September 29, 2015

टिभी च्यानलहरु, हिन्दी फिल्मको प्रदर्शनमा रोके सरकारले कारबाही गर्ने चेतावनी -मिनेन्द्र रिजाल

सूचना तथा सञ्चार मन्त्रालयले नेपाल केवल टिभी व्यवसायी महासंघ, नेपाल केवल टेलिभिजन महासंघ, डिसहोम तथा सिम्पल मिडियालाई पत्र काटेको हो।
संविधान र राष्ट्रिय प्रसारण ऐनअनुसारका कार्यक्रम प्रसारण गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेमा अग्रिम जानकारी नदिई प्रसारण बन्द गरिएको हुँदा त्यस संस्थालाई किन कारवाही नगर्ने?' मन्त्रालयको पत्रमा भनिएको छ।
सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले बन्द गरिएका हिन्दी टिभी च्यानलहरुको बन्द तत्काल सुचारु गर्न निर्देशन दिनुभएको छ । भारतले लगाउँदै आएको नाकाबन्दीका कारण मंगलवारदेखि केवल टिभी सञ्चालकहरुले भारतीय टिभी च्यानलहरुको प्रसारण बन्द गरेका थिए । मंगलवार आयोजित एक कार्यक्रममा सरकारका प्रवक्ता मन्त्री रिजालले हिन्दी च्यानलहरुको प्रसारण बन्द गरेर जारी समस्याको समाधान नहुने बताउँदै रोकिएका हिन्दी च्यानलहरुको प्रसारण सुचारु गर्न २४ घण्टे अल्टिमेटम दिनुभएको हो । समस्या समाधानका लागि कुटनीतिक पहल भैरहेकोले सबैले आवश्यक वातावरण बनाउँन सहयोग गर्न उहाँले केवल टिभी सञ्चालकहरुलाई आग्रह गर्नुभयो । सोमवारदेखि नै सिनेमा हलहरुले पनि हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएका छन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More