Showing posts with label krishna prashad bhattarai. Show all posts
Showing posts with label krishna prashad bhattarai. Show all posts

April 2, 2012

कृष्णप्रसाद भट्टराई- जीवनी-Krishna Prashad Bhattarai- Biography

किसुनजी अर्थात कृष्णप्रसाद भट्टराईले आफ्नो पुरै जीवन राजनीतिक आरोह अवरोहमा विताए । मुलुकमा प्रजातन्त्र बहालीको लागि अनवरत स‌घर्षको पर्याय नै बने । उनले आफ्नो जीवनमा घात, प्रतिघातहरु खेपे तर, कहिल्यै प्रजातन्त्रप्रतिको निष्ठामा आँच आउन दिएनन् । राजनीतिले जनविश्वास गुमाउँदै गएको यो घडीमा राजनीतिमा त्याग, निस्वार्थ तथा इमान्दारिताको पर्याय बनेका किसुनजी सबैका लागि पथ प्रदर्शक बनि रहने छने ।

नेपाली राजनीतिका शिखर पुरुष एवं सन्त नेताका रूपमा परिचित कृष्णप्रसाद भट्टराईको जन्म भारतको वनारसमा भएको हो । उनको बाल्यकाल, शिक्षा र राजनीति समेत वनारशबाटै सुरु भएको थियो । उनको जन्म १९८१ पुस कृष्ण एकादशीका दिन भएको हो । बाबु संकटाप्रसादका दुई श्रीमतीबाट ४ छोरा र ५ छोरी मध्ये आमा ललिताका सन्तान हुन्, कृष्णप्रसाद । ६ दसक लामो राजनीतिमा सक्रिय रहेका भट्टराईलाई कांग्रेसका नेता तथा कार्यकर्ताले बोलाउने प्यारो नाम हो– किसुनजी ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More