March 27, 2015

एलोभेरा अर्थात् घ्युकुमारी र यसका फाइदाहरु- Drink Aloevera and be healthy-tips in nepali


एलोभेरा अर्थात् घ्युकुमारी ५ हजार वर्ष पुरानो
औषधी हो ।
यसको करिब २ सय ५० प्रजाति रहेका छन् । यसमध्ये 
केही प्रजातिमात्र औषधीय गुण हुने गर्छ । यसमा सबैभन्दा प्रभावशाली प्रजाती बार्बाडेन्सीस वा एलोभेरा हो ।हाम्रो शरिरको सही विकाका लागी २१ वटा एमिनो एसिडको आवश्यकता पर्छ । यसमा १८ वटा एमिनो एसिड एलोभेरामा पाइन्छ ।एलोभेरा जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम,
क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ ।
एलोभेरामा १८ धातु, १५ एमिनो एसिड, र १२ थरीका
भिटामिन पाइन्छ । यसले शरिरमा रगतको मात्राको
कमीलाई कम गर्नुका साथै शरिरमा प्रतिरोधी क्षमतामा बृद्धी गर्छ । एलोभेरा जुस गर्भासयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्याउँछ । गर्मी, वर्षाका कारण हुने विभिन्न समस्याबाट समेत यसले मुक्ति दिने गर्छ।
गुलाब जलमा एलोभेराको रस मिसाएर अनुहारमा लगाउनाले अनुहारमा चमकता आउँछ ।
थाहा पाऔ एलोभेराको जुस पिउनुले हुने फाइदाहरू...
- प्रदुषण, जंक फुड, अनहेल्दी लाइफ स्टाइल,
स्मोकिङ र ड्रिकिङ्ग आदीबाट शरिरमा बेफाइदा हुने गर्छ र यी खानेकुराले शरिरमा बिकार तत्व बढि मात्रामा निकाल्ने गर्छ। एलोभेरा जुसको नियमित सेवन गर्नाले यी सबै विकार पदार्थ बाहिर निस्किने गर्छन् ।
- दैनिक रूपमा एक गिलास एलोभेरा जुस पिउनाले तौल घट्छ साथै यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत 
मुक्ति पाइन्छ । साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ ।
- एलोभेराको जुसले दाँतको पहेलोपन पनि कम गर्छ । यसको दैनिक प्रयोगले दाँतमा हुने किटाणु नष्ट हुन्छ । सासमा हुने दुर्गन्ध समेत यसले कम गर्छ ।
- एलोभेराको जुस एक हिसाबले शक्ति दिने पदार्थ हो । यसको नियमित प्रयोगले शरिरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ । यसले रो प्रतिरोधी क्षमतालाई पनि बृद्धी गर्छ ।
- एलोभेरा जुसले रगतको कमीलाई पनि कम गर्छ ।
एलोभेराको ६ देखी ८ इन्च तासिएको टुक्रा, ५-७ वटा तुलसीकोप पत्ता र ४-५ वटा नीमको पात लिएर थोरै पानीमा हालेर पिस्ने र यसलाई तातो काढाँ बनाएर पिउनाले एनीमिया सञ्चो हुन्छ

- एलोभेराको जुसले छालालाई समेत फाइदा पुर्याउँछ । यसको नियमित प्रयोगले छालामा चमकता ल्याउनुको साथै स्वस्थ समेत राख्छ । यस्तै, यसले कपाललाई पनि स्वस्थ राख्ने र
रूखोपनलाई कम गर्ने गर्छ ।
- एलोभेराको जुसले रगतको सञ्चालनलाई ठिक गर्छ । यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्याउँछ । यस्तै, मुटुका
बिरामीका लागि पनि यो निकै उपयोगी हुन्छ ।


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More