September 25, 2015

बबुरामले मधेस आन्दोलनको समर्थन गरे मधेस जान बाताबरण बनाउदै -बिज्ञप्ति सहित

भारतको सबैभन्दा नजिकको भनेर चर्चा गरिने भट्टराईलाइ संबिधानमा सहि गरेर बिरोध गरेको दोहोरो चरित्र निभाएको आरोप बाबजुद बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै उनले तरार्इ-मधेसको आन्दोलन एमाओवादीका मुद्दा र संविधानसभामा दर्ज गरेको भिन्न मतसँग मिलेकाले उनीहरुको आन्दोलनमा पनि समर्थन र ऐक्यवद्धता गरेको घोषणा गरेका छन् ।
हाम्रो पार्टीले उठाएका मुद्दा आन्दोलनकारीहरुका धेरै मागहरु मिल्दाजुल्दा रहेकाले तीप्रति आफ्नो समर्थन र ऐक्यवद्धता व्यक्त गर्दछु', उनले भनेका छन् ।

संविधान निर्माणका क्रममा सबै सरोकारवालालार्इ सहभागी गराउन नसक्दा तरार्इ-मधेस र देशका चलिरहेका आन्दोलन गम्भीर र पेचिलो बन्दै गएको उनको भनाइ छ ।

तरार्इ-मधेसमा जारी आन्दोलन राजनीतिक भएकाले त्यसलार्इ दमन र बल प्रयोगबाट रोक्न नसकिने बाबुरामको भनाइ छ ।
राजनीतिक समस्याको समाधान बल प्रयोग र दमनद्वारा कहिल्यै पनि भएको छैन र अब पनि हुन सक्दैन', उनले भनेका छन्, 'सानो घाउको उपचार बेलैमा नभएमा त्यो दु:साध्य रोग बन्न सक्छ । आधा जनसंख्या बसोबास गर्ने तराई–मधेश जलिरहँदा पहाड–हिमाल चैनले सुत्न सक्दैन र हुँदैन ।'
नेपालमा जारी राजनीतिक समस्याको समाधान नेपाली आफैंले खोज्नुपर्नेमा उनले जोड दिएका छन् ।
आफ्नो घरको समस्या समाधान गर्न नसकेर छिमेकी तान्ने वा तानिने परिस्थिति निर्माण गर्नु बुद्धिमानी र शोभनीय हुँदैन', उनले भनेका छन्, 'छिमेकीले पनि अर्काको घर झगडामा अनावश्यक हात हाल्नु उपयुक्त हुँदैन । घरको झगडा र असन्तोष मिलाउने मुख्य जिम्मेवारी घरमुली र अभिभावकको नै हो।'

संविधानसभाको विधि र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशी लोकतन्त्रको मुद्दाबारे संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको हैसियतमा अन्तिमसम्म सबै पक्षलाई समेट्न खोजेको जिकिर गर्दै उनले त्यसमा असफल भएकोमा दु:ख लागेको बताएका छन् ।


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More