November 19, 2014

Some useful instructoin for jont problem-हाड जोर्नी सम्बन्धि समस्या ठीक गर्न यसो गरौ

आधुनिक जामानाले हामीलाई बढी बस्न लगाएको छ । हामी कम हिँड्छौँ । यसले गर्दा शरीरको सम्पूर्ण व्यायाम हुन पाउँदैन र जोर्नी र तन्तुहरूमा प्रभाव पर्नथाल्छ । अचेल भ¥याङको प्रयोगभन्दा लिफ्टमा चढिन्छ, दुई चार कदम हिँड्नुभन्दा गाडी चढ्नु नै बेस लाग्छ, कम्प्युटरको अगाडि लामो समय बसिन्छ, फुर्सदको समय टेलिभिजन हेर बिताउने गरिन्छ । यस्तो खालको दैनिकीले तनावदेखि जोर्नीसम्मको समस्या निम्त्याएको छ । हाम्रो शरीर सुन जस्तो हो । जसरी सुनलाई जति ततायो त्यति चम्कन्छ त्यसरी नै शरीरलाई जति सक्रिय पा¥यो त्यति नै बलियो बन्छ ।
शरीरको भार थेग्न र शरीरलाई लचिलो पार्न जोर्नीहरूको भूमिका रहन्छ । 
जोर्नीलाई स्वस्थ रहन सक्रियता त चाहिन्छ नै पर्याप्त मात्रामा अक्सिजन, तरल र पोषण तत्व आवश्यक पर्छ । तर आधुनिक जीवनशैलीले जोर्नीको स्वास्थ्य बिगार्ने गरेको छ । जोर्नी दुख्ने, सुन्निने, पोल्ने, नचल्ने जस्ता समस्या भएका मानिस बढी नै देखिन्छन् । यस्तो समस्या भएका प्रायः मानिसले मूलभूत कारण सुधार्नेभन्दा औषधी खाएर बस्नु बेस ठान्छन् ।


जोर्नी ठीक राख्ने उपाय
पर्याप्त मात्रामा पानी पिउने । पानीमा ग्यास हुनुहुँदैन । कागती हालेर पानी पिएमा बढी फाइदा पुग्छ । दैनिक कम्तीमा कति मात्रामा पानी पिउने थाहा पाउन निम्न सूत्र अपनाउन सकिन्छ ।
शरीरको तौल गुणा ०.०३३ = औसत लिटर पानी प्रतिदिन । तथापि शारीरिक परिश्रमको अवस्थाले पानीको उपभोगको मात्रा फरक पर्छ ।

 खनिज तत्व आवश्यक
शरीरको आन्तरिक पाचन प्रणाली सुधार्नु पनि जरुरी छ । आहारामा प्राकृतिक खनिज तत्वको मात्रा बढाउनु एक उपाय हुन्छ । मुख्य गरी सोडियम र पोटासियमबीचको सन्तुलन अत्यावश्यक छ । प्रशोधित खाद्य वस्तु र नुनमा सोडियमको मात्रा हुने भएकाले सकभर सोडियमको मात्रा कम गर्ने प्रयास गर्नुपर्छ । भोटेनुन र अप्रशोधित नुन उपभोग गरी शरीरको आवश्यकता पूरा गर्दै सोडियमको दुष्प्रभावबाट बच्न सकिन्छ । अर्कोतर्फ ताजा फलपूmल, तरकारी, गेडागुडी पोटासियमको स्रोत हुन् । शरीरमा पोटासियमको पर्याप्त मात्रा आवश्यक हुन्छ ।

हिँडडुल गर्ने 
जसरी पनि दैनिक आधा घण्टा हिँड्नु पर्छ । हिँड्दा जोर्नी सक्रिय हुन्छन् र जोर्नी, लिगामेन्ट, मांसपेशीहरूमा अक्सिजन आपूर्ति बढ्छ । यसअतिरक्त गहिरो सास लिने र विस्तारै सास बाहिर छाड्ने अभ्यास पनि गर्नुपर्छ । जोर्नी दुख्ने गरेको छ भने जबरजस्ती व्यायाम गर्नु हुँदैन । बरु जोर्नीमा विस्तारै मालिस गर्नुपर्छ । एजेन्सी

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More