र  नेपालगंज , जुम्ला हुदैँ गोर्खा सम्म पुगेको चर्चा गरिएको थियो | प्रधनमन्त्री को गृह  जिल्ला नै गोर्खा भएको ले गोर्खा  बाट आज पुग्यो सिधै बालुवाटार |

पत्रकार रबिन्द्र मिश्र को लेख बाट सामान्य रुपमा सुरु भाएको यो अभियानले नेपालगंज बास का नमस्कार साह लगायत का साथिहरुको ब्यानर , भित्ते लेखन अनि टिसर्ट  अभियान साथ् साथै  फेसबुक मा मेरो सुरुवात संगै लियो देश विदेश मा सनसनी रुप   र त्यस रुप लाइ अझ  मजबुत र दरिलो आड  मिल्यो युवा अभियान र नेपाल युनाइट्स ( परिवर्तन का लागि हामि नेपाली एक )  को साथ्  ले  | हाल यो अभियान सम्पूर्ण नेपाली को साझा अभियान बनेको छ |

September 7, 2011

'भ्रस्टाचारीलाइ किरापरोस' अभियान नेपालगंज,काठमाडौँ, गोर्खा देखि जुम्ला सम्म

भ्रस्टाचार बिरुद्ध प्रतीकात्मक रुपमा सुरुगरिएको  हाम्रो "भ्रस्टचारी  लाइ किरा परोस!' अभियान ले क्रमस देशब्यापी रुपमा फैलिदै गएको छ | यो अभियान कसैको पेवा नभएर तपाई हामि सबैको सझाभाएकोले तपाइले पनि जहाँ सुकै बाट यो अभियान लाई सहयोग , निरन्तरता र ऐक्यबद्दता जनौना सक्नु हुनेछ |यसका लागि  सामान्य प्रतीकात्मक क्रियाकलाप गरे पुग्छ :  
१. भ्रस्टचारी लाइ किरा परोस लेख्येका टि शर्ट लगाएर भ्रस्टचार ले भरिएका कार्यालय मा जाने

२. भ्रस्टाचारी लाइ  किरापरोस , भ्रस्टाचारी लाइ प्रवेश निषेध   भित्ते लेखन , ब्यनार लेखेर घर , टोल छिमेक र भ्रस्टाचार का अखडा हरु मा टासिदिने

३. भ्रस्टाचार बिरुद्ध स्थानियास्तार मा बिबिध चेतना मुलक कार्यक्रम र  सरकारी कार्यालय हरुमा हुनेगरेका तेस्ता भ्रस्टाचार को भण्डाफोर गर्ने  , साथै  बिबिध रचनात्मक कार्यक्रम गर्न सकिनेछ   र अन्त्य मा तपाइले गर्नुभएका कार्यक्रम हरुका समाचार र फोटा हरु हामीसाग शेयर गरेर यस आन्दोलन लाइ देश ब्यापी बनाउन  मद्दत पुग्ने  छ |

 हामीले गरेको सानो काम ले भ्रस्टाचारीका मन मस्तिस्क मा चिसो पस्नेछ | हामि कानुनी राज्य का हिमायती हौ तेसैले हामी कसैलाई त भ्रस्टाचारी भनेर भन्दैनौ र हामी तेस्तालाई कारबाही पनि गर्दैनौ त्यो दाइत्वो राज्य को हो   हामि सबै लाई खबरदारी गर्छौ , निन्दा गर्छौ र भ्रस्टाचार नगर्न प्रेरित गर्छौ,  रचनात्मक तरिका ले |

भ्रस्टचारी लाइ किरापरोस अभायांता हरु ले स्वोतः स्फुर्त रुप मा  नेपालगंज, काठमाडौँ  देखि गोर्खा लगायत विभिन्न  भाग मा गर्नुभएका कार्यक्रम हरुका तस्बिर हरु :
'यस भ्रस्टाचारी किरा परोस'  अभियान लाइ साथ् दिदै  हालै 'परिवर्तन का लागि हामी नेपाली एक '  अनि  को संयुक्त आयोजना मा कलाकार हरिबंस , मदन कृष्ण , रामेश्वोर खनाल , रबिन्द्र मिश्र लगायत विभिन्न मातृभूमि लाइ माया गर्ने ब्यक्तित्वो हरुको सहभागिता मा   श्रवन 11 गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग भवन भाटभटेनि अगाडी भ्रस्टाचार बिरुद्ध प्रदर्सन, खबरदारी र आवाज उठाउने कार्यक्रम 


