December 25, 2014

how to know you have diabetes- मधुमेह अर्थात् चिनी रोग लाग्दा यस्तो हुन्छ

तपाईंलाई बिना कुनै कारण हल्का रिस उठ्ने, बढी तिर्खा लाग्ने, पटकपटक पिसाब लाग्ने, डर लाग्ने, नैराश्यताको अनुभव भइराखेको छ र यसका साथै पेटको गोलाई पनि बढिरहेको छ भने होश गर्नुहोला, मधुमेह लागेको हुनसक्छ। - मधुमेहको प्रथम लक्षणमा ती अवस्था देखिन सक्छ। रगतमा ग्लुकोजको मात्रा अत्यधिक आएको अवस्थालाई मधुमेह भनिन्छ। रगतमा अत्यधिक मात्रामा ग्लुकोज भएमा स्वास्थ्यका लागि राम्रो मानिन्न। सामान्यतः रगतमा १४० ग्लुकोज देखिएमा मधुमेहको पूर्व अवस्था हो। अस्वच्छ खानपान र जीवनशैलीका कारण मधुमेहका रोग विशेषतः सहरी क्षेत्रमा दिनप्रतिदिन फैलिरहेको 

सहरी क्षेत्रमा पाँचघरमा एकघर मधुमेहका रोगी रहेका नेपालमा करिब आठ लाख यसका रोगी छन्। 
चिकित्सा विज्ञान अध्ययन संस्थानका प्रा. डा. प्रदीपकृष्ण श्रेष्ठले मधुमेह हुन नदिन नियमित व्यायाम, धुम्रपान तथा मदिरापान सेवनको अन्त्य, रगतमा ग्लुकोजलाई नियन्त्रण, कम नुन तथा चिनी भएका खानेकुरा सेवन गर्न आवश्यक भएको बताउनुभयो। 
पछिल्लो समय सहरवासीमा व्यायाम कम गर्ने प्रवृत्ति, बढी खानपानमा रमाउने, खानपानमा चिल्लो, पिरो, अमिलो मन पराउनेजस्ता कारण मधुमेहका रोगीहरू बढिरहेका छन्, त्यसैले आफ्नो जीवनशैलीमा परिवर्तन गर्न आवश्यक छ।”
मधुमेहलाई समयमा उपचार नगर्ने हो भने यसबाट आँखा, मुटु, मिर्गाैला, स्नायुमा समेत असर पुग्ने मधुमेह विज्ञ प्रा. डा. सत्येन्द्र राजभण्डारीले भन्नुभयो
कुनै पनि उमेरमा मधुमेह हुनसक्छ, त्यसैले यसलाई समयमै नियन्त्रणमा ल्याउन स्वास्थ्य परीक्षण गराइरहनुपर्छ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More