February 13, 2015

हामीले प्रयोग गर्ने मसलाहरू स्वाद मात्र हैन यिनले गर्ने फाइदा हेरौ-Nepali Spices and its benefits

मसलाबिना नेपाली परिकारको कल्पना गर्न सकिँदैन । हामीले खाने हरेक परिकारमा कुनै न कुनै मसला प्रयोग भएको हुन्छ । मसलाले परिकारको स्वाद र सुगन्ध बढाउनुका साथै शरीरलाई स्वस्थ पनि राख्छ ।
हिङ

हिङको प्रयोग मुख्यत: सिजनिङमा गरिन्छ । यसले खानाको स्वाद बढाउँछ ।

फाइदा
कफ र पेट दुखेको अवस्थामा यसको प्रयोग औषधिकै रूपमा हुन्छ । दाँत दुखेका बखत गालाको बाहिरी भागमा हिङको लेप लगाउँदा पीडा कम हुन्छ । भर्खरै जन्मिएका बालबालिकाहरूको पेट दुखे नाभिको चारैतिर हिङको लेप लगाइदिँदा आराम हुन्छ ।

दालचिनीदालचिनीको प्रयोग सिजनिङका लागि गरिन्छ । गरम तथा अन्य मसला बनाउन पनि यसको प्रयोग गरिन्छ ।

फाइदा

दालचिनीमा हिलिङ र सुन्निने कम गर्ने गुण हुन्छ । घाउ, चोट आदिमा यसको लेप बढी प्रभावकारी हुन्छ । यसले सुन्निएको कम गर्न सहयोग गर्छ । यसको सेवनले ब्लड कोलेस्ट्रोल कम गर्छ ।

अलैंची
अलैंचीको प्रयोग मसला चियाका साथै मिठाईंमा फ्लेवर बढाउन गरिन्छ ।

फाइदा

अपचको समस्यालाई अलैंचीको प्रयोगले कम गर्छ । अलैंची खाँदा मुख गन्हाउने समस्याबाट मुक्त भइन्छ । मधुमेह हुनेहरूले यसको नियमित सेवन गरे फाइदा हुन्छ । यसको प्रयोग औषधि बनाउन पनि गरिन्छ ।
तेजपात
तेजपातको प्रयोग खानाको स्वाद बढाउन हुन्छ ।

फाइदा
तेजपातको तेलमा एन्टी फंगल तथा एन्टी ब्याक्टेरियल गुण हुन्छ जसले अनेकौं रोग हटाउन सहयोग गर्छ ।

खुर्सानी
खानालाई पिरो बनाउन खुर्सानी प्रयोग गरिन्छ ।

फाइदा

खुर्सानीमा रहेको एन्टी अक्सिडेन्ट्स कोलेस्ट्रोलसँग लड्न सहायक हुन्छ । यसले क्यालोरी घटाउँछ र मोटोपन कम गर्छ ।

ल्वाङ
ल्वाङ सिजनिङका साथै मसला बनाउन पनि प्रयोग गरिन्छ ।

फाइदा

ल्वाङ एन्टी बायोटिक, एन्टी सेप्टिक, एन्टी भाइरल, एन्टी फंगल, एन्टी प्यारासिटिक आदि हुन्छ । ल्वाङको तेल एकदम फाइदाजनक हुन्छ । शरीर दुख्दा, दाँत दुख्दा, सुन्निँदा ल्वाङ प्रयोग गर्न सकिन्छ । ल्वाङको तेल दम तथा ब्रोन्क्राइटिस आदिमा पनि उपयोगी छ । यो मांसपेशीको पीडा एवं बाथ रोगका लागि पनि फाइदाजनक मानिन्छ ।

धनियाँ

गार्नेसिङका लागि धनियाँ प्रयोग गरिन्छ । सुकेको धनियाँ मसलाका रूपमा पनि प्रयोग हुन्छ ।

फाइदा

घाँटीको पीडा, एलर्जी, ज्वरो, पाचन समस्या, बाथ एवं जोर्नीको पीडामा यसको प्रयोग फाइदाजनक हुन्छ ।

जिराखानाको स्वाद बढाउन जिरा प्रयोग गरिन्छ ।

फाइदा

जिरा आइरन एवं क्याल्सियमको राम्रो स्रोत हो । यसले शरीरको प्रतिरोधात्मक क्षमता सुदृढ बनाउँछ । जिरालाई पानीमा उमालेर पिउँदा पेट फुलेको, दुखेको वा अपचबाट मुक्ति पाइन्छ । जिरामा एन्टी क्यान्सर गुण पनि हुन्छ ।

मेथीमेथीको साग तरकारी बनाएर खाइन्छ । मेथीका दाना मसलाका रूपमा प्रयोग गरिन्छ । तरकारी, अचार आदिमा मेथी पड्काउँदा स्वादमा मिठास आउँछ । मेथीलाई भिजाएर, टुसा उमारेर तरकारीका रूपमा खान सकिन्छ । मेथीलाई भुटेर, मिक्स्चरमा पिसी नुन, खुर्सानी र कागती हाली अचारका रूपमा पनि खाइन्छ ।

फाइदा

नियमित मेथीको सेवनले ब्लड प्रेसर, सुगर तथा कोलेस्ट्रोल कम हुन्छ ।

लसुन
तरकारी एवं दालमा लसुन प्रयोग गर्दा खानाको स्वाद वृद्धि हुन्छ ।

फाइदा

लसुनमा एन्टिबायोटिक गुण हुन्छ । रुघाखोकीमा यसको सेवन निकै फाइदाजनक छ । लसुनले कोलेस्ट्रोल नियन्त्रण गर्छ । हरेक दिन बिहान खाली पेटमा एक पोटी लसुन खाँदा स्वास्थ्यमा सुधार आउँछ ।

अदुवा
खानामा स्वादका लागि अदुवा प्रयोग गरिन्छ ।

फाइदा

नियमित रूपमा अदुवा सेवन गर्नाले पाचनसम्बन्धी समस्या, ग्यास एवं अपचजस्ता समस्या समाधान हुन्छन् । अदुवा र मह मिसाएर खाँदा खोकीमा आराम मिल्छ । रुघाखोकीमा अदुवाको चिया निकै लाभदायक सिद्ध हुन्छ ।

मरिच
खानामा स्वादका लागि मरिच प्रयोग गरिन्छ ।

फाइदा

मरिचले चिसो, रुघाखोकी एवं संक्रमणबाट जोगाउँछ । यसले पाचनसम्बन्धी समस्या तथा मांसपेशीको पीडामा फाइदा दिन्छ ।

बेसार

बेसार धेरै प्रकारका स्वास्थ्य समस्यामा उपयोगी छ । खाना पकाउनुका साथै छालाको हेरचाहका लागि पनि यसको प्रयोग उत्तिकै हुन्छ ।

फाइदा

बेसार एउटा राम्रो एन्टिसेप्टिक हो । यसको लेप काटिएको, चिरिएको घाउ आदिमा एकदम फाइदाजनक हुन्छ । बेसार पाउडर तातो दूधमा हालेर पिउँदा घाँटीको समस्या, चिसो, पीडा तथा चोटपटकमा आराम मिल्छ । चिसोमा बेसार मिसाइएको दूध पिउँदा हाड बलिया हुन्छन् ।

केसर
केसरको प्रयोग खानाका साथै अनेकौं सौन्दर्य प्रसाधनमा गरिन्छ ।

फाइदा

केसरले छालासम्बन्धी समस्यामा ठूलो राहत प्रदान गर्छ । यसले ठण्डी एवं खोकीमा पनि आराम दिन्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More