Showing posts with label information. Show all posts
Showing posts with label information. Show all posts

July 3, 2016

राहदानी निवेदन अब अनलाइन यसरि सजिलै भरौं पासपोर्टको निवेदन MRP NepaliPassport Online Application

 सरकारले आइतबारदेखि घरमै बसेर पासपोर्ट अर्थात राहदानीका लागि निवेदन दिन सकिने व्यवस्था मिलाएको छ । आजैबाट राहदानी विभागको वेबसाइट[Click Here to Go to The Link]मा लगइन गरेर जहाँसुकैबाट आवेदन दिन सकिनेछ ।
आइतबार उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले अनलाइनबाटै आवेदन दिने अनलाइन प्रणालीको उद्घाटन गरेका हुन् ।

July 2, 2016

विदेशबाट नेपाल फर्किनेले जान्नु पर्ने - सुन,रक्सि र कर सम्बन्धि नियम परिबर्तन भो

सरकारले अब विदेशबाट फर्किँदा ल्याउन पाइने केही वस्तुहरुलाई प्रतिवन्धित पनि गरेको छ । सरकारले झिटीगुन्टामार्फत सुन, मदिरा र समदर भन्सार लगायतका व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ । झिटीगुण्टा आदेशमा संशोधन गरेर साउन १ गतेदेखि नयाँ व्यवस्था लागू गरिँदैछ ।
१. काँचो सुनचाँदी निषेध

October 19, 2015

चाडबाड र इन्धनअभावको मौका छोपेर मनपरी भाडालिनेलाइ यी नम्बरहरुमा फोन गरेर उजुरी गर्नुहोस

यातायात व्यवस्था विभागले नेपालीको महापर्व दसैँको मौका छोपी यात्रुसँग बढी भाडा उठाएको, विद्यार्थी सहुलियत नदिएको जस्ता उजुरी बढी आएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।

September 10, 2015

एयरपोर्टका हाकिमलाइ खुल्लापत्र- भन्सारप्रति खाडीका नेपालीको आक्रोश सही थियोतपाईंको बुझाइ चै गलत हो

By: Bimal Karki
हिजो र आज सामाजिक संजालले तरङ्ग ल्याएको एयपोर्टको भन्सारको गलत भनिएको समाचारको बुझाइ चै गलत हो भन्ने मलाई लाग्यो |  फेसबुकमा आएको राजेन्द्र भुसालको भाइरल बनेको एअरपोर्ट बेथितिबारे कविता , हल्लाखल्ला ,चर्चा , फेसबुकमा खबरदारी सबै यथार्थ हुन् , केहि फेस्बुकका सिकारु कपिपेस्ट ब्लगरहरुले उमेश श्रेस्ठजीको ४ वर्षपुरानो ब्लग(Click here to see) खोतलेर केहि भ्रम फैलाएको देखियो तर कसैले पनि यथार्थ नकारात्मक खबर भनेका पाइएको छैन र पैसा कसले कहाँ बढाएको भनेका छैनन तसर्थ यो भ्रम हैन एअरपोर्ट बेथितिको आक्रोश हो |  हो यिनको श्रोत र मिति नखुलाई कपि गर्नु निन्दनीय छ  भबिस्यमा तिनले सुधार्लान ।

September 8, 2015

ठेट नेपाली शब्दहरु जानी राखे राम्रो


जानी राखे राम्रो
1.विवाहमा दुलाहले दुलहीलाई लाइदिने औठीलाई के भनिन्छ?
-साइमुद्रो
2.मुर्दा बेर्ने कपडालाई के भनिन्छ?
-चिचेट
3.टुनामुना जान्नेलाई के भनिन्छ?
-जालन्दरी

August 9, 2015

राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु

हामी सबै मानिसहरुले आफ्नो–आफ्नो भाग्य बोकेर आएका हुन्छौँ । मानिसहरुले पाउने सुख, दुख, सम्पत्ति, विपत्ति सबै भाग्यले नै निर्धारण गर्ने गर्दछ । भनिन्छ, दुख पछि सुख अवश्य आउँछ । त्यसकारण सबै मानिसहरुको भाग्यमा सुख, दुख पक्कै छ । फरक यत्ति हो, मानिसहरुले के लाई सुख सम्झिन्छन् र के लाई सुख सम्झन्छन् । हामी सबै हाम्रो राम्रो दिन कहिले आउँछ भन्ने कुरा थाहा पाउन आतुर हुन्छौँ ।

July 28, 2015

क्यामराको फ्ल्याशले बालकको आखा गुम्यो, होस् गरौ !

