September 22, 2015

मधेसलाई भारतमा ‘गाभ्ने’ बाचा गरेर भारतको सहयोग मागेको खुलासा-मनको लड्डु घिउसंग?

भारतीय मिडिया न हुन् ? एक भारतीय पत्रिका अमर उजालाले नेपालको मधेस आन्दोलनबारे विवादास्पद समाचार प्रकाशित गर्दै आन्दोलनको औचित्य प्रष्ट पारेको हो भन्दै नानाथरि हावादारी कुरा कुनै बिखण्डनकारी नेपालको भलो नचाहने बिहारीको सपना झैँ लाग्ने यो खबर यति निच सम्म यिनले सोच्न सक्छन र यस्ता तत्वबाट सजग रहन सबै रास्ट्रप्रेमीहरुले जानकार हुनुपर्ने आवस्यक ठानी  खबरदारी टिमले उचित ठानी सामाग्री दैनिक नेपालबाट साभार गरेको हो ।

प्रकाशित समाचार संक्षेपमा मधेस आन्दोलनका नेतृत्वकर्ताहरुले मधेसलाई अलग राष्ट्र बनाउन भारतबाट सहयोग मागेका छन् । भारतीय नेतासँग पछि मधेसलाई भारतमा ‘गाभ्ने’ बाचा गरेर मधेस आन्दोलनमा भारतको सहयोग मागेका हुन् ।

मधेसी नेताहरुले मागेको सहयोगका आधारमा अहिले भारतले नेपाललाई धम्कीपूर्ण भाषा प्रयोग गरेर चेतावनी दिन थालेको छ । संविधान जारी भएपछि २४ घण्टामा दुई दुई वटा विज्ञप्ती जारी गर्दै भारतले चेतावनीदेखि नाकाबन्दीको धम्की सम्म दिएको छ । यसले के प्रष्ट पार्छ भने मधेसी नेताकै बाचा अनुसार भारतले नेपालमाथि दबाब सिर्जना गरेको हो ।
यस्तो भारतीय पत्रिकामा प्रकाशित भएको समाचार :
नेपालमा मधेसी राष्ट्र निर्माणको माग जोरदार उठिरहेको छ । एक संगठनले यसका लागि रणनीति पनि बनाई सकेको छ ।
नेपालका २२ जिल्लामा आन्दोलन चलिरहेको छ । आम नागरिकलाई यो आन्दोलनसँग जोड्न मधेसी राष्ट्रगान र राष्ट्रध्वज प्रस्तावित स्वरुप पनि संगठनले तयार पारेको छ ।
यति मात्रै होइन, मधेसलाई देशबाटै अलग राष्ट्र बनाउन नक्सा पनि जारी गरिएको छ । प्रथम चरणमा आन्दोलनकारीहरु गोष्ठी सभा र शान्तिपूर्ण धर्ना प्रदर्शनबाट आन्दोलनलाई तेज बनाइरहेका छन् ।
आन्दोलन अमेरिकाबाट फर्किएका एक वैज्ञानिकको नेतृत्वमा सञ्चालन गरिएको छ । नेपालमा माओवादी जनयुद्ध सकिएपछि नेपाल सरकार सामु अब मधेस राष्ट्र निर्माणको आवाज बुलन्द हुन थालेको छ ।
‘मधेस राष्ट्र निर्माण’का लागि स्वतन्त्र मधेस गठबन्धन नामक संगठन सक्रिय भएर लागेको छ । नेपालका लगभग सवा करोड मधेसी जनतालाई एकजुट गर्ने दिशामा संगठनले काम गरिरहेको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More