September 20, 2015

बाबुरामको नया शक्तिभन्दा पहिले गठन गरे सहपाठी उपेन्द्र देवकोटाले जागरण अभियान


पूर्वमन्त्रीसमेत रहेका चर्चित डा. उपेन्द्र देवकोटाले केही पूर्वमाओवादी एवं पूर्वकांग्रेसका नेतासँग मिलेर ‘राष्ट्रिय जागरण अभियान नेपाल’ गठन गरेका छन् ।

‘नयाँ शक्ति’का रुपमा अघि सारिएको अभियानमा पूर्वमाओवादी नेता तथा वाम विश्लेषक भरत दाहालसमेत छन् । त्यस्तै पूर्वकांग्रेस नेता अनारसिंह कार्की पनि देवकोटाको अभियानमा छन् । अभियानको प्रवक्तामा डा.विनोद न्यौपाने छन् ।
‘यो राजनीतिक दल नै हो’ अभियानका प्रवक्ता न्यौपानेले भने- ‘यसले चुनाव लड्ने नलड्ने भविश्यको कुरो हो, । तर, अहिले हामी इमान्दार, युवापुस्ता र राष्ट्रप्रति जिम्मेवारहरुलाई समेट्दैछौं ।’
अहिले संगठन विस्तारको काम सुरु भएको भन्दै प्रवक्ता न्यौपानेले भने- ‘इमान्दार र राष्ट्रपति जिम्मेवार मानिसहरुको संगठन बनाएका हौं ।’
राष्ट्र/राष्ट्रियताको प्रश्नलाई समाधान नगरिकन जनताका बाँकी समस्या समाधान गर्न सम्भव छैन भन्ने निष्कर्षलाई ध्यानमा राखी सर्वाङ्गीण दृष्टिकोण र योजनाका आधारमा देशव्यापीरुपमा राष्ट्रिय जागरण अभियान उठाउन ‘राष्ट्रिय जागरण अभियान, नेपाल’ गठन गरिएको प्रवत्ता डा.विनोद न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ |
अभियानमा सहभागी नेता भरत दाहालले भने यो पार्टीका रुपमा नभएर राष्ट्रियताको मुद्दामा लविङ गर्न गठन गरिएको अभियान भएको बताए ।
‘हामी तीन वर्ष अघिदेखि नै डा. देवकोटासँगै थियौं,’ दाहालले भने,’तीन वर्षदेखिको सहकार्य र एक वर्ष पहिले गठित अभियानलाई अहिले सार्वजनिक गरिएको हो ।’

‘यो संविधानले समस्या समाधान गर्दैन’
संविधानले नेपालको संकटको समाधान एकथान संविधान बन्नु वा नबन्नुमा निहित नभएको भन्दै अभियानले संविधान निर्माण र राज्यको कथित पुनर्संरचनाबारे अहिलेसम्म सुनिएका दलीय मागहरुले देशको संकट समाधानको आवाजको प्रतिनिधित्व नगर्ने बताएको छ ।
‘दशकौंदेखिको यो गोलचक्करबाट मुक्तिका लागि नेपालीहरु नयाँ चेतनाबाट उठ्नुको विकल्प छैन’ अभियानले भनेको छ । 
धेरै रास्ट्रभक्त नेपालीले ब्यग्र रुपमा पर्खिरहेको नया शक्तिको उदय देवकोटाको नेत्रित्वमा जागरण अभियान सुरुहुनुले निकट भबिस्यमा रबिन्द्र मिश्र , बाबुराम भट्टराइ लगायत नया शक्तिका अभियन्ताहरुपनि एकीकृत भई एक सशक्त दल बनेर बर्तमान बिकृतिको अन्त्य हुने अनुमान लगाइएको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More