अनुहार नजिकै क्यामरा लगेर फोटो खिचिदिँदा एक बालकले सधैंको लागि संसार हेर्न नसक्ने भएका छन् । क्यामराको कडा फ्ल्यास लाइटको कारण बालकको आँखाको ज्योती गुमेको हो । 
 
घटना चीनको हो । न्वारान नगरिएका ती बालकको अभिभावकका एक साथीले फोटो खिच्दा क्यामराको फ्ल्यास लाइट बन्द गर्न बिर्सिएको कारण आँखाको ज्योति गुमेको समाचारमा बताइएको छ । 
ती बालकको कलिलो नानीमा क्यामराको कडा प्रकाशले असर पारेको डाक्टरले बताएका छन् । क्यामरा र अनुहारबिच १० इन्चभन्दा पनि कम दुरीमा फ्ल्यास दिएर फोटो खिच्दा आँखाको नानीको कोशिकामा गम्भिर असर पुगेको बताइएको छ ।

दाँया आँखामा हेर्ने क्षमता अत्यन्त कम रहेको र बाँया आँखा पुरै बन्द भएको चिकित्सकले बताएका छन् । फोटो खिच्ने बालकका परिवारका ती साथीले कस्तो कानुनी कारवाही भोग्नुपर्नेछ भन्ने प्रश्ट भएको छैन 
अन्नपुर्णपोस्टले एजेन्सी लाइ उदृत हार्दै  लेखेको छ |
बालकसग फोटो खिच्दा भरसक  फ्ल्याश प्रायोग  नगरौ । कलिला आखा र तन्तुहरु  अधिक चम्किलो प्रकाशले खराब गर्ने विज्ञहरु बताउछन् ।

June 23, 2015

सावधान! सिरानीमा मोबाइल राखेर नसुत्नुस-sleeping with mobile on pillow is danger!

मोबाइल सिरानी मुनी राखेर कहिले नसुतनुहोला किनकी मोबाइलबाट निस्किएका क्यौ हानिकारक विकिरणहरु खास गरि (९०० मेगा हर्ज़ रेडियो फ्रीक्योंयनसि )मानव शरिरमा धेरै किसिमका रोगहरु उतपन गराउन सक्छ ।
त्यस मध्य पनि मोबाइल फोनबाट निस्कने माइवेव विकरणलाइ स्वास्थ्यमा धेरै प्रतिकुल प्रवाभ पर्ने मानिएको छ ।
विभिन्न स्वास्थ्य अनुसन्धानहरुले दवा गरे अनुरुप मोबाइलबाट निस्कने विकिरणले सम्भवत: उच रक्तचाप, टाउको दुखाइ, ब्रेन टयूमर, अलजाइमस र क्यान्सर सम्म पनि गराउन सक्छ ।

May 8, 2015

भूकम्पको विपत्तिको मौका छोपेर घर भाडा बढाउने घर धनिहरुलाई कारवाही

शुक्रबार गृहमन्त्रालयले विज्ञप्ति निकालेर काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका घर धनिहरुले भाडा बढाएको कुराले गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ ।
कसैले घर भाडा बढाएको भए तत्काल नजिकको प्रहरीलाई खबर गर्न, प्रहरीको फोन नम्बर १००, कलसेन्टरको फोन नम्बर १२३४ वा सशस्त्र प्रहरीको फोन नम्बर १११४ मा फोन गर्न गृहमन्त्रालयले सबैमा अपिल गरेको छ । 
गृह मन्त्रालयको विज्ञप्ति 

