July 27, 2014

निमको प्रयोगबाट हुने फाइदा थाहा पाउनुहोस्

गाउँघरतिर जताततै सहजै पाइने निम बहुउपयोगी वृक्ष हो । यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग आफै निको भएर जाने जनविश्वास रहिआएको छ । निमको बोट भएको घर आंगनमा विषालु सर्प समेत आउन नसक्ने विश्वास गरिन्छ । यसका साथै निमको अन्य उपयोगिता पनि छ ।

–निमको पातको सेवनले रक्त शुद्ध गर्नुका साथै छालाका समस्या आदिमा पनि लाभदायक हुन्छ ।


–निमको सुकेको पात अन्न वा भकारीमा राख्दा कीरा लाग्दैन।


–निमको तेलले निधारमा मालिस गर्दा टाउको दुखाइ कम हुन्छ।


–निम, तुलसी, गुर्जी, ल्वाङ र सिधे नुन पानीमा पकाएर खाँदा ज्वरोबाट राहत पाइन्छ।


–निमको पात हालेर पकाइएको पानी सेवन गर्नाले पेटका किटानु मरेर जान्छ ।


–निमको पातको सेवनले घाउ खटिरा समेत निको हुन्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More