September 9, 2018

नामको पछाडी सर र जी झुन्ड्याउने मोह र ब्यबहारिक भेदभाव


हाम्रो नेपाली संस्कार अनुसार कुनै अपरिचितलाइ बोलाउंदा नामको पछि दाई  , दिदी , बहिनि , अङ्कल , सर , जी बिभिन्न  नामहरु लगाउने चलन छ । यो संस्कार भारत, बंगलादेश , पाकिस्थान लगायतका देशहरुमा व्यापक रुपमा पाइन्छ ।  बोलाउने नाम छोडेर यसरि लगाइने आदरार्थी शब्दहरुका बिबिध आयामहरु देख्न सकिन्छ । हाम्रो  संस्कार क्षमता भन्दा उमेर र पाको पनको मर्यादालाइ बढी मान्ने संस्कारको झल्को दिन्छ । हामीले कसैलाई सिधै नामले बोलाउंदा अत्यन्त रुखो र अनादार गरेको भान हुन्छ हाम्रो संस्कार नै यस्तो छ ।

कतिपय भेदभावका कुराहरुपनि झल्किन्छन कुनै सानो पेसा ब्यबसाय  गर्ने , सानोतिनो कम गर्ने ,  तल्लो जात वा हेपिएको व्यक्तिहरुलाइ नामको पछाडी एकलखे लगाएर बोलाउने चलन छ भने समाजमा गन्यमान्य , खानदानी , हाकिम  धनाड्यहरुलाई सर, राजा साप हजुर अझ आइस्योस , गाइस्योस संस्कार रहेको पाईन्छ । एकै  कार्यलयमा पोचा लगाउने पिउनको नाम एकलखेबाट सुरु हुन्छ भने हाकिमको "सर" पदवी राखिएको भिराइएको हुन्छ । 
आधुनिक बजारको नियमले ग्राहक र सेवा ग्राहीलाइ "सर" भनेर उच्च सम्मान दिने चलन छ त्यस्तै गणत्र नेपालको  सार्बजनिक सेवा ग्राहीलाई त झन् वास्तवमा नै आदरार्थी शब्द प्रयोग गर्नुपर्ने हो  तर सेवा ग्राहीले सम्मान हैन हेपायती खप्की र घुस सम्म दिनुपर्ने अवस्था अझै बिध्यमान छ ।  यसलाई समाजसस्त्रीहरुले सामाजिक भेद-भाव झल्काउने संकेतको रुपमा लिने गरेको पाइन्छ ।
आस्चर्यको कुरा "सर" "म्याडम " भन्ने शब्द मोह हामी नेपालीमा अत्याधि रहेको  देखिन्छ | पढाउने शिक्षक देखि , प्रहरी , हाकिम , अलिकति टाई सुट लागेर हिड्ने सबलाई सर भन्छौं हामी |
साथै जी भन्ने शब्द हिन्दी र उर्दूमा प्रयोग हुने आदरार्थी शब्द हुन् जापानमा पनि लवज नामको पछाडी सान भनेर प्रयोग गर्ने चलन रहेछ |  नेपाली  भाषा संस्कृत र देवनागरी , हिन्दि तथा उर्दुबाट प्रभावित भएकोले सायद यो प्रयोग दक्षिण एसियाली देशहरुमा समान पाइन्छ ।
अमेरिकामा आफु भन्दा ठुला उमेरकालाई उसको थरको अगाडी मिस्टर वा मिसेस भनेर बोलाइने चलन रहेछ आफु भन्दा साना उमेरकाले नामले मात्र बोलाउंदा अनादर माँनिदोरहेछ ।
बेलायतमा अधिकाम्स चलन नामले बोलाउने छ । समाजमा अब्बल काम गरेबापत राजदरबारले दिने सम्मानित  पदवी हो "सर" त्यसैले त्यसको दुरुपयोग हुनेमा  बेलायतीहरु सचेत देखिन्छन ।
