August 31, 2016

कोरियाका मन्त्रि बैठकमा सुत्दा मारिए नेपालमा चाही अधिकाम्स भ्रस्ट तन्नमहरु नै नेतागिरी गरि रहने?

कानुनी विधिको साशन भएको मुलुकमा मानवले मानवलाइ मारिनु पक्कै पनि निन्दनिय काम हो तर भ्रस्ट हरुले अनेक तिकडम गरेर, अकर्मन्यताले दैनिक जनताको जीवन जानु तिनले गरेको जन हत्या हो । जनता भोक , रोग र बास नपाएर मर्ने देशमा विलाशी गाडी र सुबिधा लिने पैसा र पहुच ले शक्तिको दुरुपयोग गर्ने मन्त्रि बन्ने अनि जनताको विपक्षमा काम गर्ने हरुलाई जनताले सधै माफी दिइरहने ? सधै फूलमाला ले स्वागत गर्नु पर्ने ? 

निरंकुस भनिएको उत्तर कोरियामा यस्तो खबर छ । उत्तर कोरियाका शिक्षा मन्त्री मारिएका छन् । दक्षिण कोरियाली सरकारका अनुसमार शिक्षामन्त्री किम याङ्ग जिनको मृत्यु भएको घोषणा गरेको छ ।

August 30, 2016

पानीमाथि कुद्ने साइकल नेपाली विद्यार्थीले बनाए

पथरी: मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन्।
बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन्।

August 22, 2016

नयाँ शक्तिले सुरुगर्यो स्थानिय निकायको हिसाब किताब जनताले हेर्न पाउनुपर्ने अभियान


नयाशक्ति ललितपुरले स्थानीय निकाय र सरकारी निकाय हरुमा पारदर्शिता माग गर्दै आय व्यय विवरण सार्बजनिक गर्नुपर्ने , काम र परिणाम विवरण जनताले हेर्न पाउनु पर्ने अभियान सुरु गरेको छ ।

August 17, 2016

प्रचण्डले १ महिनाको तलब भुकम्प पिडितलाइ दिए हिम्मत भए ९ महिनाको निशुल्क काम गर्छुभन्नुस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलब धर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने भएका छन् ।
बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका धुर्मुस सुन्तलीसहितको टोलीलाई उनले आफ्नो एक महिनाको पारिश्रमिक उपलव्ध गराउने बताएका हुन् ।

हिम्मत छ भने पुनर्निर्माण प्राधिकरणको नेतृत्व डाक्टर भट्टराईलाई दिइयोस


बिनासकारी भुकम्प जानेबितिकै पुननिर्माण प्राधिकरणको अवधाराणा ल्याउने व्यक्ति बाबुराम भट्टराई हुन् । शोकलाइ शक्तिमा बदल्ने पुरातात्विक महत्वका संरचना पुनर्निर्माण अनि बाकी संरचना नवनिर्माणको अवसर हो यो भन्ने भट्टराइलाइ पुननिर्माण प्राधिकरणको  जिम्मेवारी दिन बाबुरामले राम्रो गरेर खाइपाई आको गुम्ने डरले त्यतिबेला डराएको आभास आएको थियो । 

August 15, 2016

घुस्याहा सरकारी निकाय,लोभी यातायात ब्यबसाई ज्यानमारा हुन् -खटेरा गाडीमा लम्पसारपरेर यात्रा गर्ने हामी पनि दोषी हौँ

काभ्रेमा बस दुर्घटना र २४ को निधनको खबर - मृतात्माहरुलाई चिर शान्तिको कामना- स्वास्थ्य , सुरक्षा र जीवन पहिला अनि मात्र यात्रा ,काम र अन्य कुराको ख्याल गर्ने - धेरै जसो यातायात ब्यबसाईले पैसा मात्र ठुलो ठानी मानिसहरुको ज्यान मार्ने मर्मत नगरिएको असुरक्षित गाडीमा  अनि क्षमता भन्दा बढी  यात्रु राखिदिने  सरकारको तर्फबाट बाटोको मर्मत , भौगोलिक रुपमा जटिल बाटोमा निजी लगानीका  सार्बजनिक यातायात