गोर्खाका युवाहरूले त्यहांका स्थानिय विकास अधिकारी तिलक पौडेल र डिएसपि बहादुर जंग मल्लसंग 'भ्रष्टाचारीलाई किरा परोस्' टीसर्ट लगाएर भेट गरेका छन्। उनीहरूले इमान्दार कर्मचारीको मनोबल बढाउन अनि भ्रष्टाचारीहरूको मनोबल गिराउन टीसर्ट अभियानमा संलग्न भएको बताए।


गोर्खाका सिड‌िओ मोहन प्रसाद वाग्ले 'भ्रष्टचारीलाई किरा परोस्' टीसर्ट लगाएर आप्नो कार्यकक्षमा। उनले सो टीसर्ट गोर्खाका भ्रष्टाचार विरोधी अभियानकर्ताहरूसंग ३५० रूपैयांमा किनेका थिए। 

डाक्टर समिर दिक्चित र साथीहरु भ्रस्टाचारी लाइ किरापरोस लेखिएको टि सर्ट लगाएर विभिन्न स्थान भ्रमण का क्रम मा 



कर्णालीको जुम्लाका युवाहरूलाई बधाई! यसैगरी गाउं-गाउं, बस्त‌ि-बस्त‌िमा सबै युवाहरू भ्रष्टाचारको विरोधमा नउठी भएको छैन।भ्रष्टाचारीहरू परफ्यूम हालेर पजेर चढेपनि डुंगडुंग गनाउंछन्। जुम्लाका युवाहरूले जिल्ला प्रशासन, स्थानिय विकास र अन्य केही कार्यालयमा गएर भ्रष्टाचारप्रतिको आफ्नो चिन्ता जाहेर गरेका थिए।

भ्रस्टाचारी लाइ किरा परोस अभियान को बारेमा रबिन्द्र मिश्र  र रामेश्वोर खनाल  news 24 TV program  मा भ्रस्टचार बिरुद्ध भएका बिबिह्न्ना गतिबिधि र भ्रस्थाचार को बारेमा छलफल गर्दै  
Part-1

Part-2

Part-3


- हिजो पोखराका युवाहरुले भोली विहिवार अमरसिंह चौकको खेल मैदानबाट विहान साडे सात बजे 'भ्रष्टचारीलाई किरा परोस्' र्याली निकालियो 


यस अभियान को सुरु देखि का केहि जानकारी को लागि  यहाँ क्लिक गर्नु होला   


भ्रस्टाचारी लाइ किरा परोस लेखिएका टि शर्ट खरिद गर्न को लागि सम्पर्क : 
Shop: Supply Support, Mandala Street, Thamel
Cost : Rs 200 to 400
Contact: 4700309 / 98510 58052
Directions:
Go to Thamel,Kathmandu Guest House, nearby is the Pilgrims Book House, take the opposite road to it, you will reach Mandala Street,Sagarmatha Bazaar, go to the 1st floor, you will find Siddhartha Bank, SUPPLY SUPPORT( hand painted in black and red) is opposite the bank. 


टीसर्टहरू ATTSH का जाउलाखेल (Ph: 5546944) र त्रिपुर‌श्वरको World Trade Centre (Ph: 4117000) मा रहेका स्टोरहरूमा, Youth Initiative को कार्यालयमा दिउंसो 4107856 मा फोन गरेर अनि पोखरामा महेन्द्र पुल, सेलवेजको छेउमा विशाल बजार छिर्न गल्लीमा रहेको विजय शाहीको पसल(Ph: 9846530081) मा उपलब्ध छन्।

August 14, 2011

भ्रस्टचारी लाई किरा परोस!

