May 2, 2015

सबैले जान्न जरुरी- विपत्तिको बेला इन्टरनेटको माध्यमबाट हुने ठगी, सूचना चोरी र अपराधबाट बच्न प्रहरीको सुझाव-A cyber safety awareness notice from NepalPolice.


ईन्टरनेट प्रयोगकर्तालाई अत्यन्त जरुरी सूचना!

मिति २०७२।०१।१२ गतेको महाभूकम्प पश्चात बिभिन्न online संचार माध्यमहरुले महाभूकम्प सम्बन्धी समाचार प्रेशित गर्दै आएको सर्वसाधारणमा बिदितै छ । बिगतका दिनहरुमा देशमा कुनै ठूला कार्यक्रम वा दुखद घटनाहरु हुँदाका अवस्थामा अपराधीहरु पनि सोही अनुसार बढी सक्रिय हुने गरेको पाईएकोमा हाल नेपालमा महाभूकम्प गएको मौका पारी सहयोगका नाममा ईन्टरनेटमा विभिन्न किसिमबाट सूचना राखी ईन्टरनेट प्रयोगकर्ताको गतिविधिमा निगरानी गरेर वा नगरेर प्रयोगकर्ताहरुलाई झुक्याई पहिचान तथा बिबरण जस्तै ईमेल आई.डि, पासवर्ड एवं गोप्य विवरणहरु चोरी, malware तथा email scam हरु फैलाउने जस्ता कार्य भईरहेको हुनसक्ने हुँदा त्यस्ता सम्भावित घटनाबाट बच्न केन्द्रीय अनुसन्धान ब्युरो सर्वसाधारणसंग हार्दिक अनुरोध गर्दछ ।

त्यस्ता सम्भावित घटनाहरू बाट बच्न निम्नानुसार गर्नु हुन अनुरोध :
• अपरिचित ब्यक्तिले पठाएका कुनै पनि email नखोल्नुहोस् ।
• ईन्टरनेट प्रयोगकर्ताहरुलाई अन्य fake ईमेल service provider हरुले महाभूकम्प सम्बन्धी scam ईमेल पठाई सोमा बिभिन्न बेभसाईटहरुको url(वेभसाईट)linkअथवा कुनै attachments हरु राखिएको हुन्छ जसमा phishing वा malware भएको website कोlink दिएको हुन्छ । ईमेलमा/ बेभसाईटमा भुकम्प पीडितका लागि राहत तथा donation का लागि भनी fake बेभसाईटहरु को link जसबाट प्रयोगकर्ताहरुलाई झुक्याई प्रयोगकर्ताको पहिचान तथा बिबरण जस्तै ईमेल आई.डि, पासवर्ड एवं गोप्य विवरणहरु चोरीगर्न सक्छ।

• महाभूकम्पका नाममा बिभिन्न charity संस्थाले रकम मागेमा पहिला सो संस्थाको बारेमा चेकजाँच गर्नु होस् ।

• कुनै पनि site मा Account number वा अन्य जानकारी दिएको छ भने पहिला सो बारेमा जानकारी लिनुहोस् ।

• यदि तपाई कुनै वित्तिय संस्थाहरुको e-banking प्रयोग गर्ने ग्राहक हुनु हुन्छ र सुरक्षाका कारण username र password परिवर्तन गर्ने ब्यहोराको कुनै लिंक सहितको email प्राप्त गर्नु भयो भने सम्बन्धित वित्तिय संस्थाहरुसंग समन्वय गर्नुहोस् ।

• अप्रत्यासित रुपमा email,smsवा Phone मार्फत कुनै अपरिचित ब्यक्तिले तपाईको ब्यक्तिगत विवरण सोधेमा आफ्नो ब्यक्तिगत विवरण उपलब्ध नगराउनुहोस् ।

• e-banking का लागि तपाईले प्रयोग गर्नु भएको computer मा spam filters, anti-virus, anti-spyware software तथा firewall रहे नरहेको र त्यस्ता software हरु update भए नभएको समेत विचार पुर्याiउनु होस् ।

• यदि तपाइले एक भन्दा बढी useraccount हरु चलाउनु हुन्छ भने एकै किसिमको used id तथा password को प्रयोग नगर्नुहोस् ।

• आफ्नो user को password समय सापेक्ष परिवर्तन गर्नुहोस र आफूले प्रयोग गरेका पासवर्ड गोप्य राख्नुहोस् ।

• ईन्टरनेट खुल्ला प्रविधि भएको हुँदा ईन्टरनेटमा ब्यक्तिगत विवरण खुल्ला नराखौं ।

• सामाजिक संजालमा आएका बिभिन्न Link हरु सबैलाई विश्वास नगरौ ।

• साइबर क्याफे वा अन्य कोही ब्यक्ति को computer प्रयोग गर्नु परेमा कुनै Spy Software छ वा छैन चेकजाँच गरेर मात्र कम्प्यूटर प्रयोग गरौं ।

• सम्पूर्ण संचार माध्यमहरुले साइबर अपराध सम्बन्धी जनचेतना फैलाउने कार्यमा सहयोग गरौं ।

• बिद्युतीय कारोवार ऐन अन्तर्गत पीडित भएमा पीडित भएको मितिले ३५ दिन भित्र नजिकको प्रहरी कार्यालयमा उजुरी गरौँ ।

केन्द्रीय अनुसन्धान ब्युरो
महाराजगंज, काठमाण्डौं
Contact No # +977-1-4411776, CUG No # +977-9851283140,
Email : cib@nepalpolice.gov.np / web : cib.nepalpolice.gov.np

Source : Nepal police facebook page.

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More