February 27, 2014

महिलाले गर्भावस्थामा खानपर्ने केही खानेकुरा

गर्भावस्था महिलाको जीवनको निकै महत्त्वपूर्ण समय हो । यो शारीरिक र मानसिक स्वास्थ्यको दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण समय हो । यसकारण यो समयमा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । यो अवधिमा खाने र गर्ने कुराले गर्भवती र जन्मने बच्चालाई पनि प्रभाव पार्छ । यस्तो वेला खानपानले पनि धेरै ठूलो महत्त्व राख्छ । गर्भवती महिलाका लागि खानामा प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता तत्त्व पर्याप्त मात्रामा हुनु आवश्यक छ । गर्भवती महिलाले सन्तुलित भोजन गर्ने हो भने आमा र गर्भको बच्चा दुवैको स्वास्थ्य राम्रो हुन्छ । महिलाले गर्भावस्थामा खानैपर्ने केही खानेकुरा :


पालुंगोको साग : पालुंगोको सागमा क्याल्सियम तथा आइरन तत्त्व प्रचुर मात्रामा पाइन्छ । यसले आमाको शरीरमा रगतको कमी हुन दिँदैन र गर्भको बच्चा पनि स्वस्थ रूपमा हुर्कन मद्दत पुर्याउँछ ।

बदाम : बदाममा प्रोटिन, भिटामिन ‘ई’ तथा ओमेगा थ्रीका साथै फ्याट्टी एसिड पाइन्छ । यसले आमा र बच्चा दुवैलाई फाइदा गर्छ।

कुखुराको मासु : कुखुराको मासुमा प्रोटिनका साथै आइरन पनि पर्याप्त मात्रामा पाइन्छ । जुन तत्त्व गर्भावस्थामा शरीरलाई निकै आवश्यकता पर्छ ।

भिन्डी : यसमा फोलिक एसिड पाइन्छ । जसले सुत्केरीका वेला हुने पीडालाई कम गर्नुका साथै मधुमेहको जोखिम पनि कम गर्छ।

सुन्तला : यसमा प्रशस्त भिटामिन सी तथा फोलिक एसिडसमेत पाइन्छ ।

ब्रोकाउली : यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ ।

अन्डा : अन्डामा प्रोटिन, भिटामिन डी तथा क्याल्सियम तत्त्व पाइन्छ ।

माछा : माछामा क्याल्सियम, ओमेगा थ्री, फ्याट्टी एसिड तथा भिटामिन डी पाइन्छ ।

दही : दही पनि गर्भवती महिलाका लागि निकै लाभदायक मानिन्छ ।9+

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More