July 2, 2016

विदेशबाट नेपाल फर्किनेले जान्नु पर्ने - सुन,रक्सि र कर सम्बन्धि नियम परिबर्तन भो

सरकारले अब विदेशबाट फर्किँदा ल्याउन पाइने केही वस्तुहरुलाई प्रतिवन्धित पनि गरेको छ । सरकारले झिटीगुन्टामार्फत सुन, मदिरा र समदर भन्सार लगायतका व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ । झिटीगुण्टा आदेशमा संशोधन गरेर साउन १ गतेदेखि नयाँ व्यवस्था लागू गरिँदैछ ।
१. काँचो सुनचाँदी निषेध

अब विदेशबाट काँचो सुन लिएर नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टमा आउन पाइने छैन । सरकारले गहनाबाहेकको सुन बोक्न प्रतिवन्ध लगाएको छ ।
विदेशमा ६ महिना बसेका नेपालीले ५० ग्राम काँचो सुन ल्याउन पाउने व्यवस्था हटाइएको र अब बढीमा ५० ग्राम सुनका गहना मात्र ल्याउन पाइनेछ । यो बाहेक काँचो सुन ल्याए विमानस्थलमै जफत हुनेछ ।
५० ग्रामसम्म सुनका गहना ल्याउँदा भने भन्सार शुल्क लाग्दैन । तयारी गहना पनि ५० ग्राम भन्दा बढी गहना ल्याए भन्सारले जफत गर्नेछ ।
यसअघि विदेशबाट फर्किने ४ सय ५० ग्रामसम्म काँचो सुन भन्सार तिरेर भित्र्याउन सक्थेे ।अब भने ५० ग्राम सुनका गहनाबाहेक कुनै प्रकारका सुन ल्याउन नपाउने भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढंगानाले बताए । काँचो सुन बोक्न भने प्रतिवन्ध नै गरिएको छ ।
यसैगरी चाँदीका गहना पनि ५ सय ग्रामभन्दा बढी ल्याउन पाइने छैन । यसअघि भन्सार तिरेर बुझाएर १ केजीसम्म चाँदीका गहना ल्याउन पाइन्थ्यो ।
३. मदिरा एक लिटर मात्रै
यसअघि विदशेबाट आउँदा २ लिटरसम्म मदिरा भन्सार नै नतिरी ल्याउनु छुट थियो । तर, अब भने तपाईंलाई त्यती धेरै छुट दिइने छैन ।
अब भने एक लिटरभन्दा बढी मदिरा ल्याउन पाइने छैन । ‘यसअघि विदेशमा प्रायः १.१५ लिटरका मदिराका बोटल हुने भएकाले त्यसैअनुरुप भन्सार छुट दिने व्यवस्था गरिएको थियो’ महानिर्देशक ढुंगानाले भने, ‘अहिले प्रायः सबै बोटल एक लिटरकै हुन्छन् । त्यसैले नयाँ व्यवस्था गरिएको हो ।’
३. समदरमा भन्सार ४० प्रतिशत
नयाँ झिटीगुन्टा आदेशले समदर भन्सारको नीतिमा पनि परिवर्तन गरेको छ । यसअघि समदरमा भन्सार लगाउँदा वस्तुअनुसार छुट्टा-छुट्टै भन्सार कर र मुल्य अभिवृद्धि कर लगाइन्थ्यो ।
अब भने एकैपटक ४० प्रतिशत समदर भन्सार तिर्नपर्नेछ । विदेशबाट फर्किनेले विमानस्थलबाट भन्सार तिरेर समान ल्याउँदा वस्तुको बीजक मूल्यको ४० प्रतिशत अर्थात तिरेको मूल्यको ४० प्रतिशत भन्सार तिर्नुपर्नेछ ।
६ महिनासम्म विदेशमा बसेर फर्किएकाहरुले ३२ इञ्च भन्दा बढीको टेलिभिजन, म्यूजिक तथा भिडियो प्लेयर, रेपि|mजेरेटर, वासिङ मेशिन, पङ्खा, रेडियो र १/१ थान ल्याउन सक्छन् । तर, यसमा समदरमा भन्सार तिर्नुपर्छ ।
१० किलोग्रामसम्म खाद्य सामाग्री पनि ल्याउन पाइन्छ तर, यसमा तोकिएको भन्सार भने तिर्नुपर्छ 
। See more our old blog >>

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More