August 22, 2016

नयाँ शक्तिले सुरुगर्यो स्थानिय निकायको हिसाब किताब जनताले हेर्न पाउनुपर्ने अभियान


नयाशक्ति ललितपुरले स्थानीय निकाय र सरकारी निकाय हरुमा पारदर्शिता माग गर्दै आय व्यय विवरण सार्बजनिक गर्नुपर्ने , काम र परिणाम विवरण जनताले हेर्न पाउनु पर्ने अभियान सुरु गरेको छ ।

नेटपत्रिका बाट लिएको खबर्दारी खबर जस्ताको तस्तै >>
नयाँ शक्ति नेपाल, जिल्ला परिषद् ललितपुरले आय–व्यय विवरण सार्वजनिक गर्न ललितपुर उप–महानगरपालिकालाई १५ दिनको अल्टिमेटम दिएको छ । 
पत्रमा भनिएको छ ‘जनआन्दोलन–१ पश्चात पुनर्गठित स्थानीय निकाय २०५९ सालदेखि जनप्रतिनिधिविहिन हुन पुगे तापनि प्रशासनिक निकाय र पार्टी प्रतिविधिविहिन भने भएको छैन । करिब १४ वर्षको यस अवधिमा स्थानीय निकाय सञ्चालन गर्दै आएका स्थानीय विकास अधिकारी/कार्यकारी प्रमुख/सचिव र पार्टी प्रतिनिधिहरुसँग जनताले प्रश्न गरिहेका छन् “कुन कुन शिर्षकमा कति कति आम्दानी र खर्च भयो ? हामीले जान्न पाएनौं ।’ नेपालको संविधान २०७२, भाग २ धारा २७ मा रहेको मौलिक अधिकार अन्तर्गत ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हुक हुने छ’ भन्ने व्यवस्था गरिएको छ । सोही सूचनाको हक सम्बन्धी व्यवस्थानुसार आ.व. २०५९/०६० देखि आ.व. २०७२/०७३ सम्मको आय–व्यय विवरण यस कार्यालयको सार्वजनिक सूचना पाटीमा २०७३ भाद्र १५ गतेभित्र सार्वजनिक गरिदिन हुन जनताको तर्फबाट हार्दिक अनुरोध गर्न चाहन्छौं ।’
नयाँ शक्तिका ललितपुर संयोजक रोशन पोखरेलले अनलाइन पत्रिकालाई भने, ‘१५ दिनको अल्टिमेटम दिएका छौं | त्यसभित्र आयव्यय सार्वजनिक गरिएन भने हामी सशक्त भएर उत्रिनेछौं |

2 प्रतिक्रिया हरु:

Good job,public r hope that something is changed after rising of naya shakti.

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More