August 9, 2016

प्रचण्ड सरकारले गर्यो पूर्व बिसिस्टका नाममा बाडिने सुबिधा बन्द गर्ने निर्णय -कुरा हैन यस्तै काम गर्दै जाउ

सरकारले अब पाँच पूर्वविशिष्ट पदाधिकारी (बिग–फाइभ) लाई मात्र आवास, सचिवालय र गाडी सुविधा दिने कानुन ल्याउने तयारी गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलाई मात्र पदबाट बाहिरिएपछि सुविधा दिन विधेयक ल्याउन लागेको हो । 
पूर्वविशिष्ट पदाधिकारीका नाममा राज्य कोषबाट बिना मापदण्ड जथाभावी सुविधा बाँड्ने प्रवृत्तिलाई अंकुश लगाउन सरकारले यस्तो विधेयकको तयारी गरेको हो |
  • – पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलाई आवास, सचिवालय र गाडी सुविधा दिइने
  • – पूर्वमन्त्रीहरूले सुविधा नपाउने, सुरक्षा थ्रेट भएमा सामान्य नागरिकलाई जस्तै मूल्यांकन गरी दिइने 

आजीवन जेल हाल्नुपर्ने नक्कली डाक्टर मोटो रकम लिएर रिहा-फेरी धन्दा सुरु गरे-यहि होजनपक्ष निर्णय?

आजीवन जेल हाल्नुपर्ने नक्कली डाक्टर मोटो रकम लिएर रिहा गरिएको खबर र तिनले फेरी आफ्नो ठगिको ज्यानमारा धन्दा सुरु गरेको समाचार केपी ढुंगानाले आजको कान्तिपुरमा लेखेका छन् ।  के यहि हो जनताको पक्षमा निर्णय ?  यी नक्कली डाक्टरलाइ सर्बस्व सहित फेरी कहिल्यै फर्किन बन्देज लगाउनु पर्ने कि नपर्ने ?
खबर जस्ताको तस्तै हेर्नुहोस् >>

August 8, 2016

भारतीय मिडियाले नपाली चेली गौरिका सिंहलाइ भारतिय भनि प्रचार थालेपछि गौरिकालेयसो भनिन्

तेञ्जिङ्ग नोर्गेले सगरमाथा चढेर बिश्वमा किर्तिमान राखेपछि विभिन्न प्रलोभन देखाएर भारतीय नागरिकता दिएर भारतीय भनिएको इतिहास दोहोरिने खेल भएको छ ।  रिओ ओलम्पिकमा बिश्वमा सबैभन्दा कान्छी प्रतिस्प्रधी बनेर तहल्का मच्चाएकि गौरिकलाई भारतीय मिडियाले भारतीय भनि प्रचार सुरुगरेको पाइएको छ ।
भारतीय मिडियाले नपाली चेली गौरिका सिंहलाइ भारतिय भनि प्रचार थालेपछि गौरिकाले आफ्नै फेसबुक पेजमा यसो भनिन् I am Gaurika Singh , Not from India I am proud to be Nepali

August 7, 2016

राजनीतिक दलमा लागेका सरकारी कर्मचारी,शिक्षकको रिपोर्ट गरौँ अब आउंदै जागिर नै खुस्किनेकानुन


सरकारले राजनीतिमा प्रत्यक्ष सम्बन्ध राख्ने र राजनीतिक दलको सदस्यता लिने निजामती कर्मचारीलाई बर्खास्त गर्नेसम्मको कानुन ल्याउन आन्तरिक गृहकार्य थालेको छ । निजामती कर्मचारीले राजनीतिक दलको सदस्यता लिने तथा सरकारी काम छोडेर खुलेआम राजनीतिक दलको प्रचार–प्रसारमा लाग्ने प्रवृत्ति बढेकाले सरकारले त्यस्तो गृहकार्य थालेको हो । 

