September 17, 2015

नयाँ संबिधान, हर्ष न बिस्मात-नेता उही,नियत उही -बोतल नया दारु पुरानो

संबिधान आयो भनेर खुशीहुनु स्वभाव अनुसार होला: जनयुद्ध कालदेखि सृजना गरिएको भ्रम देखि लिएर संबिधान ठगि अभियानमा लागेर दुनो सोझो बनाउनेहरुसम्म परे होलान, अधिकाम्स चाही  "मरिहत्ते गरे केहि नापी पो हाल्लाकी एकथान संविधानले" भन्ने छन्, यो संकाको बिश्वासको जय होस् !
जनयुद्धको अवमुल्यन गरिएको अर्थमा नलिइयोस नेपाली समाजमा रहेको भेदभाव ,सामन्ती पंच र  संसदवादको बिकृतिको भुत खेद्ने योगदान  सबै नेपालीले कदर गर्नै पर्छ बिकृति जसले गरेकोहोस निन्दा गर्नै पर्दछ यिनले पनि ल्याए जनयुद्ध भजाएर नगद असुल्न खोजेर चिप्लिए ।

संबिधान आयो भनेर दुखि, पिडितहरुमा बढी भागबन्डा नपाउनेहरु, दलित जनजातीको नाममा दलित, मधेसी , जनजाति भित्रकै मसिहा ठान्ने सामन्तीहरु बढी छन् र दबिएका आवाजहरुले फेरिपनि अधिकारका लागि राज्यको नियतको संका गरेकै हुन् , जहाँ सम्म धेरै कुरा समेट्ने काम यस संबिधानमा भएको देखिन्छ  यो कुरा प्रतक्च्यमा जम्मा १२ सिटमा सिमित  मधेशका मसिहाहरुले त्यहि मधेसबाट कांग्रेसका ५५ , एमालेका ४० र माओबादीका १२ प्रतक्च्य मत जितेर आएका सभासदहरु सामेल भएर बनाइएको संबिधानमा सब्दको रंग मिलेन भनेर रुनु पनि अलिबढी नै देखिन्छ ।

संसार कहाँ पुगिसक्यो कागजको खोस्टोमा सुन्दर शब्द  खोजाएर नेपाललाइ  धेरै रुमल्याइयो, हावा चलेर भन्दा पंखाले धेरै पात हल्लाइयो ।
संबिधान आयो भनेर खुशी हुनुपर्ने कारण खास देख्दिन तैपनि म खुशी केवल यस अर्थमा छु कि  नेपाली जनतामा  मुलुकको सारा समस्याको समाधान छु मन्तर संबिधानन नै हो भनेर  गरिएको भ्रम कम्तिमा आगामी सातादेखि भंग हुने छ ।
पिउने सफा पानी नपाएर हैजा फैलिने, ६ महिना अन्धकार सहने जलश्रोतको धनि देश , अन्नपात विदेशबाट आयात गर्ने कृषि प्रधान देश, स्वास्थ्य, शिक्च्याक्षेत्र  माफियाको इसारामा चल्ने, उत्पादन गर्ने पाखुरी विदेश खेदेर  संबिधान , जात , धर्मको राजनीतिमा मस्त भएको मेरो देशमा  नेता र सभासद बन्न मनि , मसल र मिडियाको पहुच काफी हुने भएपछि यस्तै होला सक्ने अघि आउदैन , जान्ने बोल्दैन , बोल्ने गर्दैन, सबै कुरा चल्छ केवल हावा दिइएको , प्रायोजन गरिएको र फिजाइएको अतिरंजनामा ।

बालबालिका, सोषित, पिडितलाइ कागजमा अधिकार दिएर जुठेल्नामा सिमित गर्ने नियत र संस्कार बोकेका यी पुराना टाउकाहरु जवसम्म राजनीतिक वृत्तमा रहिरहछन्  सुनकै अछेरले लेखेको सुनकै संबिधान आएनी फरक हुन्न भन्ने कुराको प्रमाणित  समयले गर्ने नै छ ।
हेर्नुस अबको १० बर्ष सम्म यी नै शेरबहादुर ,प्रचण्ड, माकुने ,केपी , बाबुराम , रामचन्द्र , झलनाथ इत्यादी एकपटक नेत्रित्व परिक्च्यन  भैसकेका तर आजीवन शक्तिमा रहन  खुटा तान्ने खेल खेलीरहने नैतिकहिन  नेत्रित्व रहुन्जेल मुलुक यस्तै हो । भोलिका दिन मुलुकको कुर्शीमा  अनुहार आउने तिनै हुन् कुरा बोतल नया रक्सि पुरानोकै जस्तो हुने छ । चेतना भया !

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More