May 6, 2015

घरबेटीलेमात्र राहत पाए डेरावालाको बिजोक- राज्यले दोश्रो दर्जाको बनाएको गुनासो

भूकम्पबाट प्रभावित घर भएका स्थानीयवासीले राहत पाए पनि सोही घरमा डेरा गरी बस्ने अन्य स्थानका मानिसले राहत नपाउँदा पीडितले आफूलाई राज्यले दोस्रो दर्जाको नागरिकका रुपमा राखेको गुनासो गरेका छन् । ललितपुरको गोदावरी नगरपालिकामा करिब पाँच वर्षदेखि डेरा गरी बस्दै आउनुभएकी रामेछापका मञ्जु घिमिरेका अनुसार जिल्लामा रहेको घर पनि पूर्ण रुपमा क्षति भएको र यहाँ बस्दै आएको घर भत्केर अत्यावश्यक सामान निकाल्न नपाए पनि अहिलेसम्म आफूहरुले कुनै किसिमको राहत पाइएको छैन ।

May 2, 2015

सबैले जान्न जरुरी- विपत्तिको बेला इन्टरनेटको माध्यमबाट हुने ठगी, सूचना चोरी र अपराधबाट बच्न प्रहरीको सुझाव-A cyber safety awareness notice from NepalPolice.


ईन्टरनेट प्रयोगकर्तालाई अत्यन्त जरुरी सूचना!

मिति २०७२।०१।१२ गतेको महाभूकम्प पश्चात बिभिन्न online संचार माध्यमहरुले महाभूकम्प सम्बन्धी समाचार प्रेशित गर्दै आएको सर्वसाधारणमा बिदितै छ । बिगतका दिनहरुमा देशमा कुनै ठूला कार्यक्रम वा दुखद घटनाहरु हुँदाका अवस्थामा अपराधीहरु पनि सोही अनुसार बढी सक्रिय हुने गरेको पाईएकोमा हाल नेपालमा महाभूकम्प गएको मौका पारी सहयोगका नाममा ईन्टरनेटमा विभिन्न किसिमबाट सूचना राखी ईन्टरनेट प्रयोगकर्ताको गतिविधिमा निगरानी गरेर वा नगरेर प्रयोगकर्ताहरुलाई झुक्याई पहिचान तथा बिबरण जस्तै ईमेल आई.डि, पासवर्ड एवं गोप्य विवरणहरु चोरी, malware तथा email scam हरु फैलाउने जस्ता कार्य भईरहेको हुनसक्ने हुँदा त्यस्ता सम्भावित घटनाबाट बच्न केन्द्रीय अनुसन्धान ब्युरो सर्वसाधारणसंग हार्दिक अनुरोध गर्दछ ।

त्यस्ता सम्भावित घटनाहरू बाट बच्न निम्नानुसार गर्नु हुन अनुरोध :
• अपरिचित ब्यक्तिले पठाएका कुनै पनि email नखोल्नुहोस् ।
• ईन्टरनेट प्रयोगकर्ताहरुलाई अन्य fake ईमेल service provider हरुले महाभूकम्प सम्बन्धी scam ईमेल पठाई सोमा बिभिन्न बेभसाईटहरुको url(वेभसाईट)linkअथवा कुनै attachments हरु राखिएको हुन्छ जसमा phishing वा malware भएको website कोlink दिएको हुन्छ । ईमेलमा/ बेभसाईटमा भुकम्प पीडितका लागि राहत तथा donation का लागि भनी fake बेभसाईटहरु को link जसबाट प्रयोगकर्ताहरुलाई झुक्याई प्रयोगकर्ताको पहिचान तथा बिबरण जस्तै ईमेल आई.डि, पासवर्ड एवं गोप्य विवरणहरु चोरीगर्न सक्छ।

• महाभूकम्पका नाममा बिभिन्न charity संस्थाले रकम मागेमा पहिला सो संस्थाको बारेमा चेकजाँच गर्नु होस् ।

• कुनै पनि site मा Account number वा अन्य जानकारी दिएको छ भने पहिला सो बारेमा जानकारी लिनुहोस् ।