च्याउ खेति लहडमा बिदेसिनुको विकल्प -गर्ने तरिका र आम्दाको उपाय

आजभोलि धेरै युवाको एउटै गुनासो सुनिन्छ, ‘देशमा भनेजस्तो काम नै पाइएन ।’ गतिलो रोजगारी भेेटिएन भन्दै विदेशिने यस्ता युवाका लागि गतिलो प्रेरणा हुन्, मकवानपुरका नवराज ढकाल ।
३३ वर्षीय ढकालले गाउँमै बसेर च्याउ खेतीमार्फत गत वर्ष मात्रै २५ लाख रुपैयाँ चोखो मुनाफा कमाए । १४० वटा टनेलमा च्याउखेति गरिरहेका ढकाललाई अहिले भाइहरुले पनि साथ दिएका छन् ।

अहिले झण्डै १६ रोपनी जग्गामा टनेल बनाएर उनले गरेको च्याउखेतीले गतिलै आम्दानी दिइरहेको छ । 

उनले गतवर्ष गाउँमै किलोको ८० रुपैयाँसम्म लिएर च्याउ बेचे । च्याउको बजारका लागि पनि समस्या नभएको उनको अनुभव छ । ढकालले उत्पादन गरेको च्याउ काठमाडौंका ब्यापारीले गाउँमै पुगेर उठाउँछन् । 


‘च्याउबाट आम्दानी भरपुर छ’ उनी भन्छन्-‘सधैँ एकनासको कमाई हुँदैन । लगातार हार नमानी काम गर्ने हो भने आम्दानी सोचेजस्तै हुन्छ ।’ ढकालले च्याउ खेती गर्ने प्रविधि काठमाडौंको बलम्बुमा सिकेका हुन् । पालुङमा ७ वर्षअघि च्याउ खेती सुरु गर्नुभन्दा पहिले बलम्बुुमा निकै अध्ययन गरेको उनी बताउँछन् । ‘व्यवसायिक रुपमा च्याउ खेतीमा लाग्न यसको प्राविधिक पक्षबारे जानकारी हुनैपर्छ,’ उनी भन्छन्-‘अन्यथा यसमा गरिने लगानी बमोजिम प्रतिफल हासिल हुँदैन ।’


कसरी गर्ने त च्याउ खेती ?
पहाडी क्षेत्रका गाउँघरमा सहजरुपमा गर्न सकिन्छ च्याउखेती । तर, यसबारे व्यवहारिक ज्ञान भने लिनैपर्छ । यो थोरै जग्गामा गर्न सकिने खेती भए पनि विशेष स्याहारको आवश्यकता पनि पर्छ । तर, अन्य खेतीजस्तो धेरै दुःख भने गर्नुपर्दैन ।
यो खेतीमा सामान्य आय भएका परिवारले पनि लगानी गर्न सक्छन् । यसबाट प्रतिफल लिन पनि खासै समय लाग्दैन । त्यसैले सीप सिकेर अठोटका साथ काम गर्दा सफलता निश्चित नै छ ।

नेपालमा खेती गर्न सकिने च्याउ विभिन्न प्रकारका छन् । विशेषज्ञको सल्लाह लिएर आफ्नो ठाउँको वातावरण र उपलब्ध साधनमा आधारित भएर फरक-फरक किसिमका च्याउ खेती गर्न सकिन्छ । नेपालमा अहिले कन्ये च्याउ, गोब्रे च्याउ, सिताके च्याउ र राते च्याउको खेती भइरहेको छ । तुलनात्मक रुपमा कन्ये च्याउ अन्यभन्दा सस्तोमा बिक्छ भने अन्य च्याउहरु निकै महंगो हुन्छन् । रातो च्याउको विदेशमा समेत माग छ । काठको ठूटा र मुढामा खेती हुने सिताके च्याउको मूल्य पनि कम्ति छैन ।

च्याउ खेतिका लागि गाउँघरमा सहजै उपलब्ध हुने पराल, केराको पात लगायत सामग्री नै मुख्य हुन् । यसबाहेक टहरा बनाउन खर, बाँस लगायत पनि चाहिन्छ । यि साधन गाउँ घरमा सहज रुपमा पाइने भएकाले यसका लागि ठूलो संघर्ष गर्नु पर्दैन । बजारमा च्याउका बिउ सहजै किन्न पाइन्छ ।