बि बि सी का बरिस्ट  पत्रकार रबिन्द्र मिश्र को भ्रस्टाचार बिरुद्धको  "भ्रस्टचारी लाई किरा परोस![click here to see]" भन्ने लेख   बाट अभिप्रेरित हाम्रो यो अभियान लाइ निरन्तरता दिदै   नेपालगंज बास का साथीहरु नमस्कार साह लगायत का साथीहरु  बाट सुरु भए को यो टि सर्ट अभियान  ले भ्रस्टचारी को मन मस्तिस्क मा तरङ्ग ल्याउन सफल देखियो  तसर्थ यो अभियान राष्ट्र ब्यापी रुप मा आन्दोलन को रुप मा विस्तार का लागि तपाई को साथ् र सहयोग को खाचो छ हामी लाई|
लौ आउनुहोस कुरा ठुला हैन काम सानो बाट थालौ राष्ट्र निर्माण अभियान !

August 2, 2011

बिनम्र अनुरोध- 'भ्रस्टचारी लाइ किरा परोस !' अभियान का तर्फबाट

यस अभियान प्रति भ्रम नहोस हामी कुनै पनि टि शर्ट बिक्रि वितरण अभियान का तर्फ बाट लगानी गरेर बिक्रि गरेको नभई विभिन्न सस्था , ब्यापारिक संस्था हरुले उनीहरुकै लगानी मा उपलब्ध गराएका हुन् र यदि तेस्ता क्रियाकलाप मा अनियमितता भेटिए खबर गर्नु होला मिलेर सचेत गरौ र हाम्रो उदेस्य तेस्ता टि सर्त सस्तो भन्दा सस्तो उपलब्ध हुन् भन्ने रहेको छ यदि कसैले सित्तै मा उपलब्ध गराउन सहयोग गर्छ भने हामि तेस्ता व्यक्ति हरु को नाम यस फेसबुक पेज र www.khabardari.com वेबसाइट बाट प्रकासित गर्ने छौ |
रहयो कुरा केहि मेडियामा आएको भ्रस्टचारी नै यस अभियान को नेत्रित्वो मा लागे भन्ने : यस अभियान कुनै रुप मा संगठित र एन जिओ व्यापार को हिसाब मा सुरुनभएको कुरा अवगत गराउदै यो नितान्त जनस्तर बाट स्वोतः स्फुर्त रुप मा आएको अभियान हो, यदि कोहि तेस्ता भ्रस्टचारी पनि संलग्न छन् भने तिनका बिरुद्द पनि हो | भ्रस्टचारी ले हाम्रो टिसर्ट लगाएर हाम्रो अभियान मा आएर सुध्रिन खोजे को हो भने हाम्रो अभियान को सफलता मान्नु पर्छ |
********************************************************

 यस बिसय मा  Rabindra Mishra लेख्नु हुन्छ 

‎"'भ्रष्टाचारीलाई किरा परोस्' अभियानको आवरणभित्र भ्रष्टाचारीहरुनै घुस्नसक्ने चिन्ता ब्यक्त भैरहेका छन्। अभियान ठूलो हुंद‍ैजांदा त्यो संभावनालाई नकार्न सकिंदैन। तर विगतमा गल्ति गरेको ब्यक्ति यो अभियानमा लागेर सुध्रन चाहान्छ भने उसलाई मौका दिइनु पर्छ। यो अभियानमा सरीक भैसकेपछि पनि उसले भ्रष्टाचार गर्योभने चाहिं त्यो ब्यक्ति यति घृणित हुन पुग्ने छ कि उसले हामी कसैको अगाडि मुखै नदेखाए हुन्छ। त्यो निकृष्टतामा ओर्लन सानोतिनो आंटले पुग्दैन र त्यस्ता मानिसहरू थोरैमात्र हुन्छन्।"
************************************************************
यदि यस अभियान को परदार्सिता र जनस्तर को उत्साह र सहभागिता देखेर कुनै भ्रस्ट व्यक्ति हरुको मन झस्किएको हो र सस्तो लोकप्रियता को लागि जे पायो तेही भनेर, बोलेर , लेखेर यस अभियान को बदनामी गर्न खोजिएको हो भने भ्रम नपाल्न अनुरोध गर्दछौ तर पनि तेस्ता क्रियाकलाप असोभाबिक भने हैनन् र तेस्ता क्रियाकलाप ले नै हामीलाई अझ ससक्त हुन मद्दत पुर्याई रहेका हुन्छन |

