September 15, 2015

राजसंस्थाको पक्षमा बाबुराम भट्टराईले हात उठाए - मनमा एउटा दिमागमा अर्को भएछी यस्तो हुन्छ

जारी संविधानसभाको बैठकमा  संविधानको धारा ६१ पारितगर्ने क्रममा  एकीकृत माओवादीका नेता डा.बाबुराम भट्टराई सहितका सभासदहरु नराम्रोसंग झुक्किए ।  यो धारामा राष्ट्रपति सम्बन्धी व्यवस्था रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजसंस्था रहनुपर्ने व्यवस्था सहित संशोधनको प्रस्ताव राखेको थियो ।
 राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था राख्नु पर्ने व्यवस्था सहित संशोधनको प्रस्ताव राख्दा एकीकृत माओवादीका नेता डा.बाबुराम भट्टराई सहितका सभासदले राजसंस्थाका पक्षमा हात उठाएर हुन्छ ! भनेपछि एकछिन बैठक कक्षमा हाँसो गुञ्जयमान भएको थियो भने सभामुख अलमालमा परेका थिए । तर उनीहरुले तुरुन्तै आफुहरुलाई सच्चाउदै 'हुदैन' भन्दै हात उठाए पछि थापाको प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो । नेता डा.बाबुराम भट्टराई सहितका सभासद झुक्किएका कारण राजसंस्थाका पक्षमा हात उठाएका थिए |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More