April 17, 2014

भिन्डी कब्जियतको ओखती

कब्जियतले प्रायः सबै मानिसलाई सताएको हुन्छ । वातावरणीय परिवर्तन, पानीको कमी, व्यायामको कमी र खानपिन नमिलेर कब्जियतको अवस्था सिर्जना हुने गर्छ । प्रशोघित खाद्य वस्तुको उपभोग बढेकाले हाम्रो शरीरले पर्याप्त मात्रामा फाइबर नपाएर कब्जियत र अन्य समस्याले जरा गाड्ने मौका पाएको छ । आन्द्रामा चिप्लोपना उत्पन्न गर्ने र फाइबर पनि आपूर्ति गर्ने म्युसिलाजिनोसवर्गका खाद्य वस्तुले कब्जियतको समस्या समाधान गर्न योगदान गर्छन् । 

 यस प्रकारका खाद्य वस्तुमा रामतोरिया (भिन्डी) पनि पर्छ । अफ्रिका र भारतीय उपमाहद्विपमा प्रमुख रूपमा उत्पादन गरिने भिन्डीमा पर्याप्त मात्रामा चिप्लो पदार्थ म्युसिलाज हुन्छ । यस म्युसिलाजले आन्द्राभित्र चिप्लो अवस्था सिर्जना गरेर त्यहाँको सफाइमा सहयोग पु¥याउँछ । यति मात्र होइन आन्द्रालाई बढी मात्रामा पानी अवशोषित गर्न सहयोग गर्ने, विषाक्त तìवलाई ठूलो आन्द्राबाट बाहिर निकाल्नमा पनि भिन्डीले योगदान गर्छ । 

आन्द्रामा भिन्डीको उपयोगिता सम्बन्धमा धेरै अनुसन्धानले प्रकाश पारेका पनि छन् । पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा उल्लेखित एक अनुसन्धानले जनाए अनुसार भिन्डीले आन्द्रामा हानिकारक ब्याक्टेरियालाई टाँसिएर बस्न दिँदैन । आमाशयमा घाउ पार्ने खतरनाक ब्याक्टेरिया हेलियोब्याक्टर पाइलोरी भिन्डीका कारण वृद्धि हुन सक्दैन । भिन्डीको चिप्लो गुणले गर्दा ब्याक्टेरियाले आमाशयको तन्तुमा टाँसिन सक्दैन । फर्मासी एन्ड बायोएलाइड साइन्सेस जर्नलमा उल्लेख भए अनुसार भिन्डीको नरम रेसाले रगतमा ग्लुकोज नियन्त्रण गर्न सहयोग पु¥याउँछ । भिन्डी खाएमा आन्द्राले ग्लुकोज अवशोषित गर्ने गति सुस्त पर्ने भएकाले रगतमा ग्लुकोजको मात्रा एकैचोटि धेरै बढ्दैन ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More