• यदि तपाई कुनै वित्तिय संस्थाहरुको e-banking प्रयोग गर्ने ग्राहक हुनु हुन्छ र सुरक्षाका कारण username र password परिवर्तन गर्ने ब्यहोराको कुनै लिंक सहितको email प्राप्त गर्नु भयो भने सम्बन्धित वित्तिय संस्थाहरुसंग समन्वय गर्नुहोस् ।

• अप्रत्यासित रुपमा email,smsवा Phone मार्फत कुनै अपरिचित ब्यक्तिले तपाईको ब्यक्तिगत विवरण सोधेमा आफ्नो ब्यक्तिगत विवरण उपलब्ध नगराउनुहोस् ।

• e-banking का लागि तपाईले प्रयोग गर्नु भएको computer मा spam filters, anti-virus, anti-spyware software तथा firewall रहे नरहेको र त्यस्ता software हरु update भए नभएको समेत विचार पुर्याiउनु होस् ।

• यदि तपाइले एक भन्दा बढी useraccount हरु चलाउनु हुन्छ भने एकै किसिमको used id तथा password को प्रयोग नगर्नुहोस् ।

• आफ्नो user को password समय सापेक्ष परिवर्तन गर्नुहोस र आफूले प्रयोग गरेका पासवर्ड गोप्य राख्नुहोस् ।

• ईन्टरनेट खुल्ला प्रविधि भएको हुँदा ईन्टरनेटमा ब्यक्तिगत विवरण खुल्ला नराखौं ।

• सामाजिक संजालमा आएका बिभिन्न Link हरु सबैलाई विश्वास नगरौ ।

• साइबर क्याफे वा अन्य कोही ब्यक्ति को computer प्रयोग गर्नु परेमा कुनै Spy Software छ वा छैन चेकजाँच गरेर मात्र कम्प्यूटर प्रयोग गरौं ।

• सम्पूर्ण संचार माध्यमहरुले साइबर अपराध सम्बन्धी जनचेतना फैलाउने कार्यमा सहयोग गरौं ।

• बिद्युतीय कारोवार ऐन अन्तर्गत पीडित भएमा पीडित भएको मितिले ३५ दिन भित्र नजिकको प्रहरी कार्यालयमा उजुरी गरौँ ।

केन्द्रीय अनुसन्धान ब्युरो
महाराजगंज, काठमाण्डौं
Contact No # +977-1-4411776, CUG No # +977-9851283140,
Email : cib@nepalpolice.gov.np / web : cib.nepalpolice.gov.np

Source : Nepal police facebook page.

