September 22, 2015

भारतको नाकाबन्दीकै दिन चीनको समर्थनले मधेशमा चीनको झन्डा जलाइयो


नेपालको नयाँ संविधानलाई स्वागत गरेको रिसमा मधेसी मोर्चाका कार्यकर्ताले सुनसरीमा चीनको राष्ट्रिय झण्डा जलाएका छन्।
मधेसलाई उपेक्षाा गरेर जारी गरिएको संविधानलाई चीनले समर्थन गरेर मधेस विरुद्ध लागेको आरोप लगाउँदै मोर्चाका कार्यकर्ताले चीनको झण्डा जलाएका हुन् ।

वुधबार सुनसरी सदरमुकाम इनरुवामा भेला भएका मधेसी मोर्चाका कार्यकर्ताले चीनविरुद्ध नाराबाजी गर्दै प्रदर्शनसमेत गरे। मधेसी समुदायको हक अधिकार कुण्ठित हुने गरी जारी गरिएको संविधानलाई समर्थन जनाएका कारण चीनको झण्डा जलाइएको संयुक्त मधेसी मोर्चा सुनसरीका सचिव सन्तोष मेहताले बताए। उनीहरुले चीन विरुद्ध नारावाजी गर्दै सडकमा प्रदर्शनसमेत गरेका थिए। चीनको झाण्डा जलाउनु अगाडी सद्भावना पार्टीको कार्यालयबाट निस्केको विरोध जुलुसले नगरको विभिन्न स्थानमा परिक्रमा गरेको थियो।
अन्नपुर्णपोस्टबाट 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More