July 3, 2016

राहदानी निवेदन अब अनलाइन यसरि सजिलै भरौं पासपोर्टको निवेदन MRP NepaliPassport Online Application

 सरकारले आइतबारदेखि घरमै बसेर पासपोर्ट अर्थात राहदानीका लागि निवेदन दिन सकिने व्यवस्था मिलाएको छ । आजैबाट राहदानी विभागको वेबसाइ[Click Here to Go to The Link]मा लगइन गरेर जहाँसुकैबाट आवेदन दिन सकिनेछ ।
आइतबार उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले अनलाइनबाटै आवेदन दिने अनलाइन प्रणालीको उद्घाटन गरेका हुन् ।

कसरी भर्ने फारम ?How to fill Nepali passport application ?
राहदानी विभागको वेभसाइट खोल्ने वित्तिकै सबैभन्दा माथि अनलाइन पि्र-इनरोलमेन्ट लेखिएको ठाउँमा क्लिक गर्नुपर्छ । त्यहाँ आवेदनका लागि आवश्यक विवरण जानकारी गराइएको हुन्छ । र, त्यही अनुसारको विवरण भर्नुपर्नेछ ।
सेवाग्राहीले अनलाइनबाट चारवटा फारम भर्नुपर्छ । तर, त्यसरी भरिएको विवरणलाई पछि विभागले एकपटक पुनः रुजु गर्नेछ ।
पासपोर्टका लागि आवश्यक पर्ने तपाईको फोटो विभागले आफैं खिच्नेछ र, यसरी खिचिएको फोटोको पैसा तिर्नुपर्दैन । फोटो खिच्न भने विभागमै जानुपर्छ ।
यसअघि फोटो बाहिर आफैँले खिचाएर लाने गरिन्थ्यो । यसरी खिचाइएको कतिपय फोटो काम नलाग्ने भएपछि सेवाग्राहीको सुविधाका लागि परराष्ट्रमै फोटो खिच्नुपर्ने व्यवस्था गरिएको हो ।
फोटो खिच्न जाँदा निवेदकलाई सँगै राखेर उसले अनलाइनमा भरेको विवरण रुजु गरिनेछ । र, त्यहीबेला सेवाग्राहीले राजस्व तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसरी सेवाग्राहीले राहदानीका लागि निवेदन दिने, सम्पूर्ण विवरण भर्ने र फारम दर्ता गर्नेसम्मको काम अनलाइनबाट गर्न सक्नेछन् । त्यसपछि अनलाइनबाटै तपाईले बारकोट नम्बर पाउनु हुनेछ । फोटो खिच्न र पैसा तिर्न जाँदा त्यही कोड लिएर जानुपर्छ ।
उक्त कोड नम्बरका आधारमा विभागले तपाईंको फोटो खिच्छ, विवरण रुजू गर्छ अनि काम अघि बढाउँछ ।
यसो गर्दा राहदानीका लागि बाहेक सेवाग्राहीले अन्य पैसा तिर्नुपर्दैन । विवरण नमिलेकै कारण वा फोटो नमिलेका कारण राहदानी बनाउँदा हुने असजिलोपनाको पनि अन्त्य हुने विभागका महानिर्देशक लोकबहादुर थापाले बताए ।
What to do with the recommendation letter of District for MRP Passport?
सेवाग्राहीले जिल्लाको सिफारिस विना पनि अब राहदानीका लागि आवेदन दिन सक्नेछन् । तर विवरण रुजू गरेर फोटो खिच्न जाँदा भने जिल्लाको सिफारिस लिएर जानुपर्ने विभागका महानिर्देशक लोकबहादुर थापाले बताए । यसअघि जिल्लाको सिफारिस विना आवेदन समेत दिन पाउने व्यवस्था थिएन ।
Nepali Passport application From outside Nelpal 
विदेशमा रहेका नागरिकका लागि भने थप सहज भएको छ । अमेरिकामा बस्ने नेपाली नागरिकले अमेरिकास्थित वासिंटन र न्युयोर्क महावाणिज्य दूतावासबाट यो सुविधा लिनसक्नेछन्
यस्तै हंगकंग, लण्डन, मलेसिया, कतार, कुवेत, रियाद, जेद्दास्थित नेपाली दूतावासमा पनि पासपोर्टका लागि अनलाइन आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ । दूतावासमा आवेदन दिँदा पनि केन्द्रीय राहदानी बिभागको जस्तै प्रक्रिया अपनाउनु पर्छ 
For urgent Passport Need
यदि तपाईसँग आवश्यक सम्पूर्ण कागजपत्र छ भने १५ हजार तिरेर एकै दिनमा राहदानी (पासपोर्ट) पाउन सक्ने व्यवस्था विभागले गरेको छ । १२ हजार तिरेमा आवेदन दिएको भोलिपल्टै पासपोर्ट पाइनेछ ।
१० हजार रुपैँया तिरेमा आवेदन दिएको २ दिनपछि पासपोर्ट पाउन सकिनेछ । अन्य साधारण प्रक्रियाबाट आउँदा भने पुरानै प्रक्रिया अनुसार पाउनेछ 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More