February 19, 2015

यी नेपाली हुन् विश्वमा सबैभन्दा कम उमेरका निर्देशक-The Youngest movie director of the world

Now the youngest film director of the world is Saugat Bista from Nepal.



८ वर्षीय बालक सौगात विष्टले व्यावसायिक कथानक फिल्म निर्देशन गर्ने विश्वमा सबैभन्दा कम उमेरका निर्देशकका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका छन्। उनले निर्देशन गरेको फिल्म ‘लभ यु बाबा’ गत मंसिरमा रिलिज भएको थियो। गिनिज बुक अफ वर्ल्ड रेकर्डसले उनलाई ‘योंगेस्ट फिल्म डाइरेक्टर’घोषणा गरेको छ।

यसअघि यो रेकर्ड भारतका कोशन श्रीकान्तको नाममा थियो। उनले ९ वर्षको उमेरमा ‘फुटपाथ’ नामक फिल्म निर्देशन गरेका थिए। सन् २००६ मा बनेको श्रीकान्तको रेकर्डलाई सौगातले गत डिसेम्बर १२ मा तोडेका हुन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डसका अनुसार सौगातले सो रेकर्ड कायम गर्दा उनी ७ वर्ष ३४० दिनका थिए। गिनिजले फिल्म रिलिज भएको मितिलाई आधार मान्दै सो कीर्तिमानलाई दर्ता गरेको हो।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More