October 8, 2012

Dashain-Poem-दशैं एक रंग अनेक

Written By : Bimal Karki
अबोध पशुहरुको  काल बनि,
,
ब्यापारीहरुको मालामाल बनि,
केटाकेटीको नया नाना बनि,
कलाकारका मिठा  गाना बनि, 
जुवाडेको चौका दाउ बनि ,
बजारको महँगो भाउ बनि,

जडयाहाको राम्रो   बहाना बनि, 
नेताका चियापान लहना  बनि ,
किशानका धानको बाली  बनि,
केटाकेटीको चंगा बनि
 ठुलाको आशिष, उपहार बनि

मजदुरका थाप्लाको भारी बनि ,

कर्मचारीको दशैँको भत्ता बनी, 
चोर, भ्रस्टहरुको सहि सत्ता बनि,

बिद्यार्थीको लामो छुट्टि बनि ,
घरका भित्ताहरुको नया रंग बनि, 
परदेशीको मनमा दुख   बनि,
बिछोडको आसुका धारा बनि ,  
मिलनको  खुसिका बहार  बनि,  

चामलका राता रंग बनि 
जमराका पहेला अंग  बनि 
धनिका घरमा धन बनि ,
गरिबका घरमा ऋण  बनि,

कतै अवसर , कतै चुनौती बन्दै ,
कतै भाव कतै अभाव बन्दै ,
कतै आसु कतै  खुशी बन्दै ,
कतै  सुख कतै पिडा बन्दै, 

एक वर्ष बितेको  पत्तो नपाइ, 
सुटुक्क, फेरी आइपुग्यो  दशैं, 
क्यालेन्डरमा एक  अंक फेरेर
जे जस्तो भए पनि खुसि मान्नै पर्ने  साइत हेरेर



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More