April 26, 2015

भुकम्प पछि घर बस्न लायक छ कि छैन, यसरि थाहा पाउनुहोस

किशोर थापा, ईन्जिनियर तथा पूर्व सचिव 

ढलान गरेर बनाएको आफ्नो घर वा डेरा बस्न सुरक्षित छ कि छैन भन्ने कसरी थाहाँ पाउने? तँपाईँको अप्राविधिक आँखाले पनि त्यसको परख गर्न सक्छ। त्यसपछि तपाईँले घर फर्कने आँट गर्न सक्नुहुन्छ।
पिलर सिस्टमको घरको अवस्था यस्तो भयो भने पूरा सुरक्षित
१.   घर ठाडो अर्थात घन्टीमा हुनुपर्छ।
२.   घरको पिलर र बीम नछुट्टिएको हुनुपर्छ। 
३.   पिलर र बिममा क्रयाक नआएको हुनुपर्छ
४.   कुनै बरण्डा वा बल्कुनी क्रयाक नभएको हुनुपर्छ
(यसले घरको मजबुतीमा खासै असर गर्दैन। तर बरण्डा वा बाल्कुनी वा बार खसेर दुर्घटना हुनसक्छ।)
५.   पार्टेसन गारो चर्किदैमा खतरा हुँदैन
(पिलर सिस्टम घरमा यो गारोले छेकबारको काम मात्र गर्ने हो। ठाडो चिराको उचाई लामो छ र गारोको दुवै भागमा नै चर्किएको छ भने त्यो गारो वरिपरि मात्र असुरक्षित हुन्छ)
६.   झ्याल, ढोकाको चुकुल नलाग्दैमा डराउनु पर्दैन।
७.   यति ठूलो भूकम्पमा घरभित्र वा बाहिरको प्लाष्टर चर्किनु सामान्य हो। अग्ला घरमा भुइतला वा पहिला तलामा प्लास्टर चर्किने सम्भावना बढी हुन्छ।
८.   घरको पेटी वा पेटीभन्दा बाहिरी भाग चर्किएको वा छुट्टिदैमा डराउनु पर्दैन
९.   भूकम्पमा धक्का जारी रहेकाले अग्ला दराज, सोकेस सीसाको ठूला झ्यालढोकाबाट जोगिएर बस्नुहोला  
वाल बियरिङ घर
१.   घर ठाडो अर्थात घन्टीमा हुनुपर्यो
२.   घरका सुरहरू घन्टीमा हनुपर्यो
३.   गारेमा वारपार वा ठाडो क्र्याक आएको हुनुभएन
(उदाहरणको लागि कोठाको उचाई आठ फिट छ। त्यो आठ फिट गारो तलदेखि माथिसम्म वा धेरैभाग वारपार चर्किएको भए असुरक्षित हुन्छ)  
४.    झ्याल, ढोकाको चुकुल नलाग्दैमा डराउनु पर्दैन
५.   कुनै बरण्डा वा बाल्कुनी क्रयाक हुनुभएन
(यसले घरको मजबुतीमा खासै असर गर्दैन। तर बरण्डा वा बाल्कुनी वा बार खसेर दुर्घटना हुनसक्छ।)
६.   पार्टेसन गारो चर्किदैमा खतरा हुँदैन

March 18, 2015

अथ्राइटिसको आयुर्वेदिक उपचार- Ayurvedic treatment of arthritis



आफूले खाएको अन्नको आधारमा तन र मनले काम गरेको हुन्छ । त्यसैले उचित भोजन सेवन गर्न आवश्यक पर्छ । यसले मानव शरीरलाई स्वस्थ र निरोगी राख्छ । स्वस्थ खानपानले शरीरमा प्रतिरोधात्मक क्षमतामा सुधार, हृदयाघातको संभावनामा कमी, घातक रोग (क्यान्सर, पक्षघात, मधुमेह) आदिबाट बचाउँछ ।
आयुर्वेद विज्ञानमा सम्पूर्ण रोगको मुख्य कारण भोजन, जीवनशैली र व्यायाम मानिएको छ । अस्वस्थ खानपानले हुने रोगमध्ये अथ्राइटिस पनि एक हो । यो रोग अब उमेर पुगेका व्यक्तिहरुमा मात्र हुने भएन । बढ्दो अस्वथकर खानपानले हरेक उमेरका व्यक्तिलाई देखिन थालेको छ ।

March 5, 2015

भारतीय सरकारले प्रतिबन्ध लगाएको भनिएको बलात्कार गरि मारिएकी ज्योति सिंहको सत्य घटना डकुमेन्ट्री-India's Daughter-BBC Video


सन् २०१२, December, 16  मा दिल्लीमा एक महिलाको सामुहिक  बलात्कार गरी  हत्या गरिएको बिसयलाइ लिएर बेलायती चलचित्र निर्मात्री लेसले उद्विन बनाएको भारत कि छोरि  India's Daughter नामको डकुमेन्ट्री भारतको अदालतले यस्तो घटनाको ब्यापारिक प्रयोजनका निम्ति प्रसारण नगर्न भनि रोक लगाएको थियो ।

February 26, 2015

जनयुद्धका अपराधी, ज्यानमारालाइ सत्यनिरुपणका नाममा पीडितकाे सहमतिबिना क्षमा नदिनूः सर्वाेच्च

सर्वोच्च अदालतले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ भएका केही विवादास्पद प्रावधान खारेज गरेर पीडितले न्याय पाउने बाटो खुल्ला गरेको छ ।

