September 14, 2015

मधेसी नेताहरु को हिरो बन्ने दौडमा एकआपसलइ सिध्याउने सड़यन्त्रमा- अमरेश निस्के हिरो

राजेन्द्र महतोले मधेस आन्दोलनमा सहभागी अन्य मधेसवादी दलका नेताहरुलाई बदनाम गर्नका लागि एउटा समूह नै परिचालन गरेको खुलेपछि मधेसी मोर्चामा खेलाबैला मच्चिएको छ ।
यसपटक मधेस आन्दोलनको जस लिन र भोलि त्यसको फाइदा लिन सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका महतोले उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र यादव लागयतका नेताहरुको बद्नाम गर्न आफ्ना भतिजा उपेन्द्र महतोको नेतृत्वमा एउटा समूह नै सामाजिक संजालहरुमा खटाएको खुलासा भएको छ ।
राजेन्द्र महतो मन्त्री हुन्जेल सधैं पिए रहेका उपेन्द्र नातामा राजेन्द्रका भतिजा हुन् । अहिले उनी सद्भावना पार्टीका केन्द्रीय सदस्य छन् । राजेन्द्रको अकुत सम्पत्ति उपेन्द्रको नाममा पनि रहेको चर्चा मधेसी नेताहरु नै गर्दछन् । सम्पत्ति शुद्धिकरणको निशानामा परेका महताले नक्कली फेसबुक एकाउन्टमार्फत उपेन्द्र, महन्थ र महेन्द्रको बदनाम गरिरहेको आरोप लागेको साँघु साप्ताहिकमा खबर छ ।
त्यसो त उनले आफ्नो नक्कली फेसबुकबाट पनि संविधानसभाबाट राजीनामा दिन डराएका मधेसी नेताहरु धोकेबाज हुन् भन्दै सद्भावना पार्टी बाहेक अरु कसैले पनि मधेसको मुद्दा बोक्न नसकेको लेखेका थिए । 
  कांग्रेस , एमाले र माओबादीका मधेशी ,थारु सभासादहरुले खल्तीमा केन्द्रिय कर्यलय बोकेर हिड्ने भुरे दलको आन्दोलनको पछि लागे आफ्नै राजनीति धरापमा पर्ने बुझेपछि आन्दोलनलाइ समर्थन गरेजस्तो गरे महतो , उपेन्द्रहरुलाई सडकमा पछारेर माग चाही आफुले पुरा गरेर संबिधानमा हस्ताच्यर गर्न आए|
सारै बाठा अमरेश देखिए उनको उपस्थिति भारतको संबिधान बनाउने, अराजकहरुलाई समर्थन नदिने  अर्थपूर्ण मानिएको छ । मधेशबादी दलहरुलाई पटकपटक साथ दिएपनि नेपाल भारतको सम्बन्ध सपार्न भन्दा बिगारेर फाइदा खोज्ने गरेकोले भारतीय अधिकारीहरु रुस्ट भई बौद्धिक र कुटनीतिक रोल खेल्न सक्ने अमरेशलाइ संबिधान र सम्बन्ध सुधारको मिसन दिएको रुपमा हेरिएको  छ । 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More