August 17, 2016

हिम्मत छ भने पुनर्निर्माण प्राधिकरणको नेतृत्व डाक्टर भट्टराईलाई दिइयोस


बिनासकारी भुकम्प जानेबितिकै पुननिर्माण प्राधिकरणको अवधाराणा ल्याउने व्यक्ति बाबुराम भट्टराई हुन् । शोकलाइ शक्तिमा बदल्ने पुरातात्विक महत्वका संरचना पुनर्निर्माण अनि बाकी संरचना नवनिर्माणको अवसर हो यो भन्ने भट्टराइलाइ पुननिर्माण प्राधिकरणको  जिम्मेवारी दिन बाबुरामले राम्रो गरेर खाइपाई आको गुम्ने डरले त्यतिबेला डराएको आभास आएको थियो । 

अझै ढिला भएको छैन क्षमता र दक्षता भएका भट्टराई यो जिम्मेवारी सुम्पन नेपाली जनता अनुरोध गर्छन  र तयार रहनु पर्छ के कांग्रेसमाओबादी सरकार अनि  , एमाले सहमत छन् यो च्यालेन्ज स्वीकार्न ? 
दिने हिम्मत छ प्रचण्ड सरकार संग ? प्रधानमन्त्री भएको व्यक्ति रास्ट्रको लागि यो पद स्वीकार्न तयार व्यक्ति थिए भट्टराई 
यसै सन्दर्भमा धिरेन्द्र कोइरालाले केहि तथ्य र विचार प्रस्तुत गर्नु भएको छ वहाको फेसबुक बाट जस्ताको तस्तै हेर्नुहोस 
************************
By धिरेन्द्र प्रसाद कोइराला
(वैदेशिक लगानीमा पीएचडी गर्दै गरेको हुनाले सयौं पुस्तक पढ्ने अबसर मिल्यो । निति निर्माता, लगानीकर्ताहरुसंग छलफलमा भागलिने मौका मिल्यो । के प्रष्ट हो भने जबसम्म पोलिसी स्टेबल गर्दैन तब सम्म देशमा लगानीको बाताबरण बन्दैन । )
दश खरब उठाउन सक्छु

( गोरखामा उहाँले सरकारसंग पुनर्निर्माण प्राधिकरणको जिम्मा माग्नु भएको समाचारहरुले दिएकाछन ।यसलाई उल्टो नबुझियोस । पहिलेपनि  अनावश्यक हिसाबले उठाउने काम गरियो । भट्टराईले मुख खोल्योकी लौ सिद्धियो भन्नेहरुको जमात नेपालमा छ ।  देश त्यत्तिकै बन्दैन । संसारसंग लगानी वा सहयोग जुटाउन लबिङ गर्न सक्ने खुबी समकालीन नेपालका नेतामा उहाँ मात्रै हो भन्दा अन्यथा हुनेछैन । यदि यो कामको नेतृत्व भट्टराईले गर्नु भयो भनें के प्रष्ट हो भने यो बिश्वकै समाचार बन्न सक्दछ । यसले कामगर्न अर्को माहोल बन्नेछ । अहिले त हैटिको दिशामा गयो ।) 

---- देश बन्न थाल्यो भने म आफू आफ्नो काम गरेर बस्ने थिएं होला । राजनिती देश बनाउनको लागि हो ।  आफ्नै विषयमा पढ्ने, पढाउने , विचारदिने अबसर पाइने थियो ।  यो पद, यो ओहदाको झंझटमा किन फस्नु बेकारमा भन्ने लाग्छ ।  यो कति आनन्दको दिन हुने थियो होला । 
राजनितीमा मेरो बिद्यार्थीकालका संघर्सशिल साथीहरु मैदानमै छन ।

गंगा श्रेष्ठ, देबेन्द्र पौडेल, देवेन्द्र पराजुली, कल्पना धमलाहरु डटिरहेकै छन । दुब्लो, पातलो दारी पालेको एउटा ब्याग बोकेर हिड्ने त्यो जनमोर्चाको अध्यक्ष डाक्टर भट्टराई (मैले अस्कल पढ्दा देखेको भट्टराईले) अझै रास्ट्र बनाउने बाटो समाती रहनु भएको छ । यो अभियानमा धेरै प्रोफेसनल साथिहरु समेटिनु भएकोछ । 

आम आदमी पार्टीले चुनाबी भुकम्प पैदा गर्यो । दिल्लीमा कंग्रेस आई, भारतीय जनता पार्टी बढारीयो । चुनाब भनेको पनि लहर हो । त्यो लहर कसरी पैदा गर्ने र चुनाब जित्ने । यो एउटा प्रश्न हो भने अर्कोतिर कसरी आफ्नो मुल एजेन्डामा टेकेर व्यवहार मै समाधान दिने भन्नेकुरा अर्को चुनौतीको कुरा हो । 

आफ्नो योग्यता, क्षमता थाहा पाएर त्यसलाई मौकामा बदल्ने । त्यो मौकालाई आधिकरिकतामा बदलेर तुरुन्तै एक्सनमा जाने । त्यो एक्सनमा जांदा प्रोफेसनल साथीहरुको बिचमा सल्लाह गर्ने । समुहमा
काम गर्ने र पार्टीको इस्स्युमा आक्रामक हिसाबले लहर पैदागर्ने । यसो हुनु पर्दछ। यसरी नेपालमा आगामी चुनाब पार्टीले पुर्ण बहुमतका साथ जित्नु पर्छ । 

1)  प्रमुख कार्यकारी रास्ट्रपति प्रत्यक्ष निर्वाचन गर्ने ब्यबस्था हुनु पर्दछ । 

2)  आर्थिकनिती लगानी मैत्री हुनु पर्दछ ।

3 ) बेरोजगारीको पुर्ण समधान नयाँ शक्ति नेपालले मात्रै गर्न सक्छ ।
       सरकारमा जानु पहिले श्रम र बेरोजगारीमै केन्द्रित भएर जनतालाइ 
       आफ्नो  मोडल काम गरेर देखाउंदै जानु पर्छ ।

4 ) भुकम्पले सखाप पारेका आर्थिक संरचनाहरुको नयाँ ढंगले        पुनर्निर्माण गर्नु पर्छ । त्यो जिम्मा तुरुन्तै पार्टीले सरकारी तवरमै दिने हिम्मत गर्छन भने लिनुपर्छ । त्यसको जिम्मा ब्यक्तिगत रुपमा डाक्टर बाबुराम भट्टराईले गर्नु पाउनु पर्छ । 

अहिले यिनै मुद्दामा केन्द्रित भएर रास्ट्र अगाडी बढाउने हो । सबैलाई चेतना होस् । नत्र रास्ट्रले ठुलो हन्डर खानुपर्नेछ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More