वरिष्ठतम् न्यायाधीश कल्याण श्रेष्ठ तथा न्यायाधीशद्वय वैद्यनाथ उपाध्याय र चोलेन्द्र शम्शेर जवराको विशेष इजलासले सशस्त्र द्वन्द्वका समयमा भएका गम्भीर प्रकृतिका अपराधमा बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलापका सम्बन्धमा बनेको ऐनका विवादास्पद दफा खारेज गरी पीडितकेन्द्रित हुने गरी ऐन संशोधन गर्न १४ फागुनमा आदेश जारी गरेको हो । 

February 19, 2015

काममा महिलालाइ दुर्ब्यबहार गर्नेलाइ ठिक पार्ने नियम आएछ -के-के गर्नु हुँदैन सचेत हुनुहोस्?


व्यवस्थापिका संसदबाट पारित भई विहीबारदेखि लाागु भएको ऐनले कार्यस्थलमा यौनजन्य आशयले जिस्काएमा, हेरेमा, सोही प्रकारको प्रस्ताव राखेमा, पत्रिकामा यौनजन्य चित्र, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामग्रीको प्रयोग वा प्रदर्शन गरेमा त्यसलाई यौनजन्य दुर्व्यवहार मानेको छ ।

कृपया भ्रस्टाचार बिरुद्ध लडिरहेकी नेपाली चेली शारदा भुसाललाइ बिश्वो प्रसिद्ध अनेस्टी अस्कार अवार्ड जिताउन सबैले भोट गरौ

विश्व भरिबाट यसै बर्षबाट भ्रस्टाचार बिरुद्ध, सुशासनका लागि अग्रपंतिमा काम गर्ने व्यक्तिहरुलाई अमेरिकामा आयोजना गरिने एकाउन्टेबल ल्याव र वान संयुक्त आयोजनामा अनिस्टि ओस्कार पुरस्कर आवार्ड २०१५मा नेपालबाट चर्चित भ्रस्टाचार बिरुद्ध अभियन्ता शारदा भुसाल झा चयन भएकी छन्।
बेस्ट एक्टिभिस्ट ईन लिडिङ्ग रोल बिधामा अहिले नेपाल लगाएत नाईजेरिया, लक्जमबर्ग, केन्या र अफगानिस्तान गरि ५ राष्ट्रहरु प्रतिस्पर्धामा छन्।

यी नेपाली हुन् विश्वमा सबैभन्दा कम उमेरका निर्देशक-The Youngest movie director of the world

Now the youngest film director of the world is Saugat Bista from Nepal.



८ वर्षीय बालक सौगात विष्टले व्यावसायिक कथानक फिल्म निर्देशन गर्ने विश्वमा सबैभन्दा कम उमेरका निर्देशकका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका छन्। उनले निर्देशन गरेको फिल्म ‘लभ यु बाबा’ गत मंसिरमा रिलिज भएको थियो। गिनिज बुक अफ वर्ल्ड रेकर्डसले उनलाई ‘योंगेस्ट फिल्म डाइरेक्टर’घोषणा गरेको छ।

February 13, 2015

यी हुन् सेक्स डाइट-sex पावर बढाउने खानेकुरा

स्ट्रबेरी– स्ट्रबेरी मुटुका लागि फाइदाजनक फल मानिन्छ । यसका साथै यो सेक्स डाइट पनि मानिन्छ । यसले उत्तेजना पैदा गर्छ ।

हामीले प्रयोग गर्ने मसलाहरू स्वाद मात्र हैन यिनले गर्ने फाइदा हेरौ-Nepali Spices and its benefits

मसलाबिना नेपाली परिकारको कल्पना गर्न सकिँदैन । हामीले खाने हरेक परिकारमा कुनै न कुनै मसला प्रयोग भएको हुन्छ । मसलाले परिकारको स्वाद र सुगन्ध बढाउनुका साथै शरीरलाई स्वस्थ पनि राख्छ ।
हिङ

हिङको प्रयोग मुख्यत: सिजनिङमा गरिन्छ । यसले खानाको स्वाद बढाउँछ ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More