July 28, 2015

क्यामराको फ्ल्याशले बालकको आखा गुम्यो, होस् गरौ !

अनुहार नजिकै क्यामरा लगेर फोटो खिचिदिँदा एक बालकले सधैंको लागि संसार हेर्न नसक्ने भएका छन् । क्यामराको कडा फ्ल्यास लाइटको कारण बालकको आँखाको ज्योती गुमेको हो । 
 
घटना चीनको हो । न्वारान नगरिएका ती बालकको अभिभावकका एक साथीले फोटो खिच्दा क्यामराको फ्ल्यास लाइट बन्द गर्न बिर्सिएको कारण आँखाको ज्योति गुमेको समाचारमा बताइएको छ । 
ती बालकको कलिलो नानीमा क्यामराको कडा प्रकाशले असर पारेको डाक्टरले बताएका छन् । क्यामरा र अनुहारबिच १० इन्चभन्दा पनि कम दुरीमा फ्ल्यास दिएर फोटो खिच्दा आँखाको नानीको कोशिकामा गम्भिर असर पुगेको बताइएको छ ।

दाँया आँखामा हेर्ने क्षमता अत्यन्त कम रहेको र बाँया आँखा पुरै बन्द भएको चिकित्सकले बताएका छन् । फोटो खिच्ने बालकका परिवारका ती साथीले कस्तो कानुनी कारवाही भोग्नुपर्नेछ भन्ने प्रश्ट भएको छैन 
अन्नपुर्णपोस्टले एजेन्सी लाइ उदृत हार्दै  लेखेको छ |
बालकसग फोटो खिच्दा भरसक  फ्ल्याश प्रायोग  नगरौ । कलिला आखा र तन्तुहरु  अधिक चम्किलो प्रकाशले खराब गर्ने विज्ञहरु बताउछन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More