 प्रायः  बेलायती शिक्षक , कर्मचारी देखि उच्च ओहोदाका व्यक्तिहरु "सर" भनेर बोलायो भने झर्किन्छन र मेरो नाम फलानो हो फलानो भनेर बोलाउंदा हुन्छ  भन्ने प्रतिक्रिया दिन्छन ।
कसैले ज्यादै धेरै आदर गरेको मन नपर्ने देखि कसैले आफुले "सर" पदवी प्राप्त नगरेको बताउने गर्छन । बिशेष गरेर यो "सर" पदवीको हाम्रो एसियन संस्कारमा खुब मोह रहेको देखिन्छ ।
बेलायतवासी नेपाली हरुपनि पश्चिमेली संग कुरा गर्दा नामले ,  नेपाली र दक्षिण एसियाली साथीहरु संग बोल्दा जी , सर , भाइ लाउने चलन छ । यसमा दोहोरो मापदण्डको  झल्को दिन्छ । हुन त भाषा शैली र संस्कृति आफैमा  स्थान अनुसार फरक पर्ने बिशेषता बोकेको हुन्छ । 
हाम्रो संस्कृतिमा सामाजिक तह, मान प्रतिस्ठप्रतिष्ठालाइ मान्यता दिने बढी चलन देखिन्छ तर कोहि कुनै क्षेत्रको प्रतिष्ठित व्यक्ति भएपनि उमेरमा सानो भए भाइ भनेर नामले बोलाउने चलन भेटिन्छ ।
केहि अपबाद बाहेक जो उमेरले वा कुनै पदमा बसेको हिसाबले लामो समय भएको छ उसको प्रतिष्ठा बढी रहने गरेको पाइन्छ चाहे क्षमताको हिसाबले कम नै किन नहोस ।
पास्चात्य मान्यतामा भने क्षमता र दक्षतालाइ बढी मन्यता दिईएको पाइन्छ । कसैले भाइ भनेर बोलाउंदा आफूभन्दा जुनियर भनेर बुझ्ने चलन पाइन्छ भने कसैले भाइ भन्दा मायाँ र संम्मानले बोलाउने गरिएको पनि छ । रोचक पक्ष आर्मीका मानिसहरुको आफु भन्दा जुनियर हरुलाइ  भान्जा भान्जी भनेर बोलाउने चलन छ भनि साथीहरुका श्रीमती हरुलाई बहिनि वा दिदि भन्ने चलन छ । यसको पछाडी एक अर्काको श्रीमती छोरि चेलामा आँखा नलागोस भन्ने रहस्य रहेको एकजना भूपू आर्मी  मित्र बताउनु हुन्छ ।  त्यस्तै आम नागरिकमा चाही मित्रहरुका श्रीमतीहरुलाई  भाउजु भन्ने चलन छ दाइ पछि को सम्मानित पदले मानिनु मा तिम्री श्रीमती भन्न अलिक अनादर देखिने भएकोले साइनो लगाएर बोलिने चलन गज्जब चाख लाग्दो छ हाम्रो संस्कार भने गोराहरु तिम्री श्रीमती भनेर नै सम्बोधन गर्ने गर्दछन ।
एकजना मित्र भन्नु हुन्छ सरको मोह हो भने हामी पश्चात्य संस्कार सिकौं अब हैन भने या गुरु शब्द ठिक भन्नु हुन्छ  तर त्यसको बिपरित पनि छ भाषा र लवज त समय र काल खण्डमा प्रसार भएर आएका शब्दावलीहरु त्यसले झल्काउने संकेत इत्यादीले निर्माण गर्ने हो । एउटा शब्दको बिबिध समुदायमा फरक रुपमा बुझिने हुन्छ यसर्थ ग्लोबल कल्चरले बिकास गरेको सर्बत्र स्वीकार हुने सामान्य व्यवहार र त्यस अनुसारका चलन सिको गर्नु फरक पर्दैन तर चलन सिक्ने क्रममा अन्धधुन्ध अरुको अनुसरण गरेर आफ्नो पुरै मास्ने काम उचित नहुने देखिन्छ ।  
