May 6, 2014

Symptoms of Heart attack and precautions-हृदयाघातका लक्षणहरु,ख्याल गर्नुपर्ने कुराहरु

हृदयाघातमा ख्याल गर्नुपर्ने कुराहरु

चिकित्सकका अनुसार हृदयाघात भएका बिरामीमध्ये झण्डै ५० प्रतिशतको मृत्यु १ घण्टाभित्रै हुन्छ । हृदयाघातपछि अस्पतालको उपचार पाउने बिरामीमध्ये पनि ६ देखि ९ प्रतिशतको मृत्यु हुन्छ ।

मुटुमा रहेका रक्तनलीहरुमा बोसो जम्दै गएर रक्तनलीमा रक्त प्रवाह कम हुन्छ । बिस्तारै रक्त प्रवाह नै रोकिएपछि मुटुका मांसपेशीको मृत्यु हुन्छ । यसले गर्दा हृदयाघात हुन्छ ।
हृदयघातका कारक तत्वहरुमा बढ्दो उमेर (पुरुषमा ४५ वर्षमाथि र महिलामा ५५ वर्षमाथि), वंशाणुगत कारण, धूमपान, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपना, आलस्यपना, मानसिक तनाव, चिन्ता आदि हुन् ।

धूमपान गर्ने व्यक्तिमा हृदयघातको सम्भावना २ देखि ३ गुणाले बढी हुन्छ । चिल्लो, नुनिलो र बोसोयुक्त खाना, शारीरिक व्यायामको कमी तथा मानसिक तनाव पनि हृदयघातका कारक तत्व हुन् ।

हृदयाघातका लक्षणहरु

छातीको बीच भागमा पीडा हुनु, चक्कर लाग्नु, खल्खली पसीना आउनु, सास नपुगेको जस्तो भई निसास्निु, दम बढ्नु र आँखा धमिलो हुनु आदि हृदयाघातका लक्षण हुन् ।

छातीको पीडा बढ्दै गएर सहन नसक्ने गरी दुख्ने, छातीमा ढुंगाले थिचेजस्तो हुने र यो पीडा बाँया पाखुरा, चिउँडो हुँदै घाँटीतर्फ सर्ने यसका लक्षण हुन् ।

बच्ने उपायहरु

यस्तो लक्षण देखिनासाथ मुटुरोगको उपचार हुने स्वास्थ्य संस्थामा गैहाल्नुपर्छ । हृदायाघात हुन नदिन मुटुको रक्तचाप बढ्न नदिने, नून, चिल्लो एवं कोलेस्टेरोल कम भएका हरियो सागपात, गेडागुडी र फलफूल बढी खाने सल्लाह चिकित्सकहरुको छ ।

त्यस्तै नियमित व्यायाम गर्ने, रातो मासु नखाने, धुम्रपान नगर्ने, मानसिक तनाव नलिने, मधुमेहको नियन्त्रण गर्ने सुझाव चिकित्सकहरुको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More