August 15, 2016

घुस्याहा सरकारी निकाय,लोभी यातायात ब्यबसाई ज्यानमारा हुन् -खटेरा गाडीमा लम्पसारपरेर यात्रा गर्ने हामी पनि दोषी हौँ

काभ्रेमा बस दुर्घटना र २४ को निधनको खबर - मृतात्माहरुलाई चिर शान्तिको कामना- स्वास्थ्य , सुरक्षा र जीवन पहिला अनि मात्र यात्रा ,काम र अन्य कुराको ख्याल गर्ने - धेरै जसो यातायात ब्यबसाईले पैसा मात्र ठुलो ठानी मानिसहरुको ज्यान मार्ने मर्मत नगरिएको असुरक्षित गाडीमा  अनि क्षमता भन्दा बढी  यात्रु राखिदिने  सरकारको तर्फबाट बाटोको मर्मत , भौगोलिक रुपमा जटिल बाटोमा निजी लगानीका  सार्बजनिक यातायात
तत्काल बन्द गरेर 
विस्वासिलो सरकारी-निजि पार्टनरसिपको यातायात ब्यबस्थापन र कडा निगरानी सहितको व्यवस्था तत्काल लागु नगरे सम्म नेपालीले ज्यानमारा यातायातमा अकाल मृत्युबरण गर्ने प्रक्रिया रोकिन्न ।
यातायात ब्यबसाई जसरि नि पैसा कमाउने ,सम्बन्धित निकाय ,  ट्राफिक प्रहरी घुस पाए जे पनि ठिक भन्दिने परिपाटीले अन्तिममा लिने जनताको ज्यान र धनकै हो सबैले खबरदारी गरौँ । 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More