आजको   २१औ शताब्दीमा शारीरिक, मानसिक मात्र हैन बोलि मार्फत गरिने बोली-चालीको भेदभाव भर्बल डिस्क्रीमिनेसनलाई पनि अत्यन्त संबेदनसिल रुपमा हेरिने गरिएका विभिन्न घटना देख्न सुन्न पाइन्छ । भेदभावयुक्त शब्द प्रयोग गरेर प्रहरी र अदालतको खप्की खाने धेरै ठुला व्यक्तिहरुका घटनाहरु पनि हुने गरेका छन् ।  
व्यक्तिको सामाजिक प्रतिस्ठा , अनुहार , सम्पति , जात , कामको प्रकृति हेरेर बोलाइने छुट्टा छुट्टै किसिमका शब्द र व्यवहारहरु यस्ता शाब्दिक भेदभावमा पर्ने गर्दछन् । उमेर, नाता बाहेक सबैलाई समान नजरले हेर्न नसक्नु , बोलाउन नसक्नुपनि एकप्रकारको भेद-भावको संस्कार नै जकडिएर बस्नु मानिन्छ भने नयाँ पुस्ता आफ्नै समाजमा व्यक्ति पिच्छेको आदर र फरक सम्मानले बोल्न र घुलमिल हुन पनि धक मान्ने जोखिम छ । 
समग्रमा हामीले हाम्रो संस्कारलाइ सम्बर्धन र आफ्नो पनमा राख्नु नै उचित देखिन्छ । हामीले जसरि आफु भन्दा प्रबुद्ध वर्गहरुलाई सम्मान गर्ने , पाको उमेरको व्यक्तिलाइ आदरार्थी शब्द प्रायो गर्ने यो हाम्रो पुर्बिय संस्कृतिको सदियौं देखि हुर्की आएको आयाम हो भने हामी संयुक्त परिवारमा बस्ने र बढी सामाजिक घुलमिल भएर बस्ने सस्कारमा हुर्किएका भएकोले हामीलाई  हाम्रा संस्कार नै प्यारो लाग्छ। कतिपय संस्कार र संस्कृतिमा भएका मान्यता जुन अलिक जटिल र समय र परिस्थित्तीले बदल्नु पर्ने पनि देखिन्छन  ।
जसरि हामी मर्दा-पर्दा , सामाजिक जीवनमा बढीनै मिलेर घुलेर बस्ने कारणले हामीलाई एकअर्कालाइ बिबिध उपमा लगाएर व्यवहार गर्न सिकेको हुनु पर्दछ । समाजमा कामहरु लिनु पर्दा, हाम्रा स्वार्थहरु पुरा गर्दै गर्दा अरुको योगदानको उच्च महत्व रहेकोले नै हुनुपर्दछ बिबिध आदरार्थी शब्दहरु र उपमा र सम्मान दिएर  निज व्यक्तिहरुबाट काम लिनु |
२१औ शताब्दीको गणतन्त्र नेपालमा शारीरिक, मानसिक मात्र हैन बोलि मार्फत गरिने बोली-चालीको भेदभाव भर्बल डिस्क्रीमिनेसनलाई पनि अत्यन्त संबेदनसिल रुपमा हेरिनु पर्ने देखिन्छ । शारीरिक रुपमा असक्त हरुलाई, दलित जनजाति(सिल्पी) हरुलाई , कार्यालयका हाकिमहरु देखि पियन हरुसम्मलाइ गरिने व्यवहार राणा, राजाहरुले चलाएको शामन्ती शैली र लवजमै चलिरहेका छन् यसको न्यायोचित सुधार हुन आवस्यक देखिन्छ । 
बिशेष गरि भेदभावयुक्त आदरार्थी शब्दहरुलाई निरुत्साहीत् गरि समानता झल्किने संस्कारको प्रबर्धन गर्नु न्यायसंगत देखिन्छ ।
(लेखक कार्की नेपाली पत्रका नियमित स्तम्भकार हुन्  )
उनलाई फलो गर्न Twitter @bimaljagan


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More