कसरी सिक्ने सीप ?
च्याउखेती गर्ने प्रविधि त्यत्ति अप्ठेरो छैन । अरुले गरेको एकपटक देख्नुभयो भने पनि सिक्न सक्नुहुन्छ । तर, वयवसायिक रुपमा अघि बढ्न तालिम लिएकै राम्रो हुन्छ । यसले तपाईंको आत्मविश्वास मात्रै बढाउँदैन, व्यवसायमा हुने हानीको जोखिम पनि घट्छ । च्याउखेतीको तालिम त्यति लामो अवधिको पनि हुँदैन ।
विभिन्न संघ-संस्था र सरकारी निकायले नै यसको लागि तालिमहरु चलाइरहेका हुन्छन् । तपाईंले आफ्नो नजिकको कृषि सेवा केन्द्र वा जिल्ला कृषि विकास कार्यालयमा गएर बुझ्नुभयो भने तालिमबारे जानकारी पाउनुहुनेछ । गाउँमा च्याउखेतीको तालिमका लागि योजना बनाउनुभयो भने पनि यि निकायले तपाईंलाई सहयोग गर्नेछन् । विभिन्न संघ-संस्थाले गाउँ-गाउँमै पुगेर यस्ता तालिम चलाइरहेका छन् । खेती गर्ने सकिने ठाउँ च्याउखेती प्रायः चिसो मौसम र ठाउँहरुमा गरिन्छ । गर्मी मौसममा तराईमा भने यो सम्भव नहुने विज्ञहरु बताउँछन् । तर, पहाडी क्षेत्रमा भने यो खेती बाह्रैमास गर्न सकिन्छ । यसका लागि घरको कोठा नै चाहिन्छ भन्ने छैन । घरबाहिर खेतबारी, वा खरका छाप्रो र टहरामा पनि गर्न सकिन्छ । त्यस्तै, गाउँमा आˆनै घरवरपरका घाम नलाग्ने छहारीमा पनि गर्न सकिन्छ । यसका लागि सीधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त हुँदैन । च्याउ खेती गर्न माटोको सतह अन्यत्रको भन्दा केही अग्लो भएको हुनुपर्छ । जमीनमा पानी जम्न दिनुहुँदैन । तर, यसका लागि प्रशस्त मात्रामा उज्यालोपन चाहिन्छ । गाउँ घरमा यस्तो ठाउँको अभाव पक्कै पनि हुँदैन । रोग र कीरा च्याउखेतीमा हुने खतरा भनेको रोग किराकै हो । यसलाई नोक्सान गर्ने मुख्य रोग नै जंगली च्याउ (कप्राइनस) हो । यो पहिलोपटक आउँदा गोलो सेतो हुन्छ । पछि डाँठ लामो भएर फक्रन्छ र कालो निस्कन्छ । त्यसैले, यसलाई आउनेबित्तिकै झिकिदिनुपर्छ । यसमा हरियो, पहेँलो, कालो ढुसी आए पनि त्यति नोक्सान भने हुँदैन । त्यस्तै, यसमा नोक्सान गर्ने अर्को कारण मुसा हो । अरु कीराले भने यसमा त्यति नोक्सान गर्दैनन् । रोग किराबाट बचाएको च्याउलाई बेलैमा टिपेर बजार पुर्याउन सक्नुभयो भने तपाईंले यो कामबाट हात झिकेर हिँड्नुपर्ने छैन । कृषि बजारबाट 

August 1, 2016

धुम्रपान त्याग्ने उपयोगी उपाय जन्नुहोस र उपकारको लागि सेयर गर्नुहोस कसैको जीवनउपयोगी बन्न सक्छ

चुरोट, सुर्तीको लत बसेपछि छुटाउन सजिलो हुादैन । तर, दृढ इच्छाशक्ति भएमा र अठोट गरे संसारमा गर्न नसक्ने केही हुादैन पनि भनिन्छ । त्यसैले, चुरोट, सुर्तीको लतबाट मुक्ति लिने हो भने धुम्रपानले गर्ने खराबी र त्याग्दाका फाइदाबारे राम्रो जानकारी लिनुपर्छ । थप आठ सुझाब दिादै छन्, मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी :
धुम्रपान त्याग्छु भनेर पहिले मानसिक रूपले तयार हुनुपर्छ । चुरोट त्याग्ने दृढता र आत्मबल जुटाउनु सबैभन्दा महत्त्वपूर्ण कार्य हो ।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More