September 26, 2015

भारतको नाका बन्दि हल्ला हिजो आज मधेशीदल नाकाबन्दी गर्न बोर्डर जानु संयोग कि रिमोट कन्ट्रोल ?

भारतले गरेको नाङ्गो हस्तछेपको निन्दा सायद कति गरेपनि कम हुन्छ यो हेपाहा प्रब्रिती सदियौ देखि हामीले दिएको मनपेटलाइ छामेर गरेको हो भन्नेमा द्विविधा नहोला । हामीले दुनियामा कहि नभएको खुला सिमा प्रयोग गर्ने भएर पनि यो समस्या एकदिन आउनेथियो ढिलो चाडो आयो अब फाइनल हुनुपर्दछ । मधेशी दलसग बार्ता द्वारा समस्या समाधान गरेपनि खुलासिमाको प्रयोग अब नेपालको हितभन्दा बढी अहित भएको छ ।



 नेपाललाई दिर्घकाल सम्म रिमोटमा नचाउन मधेसलाइ जसरि रणनीतिक रुपले रिमोट्मा बिकास गरियो अहिले सबै रिमोटको इसारामा नै दबाब र काम गराइन थालियो । जसरि २ दिन अघि भारतको नाकाबन्दीको खबर मिडियामा आए त्यसै भोलिपल्ट मधेसी आन्दोलनकारी नाकामा धर्नाबसी नाकाबन्दी गरिएकोबाट बाघ कराउनु र बाख्रा हराउनु एकैपटक भएको छ ।
जव नेपालले आफ्नै बुतामा उत्कृस्ट संबिधान बनायो उखापात पोल्यो , यस्तै पोलेको थियो रे भारतलाई जव नेपाललाइ शान्ति क्षेत्रको प्रस्ताव बिरेन्द्र ले गरे ११६ देशले समर्थन गर्दा भारतले कहिल्यै समर्थन नगरेर ।
नेपालले लोकतान्त्रिक ढंगले बनाएको संबिधानलाइ स्वागत नगरी मधेशी दलहरुलाई अरु आन्दोलित हुन उकास्नुले जनयुद्द , भुकम्प र राजनीतिक अस्थिरताले घाइते छिमेकीसंग मौका छोपेर आफ्नो स्वार्थ पुर्तिगर्न लागिपरेको भान हुन्छ ।

नेपालले १० बर्षे जनयुद्धलाइ थान्कोलागाएर , भूकम्पको पिडा लाइ मलम लगाउदै सम्ब्रिद्दिको बाटोमा पाइला चाल्न लाग्दा छिर्के हान्ने छिमेकीको नियतले आज बिश्वभर नेपाल र नेपालीलाइ मायागर्नेहरु भारतको असली नियतको बेलैमा पर्दाफासभएको र नेपाललाई भबिस्यमा यसको बिरुद्ध कदम चाल्न सजिलो हुने बताउछन ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More