आफु पनि केहि राम्रो काम नगर्ने र अरुले गरेको राम्रो काम को पनि पनि खैरो खन्ने , कटु आलोचना गर्ने  सिर्जना मुखी , बिकाश मुखी भन्दा आलोचना र नकारात्मक गित मा रमाउने हरु ,  समाधान नदिने तर समस्या मात्र देखाउने ,समस्या  सिर्जना मात्र गर्ने  भजन मण्डली हरु पनि समाजमा  एकप्रकारका भ्रस्ट नै हुन् ,  के  तिनको चै दाइत्वो छैन र समाजमा केहि गर्ने ? तिनले देखाए को बाटो मा हाम्रा भावी पुस्ताले के सिक्ने ,के  गर्ने ? ,
यो अभियान तिनका बिरुद्द पनि हो |

हाम्रो उदेस्य न तेस्ता व्यक्ति ले कमाएको रकम ले अभियान चलाउने हो न हामि तेस्ता व्यक्ति लाइ च्यापेर अभियान सफल हुन्छ भन्ने मुर्ख सोच ले ग्रसित छौ |
यस अभियान का बारेमा थप जानकारी का लागि यहाँ क्लिक गर्नु होला  
सल्लाह , सुझाब र प्रतिक्रिया भए कृपया कम्मेन्ट मा गएर सेयर गर्नुहोला तपाइँ का अमुल्य सुझाब हरु नै हुन् हामीलाई मार्गदर्शन गर्ने कडी :


January 13, 2011

भ्रस्टचारी लाइ किरा परोस! अभियान सुरु गर्न प्रेरित गर्ने रबिन्द्र मिश्र को लेख

Rabindra Mishra
By : Rabindra Mishra
भ्रष्टहरूको मन मस्तिष्कै खलबलिने गरी जताततै भ्रष्टाचारविरुद्ध नारा लेखौँ। त्यसबाट भ्रष्टहरू विक्षिप्त भएको देखेर अरूले भ्रष्टाचार गर्ने आँटै नगरून्।
नयाँ वर्ष २०६८ मा जेजति शुभकामना आदानप्रदान गरिए एक हदसम्म ती सबै औपचारिकता थिए । किनभने त्यस्ता कामना सामान्यतया पूरा हुँदैनन्। तैपनि त्यस्ता शुभकामना कतै साँच्चिकै सार्थक हुन्छ भने २०६८ सालका लागि एउटा इमानदार कामना छ - भ्रष्टाचारी जति सबैलाई कीरा परोस्! घुस लिनेदिनेदेखि सार्वजनिक जीवनमा अरू अनियमितता गर्ने सबै भ्रष्टाचारी हुन्। बाटो पिच गरिएको तीन महिनामै मोटर हिँड्नै गाह्रो हुने गरेर खाल्डाखुल्डी पर्छन्। 

देश बनाउन भनेर राजनीति गर्ने राजनीतिकर्मीहरू गाउँगाउँ र वडावडासम्म सरकारी रकम भागबन्डा गर्छन्। देश अनिश्चयको दलदलमा भासिँदै जाँदा नाम कमाएका नेता भनाउँदा कुर्सीका लागि हानथाप गर्छन्। नैतिकताका भाषण छाँट्नेहरू भ्याट छल्छन्। व्यापारीहरू मोटो रकम चन्दा (घुस) दिएर सभासद् बन्छन्। व्यक्तिगत फाइदाका लागि कर्मचारी चाकडी गर्छन्। सूची अन्तहीन छ। यी सबै एक या आर्को प्रकारका भ्रष्टाचारी हुन्।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More