Showing posts with label khumbahadur. Show all posts
Showing posts with label khumbahadur. Show all posts

August 23, 2012

जेल जानु अघि के भने त खुमबहादुरले पत्रकार सम्मेलनमा?-khum bahadur press conference video


कांग्रेस नेता एमब पूर्व मन्त्रि  खुमबहादुर खड्का सर्वोच्च अदालतको फैसला अनुसार भ्रष्टाचार मुद्दामा आत्मसमर्पण गरी बुधबार डिल्लीबजार जेल गए |
अघिल्लो साता मंगलबार सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले पटकपटक मन्त्री हुँदा खड्काले अकुत सम्पत्ति कमाएको ठहर गर्दै ९५ लाख अवैध सम्पत्ति जफत गर्ने, त्यति नै जरिवाना भराउने र डेढ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।
कानुनी प्रावधान अनुसार कुनै पनि मुद्दामा दोषी ठहर भएपछि फैसला हात परेको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गर्न पुगे जरिवाना र कैद सजायमा २० प्रतिशत छुट हुने व्यवस्था छ। त्यही व्यवस्था अनुसार उनले पनि छुट पाएका छन्।

August 14, 2012

खुमबहादुर पनि गए जेल अब नया भ्रस्ट हरुलाई मुद्दा हालौ सुतेको अख्तियारलाइ उठाऊ

अर्को खुसिको खबर फेरी आज सबै नेपालीका  कान पबित्र भए,  खुमबहादुर खड्का भ्रस्टचारी ठहर डेढ बर्ष जेल चलान , नेपाली जनताको खुन पशिनाको कमाइ खाएर मोटाएका ब्वासाहरु सबैको यस्तै गति होस्  |
एक पछि अर्का भ्रस्टचारी खोरमा जदैचन तर शाही काल मा भ्रस्टाचार मुद्दा लागेका बाहेक अरु भ्रस्टाचार भएको छैन त खै त अरु डाका हरु बिरुद्द मुद्दा ? सबिधान सभा को चुनाव खर्च , ४ बर्ष सम्म आयु लम्ब्याउदै राज्य को ढुकुटी खाएर देश डुबाउने ६०१ देखि नभएका जनसेनाको नाममा भत्ता खाने सबै लाई जाक्नुपर्छ भ्रस्टचारीलाइ खोर मा जाक्नुपर्छ रकम हिनामिना गर्ने मात्र हैन यहाँ पदमा निकम्मा भएर बस्ने माक्खो नमार्ने सब भ्रस्ट हैनन् र ? अख्तियारले खुमबहादुर , चिरन्जीवी , गुप्ता , जोशी बाहेक अरु भ्रस्ट नेताहरुलाई किन  मुद्दा हल्या छैन  यी मुद्दा त सकिए अब कसको पालो ?

काँग्रेसका नेता  एबम  पूर्वमन्त्री  खुमबहादुर खड्का लाइ सर्बोच  अदालातले   भष्टाचारी ठहर गरेको  छ ।  खड्कालाई सर्बोच्च अदालतले डेढ वर्ष कैद ९४ लाख ७४ हजार १२२ रुपयाँ जरिबाना गर्ने निर्णय गरेको छ । पाच वर्षदेखि सर्बोच्चमा विचाराधीन मुद्दा लामो बहसपछी फैसला भएको  हो । 

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More